भरिएको कप र भरिएको मस्तिष्क
जेन कथा
मेजी शासनकाल (१८६८–१९१२) को समयको कुरा हो । जापानमा एकजना प्रख्यात जेन मास्टर थिए । उनको नाम थियो नान–इन । उनको प्रसिद्धि जापानभरि फैलिएको थियो ।
एकजना प्रोफेसरलाई जेनसम्बन्धी उनको ज्ञान जाँच्न मन लाग्यो । उनी नान–इन भएको ठाउँमा गए ।
नान–इनले उनलाई हार्दिकताका साथ स्वागत गरे । प्रोफेसरलाई स्वागत गर्दै चिया पेश गरे ।
अचम्मको कुरा, चियाको कप भरिइसक्यो तर नान–इनले चिया खन्याउन छाडेनन् । कपबाट चिया बाहिर पोखिइरह्यो, नान–इनले भाँडोबाट कपमा चिया खन्याइरहे ।
त्यो देखेर प्रोफेसर तिनछक्क परे । उनले नान–इनलाई रोक्दै भने, मास्टर कप भरिइसक्यो । अब यसमा अरु थप चिया अटाउन सक्दैन । तपाईंले हाल्नुभएको सबै चिया पोखिएर खेर गइरहेको छ ।’
मन्द मुस्कुराउँदै नान–इनले ती प्रोफेसरलाई भने, ‘ठीक भन्नुभयो । जसरी यो कप भरिएको छ र त्यसमा थप चिया अटाउन सक्दैन, त्यसै गरी तपाईंको मस्तिष्क पनि पहिल्यै जेन दर्शनसम्बन्धी आफ्नै मान्यता र विचारहरुले भरिएका छन् । तपाईंले ती पूर्व अवधारणाहरुलाई नहटासम्म म कसरी तपाईंलाई जेनबारे बुझाउन सकुँला र ?’
कस्तो सामान्य तर शक्तिशाली उदाहरण ! जेन मास्टर नान–इनको कुरा सुनेर ती प्रोफेसर लज्जित बने । उनले माफी मागे ।
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया