जोन रिडको खोज (१९८२)

सन् १९८१ मा हलिउडको चलचित्र रेड्स (Reds) सार्वजनिक भयो। त्यस चलचित्रको मुख्य पात्र कम्युनिस्ट पत्रकार जोन रिड हुन्, जसलाई सहानुभूतिपूर्वक प्रस्तुत गरिएको छ। यस्तो चलचित्र आउनु आफैँमा आश्चर्यजनक थियो। यो त्यस्ता अनेक प्रमाणमध्ये एउटा थियो, जसले अमेरिकी समाज सन् १९५० को दशकमा व्याप्त कम्युनिस्टविरोधी उन्मादबाट निकै टाढा अघि बढिसकेको देखाउँथ्यो। ‘बोस्टन ग्लोब’का सम्पादकहरूले इतिहासकारका रूपमा मलाई आफ्ना पाठकहरूलाई जोन रिडबारे जानकारी दिन आग्रह गरे। यही लेख सन् १९८२ जनवरी ५ मा प्रकाशित भएको थियो।

कट्टरपन्थीहरू दोहोरो रूपमा चिढ्याउने खालका हुन्छन्। उनीहरू सच्चा अमेरिकी देशभक्त कस्ता हुनुपर्छ भन्ने धारणाअनुरूप आफूलाई ढाल्न अस्वीकार गर्छन् मात्र होइन, कट्टरपन्थीहरू कस्ता हुन्छन् भन्ने आम धारणामा समेत उनीहरू अटाउँदैनन्। प्रथम विश्वयुद्धको आसपासको समयमा सांस्कृतिक र राजनीतिक रूढिवादका पहरेदारहरूलाई अलमल्याउने र क्रुद्ध बनाउने जोन रिड र लुइस ब्रायन्टको हकमा पनि यही कुरा लागू हुन्थ्यो। अहिले वारेन बिट्टीको भव्य चलचित्र रेड्स मा उनीहरूलाई प्रस्तुत गरिएको छ। यसले केही आलोचकहरूलाई ‘कम्युनिस्ट चिक’ र ‘आधुनिक शैलीको मार्क्सवाद’ भन्दै गुनासो गर्ने अवसर दिएको छ। विडम्बना के छ भने, उनीहरूले अनजानमै आफ्नै समयका रिड र ब्रायन्टमाथि प्रहार गरिएका व्यङ्ग्यात्मक टिप्पणीहरूलाई फेरि दोहोर्‍याइरहेका छन्।

युद्धोन्मादी राष्ट्रवाद र युद्धको समयमा सैन्यीकरणको विरोध गर्नु, व्यवसायीहरू र सरकारले हडतालमा उत्रिएका मजदुरहरूलाई लाठी र गोलीले दमन गरिरहेका बेला समाजवादको पक्षमा वकालत गर्नु, अथवा  इतिहासको पहिलो सर्वहारा क्रान्ति ठानिएको घटनालाई स्वागत गर्नु, यी सबै कुराले पनि उनीहरूलाई सत्ताधारी र रूढिवादीहरूका आँखामा अस्वीकार्य बनाएका थिए।

उनीहरू र उनीहरूका असाधारण मित्रहरू—म्याक्स इस्टम्यान, एम्मा गोल्डम्यान, लिंकन स्टेफन्स र मार्गरेट स्याङ्गर—ले इसाई धार्मिक नैतिकताको प्रभुत्व रहेको देशमा यौन स्वतन्त्रताको पक्षमा आवाज उठाउनु नै पर्याप्त विवादास्पद थियो। युद्धोन्मादी राष्ट्रवाद र युद्धको समयमा सैन्यीकरणको विरोध गर्नु, व्यवसायीहरू र सरकारले हडतालमा उत्रिएका मजदुरहरूलाई लाठी र गोलीले दमन गरिरहेका बेला समाजवादको पक्षमा वकालत गर्नु, अथवा  इतिहासको पहिलो सर्वहारा क्रान्ति ठानिएको घटनालाई स्वागत गर्नु, यी सबै कुराले पनि उनीहरूलाई सत्ताधारी र रूढिवादीहरूका आँखामा अस्वीकार्य बनाएका थिए।

तर त्योभन्दा पनि आपत्तिजनक कुरा के थियो भने, उनीहरू केवल लेखक र बुद्धिजीवी बनेर शब्दका माध्यमबाट व्यवस्थामाथि प्रहार गर्नमै सीमित रहन चाहँदैनथे। उनीहरू हडतालमा उत्रिएका मजदुरहरूको पक्षमा धर्नामा सहभागी हुन्थे, स्वतन्त्र रूपमा प्रेम गर्थे, सरकारी समितिहरूको अवज्ञा गर्थे र जेल जानसमेत तयार हुन्थे। उनीहरूले आफ्ना कार्य र सिर्जना दुवैमार्फत क्रान्तिको पक्षमा आफूलाई उभ्याए। सामाजिक आन्दोलनहरूलाई केवल टाढैबाट नियाल्ने दर्शकहरूले हरेक पुस्तालाई दिने प्रतिबद्धताबाट टाढा रहने सल्लाहलाई उनीहरूले बेवास्ता गरे।

जोन रिडका लागि विद्रोह भनेको केवल आक्रोश पोख्नु थिएन, त्यो आनन्दको विषय पनि थियो; केवल विश्लेषण गर्नु थिएन, त्यो साहसिक यात्रा पनि थियो। यसले गर्दा उनका केही उदारवादी मित्रहरूले उनलाई कम गम्भीरतापूर्वक लिन थाले।

स्थापित शासनव्यवस्थाले जोन रिडलाई कहिल्यै माफ गर्न सकेन। (त्यसका आलोचकहरूमध्ये वाल्टर लिपम्यान र युजिन ओ’निलजस्ता केही व्यक्तिले समेत उनलाई माफ गर्न सकेनन्।) यसको कारण थियो—कला र विद्रोहलाई अलग गर्न उनले अस्वीकार गर्नु, उनका लेखनमा मात्र विद्रोही चेतना हुनु होइन, उनको सक्रियतामा समेत कल्पनाशीलता झल्किनु। उनका लागि विद्रोह भनेको केवल आक्रोश पोख्नु थिएन, त्यो आनन्दको विषय पनि थियो; केवल विश्लेषण गर्नु थिएन, त्यो साहसिक यात्रा पनि थियो। यसले गर्दा उनका केही उदारवादी मित्रहरूले उनलाई कम गम्भीरतापूर्वक लिन थाले। (लिपम्यानले त रिडमा ‘गिरफ्तार हुने असाधारण चाहना’ रहेको टिप्पणी गरेका थिए।) उनीहरूले के बुझ्न सकेनन् भने, देशको शक्तिशाली अभिजात वर्गका लागि कल्पनाशीलतासँग जोडिएको विरोध खतरनाक हुन्छ र साहससँग मिसिएको हाजिरजवाफी कुनै ठट्टाको विषय हुँदैन। गम्भीर र कठोर विद्रोहीहरूलाई जेलमा थुन्न सकिन्छ, तर विद्रोहलाई आकर्षक बनाउनु सबैभन्दा ठूलो राजद्रोह हो, यस्तो अपराध, जसका लागि कुनै सजाय पर्याप्त हुँदैन।

उनका मित्रहरू उनलाई ज्याक रिड भनेर बोलाउँथे। उनी जीवनभर कवि रहे, ओरेगन राज्यको पोर्टल्यान्डमा बिताएको सुखसुविधापूर्ण बाल्यकालदेखि हार्वर्ड कलेजसम्म, मेक्सिकोका किसान विद्रोहदेखि न्यु जर्सीका रेशम उद्योगका मजदुर र कोलोराडोका कोइला खानीका श्रमिकहरूको हडतालसम्म, युरोपका युद्धमोर्चादेखि पेट्रोग्राडमा बोल्सेभिक क्रान्तिका क्रममा नाराबाजी गर्दै गीत गाइरहेका जनसमूहसम्म। तर मासेज पत्रिकामा उनका सहसम्पादक म्याक्स इस्टम्यानले लेखेका थिए, “रिडका लागि कविता भनेको शब्दहरू लेख्ने कुरा मात्र थिएन, जीवन जिउने कुरा पनि थियो।” वास्तवमा, उनका धेरै कविताहरू खासै स्मरणीय थिएनन्। तर चलचित्र क्यामेरा अस्तित्वमा आउनुअघि नै क्यामेराको आँखाले जस्तै र टेप रेकर्डर बन्नुअघि नै त्यसको स्मरणशक्तिले जस्तै, उनी युद्ध र क्रान्ति, हडताल र प्रदर्शनका घटनाहरूको केन्द्रमा पुग्थे। उनले लोकप्रिय पत्रपत्रिका र आर्थिक अभावमा चलिरहेका कट्टरपन्थी मासिकहरूका पाठकहरूका लागि इतिहासलाई जीवन्त बनाइदिए।

सन् १९०६ देखि १९१० सम्म हार्वर्डमा अध्ययन गर्दा रिड खेलाडी थिए—उनी पौडी खेल्थे र वाटर पोलो खेल्थे। उनी ठट्टा र ख्यालठट्टा गर्न रुचाउँथे, खेलकुद प्रतियोगितामा दर्शकहरूलाई उत्साहित पार्थे, ल्याम्पुन पत्रिकाका लागि लेख्थे र कोपे (चार्ल्स टाउनसेन्ड कोपल्यान्ड) भनेर चिनिने प्रख्यात लेखन शिक्षकका विद्यार्थी थिए। त्यही समयमा उनी भण्डाफोर पत्रकारिताका अगुवा लिंकन स्टेफन्सका प्रिय शिष्यसमेत थिए। हार्वर्डको सम्भ्रान्तवादी अहङ्कारका उनी खुराफाती आलोचक थिए, यद्यपि उनी वाल्टर लिपम्यानको समाजवादी क्लबका सदस्य भने थिएनन्। स्नातक भएपछि उनी एउटा मालवाहक जहाजमा काम गर्दै युरोप गए—लन्डन, पेरिस र म्याड्रिड। त्यसपछि उनी फर्केर ग्रिनिच भिलेजमा बसोबास गरिरहेका बोहेमियन जीवनशैली अपनाउने कट्टरपन्थी लेखकहरूको समूहमा सामेल भए। त्यहीँ स्टेफन्सले उनलाई अमेरिकन नामक साहित्यिक तथा राजनीतिक पत्रिकामा सामान्य सम्पादकीय काम दिलाउन सहयोग गरे।

रिडले एउटा घोषणापत्र पनि लेखेः “पूँजीवादी प्रेसले तिनको उत्कृष्टताकै कारण अस्वीकार गरेका कविता, कथा र चित्रहरूले यस पत्रिकामा स्वागत पाउनेछन्।” मासेज कुनै राजनीतिक पार्टीको मुखपत्र मात्र थिएन, त्यो आफैँमा एउटा जीवन्त समूह थियो।

सन् १९१२ मा न्युयोर्कमा जोन रिडजस्तै सूक्ष्म दृष्टिले वरिपरि नियाल्ने जोकोहीका लागि धनसम्पत्ति र गरिबीबीचको चरम असमानता इन्द्रियहरूलाई नै झस्काउने खालको थियो। उनले म्याक्स इस्टम्यानद्वारा सम्पादित नयाँ पत्रिका मासेज का लागि लेख्न थाले। म्याक्स इस्टम्यान समाजवादी–नारीवादी क्रिस्टल इस्टम्यानका भाइ थिए। रिडले एउटा घोषणापत्र पनि लेखेः “पूँजीवादी प्रेसले तिनको उत्कृष्टताकै कारण अस्वीकार गरेका कविता, कथा र चित्रहरूले यस पत्रिकामा स्वागत पाउनेछन्।” मासेज कुनै राजनीतिक पार्टीको मुखपत्र मात्र थिएन, त्यो आफैँमा एउटा जीवन्त समूह थियो। त्यसका पृष्ठहरूमा अराजकतावादी र समाजवादी, कलाकार र लेखक तथा विभिन्न खालका परिभाषित गर्न कठिन विद्रोहीहरू समेटिएका थिए। कार्ल स्यान्डबर्ग, एमी लोवेल, विलियम कार्लोस विलियम्स र अप्टन सिन्क्लेयर त्यहाँ लेख्थे। विदेशबाट बर्ट्रान्ड रसेल, गोर्की र पिकासोका रचनाहरू पनि प्रकाशित हुन्थे।

त्यतिबेला वर्गसंघर्षले समाजलाई थर्काइरहेको थियो। रिड म्यासाचुसेट्सको लरेन्स पुगे, जहाँ महिला र बालबालिकाहरूले कपडा कारखानाबाट काम छाडेर बाहिर निस्कँदै क्रान्तिकारी संगठन इन्डस्ट्रियल वर्कर्स अफ द वर्ल्ड (आईडब्लूडब्ल्यू) र समाजवादी पार्टीको सहयोगमा हृदयविदारक तर वीरतापूर्ण हडताल गरिरहेका थिए। रिडले आईडब्लूडब्ल्यूका नेता बिल हेउडलाई भेटे। एक वर्णनमा उनलाई “एउटा आँखा गुमाएको, अर्को आँखामा प्रभावशाली व्यक्तित्व झल्किने, चोटपटकले थिलथिलो परेको विशालकाय मानिस” भनिएको थियो। हेउडबाट उनले हडसन नदीपारि प्याटरसनमा २५ हजार रेशम उद्योगका मजदुरहरूले आठ घण्टे कार्यदिनको माग गर्दै गरेको हडतालबारे थाहा पाए। प्रहरीले उनीहरूलाई लाठीचार्ज गरिरहेको थियो। प्रेसले यी घटनाबारे कुनै समाचार दिइरहेको थिएन, त्यसैले रिड प्याटरसन गए। उनी टाढै उभिएर टिपोट लिने स्वभावका मानिस थिएनन्। उनी हडतालकारीहरूको पिकेटिङमा सहभागी भए र त्यहाँबाट हट्न अस्वीकार गरेपछि गिरफ्तार भए। उनले चार दिन जेलमा बिताए।

प्याटरसनका हडतालकारीहरूको विशाल सभामा उनी सहभागी भए। त्यहाँ उनले युवा आइरिस कट्टरपन्थी एलिजाबेथ गुर्ली फ्लिनलाई हात बाँधेर चुपचाप बस्नुमा निहित शक्तिबारे बोलिरहेको सुने। त्यसपछि कहिल्यै नहिचकिचाउने रिड आफैँले भीडलाई फ्रान्सेली राष्ट्रिय गान ला मार्सेयेज र इन्टरनेसनल गाउन नेतृत्व गरे।

मासेज का लागि यस घटनाबारे लेख्दा उनको लेखनशैलीमा नयाँपन देखियो—त्यसमा आक्रोश थियो र उनी स्वयं घटनामा संलग्न थिए। प्याटरसनका हडतालकारीहरूको विशाल सभामा उनी सहभागी भए। त्यहाँ उनले युवा आइरिस कट्टरपन्थी एलिजाबेथ गुर्ली फ्लिनलाई हात बाँधेर चुपचाप बस्नुमा निहित शक्तिबारे बोलिरहेको सुने। त्यसपछि कहिल्यै नहिचकिचाउने रिड आफैँले भीडलाई फ्रान्सेली राष्ट्रिय गान ला मार्सेयेज र इन्टरनेसनल गाउन नेतृत्व गरे। उनी र मेबेल डजले एउटा साहसिक र शानदार योजना बनाए। मेबेलको फिफ्थ एभिन्यूस्थित अपार्टमेन्ट कला र राजनीतिका गतिविधिहरूको केन्द्र थियो, र उनी चाँडै नै रिडकी प्रेमिका बन्ने थिइन्। उनीहरूको योजना थियो—म्याडिसन स्क्वायर गार्डेनमा हडतालबारे एउटा भव्य झाँकी प्रस्तुत गर्ने, जसमा एक हजार मजदुरले अभिनय गर्नेछन्। रिडले त्यसको पटकथा तयार पार्न दिनरात काम गरे, जोन स्लोनले दृश्यसज्जाका चित्रहरू बनाए र १५ हजार मानिस उपस्थित भएर ताली र जयजयकार गरे।

सन् १९१४ मा मेक्सिकोमा पान्चो भिल्ला किसानहरूको विद्रोहको नेतृत्व गरिरहेका थिए। मेट्रोपोलिटन पत्रिकाले रिडलाई आफ्नो संवाददाताका रूपमा त्यहाँ जान आग्रह गर्‍यो। रिड चाँडै नै मेक्सिकन क्रान्तिको केन्द्रमा पुगे। उनी स्वयं भिल्ला सँग घोडा चढेर हिँडे र त्यहाँबाट समाचार तथा लेखहरू पठाए। ती लेखहरूको वाल्टर लिपम्यानले प्रशंसा गर्दै भने, “यो अहिलेसम्म गरिएको उत्कृष्टतम समाचार लेखन हो... उनका  अनुभूतिहरूको विविधता, भाषाको सामर्थ्य र रङ्गीन अभिव्यक्ति असीमित देखिन्थ्यो... र त्यतिन्जेलसम्म केवल एउटा वितण्डाका रूपमा प्रस्तुत गरिएको भिल्लाको क्रान्ति, पृथ्वी र आकाशको भव्य दृश्यचित्रमा गतिशील जनसमूहहरूको विशाल परिदृश्यका रूपमा खुल्दै जान थाल्यो।” रिडका लेखहरूको सङ्ग्रह इन्सर्जेन्ट मेक्सिको (विद्रोही मेक्सिको) पत्रकारिता विद्यालयहरूमा प्रशंसित हुने ‘वस्तुनिष्ठ समाचार लेखन’ को नमुना थिएन। त्यसको उद्देश्य एउटा क्रान्तिलाई सहयोग गर्नु थियो।

महान् पत्रकारका रूपमा प्रशंसा पाउँदै रिड न्युयोर्क फर्किएको केही समय मात्र भएको थियो, त्यत्तिकैमा लुडलो नरसंहारको स्तब्ध पार्ने समाचार देशभर फैलियो। दक्षिणी कोलोराडोमा हडतालमा उत्रिएका खानी मजदुरहरूमाथि मेसिनगनले गोली प्रहार गरिएको थियो र उनीहरूका परिवारका सदस्यहरूलाई जिउँदै जलाएर मारिएको थियो। रकफेलर परिवारको पैसामा परिचालित नेसनल गार्डका सैनिकहरूले यो आक्रमण गरेका थिए। रिड चाँडै घटनास्थल पुगे र ‘द कोलोराडो वार’ शीर्षकमा लेख लेखे।

अप्रकाशित पाण्डुलिपिमा रिडले लेखेका थिए, “अनि यहाँ राष्ट्रहरू छन्, कुकुरहरूझैँ एकअर्काको घाँटीमा झम्टिन दौडिरहेका छन्... कला, उद्योग, वाणिज्य, व्यक्तिगत स्वतन्त्रता, स्वयं जीवनलाई समेत मृत्युका भयावह यन्त्रहरू कायम राख्न कर लगाइएको छ।”

सन् १९१४ को ग्रीष्म ऋतुमा उनी प्रोभिन्सटाउनमा थिए। आगामी केही वर्षसम्म यो ठाउँ उनको आश्रयस्थल बन्ने थियो। त्यहाँ उनी पौडी खेल्थे, लेख्थे र प्रेममा रमाउँथे। सन् १९१६ सम्म मेबेल डजसँग उनको सम्बन्ध निकै उतारचढावपूर्ण रह्यो। त्यही वर्षको अगस्टमा युरोपमा युद्ध सुरु भयो। अप्रकाशित पाण्डुलिपिमा रिडले लेखेका थिए, “अनि यहाँ राष्ट्रहरू छन्, कुकुरहरूझैँ एकअर्काको घाँटीमा झम्टिन दौडिरहेका छन्... कला, उद्योग, वाणिज्य, व्यक्तिगत स्वतन्त्रता, स्वयं जीवनलाई समेत मृत्युका भयावह यन्त्रहरू कायम राख्न कर लगाइएको छ।”

रिड आफ्नी आमालाई भेट्न पोर्टल्यान्डस्थित घर गए। उनकी आमाले उनका कट्टरपन्थी विचारहरूलाई कहिल्यै समर्थन गरेकी थिइनन्। त्यहाँको स्थानीय आईडब्लूडब्ल्यू सभागृहमा उनले एम्मा गोल्डम्यानको भाषण सुने। त्यो उनका लागि अविस्मरणीय अनुभव थियो। गोल्डम्यान त्यस पुस्ताकी नारीवाद र अराजकतावादकी सशक्त अगुवा थिइन्। उनको जीवन आफैँले एउटा कुरा प्रमाणित गर्थ्यो—क्रान्तिकारी व्यक्ति एकैसाथ जीवनप्रति उल्लासपूर्ण र आफ्नो विचारप्रति गम्भीर हुन सक्छ।

न्युयोर्कका ठूला पत्रपत्रिकाहरूले युरोपेली युद्धको समाचार सङ्कलन गर्न उनलाई आग्रह गरे र उनले मेट्रोपोलिटन का लागि त्यहाँ जाने सहमति जनाए। त्यसै समयमा उनले मासेज का लागि एउटा लेख पनि लेखे। उनका अनुसार यो युद्ध नाफाका लागि लडिएको थियो। युरोप जाने क्रममा उनले जहाजका प्रथम श्रेणीका डेकमा सुखसुविधासाथ यात्रा गरिरहेका धनीहरूलाई देखे भने जहाजको तल्लो भागमा तीन हजार इटालेलीहरूलाई पशुहरूलाई जस्तै कोचेर राखिएको थियो। उनी चाँडै बेलायत, स्विट्जरल्यान्ड र जर्मनी पुगे। त्यसपछि फ्रान्समा युद्धभूमिका मैदानहरू हुँदै हिँडे—जहाँ वर्षा, हिलो र लासहरू थिए। उनलाई सबैभन्दा बढी निराश बनाउने कुरा दुवै पक्षका मानिसहरूलाई गाँजिरहेको घातक देशभक्ति थियो। यसबाट केही समाजवादीहरू समेत अछुतो थिएनन्। बेलायतका एच. जी. वेल्स पनि तिनैमध्ये एक थिए।

चार महिनापछि अमेरिका फर्कँदा उनले कट्टरपन्थी मानिएका अप्टन सिन्क्लेयर र जोन ड्युईसमेत देशभक्तिको पक्षमा उभिएको पाए। वाल्टर लिपम्यान पनि त्यसै कित्तामा थिए। त्यतिबेला न्यु रिपब्लिक का सम्पादक बनिसकेका लिपम्यानले सन् १९१४ को डिसेम्बरमा ‘द लेजेन्डरी जोन रिड’ शीर्षकको एउटा अनौठो निबन्ध लेखे। त्यस निबन्धले उनी र रिडबीचको वैचारिक दूरी स्पष्ट पार्‍यो। लिपम्यानले लेखे, “स्वभावैले उनी व्यावसायिक लेखक वा संवाददाता होइनन्। उनी त रमाइलो गर्न रुचाउने व्यक्ति हुन्।” त्यसपछि आफूलाई ‘व्यावसायिक लेखक’ ठान्ने लिपम्यानले रिडलाई पूर्णतः खारेज गर्ने अन्तिम टिप्पणी गरे, “रिडमा घटनाबाट तटस्थ रहने क्षमता छैन, र उनी यस कुरामा गर्व गर्छन्।”

सन् १९१५ मा रिड फेरि युद्धको समाचार सङ्कलन गर्न गए। यसपटक उनी रुस पुगे, जहाँ गाउँहरू जलाइएका र लुटिएका थिए तथा जारका सैनिकहरूले यहुदीहरूको सामूहिक हत्या गरिरहेका थिए।

यो कुरा सत्य थियो। सन् १९१५ मा रिड फेरि युद्धको समाचार सङ्कलन गर्न गए। यसपटक उनी रुस पुगे, जहाँ गाउँहरू जलाइएका र लुटिएका थिए तथा जारका सैनिकहरूले यहुदीहरूको सामूहिक हत्या गरिरहेका थिए। त्यसपछि उनी बुखारेस्ट, कन्स्टान्टिनोपल र सोफिया पुगे अनि सर्बिया र ग्रिस गए। देशभक्तिको वास्तविक अर्थ के हो भन्ने कुरा उनका लागि स्पष्ट थियो—मेसिनगनको गोलीबाट वा भोकमरीबाट मर्नु, बिफर, डिफ्थेरिया, हैजा र टाइफसजस्ता रोगबाट ज्यान गुमाउनु। अमेरिका फर्केपछि उनले ‘शत्रु’ विरुद्ध सैन्य तयारी गर्नुपर्ने विषयमा चलिरहेको अनन्त बहस सुने। त्यसपछि मासेज का लागि लेख्दै उनले अमेरिकी श्रमिकको वास्तविक शत्रु देशको कुल जनसङ्ख्याको दुई प्रतिशत हिस्सा भएको बताए, जसको स्वामित्वमा राष्ट्रिय सम्पत्तिको ६० प्रतिशत थियो। उनले लेखे, “हामी श्रमिकहरूलाई त्यस शत्रुबाट आफ्नो रक्षा गर्न तयार रहन आह्वान गर्छौँ। हाम्रो सैन्य तयारी भनेको यही हो।”

सन् १९१६ को सुरुतिर जोन रिडले पोर्टल्यान्डमा लुइस ब्रायन्टलाई भेटे र उनीहरू पहिलो भेटमै प्रेममा परे। ब्रायन्टले आफ्ना पतिलाई छाडिन् र न्युयोर्कमा रिडसँग बस्न आइन्। यसरी उनीहरूको भावनाले भरिपूर्ण, काव्यात्मक प्रेमसम्बन्ध सुरु भयो। ब्रायन्ट आफैँ पनि लेखिका थिइन् र एक प्रकारकी अराजकतावादीसमेत थिइन्। त्यसै वर्षको ग्रीष्म ऋतुमा रिड युद्धका आवाजहरूबाट केही समय राहत पाउन ब्रायन्टसँगै प्रोभिन्सटाउनका शान्त समुद्री तटहरूमा गए। एउटा तस्बिरमा उनी बालुवामाथि निर्वस्त्र तर लज्जाशील मुद्रामा पल्टिरहेकी देखिन्छिन्।

जोन रिडले मासेज मा लेखे, “युद्ध भनेको कुरूप, उन्मादी भीडको पागलपन हो, जसले सत्य बोल्नेहरूलाई क्रसमा चढाउँछ र कलाकारहरूको घाँटी निमोठ्छ... यो हाम्रो युद्ध होइन।”

सन् १९१७ को अप्रिलसम्म आइपुग्दा वुड्रो विल्सनले जर्मनीविरुद्ध युद्ध घोषणा गर्न अमेरिकी कंग्रेसलाई आग्रह गरिरहेका थिए। यसैबीच जोन रिडले मासेज मा लेखे, “युद्ध भनेको कुरूप, उन्मादी भीडको पागलपन हो, जसले सत्य बोल्नेहरूलाई क्रसमा चढाउँछ र कलाकारहरूको घाँटी निमोठ्छ... यो हाम्रो युद्ध होइन।” अनिवार्य सैनिक भर्तीको विरोधमा उनले कंग्रेससमक्ष बयान दिँदै भने, “म यस युद्धमा विश्वास गर्दिनँ... म यसमा सहभागी हुने थिइनँ।”

एम्मा गोल्डम्यान र अलेक्ज्यान्डर बर्कम्यानलाई ‘मानिसहरूलाई सैनिक भर्तीका लागि नाम दर्ता नगर्न उक्साउने षड्यन्त्र’ गरेको आरोपमा सैनिक भर्तीसम्बन्धी कानुनअन्तर्गत गिरफ्तार गरिएपछि रिड उनीहरूको बचाउमा साक्षी बने। उनीहरू दोषी ठहरिए र जेल पठाइए। युद्धको विरोध गरेका अन्य एक हजार अमेरिकीहरूलाई पनि जेल पठाइयो। मासेज लगायत कट्टरपन्थी पत्रपत्रिकाहरूमाथि प्रतिबन्ध लगाइयो।

युरोप र अमेरिकाका श्रमिक वर्गले युद्धलाई समर्थन गरिरहेको र वर्गसंघर्षलाई बिर्सिरहेको देखेर रिड दुःखी थिए। तैपनि उनले आशा त्यागेनन्। उनले लेखे, “लोकतन्त्रबाट एउटा नयाँ संसार जन्मिनेछ भन्ने विचार म त्याग्न सक्दिनँ—अझ समृद्ध, अझ साहसी, अझ स्वतन्त्र र अझ सुन्दर संसार।”

सन् १९१७ मा रुसबाट गर्जनसहितको समाचार आयो। जार र पुरानो शासनसत्ता ढालिएका थिए। क्रान्ति अघि बढिरहेको थियो। रिडले सोचे, आखिर यहाँ एउटा यस्तो सम्पूर्ण जनसमुदाय भेटिएको छ, जसले अब नरसंहारलाई निरन्तरता दिन अस्वीकार गरेको छ, आफ्नै शासक वर्गविरुद्ध विद्रोह गरेको छ र नयाँ समाज निर्माणमा जुटेको छ। त्यो नयाँ समाजको स्वरूप अझै स्पष्ट भइसकेको थिएन, तर त्यसको भावनाले मानिसहरूलाई मत्त बनाइरहेको थियो।

