उत्तर कोरिया र दक्षिण कोरिया बीच अनौठो बेलुनयुद्ध

यति बेला उत्तर कोरिया र दक्षिण कोरिया बीच बेलुनयुद्ध चरम सिमामा पुगेको छ। गत शनिवार राति र आइतवार बिहानमा मात्र उत्तर कोरियाबाट उडाइएका ६०० वटा बेलुनहरु दक्षिण कोरियाका विभिन्न ठाउँहरुमा भेटिएका थिए। दक्षिण कोरियाको सेनाले जनताहरुलाई त्यस्ता बेलुन र सामानहरु संग सतर्क रहन, नछुन् र देख्ने बित्तिकै सेना र प्रहरीलाई खबर गर्न सल्लाह दिएको छ।

यस पटक उत्तर कोरिया बाट दक्षिण कोरिया तर्फ उडाइएका बेलुनहरुमा सिगरेटका ठुटाहरु, कपडाका झुम्राहरु, रद्दी कागज र भाइनल (प्लास्टिक) हरु रहेका छन्। तर यसका कुनै खतरनाक समानहरु रहेका छैनन्।

केहि दिन अगाडि उत्तर कोरियाले दक्षिण कोरियामा पठाएका २६० वटा बेलुनहरुमा भने रद्दी ब्याट्री, सिगरेटका ठुटाहरु र मानव मलमुत्रहरु पठाएको थियो। दक्षिण कोरियाका सेना प्रमुखले यसलाई तल्लो दर्जाको र अमानवीय कदमको रुपमा भर्त्सना गरेका थिए। तर उत्तर कोरियाले भने यसलाई दक्षिण कोरियाले आफ्नो राज्य विरुद्ध पठाउने प्रचारवाजीको जवाफमा दिएको सच्चा उपहारको रुपमा व्याख्या गरेको छ।

उत्तर कोरियाले दक्षिण कोरियातर्फ बिनाकारण यसरी रद्धि समान बोकेका बेलुन पठाएको होइन। लामो समयदेखि दक्षिण कोरियाका केही संस्थाहरुले उत्तर कोरियातर्फ पनि बेलुनहरु पठाउँदै आइरहेका छन् ।  जसमा उत्तर कोरियाविरोधी सामाग्रीहरु राखिएका हुन्छन् । ती सामाग्रीहरुमा पैसा, चामल, दक्षिण कोरियाली टेलिभिजन सिरियलहरु भरिएका पेन ड्राइभहरु मूलत: रहने गर्छ। दक्षिण कोरियाली यो व्यवहारहरुले उत्तर कोरियाको सरकारलाई चिढाउने गर्दछ।

मे महिनामा उत्तर कोरियाका नेता किम जोङ्ग उन की बहिनी किम यो-जोङ्गले दक्षिण कोरियामा रद्दी बोराहरु झुण्डिाएका बेलुनहरू पठाइएको कुरा स्विकार गरेकी थिइन्। उनका अनुसार यो आफ्नो देशमा दक्षिण कोरियाको पर्चाबाजी अभियानको बदलामा गरिएको हो। उत्तरमा पर्चाबाजी गरेवापत दक्षिण कोरियाभरि रद्दिकागाज र फोहोरको थुप्रो छरिदिने धम्कीलाई चरितार्थ गर्न यो काम गरिएको हो।

image source: https://www.bbc.com

इजरायल-हिजबुल्लाह युद्धविराम: दुई महिने सहमति र चुनौतीहरू

इजरायल-हिजबुल्लाह युद्धविराम: दुई महिने सहमति र चुनौतीहरू

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्ध पक्राउ आदेश

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्…

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्चिमी शक्तिसँगको गठबन्धनको खोजी

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्च…

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी कारबाहीको चेतावनी !

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी का…

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण