धर्म र आस्था
एउटा रात्रि भोजको दौरान स्टालिनले अल्बानियाका कम्युनिस्ट नेता अनवर होजा लाई सोधे- 'कमरेड अनवर तपाई पोर्क (सुङुरको मासु) खानु हुन्छ ?'
होजाले जवाफ दिए- 'म खाने गर्छु ।'
उनको जवाफ सुनिसकेपछि स्टालिनले भने- इस्लाम धर्मले आफ्ना अनुयायीहरुलाई सुंगुरको मासु खान निषेध गरेको छ । यो पुरानो म्याद गुज्रिएको रितिरिवाज हो। तैपनि धार्मिक आस्थाको कुरो लाई गम्भीरतापुर्वक हेरिनुपर्छ र बडो सावधानी पुर्वक सञ्चालन गरिनुपर्छ।'
आफ्ना भनाइलाई थप व्याख्या गर्दै स्टालिनले भने, 'हामीले मान्दैनौं भन्ने आधारमै अरु मानिसहरुको धार्मिक आस्थामा ठेस पुर्याउनु हुँदैन । यी भावनाहरु शताब्दीऔंदेखि जनताको मनमा झाङिएका हुन्छन् । त्यसैले धर्मको मामिलामा व्यवहार गर्दा ठूलो धैर्यता र सुझबुझको आवश्यकता पर्दछ। धर्मको बारे हाम्रो अडानले जनता बीचको एकतामा असर पार्न सक्छ !'
Picture source: history.com
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया