महासागर बस्ने कछुवाको अगाडि कुवामा बस्ने भ्यागुतोको फूर्ति

एउटा भ्यागुतो थियो । ऊ एउटा सानो कुवामा बस्थ्यो । पूर्वी महासागरबाट एउटा कछुवा घुम्दै घुम्दै त्यहाँ आइपुग्यो । भ्यागुताले भन्यो, “ल हेर, म यहाँ कति सोख्या छु, कुवाबाट छेउँमा निस्कन्छु । पानीको निकाससितै परसम्म घुम्न जान्छु । उफ्रन्छु, कुद्छु । फर्केर आउँछु । कुवाको छिद्रमा कतै आराम गर्छु । मन लाग्यो भने पानीबाट टाउको निकाल्छु, पौडी खेल्छु, नजिकैको नरम नरम हिलोमा गएर पनि खेल्छु । कुनै पनि गंगटो र भ्यागुतो यहाँ मजस्तो छैन । म यो पानीको मालिक हुँ, कुवाको राजा हुँ । योभन्दा बढी मलाई अरु के चाहिन्छ ? आनन्द लिन तिमी यहाँ किन आउँदैनौ ? आउने गर न !"

पूर्वी महासागरको कछुवा कुवामा ओर्लन आफ्नो बाँया खुट्टा तल राख्दै के थियो दाहिने खुट्टाको पन्जा कुवाको डिलमा अल्झियो । कछुवा टक्क रोकियो, अलिकति पछाडि हट्यो र कूपमण्डुकका अगाडि समुद्रको वर्णन गर्दै भन्यो, “हाम्रो समुद्र दश हजार कोस लामो र दशहजार कोस गहिरो होला । पहिले पहिले प्रत्येक १० वर्ष मध्ये ९ वर्ष बाढी मात्रै आउँथ्यो । तर पनि समुद्रको पानी कहिले जथाभावी माथि चढेन । समुद्र युगौंयुगदेखि आफ्नो ठाउँमा छ । यसै भएर मलाई त महासागरमै बस्न मन पर्छ ।”

यो सुनेर कूपमण्डूक चुप्प लाग्यो । केही बोल्नै सकेन ।