किताबहरूले चिनियाँहरूमा जगाएको आत्मविश्वास
सन् १९११ मा छिङ राजवंशको पतन हुनुअघि चीनको अधिकांश जनसङ्ख्या– विशेषगरी महिलाहरू– निरक्षर थियो। सन् १९०० मा चीनको साक्षरता दर अनुमानित १० देखि १५ प्रतिशत मात्र थियो।
चिनियाँ समाजमा व्याप्त उथलपुथलका बीच छिङ राजवंशको पतनपछि पनि साक्षरताको अवस्थामा खासै सुधार आएन। सन् १९४९ को चिनियाँ क्रान्तिपछि भने यो स्थिति बदलियो। सन् १९५० को दशकदेखि नै साक्षरता दरमा उल्लेखनीय वृद्धि हुन थाल्यो। सन् १९५९ सम्म आइपुग्दा ५७ प्रतिशत जनसङ्ख्या साक्षर भइसकेको थियो।
विगत सात दशकमा साक्षरताको क्षेत्रमा चीनले हासिल गरेको प्रगतिलाई ‘सम्भवतः मानव इतिहासकै सबैभन्दा ठूलो शैक्षिक प्रयास’ भनिएको छ।
सन् २०२१ सम्म आइपुग्दा चीनको वयस्क साक्षरता दर बढेर ९७ प्रतिशत पुगेको थियो। यो तथ्यांकका आधारमा चीन आज विश्वका अग्रणी देशहरूमध्ये पर्छ। विगत सात दशकमा साक्षरताको क्षेत्रमा चीनले हासिल गरेको प्रगतिलाई ‘सम्भवतः मानव इतिहासकै सबैभन्दा ठूलो शैक्षिक प्रयास’ भनिएको छ।
यो उपलब्धि सन् १९४९ को क्रान्तिपछि चीनको कम्युनिस्ट पार्टी (सीपीसी) ले तत्कालै लागू गरेका विभिन्न कार्यक्रमहरूको परिणाम थियो। यी कार्यक्रमका प्रेरणाका स्रोत थिए– दक्षिणपूर्वी चीनमा सन् १९३१ देखि १९३४ सम्म सञ्चालित च्याङ्सी सोभियत र उत्तरमध्य चीनमा सन् १९३६ देखि १९४८ सम्म सञ्चालित येनान सोभियतअन्तर्गत ग्रामीण जनसमुदाय र वयस्कहरूमा साक्षरता बढाउन चलाइएका विभिन्न अभियान। ती अभियान सोभियत सङ्घको ‘लिकबेज’ लगायतका साक्षरता कार्यक्रमहरूमा आधारित थिए। लिकबेज निरक्षरता उन्मूलन गर्ने एउटा कार्यक्रम थियो। यसअन्तर्गत प्रौढ साक्षरता कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवस्थित गरिएको थियो, जसले सोभियत सङ्घका सबै गणराज्यमा साक्षरता विस्तार गर्न उल्लेखनीय योगदान पुर्याएको थियो।
लेनिनले भनेका थिए, ‘साक्षरताबिना राजनीति सम्भव हुँदैन। साक्षरता नभएको अवस्थामा हल्ला, गफगाफ, परीकथा र पूर्वाग्रहले मात्र ठाउँ पाउँछन्, राजनीतिले होइन।’
सन् १९२१ मा आर्थिक नीतिसम्बन्धी एउटा सम्मेलनमा भ्लादिमिर इलिच लेनिनले निरक्षरता कायम रहुन्जेल कुनै पनि प्रगति सम्भव नहुने घोषणा गरेका थिए। लेनिनले भनेका थिए, ‘साक्षरताबिना राजनीति सम्भव हुँदैन। साक्षरता नभएको अवस्थामा हल्ला, गफगाफ, परीकथा र पूर्वाग्रहले मात्र ठाउँ पाउँछन्, राजनीतिले होइन।’
यद्यपि नयाँ चीनमा सञ्चालित साक्षरता अभियानसँग सम्बन्धित सबै गतिविधिबारे यहाँ चर्चा गर्न सम्भव छैन, तर तीमध्ये तीनवटा गतिविधिबारे जान्नु अत्यन्तै आवश्यक छ।
चिनियाँ भाषामा निरक्षरताका लागि 文盲 शब्द प्रयोग गरिन्छ, जसको अर्थ टेक्स्ट ब्लाइंड’ अर्थात ‘लिखित पाठ पढ्न नसक्ने’ भन्ने हुन्छ। चिनियाँ भाषामा साक्षर मानिनका लागि ऐतिहासिक रूपमा चिनियाँ अक्षरहरू जान्नुलाई पहिलो सर्त मानिँदै आएको छ। एक लाखभन्दा बढी अक्षर रहेको चिनियाँ भाषाले समाजमा पूर्ण साक्षरता हासिल गर्ने दिशामा बाधाहरू खडा गर्दै आएको थियो। सन् १९५५ मा क्रान्तिकारी सरकारले साक्षरता अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन ‘चिनियाँ लिखित भाषा सुधार समिति’ गठन गर्यो। यसअन्तर्गत साक्षरताको न्यूनतम मापदण्ड नयाँ ढङ्गले निर्धारण गरियो। ग्रामीण बासिन्दाका लागि १,५०० अक्षर तथा सहरी बासिन्दा र ग्रामीण नेताहरूका लागि २,००० अक्षरको सूची तयार पारियो।
यसका अतिरिक्त, सन् १९५८ मा प्राथमिक विद्यालयहरूमा पिनयिन लिपि (चिनियाँ अक्षरहरूको रोमन लिप्यन्तरण पद्धति) प्रयोग गर्न थालियो। यसले चिनियाँ अक्षरहरूको प्रयोगलाई सरल बनाउन मद्दत गर्यो।
मेक्सिको र रुसमा जस्तै चिनियाँ क्रान्तिले पनि ग्रामीण साक्षरता र प्रौढ साक्षरता दुवैको महत्त्वमा जोड दिएको थियो। अभिभावकहरूले पढ्नलेख्नमा रुचि देखाएनन् भने बालबालिकाहरू पनि पढाइको आनन्दबाट वञ्चित हुनेछन् भन्ने मान्यता यसका पछाडि थियो। चीनको निरक्षरता उन्मूलन अभियानका प्रमुख नेताहरूमध्ये एक लिन हान्दाले सन् १९५५ मा भनेका थिए, साक्षरता भनेको अक्षरहरू चिन्नु मात्र होइन। साक्षरता अभियानको अन्तिम उद्देश्य किसानहरूलाई आफ्नो जीवन समृद्ध बनाउन र उत्पादकत्व बढाउन सक्षम बनाउनु हुनुपर्छ।
मेक्सिको र रुसमा जस्तै चिनियाँ क्रान्तिले पनि ग्रामीण साक्षरता र प्रौढ साक्षरता दुवैको महत्त्वमा जोड दिएको थियो। अभिभावकहरूले पढ्नलेख्नमा रुचि देखाएनन् भने बालबालिकाहरू पनि पढाइको आनन्दबाट वञ्चित हुनेछन् भन्ने मान्यता यसका पछाडि थियो।
त्यसको अर्को वर्ष जारी गरिएको निरक्षरता उन्मूलनसम्बन्धी घोषणापत्रमा ग्रामीण प्रौढ साक्षरता अभियानका दुई सिद्धान्त उल्लेख गरिएका थिए– ज्ञानलाई ‘व्यवहारसँग जोड्ने’ (लियान्सी शिजी) र ‘प्रयोगमा ल्याउने उद्देश्यले सिक्ने’ (स्युए यी झ युङ)।
चिनियाँ क्रान्तिले आफ्नो साक्षरता कार्यक्रमअन्तर्गत सार्वजनिक पुस्तकालयहरूको भूमिकामा पनि जोड दिएको थियो। सन् १९४९ मा चीनमा जम्मा ५५ वटा सार्वजनिक पुस्तकालय थिए। लोकतन्त्रको विस्तारका लागि नयाँ चीनले किसानहरूका निम्ति ग्रामीण क्षेत्रमा पुस्तकालय र श्रमिकहरूका निम्ति कारखानाभित्र पुस्तकालयहरू स्थापना गर्यो। सन् १९५६ सम्म आइपुग्दा चीनका गाउँहरूमा १ लाख ८२ हजार ९६० वटा वाचनालय स्थापना भइसकेका थिए, जहाँ विभिन्न विषयका पठन सामग्री उपलब्ध थिए।
यस प्रकारका परियोजनाहरूले चिनियाँ समाजलाई निरक्षरताबाट मुक्त हुन मद्दत गरे। आज चीनले युवाहरूमा स्क्रिन र भिडियो गेमको लतजस्ता नयाँ चुनौतीहरूको सामना गरिरहेको छ। यसै सन्दर्भमा सन् २०२१ मा चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो सरकारले युवाहरूको अनलाइन भिडियो गेम प्रयोगलाई हप्तामा तीन घण्टामा सीमित गर्ने कदम चाल्ने घोषणा गरेका थिए। यस व्यवस्थाको कार्यान्वयनमा भिडियो गेम उद्योग र अभिभावक दुवैको भूमिका रहनेछ।
सन् १९४९ मा चीनमा जम्मा ५५ वटा सार्वजनिक पुस्तकालय थिए। सन् १९५६ सम्म आइपुग्दा चीनका गाउँहरूमा १ लाख ८२ हजार ९६० वटा वाचनालय स्थापना भइसकेका थिए, जहाँ विभिन्न विषयका पठन सामग्री उपलब्ध थिए।
सन् २०२२ मा पठनपाठनसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यमा राष्ट्रपति सीले पढ्नुलाई ज्ञान प्राप्त गर्ने माध्यम मात्र नभई ज्ञानको विस्तार गर्ने र सद्गुण सिक्ने उपायका रूपमा प्रस्तुत गरेका थिए। उनले भनेका थिएः