एउटा घटनास्थलबाट अर्कोमा दौडँदै रिडले अविश्वसनीय तीव्रताका साथ टिपोट लिए। उनले प्रत्येक पर्चा, पोस्टर र घोषणापत्र सङ्कलन गरे। त्यसपछि सन् १९१८ को सुरुतिर आफ्नो वृत्तान्त लेख्न उनी अमेरिका फर्के।

लुइस ब्रायन्टसँगै उनी फिनल्यान्ड हुँदै पेट्रोग्राडतर्फ जहाजमा प्रस्थान गरे। उनीहरू वरिपरि क्रान्ति ज्वालामुखीझैँ विस्फोट भइरहेको थियो र उनीहरू त्यसको रोमाञ्चमा पूर्णतः डुबेका थिए। विशाल जनसभा भइरहेका थिए, मजदुरहरूले कारखानाहरू आफ्नो नियन्त्रणमा लिइरहेका थिए, सैनिकहरूले युद्धको विरोधमा आवाज उठाइरहेका थिए र पेट्रोग्राड सोभियतमा बोल्सेभिकहरूको बहुमत निर्वाचित भएको थियो। त्यसपछि नोभेम्बर ६ र ७ मा रेल्वे स्टेसन, तार कार्यालय, टेलिफोन सेवा र हुलाक कार्यालयमाथि तीव्र गतिमा, रक्तपातविना नियन्त्रण कायम गरियो। अन्ततः मजदुर र सैनिकहरू उल्लासले भरिएर शीतकालीन दरबारभित्र प्रवेश गरे।

एउटा घटनास्थलबाट अर्कोमा दौडँदै रिडले अविश्वसनीय तीव्रताका साथ टिपोट लिए। उनले प्रत्येक पर्चा, पोस्टर र घोषणापत्र सङ्कलन गरे। त्यसपछि सन् १९१८ को सुरुतिर आफ्नो वृत्तान्त लेख्न उनी अमेरिका फर्के। त्यहाँ पुग्नेबित्तिकै उनका टिपोटहरू जफत गरिए। युद्धको विरोध गरेको आरोपमा मासेज का अन्य सम्पादकहरूसँगै उनीमाथि पनि अभियोग लगाइएको थियो। तर मुद्दाको सुनुवाइका क्रममा रिड र इस्टम्यानले आफ्ना विश्वास र विचारबारे प्रभावशाली तथा निर्भीक ढङ्गले बयान दिए। निर्णायक मण्डल कुनै निष्कर्षमा पुग्न सकेन र अन्ततः आरोपहरू खारेज गरिए।

अब रिड देशभरि युद्ध र रुसी क्रान्तिबारे व्याख्यान दिँदै हिँड्न थाले। बोस्टनको ट्रेमन्ट टेम्पलमा हार्वर्डका विद्यार्थीहरूले उनको भाषणमा होहल्ला गर्दै अवरोध गरे। इन्डियानामा उनले युजिन डेब्सलाई भेटे, जसलाई युद्धको विरोधमा भाषण दिएको आरोपमा चाँडै दस वर्षको जेल सजाय सुनाइने थियो। सिकागोमा उनले बिल हेउड र आईडब्लूडब्ल्यूका अन्य सय जना नेताहरूको मुद्दाको सुनुवाइमा भाग लिए। उनीहरूलाई लामो जेल सजाय दिइने थियो। त्यही वर्षको सेप्टेम्बरमा चार हजार मानिसको सभालाई सम्बोधन गरेपछि सशस्त्र सेनामा भर्ती हुन निरुत्साहित गरेको आरोपमा रिड गिरफ्तार भए।

अन्ततः उनले रुससम्बन्धी आफ्ना टिपोटहरू फिर्ता पाए। त्यसपछि दुई महिनासम्म तीव्र गतिमा लेखेर उनले  संसारलाई हल्लाउने दस दिन(टेन डेज द्याट शुक द वर्ल्ड)  तयार पारे। यो बोल्सेभिक क्रान्तिको प्रत्यक्षदर्शी विवरणको उत्कृष्ट कृति बन्यो। त्यसका पृष्ठहरूमा नयाँ संसार जन्मिरहेको अनुभूति गराउने आवाजहरू भरिएका थिए। त्यसबेला रिडले देखेका दृश्यहरूलाई उनका शब्दहरूले यसरी जीवन्त बनाएका थिए:

अन्ततः उनले रुससम्बन्धी आफ्ना टिपोटहरू फिर्ता पाए। त्यसपछि दुई महिनासम्म तीव्र गतिमा लेखेर उनले  संसारलाई हल्लाउने दस दिन(टेन डेज द्याट शुक द वर्ल्ड)  तयार पारे। यो बोल्सेभिक क्रान्तिको प्रत्यक्षदर्शी विवरणको उत्कृष्ट कृति बन्यो।

