विपक्षीहरुमाथिको कारवाहीलाई लिएर भारतमाथि अन्तर्राष्ट्रिय दवाब कसिँदै !

तस्विर स्रोत: आजतक

भारतमा आम निर्वाचन नजिकिँदै गर्दा त्यहाँका सत्तारुढ दल भारतीय जनता पार्टी थप संकटमा पर्दैछ । नव फाँसीवादी चरित्रको कारण भारतीय वामपन्थी लगायत विश्वभरका प्रगतिशीलहरूको आलोचनामा पर्दै आएको मोदी सरकार पछिल्ला दिनहरूमा अमेरिका र जर्मनी लगायतका मुलुकको समेत आलोचनाको सिकार बनिरहेको छ ।

विपक्षी आम आदमी पार्टी (आप) का नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको बारेमा आफ्नो टिप्पणीको सम्बन्धमा अमेरिकाले आफ्नो अडान दोहोर्‍याउँदै भारत सरकारले समयमै कानुनी प्रक्रियाहरूलाई निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्नुपर्ने सुझाव दिएको छ।

यसरी अमेरिकाले दिएको सुझावको प्रतिक्रिया स्वरूप भारतले प्रष्टीकरण सोधेपछि अमेरिकाले फेरिपनि आफ्नो अडान दोहोर्‍याएको हो । अमेरिका र भारत बीच जारी यो प्रतिक्रियाको दोहोरीले दुई मुलुक बिचको सम्बन्धमा समस्या ल्याउन सक्ने अनुमान गर्न थालिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरलाई बुधवारको मिडिया ब्रीफिङमा केजरीवालको गिरफ्तारीको विषयमा अमेरिकी टिप्पणीको भारत सरकारले दिएको कडा प्रतिक्रियाबारे थप टिप्पणी गरेका छन् । यसअघी भारतले अमेरिकी कूटनीतिज्ञलाई बोलाएर अमेरिकाको प्रतिक्रियाबारे सोधेको थियो।

भारतमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको बैंक खाता फ्रिज सहित हालैको राजनीतिक उथलपुथलका बारेमा प्रवक्ताको दृष्टिकोण पनि सोधिएको थियो। जवाफमा मिलरले भने, ‘अमेरिकाले दिल्लीका मुख्यमन्त्री केजरीवालको गिरफ्तारी सहित भारतमा भएका घटनाहरूलाई नजिकबाट नियालिरहेको छ।‘

"आगामी चुनावमा प्रभावकारी रूपमा प्रचार गर्न चुनौतीपूर्ण बनाउने गरी कर अधिकारीहरूले उनीहरूको केही बैंक खाताहरू फ्रिज गरेको कांग्रेस पार्टीको आरोपको बारेमा पनि हामी सचेत छौं’, विदेश मन्त्रालयका प्रवक्ताले भने। "हामीलाई लाग्दैन कि कसैले यसमा आपत्ति गर्नुपर्छ," मिलरले थपे।

भारतको विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीमा वाशिंगटनको टिप्पणीको विरोध गर्न नयाँ दिल्लीमा अमेरिकी कार्यवाहक उपप्रमुख ग्लोरिया बर्बेनालाई दिल्लीस्थित आफ्नो कार्यालयमा बोलाएको थियो। त्यसको लगत्तै जारी गरिएको संक्षिप्त विज्ञप्तिमा भारतको विदेश मन्त्रालयले "अस्वस्थ उदाहरणहरू" र "अनावश्यक आशंकाहरू" विरुद्ध चेतावनी दिएको थियो।

"राज्यहरूले अरूको सार्वभौमसत्ता र आन्तरिक मामिलाहरूको सम्मान गर्ने अपेक्षा गरिन्छ र यो जिम्मेवारी लोकतान्त्रिक मुलुकहरूको मामलामा अझ बढी हुन्छ। अन्यथा यसले अस्वास्थ्यकर दृष्टान्तहरू निर्माण गर्न सक्छ, "भारतको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत भनेको छ ।

मंगलबार अमेरिकी विदेश विभागले केजरीवालको गिरफ्तारीको निगरानी गरिरहेको बताएको थियो । जेलमा रहेका आपका नेताको "निष्पक्ष कानुनी प्रक्रिया समयमै" सुनिश्चित गर्न नयाँ दिल्लीलाई आह्वान गरेको थियो।

त्यसैगरी, भारतीय विदेश मन्त्रालयले अमेरिकाको जस्तै प्रतिक्रियाको लागि एक जर्मन कूटनीतिज्ञलाई दुई दिनअघि बोलाएर स्पष्टीकरण सोधेको थियो । केजरीवालको गिरफ्तारीको लगत्तै बर्लिनले यो मुद्दामा "न्यायपालिकाको स्वतन्त्रता र आधारभूत लोकतान्त्रिक सिद्धान्तहरू" सम्बन्धी मापदण्डहरू लागू हुने अपेक्षा गरेको बताएको थियो। जवाफमा, नयाँ दिल्लीले जर्मनीलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ।

यसरी अमेरिका लगायतका मुलुकले समेत कूटनैतिक ढंगले आपत्ति जनाएको विपक्षी दलका नेताको गिरफ्तारी र कांग्रेस आईको बैंक खाता रोक्का गर्ने घटनाले बाहिर चर्चा पाए पनि आगामी निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता दललाई भने ठूलो असर नपर्ने बताइन्छ । मिडिया रिपोर्टहरूमा केजरिवालको गिरफ्तारी र कांग्रेस आईलाई दुख दिने सरकारी कदमको बिरुद्ध जुन ढंगले आन्दोलन र विरोधको लहर सिर्जना हुने अपेक्षा गरिएको थियो सो अनुरुप नदेखिएको उल्लेख गरेका छन् ।

त्यसो त भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार अहिले पनि निकै लोकप्रिय नै छ। उनले विगतमा बाँडेका आश्वासन कुनै पनि पुरा भएका छैनन् तथापि मूलधारका भारतीय मिडियालाई लगभग आफ्नो नियन्त्रणमा राखेको कारण मोदी सरकारको कमजोरी र असफलताको चर्चा र विश्लेषण हुने गरेको छैन। अशिक्षा र गरिबीमा पिल्सिएको भारतीय समाजमा धर्मको आधारमा प्यारो बन्ने र मिठो सपनाको खेती गर्ने कलामा पोख्त भाजपाको ‘मोदीराज’ अझै कति चल्ने हो र केजरिवाल जस्ता ‘जनताका नेता’ले कुनबेला कतिखेर जेलको हावा खानुपर्ने हो,  त्यो अहिले नै अनुमान लगाउन सकिँदैन ।

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’