“प्राचीन कालदेखि नै चिनियाँ जनताले पठनपाठनको वकालत गर्दै आएका छन्। उनीहरूले वस्तुहरूको प्रकृतिको अध्ययन गरेर ज्ञान हासिल गर्न र विवेकको प्रयोगद्वारा आफ्नो व्यक्तित्वमा सुधार ल्याउन जोड दिँदै आएका छन्। पढ्ने बानीले चिनियाँ जनतामा रहेको आत्मसंयमको परम्परागत भावनालाई सुदृढ बनाउन, उनीहरूमा आत्मविश्वास जगाउन र आत्मनिर्भर बन्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
म पार्टीका सदस्यहरू र पदाधिकारीहरूलाई पठनपाठनमा सक्रिय रूपमा सहभागी हुन, सद्गुण र आदर्शको मार्ग पछ्याउन तथा आफ्नो क्षमता अभिवृद्धि गर्न आह्वान गर्दछु। हाम्रा सबै बालबालिकामा पढ्ने बानीको विकास होस्, उनीहरूले पढाइमा आनन्द लिन सकून् र स्वस्थ रूपमा हुर्कन सकून् भन्ने मेरो अपेक्षा छ। हाम्रा जनतामा पढ्ने रुचि जागोस् र यस्तो वातावरण निर्माणमा योगदान पुगोस्, जहाँ सबैलाई पढ्न मन लागोस्, सबैका लागि राम्रा पुस्तकहरू उपलब्ध होऊन् र सबैले पढेर केही न केही सिक्न सकून् भन्ने म चाहन्छु।”
त्यही वर्ष शाङ्घाई पुस्तकालयको पूर्वी शाखा सर्वसाधारणका लागि खोलियो। पुडोङ जिल्लामा रहेको सेन्चुरी पार्कको ठीक अगाडि अवस्थित यस पुस्तकालयमा हरेक दिन चहलपहल हुन्छ। तर आइतबार साँझको दृश्य भने विशेष रूपमा हेर्नलायक हुन्छ।
शाङ्घाईमा दृश्य फरक हुन्छ। त्यहाँ बालबालिकाहरू किताबका चाङ बोकेर आफ्ना बुबाआमा वा हजुरबा–हजुरआमाको काखमा बसेका हुन्छन् र एकपछि अर्को किताब उत्साहपूर्वक पढ्छन्।
विश्व दक्षिणका धेरै गरिब देशहरूमा त्यतिबेला बालबालिकाहरू सडकमा खेलिरहेको देख्न सकिन्छ। विश्व उत्तरका देशहरूमा भने सायद त्यही समयमा बालबालिकाहरू घरभित्र स्क्रिनअगाडि टाँसिएर बसिरहेका होलान्। तर शाङ्घाईमा दृश्य फरक हुन्छ। त्यहाँ बालबालिकाहरू किताबका चाङ बोकेर आफ्ना बुबाआमा वा हजुरबा–हजुरआमाको काखमा बसेका हुन्छन् र एकपछि अर्को किताब उत्साहपूर्वक पढ्छन्।
पुस्तकालयको एउटा सानो तर महत्त्वपूर्ण खण्डमा मार्क्सवादी साहित्य राखिएको छ। यस खण्डमा पुस्तकहरू लेखकका आधारमा मिलाएर राखिएका छन्– कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स, माओत्सेतुङ, तङ स्याओपिङ तथा सी चिनफिङ।
पुस्तकालयको सबैभन्दा मनमोहक भाग बालबालिकाका लागि छुट्याइएको खण्ड हो, जहाँ रङ्गीचङ्गी पुस्तकहरूका लहर छन्। नजिकै राखिएका सोफा र टेबलहरूले पनि त्यहाँ बसेर पढ्न उत्सुकता जगाउँछन्।
मानव अधिकारसम्बन्धी सन् १९४८ को विश्वव्यापी घोषणापत्रको धारा २६ अनुसार प्रत्येक व्यक्तिलाई शिक्षाको अधिकार प्राप्त छ। यो पुस्तकालय त्यस्तो ठाउँ हो, जहाँ वयस्क हुन् वा बालबालिका, सबै आफ्नो पढ्न र सिक्न पाउने अधिकारको उपयोग गर्न आउँछन्।
यस परम्परामा पठनपाठन एउटा सामाजिक गतिविधि हो, जसले मानिसहरूमा र विशेषगरी युवाहरूमा सहानुभूति र संज्ञानात्मक क्षमता विकास गर्न मद्दत गर्छ। यसले मानिसहरूलाई आफ्नो इतिहास, संस्कृति, भाषा र पुर्खाहरूसँग पनि जोड्छ।
इतिहासकारको आँखामा भारतीय वामपन्थको विगत र भविष्य
‘झूटको साम्राज्य’ र नेटोको विस्तार: समकालीन विश्व व्यवस्थामा रूस र पश्चिमबीचको …
कार्ल काउत्स्की: मार्क्सवादका प्रथम भाष्यकार
झुक्दै नझुक्ने पहाडको छोरो: रतनलाल ब्राम्हण अर्थात् माइला बाजे
के समाजवादको मृत्यु भएको हो ?
क्रान्तिकारी जनवादी सरकारको सांस्कृतिक नीति
क्रान्ति, सादगी र विचारधारा झल्काउने माओत्सेतुङको पहिरन शैली
प्रतिक्रिया