राष्ट्रसंघ भन्छ: इजरायलको कारवाही युद्ध अपराध हुन सक्ने !
हमासले बन्धक बनाएका चार जना इजरायलीलाई छुटाउने क्रममा इजरायलले गरेको सैनिक कारवाहीको क्रममा भएको २७४ जनाको नरसंहार युद्ध अपराध दरिन सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघको मानावधिकार कार्यालयले उक्त कारवाहीको दौरानमा इजरायली पक्षबाट मात्र हैन, सशस्त्र प्यालेष्टिनी समूहबाट समेत युद्ध अपराध भएको हुन सक्ने जनाएको छ ।
गत शनिवार दिउँसो इजरायलले हवाइ तथा स्थल सैनिक कारवाही मार्फत् बन्धक छुटाउन मध्य गाजास्थित नुसेरतमा गरेको आक्रमणमा २७४ जना प्यालेष्टिनीहरु मारिएका थिए । युद्धरत हमासलाई मात्र हैन, निशस्त्र प्यालेष्टिनीहरुलाई समेत अन्धधुन्ध आक्रमण गर्दै इजरायली सैनिकहरुले भयानक नरसंहार मच्चाएका थिए । त्यस दौरानमा ६०० जनाभन्दा बढी नागरिकहरु गम्भीर घाइते समेत बनेका थिए ।
अत्यन्तै जनघनत्व भएको क्षेत्रमा त्यस किसिमले अन्धधुन्ध गरिएको सैनिक कारवाहीले युद्ध कारवाहीमा अपनाउनु पर्ने भेद, समानुपातिकता र सावधानीका सिद्धान्तहरुमाथि नै प्रश्न उठेको पनि राष्ट्रसंघीय मानवाधिकार कार्यालयले जनाएको छ ।
बहुध्रुवीय विश्व अब केवल एउटा सिद्धान्त होइन वास्तविकता
इरान भन्छ: अमेरिकाले मानव अधिकार हनन गर्यो, ७ दिने योजना स्वीकारे हर्मुज खु…
इरान भन्छ: अमेरिकाले मानव अधिकार हनन गर्यो, ७ दिने योजना स्वीकारे होर्मुज ज…
‘परमाणु हतियार इजरायलसँग, निरीक्षक इरानमा’ पेजेश्कियानको गम्भीर प्रश्न
रुसमा पुटिन झनै बलियो बन्दै !
मानचित्रको युद्ध: असमान पृथ्वीमाथि समान पृथ्वीको विजय
लाल सागरको तटमा हुथी नियन्त्रण र भूराजनीतिक प्रभाव
प्रतिक्रिया