चीनका अग्रणी क्रान्तिकारी : १६० वर्षमा सन यात-सेन

नोभेम्बर १२ आधुनिक चीनका संस्थापक राष्ट्रपिता डा. सन यात-सेनको १६०औँ जन्मजयन्ती हो। सन देमिङका रूपमा जन्मिएका उनको जीवन छिङ वंशको पतनकालमा सुरु भएको थियो। तत्कालीन चीन प्रमुख औपनिवेशिक शक्तिहरूबीच व्यावहारिक रूपमा विभाजित थियो। देशका विभिन्न भूभाग फ्रान्स, पोर्चुगल, जापान, रुस र बेलायतको प्रत्यक्ष प्रशासनअन्तर्गत थिए। यसरी चीन विभाजित अवस्थामा थियो।

आखिरमा चिनियाँ राष्ट्रको स्वरूप नै बदलिदिने व्यक्ति ग्वाङ्दोङको एउटा सामान्य किसान परिवारबाट उदाएका थिए। उनकी पत्नी सोङ छिङलिङले पछि स्मरण गरेकी थिइन्, “एउटा गरिब किसान परिवारको गरिब छोराका रूपमा बिताएका तिनै प्रारम्भिक दिनहरूमा उनी क्रान्तिकारी बनेका थिए।” उनलाई अघि बढाउने विश्वास सरल भए पनि निकै क्रान्तिकारी थियो– “चीनका साना बालकहरूले लगाउनका लागि जुत्ता र खानका लागि भात पाउनुपर्छ।”

सन् १८७९ मा १३ वर्षको उमेरमा सन आफ्ना दाजुसँग बस्न हवाई पठाइए। ओआहुका निजी विद्यालयहरूमा उनले फ्रान्सेली क्रान्ति र अमेरिकी गणतन्त्रका प्रबोधनकालीन सिद्धान्तहरूको अध्ययन गरे। यसै क्रममा अब्राहम लिंकनका लेखनप्रति उनको आजीवन अनुराग विकसित भयो। आफ्नो भाइ अत्यधिक पश्चिमी संस्कृतिबाट प्रभावित हुँदै गएको आशङ्का गरेपछि उनका दाजुले सन् १८८३ मा उनलाई चीन फर्काए।

“एउटा गरिब किसान परिवारको गरिब छोराका रूपमा बिताएका तिनै प्रारम्भिक दिनहरूमा उनी क्रान्तिकारी बनेका थिए।” उनलाई अघि बढाउने विश्वास सरल भए पनि निकै क्रान्तिकारी थियो– “चीनका साना बालकहरूले लगाउनका लागि जुत्ता र खानका लागि भात पाउनुपर्छ।”

तर, सन् १८८४ मा हङकङमा उनले इसाई धर्मको बप्तिस्मा ग्रहण गरे र क्यान्टोनी भाषाको बप्तिस्मा नाम ‘यात-सुन’ रोजे। यसको अर्थ थियो– ‘हरेक दिन आफूलाई नयाँ बनाउनु’। पछि यो नाम परिवर्तन भएर ‘यात-सेन’ बन्यो, जसको अर्थ ‘स्वतन्त्र आत्माको अमर व्यक्ति’ हुन्छ। अन्ततः यही नामबाट उनी विश्वभर परिचित भए। सन् १८८६ मा सनले ग्वाङ्झाउस्थित बो जी अस्पतालमा चिकित्साशास्त्रको अध्ययन सुरु गरे। त्यसपछि सन् १८८७ मा उनी हङकङ कलेज अफ मेडिसिन फर चाइनिजमा भर्ना भए र त्यहाँबाट चिकित्साशास्त्रमा स्नातक गरे।

सन् १८९४ मा सनले छिङ सरकारका उच्चपदस्थ अधिकारी ली होङझाङसमक्ष सुधारका विस्तृत प्रस्तावहरूको सूची पेस गरे। तर, शाही प्रशासनले उनका सुझावलाई पूर्णतः अस्वीकार गरेपछि उनले क्रान्ति नै परिवर्तनको एकमात्र सम्भव बाटो भएको निष्कर्ष निकाले। त्यसपछि सनले चिकित्साशास्त्र त्यागे र शाही राजवंशको अन्त्य गर्ने अभियानमा आफूलाई पूर्ण रूपमा समर्पित गरे।

राजनीतिक निर्वासनको जीवन सुरु भएपछि सन् १८९४ देखि १९११ सम्म उनले विश्वका विभिन्न देशहरूको भ्रमण गरे। यस क्रममा उनले आफ्नो अभियानका पक्षमा चिनियाँ प्रवासीहरू र सहानुभूति राख्ने विदेशी सहयोगीहरूलाई एकजुट पार्ने प्रयास गरे। उनले क्रमशः आफ्नो क्रान्तिकारी राजनीतिक संगठन कुओमिन्ताङ (चिनियाँ राष्ट्रिय जनताको पार्टी) निर्माण गरे। यो संगठन सुरुमा ‘चीन पुनरुत्थान समाज’ (रिभाइभ चाइना सोसाइटी) का नामले परिचित थियो। साथै, उनले छिङ राजवंशविरोधी विभिन्न समूहहरू सम्मिलित एउटा व्यापक भूमिगत सञ्जालको नेतृत्व पनि गरे।

त्यसबेला छिङ सरकारका एजेन्टहरूले उनलाई लन्डनमा अपहरण गरेका थिए। बन्दी बनाएर उनलाई चिनियाँ दूतावासभित्र थुनिएको थियो। उनलाई गोप्य रूपमा चीन पुर्‍याएर मृत्युदण्ड दिने योजना बनाइएको थियो।

तर, उनको यो अन्तर्राष्ट्रिय अभियान सन् १८९६ को अक्टोबरमा लगभग अचानक अन्त्य हुन पुगेको थियो। त्यसबेला छिङ सरकारका एजेन्टहरूले उनलाई लन्डनमा अपहरण गरेका थिए। बन्दी बनाएर उनलाई चिनियाँ दूतावासभित्र थुनिएको थियो। उनलाई गोप्य रूपमा चीन पुर्‍याएर मृत्युदण्ड दिने योजना बनाइएको थियो। उनका पूर्व चिकित्साशास्त्रका गुरु डा. जेम्स क्यान्ट्लीको प्रयासका कारण १२ दिनपछि सन रिहा भए। यस घटनालाई पछि सनले आफ्नो पुस्तक किडन्याप्ड इन लन्डन (सन् १८९७) मा लिपिबद्ध गरेका थिए।

बेलायती संसद्को तल्लो सदन हाउस अफ कमन्समा बोल्दै आयरल्यान्डका गणतन्त्रवादी, पूर्व फेनियन बन्दी, भूमि सुधार अभियन्ता तथा साउथ मायो क्षेत्रका सांसद माइकल डेभिटले बेलायती उपनिवेशमन्त्रीसँग एउटा प्रश्नको जवाफ मागे। बेलायती शासनअन्तर्गत रहेको हङकङले डा. सन यात-सेनलाई किन देशनिकाला गरेको थियो? उपनिवेशमन्त्रीले “यी सज्जन अहिले चीनमा विद्रोहीहरूको नेतृत्व गरिरहेका छन् र...” भन्दै आफ्नो बचाउ गर्न खोज्दा डेभिटले निर्भीकतापूर्वक बीचमै हस्तक्षेप गर्दै भने, “म आशा गर्छु, उनी सफल हुनेछन्!”

क्रान्तिको लहर

पछि सिन्हाई क्रान्तिका नामले परिचित भएको क्रान्तिको विजययात्रा सन् १९११ अक्टोबर १० मा वुचाङ (हालको वुहान) मा सैनिक विद्रोहबाट सुरु भएको थियो। यसले चीनभरि क्रान्तिको यस्तो लहर सिर्जना गर्‍यो, जसले अन्ततः छ वर्षका सम्राट पुयीलाई गद्दी त्याग्न बाध्य बनायो।

उनी पहिले लन्डन र त्यसपछि पेरिस गए। उनको उद्देश्य युरोपेली शक्तिहरूले धराशायी हुँदै गरेको छिङ सेनालाई सहयोग नगर्ने कूटनीतिक प्रत्याभूति प्राप्त गर्नु थियो।

