मेक्सिकोको पहिलो महिला राष्ट्रपति बनिन् वामपन्थी उम्मेदवार शीनबाम

मेक्सिकोमा हिजो भएको राष्ट्रपति निर्वाचनमा बामपन्थी उम्मेदवार क्लाउडिया शीनबाम निर्वाचित भएकी छिन्। मतदानपछि गरिएको एक्जिट पोलहरुले पनि क्लाउडिया शीनबामले ५६% मत प्राप्त गरेको जनाएका थिए। उनले आफ्नो सबै भन्दा नजिकको प्रतिद्वन्दी जोचिटल गैल्वेज रुइजलाई ठूलो मतान्तरले पछाडि पारेकी छिन्। क्लाउडिया शीनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपति बनेकी छिन्।

६१ वर्षीया क्लाउडिया शीनबाम पेशाले वैज्ञानिक हुन्। उनले उर्जा इञ्जिनियरिङ्गमा पिएचडीको उपाधि हासिल गरेकी छिन्। उनी मेक्सिकोको राजधानी मेक्सिको सिटीको पूर्व मेयर पनि थिइन्। उनको २०१८ देखि २०२३ सम्म मेक्सिको सिटीको नेतृत्व गरेकी थिइन्। यहुदी मूलकी शीनबाम इजरायलले प्यालेष्टाइनमाथि लादिरहेको मानवताविरोधी नीतिका विरोधी हुन् ।

क्लाउडिया शीनबाम वर्तमान राष्ट्रपति आंद्रेस मैनुअल लोपेज ओब्रेडोरको मोरेनो पार्टीको तर्फबाट यो निर्वाचनमा उम्मेदवार बनेकी थिइन्। उनले मैनुअल लोपेज ओब्रेडोरको नीतिहरुलाई नै अगाडि बढाउने बाचा गरेकी छिन्। मेक्सिकोका बर्तमान राष्ट्रपति मैनुअल लोपेज ओब्रेडोरलाई संसारकै सबैभन्दा लोकप्रिय नेतामध्येका एक मानिन्छ। मेक्सिकोका आम जनतामाझ उनको लोकप्रियता ८० % रहेको छ। मेक्सिकोको संविधान अनुसार कुनै पनि व्यक्तिले राष्ट्रपतिको पदमा एक कार्यकाल भन्दा बढी रहन पाउदैन। मेक्सिकोमा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुने गर्दछ ।

Image source: https://www.bbc.com

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्ध पक्राउ आदेश

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्…

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्चिमी शक्तिसँगको गठबन्धनको खोजी

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्च…

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी कारबाहीको चेतावनी !

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी का…

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र

ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र