उनको पछाडि मार्क्स छन्, छेउमा गान्धी छन्: नेहा बोरा र निभ्न अस्वीकार गर्ने आगो
भारतमा वामपन्थी राजनीति सङ्कटमा परेको बेला नेहा बोरा एक प्रकारले प्रोमेथियसका रूपमा उदाइन्। ग्रीक पौराणिक कथामा प्रोमेथियस त्यस्ता पात्र हुन्, जसले देवताबाट आगो चोरेर आम मानिसलाई दिएका थिए। कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा भएका जुलाई आन्दोलनका क्रममा चर्चामा आएकी नेहा बोरा सोनम वाङ्चुककी सहयोद्धा थिइन्। उनीसँगै नेहाले २३ दिनसम्म आमरण अनशन गरेकी थिइन्। यो विशेष अर्थपूर्ण थियो। मुख्यतः नक्सलवादी धारासँग जोडिएको वामपन्थी विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी सङ्घ (आइसा) सँग आबद्ध नेहाले सङ्घर्षका लागि गान्धीवादी विधि अपनाउनु आफैँमा भारतीय वामपन्थलाई उनले दिएको एउटा नयाँ प्रयोग थियो। आइसा सीजेपीको नेतृत्वमा भएका जुलाई प्रदर्शनको समर्थनमा खुलेर उभिएको थियो। तर नेहाको सक्रियताले उनलाई आइसा भन्दा पनि ठूलो राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ। उनको अनुहार र पहिचान आइसा वा यसको मातृसङ्गठन भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) लिबरेसनभन्दा बाहिर पनि स्वतन्त्र रूपमा चिनिन थालेको छ।
आइसा सीजेपीको नेतृत्वमा भएका जुलाई प्रदर्शनको समर्थनमा खुलेर उभिएको थियो। तर नेहाको सक्रियताले उनलाई आइसा भन्दा पनि ठूलो राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ।
‘भारतीय युवा आन्दोलनको नयाँ अनुहार’ भनेर चिनिएकी नेहाको राजनीतिक सक्रियतालाई ‘गान्धीवादी मेरुदण्ड भएको मार्क्सवादी आत्मा’ का रूपमा व्याख्या गर्न सकिन्छ। उनी एक मिश्रित क्रान्तिकी मार्क्सवादी म्याडोना हुन्—उनको पछाडि मार्क्स छन्, छेउमा गान्धी छन्, अनि विद्रोही भए पनि गान्धीको अहिंसात्मक मूल्य–मान्यतामा आधारित राजनीतिका लागि एउटा बेचैन पुस्ता उनलाई आशाको नजरले हेरिरहेको छ। उनको राजनीतिक सक्रियताको उल्लेखनीय पक्ष के हो भने उनले मार्क्सवाद र गान्धीवाद दुवैमा पाइने एउटा साझा विशेषतालाई आत्मसात् गरेकी छन्—आम जनतासँग सम्बन्ध स्थापित गर्ने क्षमता। नेहाको राजनीतिक व्यक्तित्व कहिल्यै पनि चतुर, चमकदार वा तडकभडकपूर्ण देखिएको छैन। जन्तरमन्तरमा उनले आमरण अनशन सुरु गरेका दिनदेखि दिल्ली प्रहरीलाई छक्याएर कनाट प्लेसतर्फ दौडिएको दिनसम्म उनका भाषणहरू क्रान्तिकारी हुनुका साथै आकर्षक र कौतूहल जगाउने खालका छन्। उनी युवाहरूले वर्षौँदेखि चिनेको, विश्वास गर्न सक्ने र आफ्नै कथा बाँड्न सक्ने व्यक्तिजस्ती देखिन्छिन्। यस देशका युवाहरूले आफूलाई निराशाजनक असहाय अवस्थामा पाएका बेला नेहा बोरा एउटी ‘दिदी’ का रूपमा उदाएकी छन्, जसलाई युवाहरूले कुनै आशङ्का वा हिचकिचाहटबिना विश्वास गर्न सक्छन्।
उनको राजनीतिक सक्रियताको उल्लेखनीय पक्ष के हो भने उनले मार्क्सवाद र गान्धीवाद दुवैमा पाइने एउटा साझा विशेषतालाई आत्मसात् गरेकी छन्—आम जनतासँग सम्बन्ध स्थापित गर्ने क्षमता। नेहाको राजनीतिक व्यक्तित्व कहिल्यै पनि चतुर, चमकदार वा तडकभडकपूर्ण देखिएको छैन।
के नेहाको व्यक्तिगत लोकप्रियतालाई भारतको समग्र संसदीय वामपन्थको हितमा उपयोग गर्न सकिन्छ? अहिलेसम्म मसँग यस प्रश्नको कुनै उत्तर छैन। तर एउटा कुरा भने निश्चित रूपमा भन्न सकिन्छ निराश र राजनीतिक मूलधारबाट अलग्गिएको युवा पुस्तासामु वैकल्पिक राजनीतिको आशा प्रस्तुत गर्न नेहा सक्षम छिन् भन्ने कुरा उनले प्रमाणित गरेकी छन्। उनका भाषण शान्त र संयमित हुन्छन्, तर उत्तिकै ओजपूर्ण पनि। उनी केही सेकेन्डमै ठट्टाबाट गम्भीर प्रश्नतर्फ मोडिन सक्छिन्। उनका अभिव्यक्तिमा युवाहरूले लामो समयदेखि खोजिरहेको साहसको झलक पाइन्छ। राजनीतिक नेताहरू आम जनताबाट झन्झन् टाढिँदै गएका, पहुँचबाहिर पुगेका र जवाफदेहिताबाट पन्छिँदै गएका बेला नेहाको राजनीतिक सक्रियताले उनलाई भारतीय युवाहरूको आफ्नै घरआँगनको मान्छेजस्तै नजिक ल्याएको छ।
यही कारणले मैले नेहालाई भारतीय राजनीतिको समकालीन प्रोमेथियस भनेको हुँ। यदि सीजेपीका अभिजीत दिप्केले युवाहरूलाई उनीहरूका आवश्यकताप्रति बेवास्ता गर्ने, लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने र युवाहरूको वितृष्णा तथा निराशाका कथाहरूलाई किनारामा धकेल्ने शासनविरुद्धको आन्दोलनमा परिचालित गर्न मद्दत गरेका थिए भने, यो जायज आक्रोशको इन्धन कहिल्यै नसकियोस् भन्ने सुनिश्चित गर्ने काम नेहा बोराले गरेकी छन्। आन्दोलनको प्रारम्भिक ज्वाला सल्काउनु दिप्केको सबैभन्दा ठूलो योगदान थियो भने त्यसयता नेहाले यो आगोमा निरन्तर अक्सिजन थपिरहेकी छन्। यहाँ क्रान्तिको राँको परम्परागत अर्थमा एक हातबाट अर्को हातमा हस्तान्तरण भएको होइन, बरु धेरै हातहरूले त्यसलाई समातेर फैलाएका छन्। सुरुमा सम्भ्रान्त नागरिक समाजभित्र जन्मिएको यो आगो सफलतापूर्वक आम जनतामाझ फैलिएको छ, र यस अभियानको केन्द्रमा नेहा छिन्।
सीजेपीका अभिजीत दिप्केले युवाहरूलाई उनीहरूका आवश्यकताप्रति बेवास्ता गर्ने, लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने र युवाहरूको वितृष्णा तथा निराशाका कथाहरूलाई किनारामा धकेल्ने शासनविरुद्धको आन्दोलनमा परिचालित गर्न मद्दत गरेका थिए भने, यो जायज आक्रोशको इन्धन कहिल्यै नसकियोस् भन्ने सुनिश्चित गर्ने काम नेहा बोराले गरेकी छन्।
विपक्षीहरूले आफ्नो छवि धमिल्याउने प्रयास गर्दा नेहाले त्यसलाई जसरी सम्हालिन्, त्यो पनि उल्लेखनीय छ। उनको छविलाई बदनाम गर्ने यस्ता प्रयास पटकपटक भएका छन्। तीमध्ये दुईवटा घटना र तिनलाई उनले सम्हालेको रोचक तरिका विशेष रूपमा उल्लेख गर्न योग्य छन्। पहिलो घटना सेनामा कार्यरत आफ्ना बुबासँग नेहाले कुराकानी गर्न छाडेकी छन् भन्ने झुटो समाचार थियो। त्यसको कारण उनी वामपन्थी भएकी र त्यसैले ‘राष्ट्रविरोधी’ बनेकी हुँदा उनका बुबाले उनलाई घृणा गर्छन् भन्ने दाबी गरिएको थियो। नेहाले आफ्ना बुबासँग मतभेद हुने र चर्काचर्की बहससमेत चल्ने गरेको कुरा स्वीकार गरेकी थिइन्। तर त्यसलाई उनको राजनीतिक सक्रियतासँग कुनै सम्बन्ध नै नभएको उक्त झुटो समाचारसँग जोड्न मिल्दैन।
दोस्रो घटना भने यौनिक सङ्केत बोकेको थियो। दिल्ली प्रहरीसँगको मुठभेडका क्रममा ब्यारिकेड पार गर्ने प्रयास गरिरहेका बेला खिचिएको लामो भिडियोको एउटा छोटो दृश्यमा उनको पहिरनभित्रबाट स्तनको केही भाग देखिएको थियो।
विद्रोही महिलाले यौनिक उपहास, उत्पीडन नै नभए पनि, भोग्न नपरोस् भन्ने अपेक्षा गर्नु अझै पनि नारीवादी युटोपिया अर्थात् आदर्श कल्पनाको विषय हो।
दक्षिणपन्थी ट्रोलहरूको समूहले लामो भिडियोको त्यही एक सेकेन्डको दृश्यलाई व्यापक रूपमा फैलायो। उनीहरूले नेहालाई ‘ब्रा नलगाई विद्रोह गर्ने महिलाहरू’ मध्ये एकका रूपमा चित्रित गरे। यसरी राजनीतिक टकरावको एउटा क्षणलाई जानीजानी यौनिक उपहास र नैतिकताको पहरेदारी गर्ने अवसरमा रूपान्तरण गरियो। यसप्रति नेहाको प्रतिक्रिया आफ्नै ठाउँमा असाधारण थियो, उनले त्यसलाई पूर्णतः बेवास्ता गरिन्। यस्तो मूर्खतापूर्ण टिप्पणीको प्रतिवाद गर्न र महिलाको शरीरको स्वाभाविक पक्षलाई लिएर हुने यस्ता कुरामा समय खेर फाल्नुको सट्टा उनले आफ्नो र आन्दोलनको आवाजलाई अझ बुलन्द बनाउन समय खर्चिन्। विद्रोही महिलाले यौनिक उपहास, उत्पीडन नै नभए पनि, भोग्न नपरोस् भन्ने अपेक्षा गर्नु अझै पनि नारीवादी युटोपिया अर्थात् आदर्श कल्पनाको विषय हो।
नेहा सडकमा उत्रिएको र हिरासतमा नलिइएको एउटै दिन छैन। पटकपटक हिरासतमा पर्ने र रिहा हुने अविछिन्न चक्र चलिरहे पनि नेहा आफ्नो मूल स्थानबाट विचलित भएकी छैनन्—मार्क्सको पछाडि, गान्धीको छेउमा र युवाहरूको माझमा। बेरोजगारी, जवाफदेहिताको अभाव, संस्थागत कमजोरी र युवाहरूका लागि भविष्यका अवसरहरू खुम्चिँदै गएको जस्ता तात्कालिक सरोकारलाई तल्लो वर्गको परिचालन, जातिवादविरुद्धको अभियान र समाजवादको मार्क्सवादी भाष्यसँग जोडेर नेहाले भारतीय राजनीतिमा मार्क्सको प्रत्यक्ष अनुहार नदेखाई मार्क्सवादी मूल्यहरू प्रवेश गराइरहेकी छन्। यसको ठोस परिणाम देखिन समय लाग्न सक्छ। तर, भारतको राजनीतिक परिदृश्यलाई अतिदक्षिणपन्थतर्फ धकेलिएको यस घडीमा नेहाले त्यसलाई क्रमशः अलिकति भए पनि वामपन्थतर्फ फर्काउने प्रक्रिया मूलतः सुरु गरिसकेकी छन्।
स्रोत: https://countercurrents.org
अनुवाद एवं प्रस्तुति: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
प्यालेष्टिनीमाथि भइरहेको नरसंहारको दारुण कथा
मतदाता सूचीको विवादले चर्किएको सडक संघर्ष
फ्रान्सको विद्यार्थी आन्दोलन किन चर्किँदैछ ?
यमनमा हुथी आन्दोलनको उदय, वैचारिक धरातल र भूराजनीतिक संघर्ष
ब्राजिलको चुनावी संघर्ष: ब्रिक्स र भूराजनीतिमा पार्न सक्ने दुरगामी प्रभाव
इथियोपियामा फेरि गृहयुद्ध: प्रधानमन्त्री अबियको ‘फुटाऊ र शासन गर’ रणनीति उल्ट…
बहुध्रुवीय विश्व अब केवल एउटा सिद्धान्त होइन वास्तविकता
प्रतिक्रिया