अक्टोबर १२ मा अमेरिकामा आर्थिक सहयोग जुटाउने अभियानमा रहेका सनले चीनमा भएको विद्रोहसम्बन्धी समाचारहरू पढे। त्यसपछि उनी पहिले लन्डन र त्यसपछि पेरिस गए। उनको उद्देश्य युरोपेली शक्तिहरूले धराशायी हुँदै गरेको छिङ सेनालाई सहयोग नगर्ने कूटनीतिक प्रत्याभूति प्राप्त गर्नु थियो। डिसेम्बर २१ सम्ममा सन चीन फर्किसकेका थिए। त्यसको आठ दिनपछि नयाँ राजधानी नान्जिङमा प्रान्तीय प्रतिनिधिहरूले उनलाई गणतन्त्र चीनको पहिलो अन्तरिम राष्ट्रपति निर्वाचित गरे।

सनको दृष्टिकोण र लेनिनको मूल्याङ्कन

उनकी पत्नी सोङ छिङलिङले पछि लेखेकी थिइन्, “सुरुदेखि नै सनको विश्वास थियो कि चीनले आफ्नो मुक्ति हासिल गर्न आर्थिक प्रणालीमा आमूल परिवर्तन गर्नु आवश्यक छ।”

राष्ट्रपति बनेलगत्तै सनले अफिममाथि प्रतिबन्ध लगाउने, सस्तो श्रमको शोषण रोक्ने र पदच्युत छिङ अधिकारीहरूमाथि प्रतिशोधस्वरूप हुने हिंसा नियन्त्रण गर्ने कदम चाले।

उनले आफ्ना ‘जनताका तीन सिद्धान्त’ (थ्री प्रिन्सिपल्स अफ द पिपल) का आधारमा शासन सञ्चालन गरे।

पहिलो, सनले प्रखर राष्ट्रवादको वकालत गरे। उनको उद्देश्य ४० करोड चिनियाँ जनतालाई एउटै राष्ट्रका रूपमा एकताबद्ध गर्नु थियो।

दोस्रो, उनले सामूहिक हितलाई विभाजित स्वार्थभन्दा माथि राख्ने सामूहिक लोकतन्त्रको पक्षमा वकालत गरे।

अन्ततः, उनको तेस्रो सिद्धान्त ‘जनताको कल्याण’ थियो, जसलाई क्रमशः ‘समाजवाद’ भनेर अनुवाद गर्न थालियो। यसै सिद्धान्तअन्तर्गत उनको सरकारले सामाजिक कल्याणका कार्यक्रमहरू र भूमि सुधारका उपायहरू अघि बढायो।

सनको आर्थिक विश्लेषणप्रति आलोचनात्मक रहे पनि लेनिनले उनलाई प्रबुद्ध र उदात्त क्रान्तिकारी–लोकतन्त्रवादीका रूपमा प्रशंसा गरे। उनले लेखेका थिए, “हामीसामु एउटा महान् जनताको साँच्चिकै महान् विचारधारा उपस्थित छ। यस्तो जनता, जो आफ्नो शताब्दियौँदेखिको दासत्वप्रति विलाप गर्ने र स्वतन्त्रता तथा समानताको सपना देख्ने मात्र होइन, चीनका शताब्दियौँदेखिका उत्पीडकहरूविरुद्ध लड्नसमेत सक्षम छ।”

सन् १९१२ मा सनले बेल्जियमको समाजवादी पत्रिका ले पुप्ल (Le Peuple) का लागि एउटा लेख लेखेका थिए। उक्त लेखले लेनिनको ध्यान आकर्षित गर्‍यो। सनको आर्थिक विश्लेषणप्रति आलोचनात्मक रहे पनि लेनिनले उनलाई प्रबुद्ध र उदात्त क्रान्तिकारी–लोकतन्त्रवादीका रूपमा प्रशंसा गरे। उनले लेखेका थिए, “हामीसामु एउटा महान् जनताको साँच्चिकै महान् विचारधारा उपस्थित छ। यस्तो जनता, जो आफ्नो शताब्दियौँदेखिको दासत्वप्रति विलाप गर्ने र स्वतन्त्रता तथा समानताको सपना देख्ने मात्र होइन, चीनका शताब्दियौँदेखिका उत्पीडकहरूविरुद्ध लड्नसमेत सक्षम छ।”

सम्झौताको मूल्य

छिङ राजवंशको पतनपछि थप रक्तपात हुन नदिन सनले शक्तिशाली बेयाङ सेनाका नेता युआन शिकाईलाई राष्ट्रपति पद हस्तान्तरण गरे।

सनले युआन नयाँ गणतन्त्रप्रति इमानदार रहने आशा गरेका थिए। तर, युआन चाँडै नै देशभित्र क्रूर तानाशाह र विदेशमा औपनिवेशिक शक्तिहरूको कठपुतली बने।

