बन्दुक उठाउने अधिकार
सोभियतसंघ र अल्वानिया दुवै समाजवादी मुलुक । त्यसैले दुई देशका नेताहरुबीच भ्रमणको आदानप्रदान भइरहन्थ्यो । यसैक्रममा एकपटक सोभियत नेता निकिता ख्रुश्चेभ अल्बानियाको भ्रमणमा गएका थिए।
भ्रमणको क्रममा अल्बानियाली नेता अनवर होजाले ख्रुश्चेभलाई अल्वानियामा गरिएको सामुहिक खेती देखाउन लगे। ख्रुश्चेभले खेतमा काम गरिरहेको एक जना किसानले काँधमा केही बोकिरहेको देखे।
ख्रुश्चेभले होजालाई ती किसानले के बोकेको हो भनेर प्रश्न गरे। होजाले सहजरुपमा जवाफ दिए- बन्दुक।
होजाको जवाफ सुनेर ख्रुश्चेभ स्तब्ध भए। उनले भने- "बन्दुक ? हाम्रो देशमा हामी आम जनतालाई बन्दुक बोक्न दिदैनौ। के थाहा कुन दिन जनताले हामीविरुद्ध नै बन्दुक उठाउलान् फेरि ।''
ख्रुश्चेभको कुरा सुनेर होजाले शान्त भएर जवाफ दिए- ''हो, हामीले ठीक ढंग काम गरेनौं भने जनतालाई हामीमाथि बन्दुक उठाउने पूर्ण अधिकार हुनुपर्छ । त्यसैले हामीकहाँ जनतालाई बन्दुक बोक्ने छुट छ !''
ख्रुश्चेभका लागि होजाको जवाफ अप्रत्याशित र अपत्यारिलो थियो । उनी केही बोल्न सकेनन्, चुपचाप यताउतातिर हेर्न लागे ।
Title Photo: Enver Hoxha. Source: https://espressostalinist.files.wordpress.com
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया