रुस–युक्रेन युद्ध प्रत्यक्ष बहुपक्षीय युद्धमा बदलिने खतरा बढ्यो !

युक्रेनविरुद्ध विशेष सैनिक अभियानको रुपमा शुरु भएको रुसी सैनिक कारवाही लम्बिँदै जाँदा यो द्विपक्षीय युद्धको रुप विकसित त भइसकेकै छ, अब विस्तारै यो बहुपक्षीय युद्धमा रुपान्तरण हुने खतरा बढेर गएको छ ।

यो खतरा विशेष गरेर अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस-युक्रेन युद्धको क्रममा पहिलो पटक आफ्नो नीति परिवर्तन गर्दै अमेरिकामा निर्मित हतियारहरु रुसको भूभागमा प्रयोग गर्ने अनुमति दिएपछि मुखर भएर आएको छ । यसअघि अमेरिका तथा पश्चिमा देशहरुले युक्रेनलाई हातहतियार उपलब्ध गराए पनि त्यसको प्रयोग युक्रेनभित्र मात्रै हुनुपर्ने रुसी सीमाभित्र नहुने शर्त राखिएको थियो । तर पहिलो पटक त्यो शर्तलाई नाघेर रुसी क्षेत्रभित्र पनि गर्न पाइने सहमति दिइएको छ यद्यपि  अमेरिकाले आफुले युक्रेनलाई दिएका हतियारहरु खार्किव क्षेत्रको नजिक मात्र प्रयोग गर्न स्वीकृति दिएको हो। एपी न्युज एजेन्सीका अनुसार अमेरिका सरकारका प्रतिनिधिहरुका अनुसार अमेरिकाले युक्रेनलाई दिएका ATACMS मिसाइलहरुको प्रयोग खार्किव सहरलाई रुसी सेनाको आक्रमण बाट बचाउनको लागि गर्न सक्नेछ। यो मिसाइलको रेञ्ज ३०० किलोमिटर रहेको छ। 

रुसले मे १० यता युक्रेनको दोश्रो ठुलो शहर खार्किवमा आक्रमण सुरु गरेको छ। त्यस यता युक्रेनले अमेरिका र पश्चिमी देशहरु संग उनीहरुले दिएका हतियारहरु रुस माथि प्रयोग गर्न अनुमति मागिरहेको थियो। अमेरिकाले सुरु देखीनै आफुले दिएका हतियारहरु रुस बिरुद्ध प्रयोग गर्न अनुमति दिन मानिरहेको थिएन। अमेरिकालाई यो डर थियो कि आफ्ना हतियार रुस भित्र प्रयोग भयो भने, रुसले यसलाई अमेरिकी आक्रमणको रुपमा लिनेछ भनेर।

आफ्ना हतियारहरु रुस बिरुद्द प्रयोग गर्ने अनुमति अमेरिकाले मात्र होईन पश्चमी देशहरुले पनि दिन थालेका छन्। केहि दिन अगाडी मात्र लातभियाका राष्ट्रपति एडगर्स रिंकेविक्सले यसको अनुमति दिएका थिए। त्यस्तै बेलयात र स्विडेनले समेत यस्तै अनुमति दिएका थिए। केही दिन अगाडि बेलयातले युक्रेनलाई लामो दुरी सम्म मार हनन सक्ने स्ट्रम स्याडो मिसाइल उपलब्ध गराएको थियो। यो मिसायलले रुस भित्र २५० किलोमिटर सम्म पुग्न सक्छ। सोहि प्रकारले स्विडेनले युक्रेनलाई सेल्फ एक्टिभ तोपको टेक्नोलोजी उपलब्ध गराएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णय त्यसबेला आएको छ जब कि दुई दिन अगाडी मात्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशहरुलाई चेतावनी दिएका थिए। पुटिनले भनेका थिए कि युक्रेनले जुन देश बाट प्राप्त हतियारले रुस माथि आक्रमण गर्छ त्यो देशले गम्भीर परिणाम भोग्नु पर्नेछ।

image source: https://edition.cnn.com

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’