पुटिन भन्छन्– उदीयमान बहुध्रुवीय विश्वलाई बलियो बनाउनु जरुरी !

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो बहुचर्चित चीन भ्रमणबाट फर्केपछि सो भ्रमणबारे रुसी मिडियाले सोधेका प्रश्नहरुको उत्तर दिएका छन्। सो क्रममा उनले व्यक्त गरेका केही  महत्त्वपूर्ण विचारहरु यहाँ प्रस्तुत गरिएको छ।

भविष्य रुस र चीनमा निर्भर गर्छ भन्ने तथ्य केवल आंशिक रुपमा सत्य छ। मानव जातिको भविष्य सम्पूर्ण मानवतामाथि निर्भर गर्छ। निश्चित रुपमा रुस र चीन आधुनिक सभ्यताको महत्त्वपूर्ण घटक हुन्। हामीले कसरी विकास गर्नु पर्छ भन्ने कुरामा हाम्रो आफ्नै विचारहरु छन्। हामी ठान्छौं कि विकास रचनात्मक र शान्तिपूर्ण हुनु पर्छ, यसमा कुनै सन्देह छैन। हाम्रा हितहरुको बाहेक, त्यसले अन्तर्राष्ट्रिय अन्तर्क्रिया सबै पक्षहरुको हितहरु माथि पनि ध्यान दिनु पर्छ।

उदीयमान बहुध्रुवीय विश्वलाई बलियो बनाउनु जरुरी छ। यसमा अलिकति पनि शंका छैन कि हाम्रो आँखाको अगाडि एउटा नया संसारले आकार लिइरहेको छ र  बहुध्रुवीय बनिरहेको छ।

अहिले हामीहरु युक्रेनको सम्बन्ध जे भइरहेको छ त्यसको विश्लेषण गरिरहेका छौं । अवश्य पनि हामीले देखिरहेका छौं कि स्विट्जरलैंडको जेनेभामा विश्वव्यापी रुपमा घोषित बैठकको आसपास के भइरहेको छ। मेरो विचारमा यो बैठकको स्थान हो। हामी निश्चित रुपमा यस्तो कुनै फर्मुलाको बारेमा चर्चा गर्ने वाला छैनौं, जसको बारेमा हामी बिल्कुल केही पनि जान्दैनौ। तर युक्रेन भन्दा फरक हामीले कहिले पनि संवादलाई अस्वीकार गरेका छैनौं।

जेनेभाको यो कार्यक्रमको उदेश्य स्पष्ट छ। उनीहरु धेरैभन्दा धेरै देशहरुलाई भेला गर्न चाहन्छन, घोषणा गर्न चाहन्छन् कि हरेक कुरामा सबैको सहमति भयो र यसलाई हल गरिएको मुद्दाको रुपमा, एउटा अल्टिमेटमको रुपमा रुसको सामू पेश गर्न चाहन्छन। यस्तो कहिले पनि हुनेवाला छैन।

आर्थिक गतिविधिमा संलग्न तेश्रो देशहरुमा लगाइएका प्रतिबन्ध दुई गुणा वा नीन गुणा नाजायज छन्। किनकि संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अनुमति बेगर लगाइने प्रतिबन्ध बिल्कुल नाजायज हुन्।

राजनीतिक कारणहरु बाट डलरमा विश्वास कमजोर गरेर अमेरिकीहरुले आफ्नो शक्तिको मुख्य , सबै भन्दा शक्तिशाली र महत्त्वपूर्ण साधनलाई डलरलाई नै कमजोर बनाइरहेका छन्। उनीहरु आफैंलाई अपूरणीय क्षति पुर्‍याइरहेका छन्। एउटा प्रख्यात भनाइलाई प्रयोग गर्ने हो भने उनीहरु आफ्नै रोटी र मक्खनसंग झगडा गर्दैछन्। 

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’