युआनले सनले स्थापना गरेको गणतन्त्रका संस्थागत संरचनाहरू भत्काइदिए। उनका क्रान्तिकारी सहयात्रीहरूलाई खोजीखोजी पक्राउ गर्ने, जेल हाल्ने र मृत्युदण्ड दिने क्रम सुरु भएपछि सन पुनः राजनीतिक निर्वासनमा जापान पुगे।

तर, सन् १९१५ को डिसेम्बरमा आफूलाई चीनको सम्राट घोषणा गरेर युआनले आफ्नो सीमा नाघे। जनमत उनीविरुद्ध गएपछि उनी गद्दी त्याग्न बाध्य भए। सन् १९१६ को जुनमा युआनको मृत्यु भयो र यसले सनको चीन फर्कने बाटो खोलिदियो।

सनले देशलाई पुनः एकीकरण गर्न सैनिक अभियान अर्थात् ‘उत्तरी अभियान’ (नर्दर्न एक्सपिडिसन) सञ्चालन गर्ने पक्षमा वकालत गरे। यस अभियानका लागि सैनिक सहयोग सुनिश्चित गर्न उनले सन् १९२३ मा सोभियत सङ्घका एडोल्फ जोफेसँग संयुक्त घोषणापत्रमा हस्ताक्षर गरे।

सन् १९१७ मा सनले संसद्का १५० भन्दा बढी सदस्यहरूलाई ग्वाङ्झाउमा एकत्रित गरे। तर, राजनीतिक गुटबन्दी र दक्षिणपश्चिमी क्षेत्रका सैनिक सरदारहरूको शक्ति परिचालनका कारण उनी सत्ताबाट हट्न बाध्य भए। त्यसपछि सन सांघाई फर्किए। सन् १९२१ मा उनी पुनः ग्वाङ्झाउ पुगे र उत्तरमा रहेको अलोकतान्त्रिक बेयाङ सरकारको विकल्पका रूपमा गणतन्त्र चीनको क्यान्टोन सरकार स्थापना गरे।

सनले देशलाई पुनः एकीकरण गर्न सैनिक अभियान अर्थात् ‘उत्तरी अभियान’ (नर्दर्न एक्सपिडिसन) सञ्चालन गर्ने पक्षमा वकालत गरे। यस अभियानका लागि सैनिक सहयोग सुनिश्चित गर्न उनले सन् १९२३ मा सोभियत सङ्घका एडोल्फ जोफेसँग संयुक्त घोषणापत्रमा हस्ताक्षर गरे। यसै सहमतिपछि कोमिन्टर्नका प्रतिनिधि मिखाइल बोरोडिन चीन आइपुगे। उनको आगमनले कुओमिन्ताङ र चिनियाँ कम्युनिस्ट पार्टीबीच पहिलो संयुक्त मोर्चा निर्माण गर्ने प्रक्रियालाई गति दियो।

माओ त्सेतुङले पछि सनलाई स्मरण गर्दै भनेका थिए, “डा. सन विनम्र स्वभावका व्यक्ति थिए। मैले उनलाई धेरै अवसरमा बोलेको सुनेको थिएँ र उनको व्यक्तित्वको प्रभावशाली शक्तिबाट प्रभावित भएको थिएँ।”

त्यसको एक वर्षपछि नै सनले आफ्ना ‘तीन महान् नीतिहरू’ (थ्री ग्रेट पोलिसिज) घोषणा गरे। यी परिमार्जित सिद्धान्तहरूले तीनवटा विषयमा जोड दिएका थिए– सोभियत सङ्घसँग गठबन्धन, चिनियाँ कम्युनिस्ट पार्टीसँग सहकार्य तथा किसान र मजदुरहरूलाई सहयोग।

माओ त्सेतुङले पछि सनलाई स्मरण गर्दै भनेका थिए, “डा. सन विनम्र स्वभावका व्यक्ति थिए। मैले उनलाई धेरै अवसरमा बोलेको सुनेको थिएँ र उनको व्यक्तित्वको प्रभावशाली शक्तिबाट प्रभावित भएको थिएँ।” उनले थप भनेका थिए, “चीनको विगत र वर्तमानका साथै सोभियत सङ्घलगायत विदेशी मुलुकहरूको अध्ययनमा उनले आफूलाई जसरी समर्पित गरेका थिए, त्यसबाट उनी ग्रहणशील र खुला विचार भएका व्यक्ति थिए भन्ने मैले बुझेको थिएँ।”

क्रान्ति अझै जारी छ

सनको मृत्यु सन् १९२५ मार्च १२ मा भयो। आफ्नो अन्तिम सन्देशमा उनले भनेका थिए, “क्रान्ति अझै सफल भएको छैन। कमरेडहरू, तपाईंहरूले यसलाई अघि बढाउनुपर्छ!”

सनका एक सहयोगी च्याङ काई सेकले चाँडै नै कुओमिन्ताङको नेतृत्व आफ्नो हातमा लिए। उनले पार्टीलाई सोभियत सङ्घविरोधी दिशातर्फ मोडे। सनको स्वाभाविक उत्तराधिकारीका रूपमा आफ्नो स्थान बलियो बनाउन उनले सनकी साली सोङ मेइलिङसँग विवाह गरे।

सन् १९२७ अप्रिलमा च्याङले चिनियाँ कम्युनिस्टहरूविरुद्ध निर्ममतापूर्वक दमन अभियान चलाएपछि रक्तपातपूर्ण गृहयुद्ध सुरु भयो। जापानी आक्रमणको प्रतिरोध गर्ने अवधिबाहेक यो गृहयुद्ध आगामी २२ वर्षसम्म पटकपटक जारी रह्यो।

यसैबीच, सोङ छिङलिङले कुओमिन्ताङको यो दक्षिणपन्थी मोडको विरोध गरिन् र आफ्ना दिवङ्गत पतिको सोभियत सङ्घसँगको गठबन्धनको पक्षमा दृढतापूर्वक उभिइन्।

सन् १९२७ अप्रिलमा च्याङले चिनियाँ कम्युनिस्टहरूविरुद्ध निर्ममतापूर्वक दमन अभियान चलाएपछि रक्तपातपूर्ण गृहयुद्ध सुरु भयो। जापानी आक्रमणको प्रतिरोध गर्ने अवधिबाहेक यो गृहयुद्ध आगामी २२ वर्षसम्म पटकपटक जारी रह्यो। सन् १९४९ मा पराजित भएपछि च्याङ ताइवान पलायन भए। त्यहाँ उनले सन् १९७५ मा आफ्नो मृत्युसम्म तानाशाहका रूपमा शासन गरे।

अर्कोतर्फ, सोङ छिङलिङ चीनको मुख्यभूमिमै रहिन्। उनले कम्युनिस्टहरूसँग सहकार्य गरिन् र अन्ततः जनवादी गणतन्त्र चीनको पहिलो महिला राष्ट्रप्रमुख बनिन्। सन् १९८१ मा आफ्नो निधन हुनुभन्दा केही समयअघि उनलाई मानार्थ राष्ट्रपतिको पदवीसमेत प्रदान गरिएको थियो।

सन् २०१६ मा राष्ट्रपति सी जिनपिङ्गले भनेका थिए, “सन यात-सेनको स्मरण गर्ने हाम्रो सबैभन्दा उत्तम तरिका भनेको उनको उदात्त चरित्रबाट शिक्षा लिनु हो। चीनको पुनरुत्थानको सपना साकार पार्ने निरन्तर सङ्घर्षमा एकजुट गर्न सकिने सबै शक्तिलाई एकजुट गर्नु र परिचालन गर्न सकिने सबै तत्त्वलाई परिचालन गर्नु नै त्यसको सही बाटो हो।”

आज इतिहासका औजारहरू फेरिएका हुन सक्छन्, तर क्रान्तिको मूल प्रवाह अझै जारी छ। यसले के प्रमाणित गर्छ भने कुनै राष्ट्रले आफ्नो अन्तर्निहित सम्भावनालाई चिन्न र त्यसप्रति जागरूक हुन थालेपछि असम्भवजस्ता देखिने सपनासमेत अटल यथार्थमा परिणत हुन सक्छन्।


Source: https://morningstaronline.co.uk

 

अनुवाद एवं प्रस्तुति: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्

 

जो ड्वायर

जो ड्वायर सन् २०१६ देखि सिन फेइनको लन्डन कार्यालयका प्रबन्धक तथा सिन फेइनका सांसदहरूका वरिष्ठ अनुसन्धानकर्ता हुन्।