अक्कलबिनाको नक्कल

(कुखुराको चल्लो र टिउरो)

एक दिन एउटा सानो, मायालाग्दो हाँसको कुखुराको चल्लोे (टिउरो) आफ्नो अण्डा फोडेर बाहिर निस्क्यो ।

‘अण्डाको खोल फोरेर म बाहिर आएँ”, टिउरोले भन्यो ।

त्यहाँ एउटा कुखुराको कुखुराको चल्लो पनि थियो । उसले भन्यो, “म पनि ।”

टिउरोले फेरि भन्यो, “म हिँड्ने कोशिश गर्दैछु ।”

नक्कल गर्दै फेरि कुखुराको चल्लोले भन्यो, “म पनि ।”

टिउरोले एउटा खाडल खन्दै भन्यो, “म एउटा खाल्डो खन्दैछु ।”

कुखुराको चल्लोले पनि उसको भनाइ दोहोर्यायो, “म पनि ।”

टिउरोले जमीनबाट एउटा कीरो फेला पार्यो ।

उसले भन्यो, “मैले एउटा कीरा फेला पारें ।”

“मैले पनि,” कुखुराको चल्लोले फेरि टिउरोकै बोलीमा लोली मिलायो ।

“मैले एउटा पुतली भेट्याएँ,” टिउरोले भन्यो ।

“मैले पनि,” कुखुराको चल्लोे कुनै कसरी छाडेनन् ।

“म पौडी खेल्न जाँदैछु,” टिउरोले फेरि भन्यो ।

“म पनि,” कुखुराको चल्लोले भन्यो ।

टिउरो पानीमा पौडिन थाल्यो, “हेर हेर, म पौडिइरहेको छु ।”

यस पटक अलि जोर दिँदै, टिउरोको नक्कल गर्दै कुखुराको चल्लोले भन्यो, “म पनि ।”

अचानक कोही रोएको आवाज सुनियो ।

“बचाऊ बचाऊ !”

टिउरोले कुखुराको चल्लोलाई तलाउबाट घिसारेर बाहिर निकाल्यो ।

“म फेरि पौडिन जाँदैछु,” टिउरोले भन्यो ।

“म जाँदिनँ,” कुखुराको चल्लोले यसपटक भने इन्कार गर्यो ।