“नेभ्स्की हुँदै, साँझको धमिलो उज्यालोमा, पछिल्ला समाचारपत्रहरूका लागि भीडहरू तँछाडमछाड गरिरहेका थिए... प्रत्येक सडकको कुनामा, प्रत्येक खुला ठाउँमा मानिसहरूका बाक्ला समूहहरू झुम्मिएका थिए; सैनिक र विद्यार्थीहरू बहस गरिरहेका थिए... पेट्रोग्राड सोभियत स्मोल्नीमा निरन्तर बैठक बसिरहेको थियो। त्यो आँधीबेहरीको केन्द्र बनेको थियो। प्रतिनिधिहरू भुइँमै निदाउँथे र फेरि उठेर बहसमा सहभागी हुन्थे। ट्रोत्स्की, कामेनेभ र भोलोदार्स्की दिनको छ, आठ, बाह्र घण्टासम्म भाषण गरिरहेका थिए...”

सन् १९१९ मा युद्ध समाप्त भइसकेको थियो, तर मित्रराष्ट्रका सेनाहरूले रुसमाथि आक्रमण गरेका थिए र अमेरिकामा युद्धकालीन उन्माद अझै जारी थियो। जुन देशले ‘क्रान्ति’ शब्दलाई संसारभर गौरवको प्रतीक बनाएको थियो, त्यही देश अहिले क्रान्तिदेखि भयभीत भइरहेको थियो। हजारौँ गैरनागरिकहरूलाई धरपकड गरी गिरफ्तार गरिन्थ्यो र कुनै सुनुवाइबिना देशनिकाला गरिन्थ्यो। देशभर हडतालहरू भइरहेका थिए र प्रहरीसँग झडपहरू भइरहेका थिए। रिड कम्युनिस्ट वर्कर्स पार्टी गठन गर्ने काममा संलग्न भए र कम्युनिस्ट इन्टरनेसनलका बैठकहरूमा प्रतिनिधिका रूपमा सहभागी हुन रुस गए। त्यहाँ उनले पार्टीका कर्मचारीतन्त्रका अधिकारीहरूसँग बहस गरे, क्रान्ति कतातिर जाँदै छ भन्नेबारे चिन्ता व्यक्त गरे, मस्कोमा एम्मा गोल्डम्यानलाई भेटे र क्रान्तिप्रतिको मोहभङ्गले भरिएको उनको आक्रोशपूर्ण अभिव्यक्ति सुने।

तीमध्ये थोरै मानिसले मात्रै पनि त्यस चलचित्रबाट युद्ध र अन्याय, कला र प्रतिबद्धताबारे सोच्न थाले, अनि एउटा राम्रो संसार निर्माणको सम्भावनाका लागि राष्ट्रिय सीमाभन्दा परसम्म मित्रताको दायरा विस्तार गर्नेबारे विचार गर्न थाले भने, त्यो छोटो तर तीव्रतापूर्वक बाँचेको एउटा जीवनको ठूलो उपलब्धि हुनेछ।

तैपनि उनले आशा त्यागेनन्। उनी एउटा बैठकबाट अर्को बैठकमा दौडिरहन्थे—मस्कोको एउटा सम्मेलनबाट कृष्ण सागरको तटमा आयोजित एसियाली जनसमुदायको विशाल सभासम्म। उनी आफूलाई अत्यधिक थकाइरहेका थिए। अन्ततः उनी बिरामी परे; उनलाई ज्वरो आयो र उनी प्रलाप गर्न थाले। त्यो टाइफस थियो। केवल ३३ वर्षको उमेरमा, मस्कोको एउटा अस्पतालमा, आफ्नी पत्नी तथा सहयोद्धा लुइस ब्रायन्टसँगको गहिरो प्रेमसम्बन्ध र क्रान्तिको विचारप्रतिको उत्कट लगाव उत्कर्षमा पुगेका बेला उनको मृत्यु भयो।

जोन रिडको पार्थिव शरीरलाई नायकका रूपमा क्रेमलिनको पर्खालछेउ समाधिस्थ गरियो। तर वास्तवमा उनको आत्मा त्यहाँको होस् वा यहाँको, अथवा संसारको कुनै पनि ठाउँको—कुनै पनि स्थापित शासन व्यवस्थाको स्वामित्वमा पर्दैन। अचम्मको कुरा, सन् १९८१ मा, उनको मृत्यु भएको साठी वर्षपछि, एउटा चलचित्रका कारण लाखौँ अमेरिकीहरूले जोन रिडबारे जान्नेछन्। यदि तीमध्ये थोरै मानिसले मात्रै पनि त्यस चलचित्रबाट युद्ध र अन्याय, कला र प्रतिबद्धताबारे सोच्न थाले, अनि एउटा राम्रो संसार निर्माणको सम्भावनाका लागि राष्ट्रिय सीमाभन्दा परसम्म मित्रताको दायरा विस्तार गर्नेबारे विचार गर्न थाले भने, त्यो छोटो तर तीव्रतापूर्वक बाँचेको एउटा जीवनको ठूलो उपलब्धि हुनेछ।

Source: Howard Zinn on History

अनुवाद एवं प्रस्तुति: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्