नेहरु र धर्मनिरपेक्षता
एक पटक भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु टर्कीको भ्रमणमा जान लागेका थिए। स्वतन्त्र भारतका पहिलो मन्त्रीमण्डलमा प्रख्यात विद्वान मौलाना अबुल कलाम आजाद शिक्षामन्त्री थिए । त्यस अवसरमा आजादले नेहरुलाई मुसलमानहरुको पवित्र पुस्तक कुरान थमाए र सो ग्रन्थ टर्कीका रास्ट्रपतिलाई उपहार दिन अनुरोध गरे।
नेहरुले मौलाना आजादको पवित्र उद्देश्यलाई राम्ररी बुझेका थिए तर साथसाथै उनी आफ्नो जिम्मेवारी र कर्तव्यबोधबारे पनि सचेत थिए । त्यसैले उनले आजादलाई धन्यवाद दिदै विनम्रतापूर्वक भने- "म एउटा धर्मनिरपेक्ष मुलुकको सरकारप्रमुख हुँ । त्यस नाताले पनि मैले कसैलाई एउटा खास धर्मको धर्मग्रन्थ उपहार दिनु उचित हुदैन।"
नेहरुले थप भने, "धर्मनिरपेक्षताको अर्थ हुन्छ– राज्य र धर्मको बीचमा पुरै छुट्टिभिन्न र तटस्थता। मेरा निजी मान्यताहरु हुन सक्छन्। तर मेरो पदको जिम्मेवारीबोधले माग गर्छ– मेरा निजी मान्यताहरुले मेरा व्यवहारिक जीवनलाई प्रभावित गर्न दिनु हुदैन।"
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया