मेरो नेपाल

ताप्लेजुङ्ग पर्छ कोसीमा,

पाथिभरा गर्न दर्शन,

पाँचथर जाने पर्यटक,

साँधुटार जाने पर्छन्।

इलामको चिया पिउला,

कन्याममा खिची फोटो,

संखुवासभाको राष्ट्रिय निकुञ्जमा,

समय अलिक छोटो।

तेर्हथुमको ह्यातुंग झरना

तीनजुरे डाँडाको लालीगुराँस,

प्रकृतिमा रमाउने धनकुटा

नमस्ते झरना आसपास।

भोजपुर हाम्रो खुकुरी पाउने,

नेपालको हाम्रो शान,

हलेशी मात्र दर्शन गर्न,

खोटाङको हैन गुनगान।

आकास छुने सगरमाथा हाम्रो

सोलुखुम्बु पर्ने जिल्ला

मन लोभ्याउने सुन्दर दृश्य,

ओखलढुङ्गामा हेर्न मिल्ला।

चौधगढ़ी किल्ला हेर्न

उदयपुर पो जाने हो कि,

अर्जुनधारा जलेश्वर धाममा,

झापाले है बोकी।

मोरंग जिल्ला विराटनगर,

मिल्छ पनि जान,

सुनसरी गइ धरानमा,

बास बस्न पो छान।

कोशी प्रदेशका १४ जिल्ला,

किरात सभ्यता हो खास,

देशको पर्यटनमा सहयोग,

कमि हुन्न गास।

मधेश प्रदेश अन्नको खानी,

आठ जिल्ला छ हाम्रो,

ती जिल्लाको मिथिला सभ्यता,

छ है निकै राम्रो।

सप्तरीको बाजेको पेडा,

चखाउला नि पाहुनालाई,

सिरहामा भएको मन्दिर,

आउला प्रसाद चढाई।

धनुषाको जनकपुर धाम,

रौतहटमा गरौँ गर्व,

महोत्तरी घुम्न जाम्ला,

मनाउला छठ पर्व।

सर्लाहीको भरत ताल छ,

लालबन्दीमा छ गोलभेडा,

पर्सा घुम्दै बारा जाम,

गढीमाईमा लाग्दा मेला।

नेवा: सभ्यताको जात्रा हेर्न,

काठमाडौँ आउने भए,

बागमती प्रदेशको अरु जिल्ला,

दर्शन गर्दै गए।

पशुपतिनाथ दर्शन गरी,

बौद्धनाथ र स्वयम्भु नि जानु,

भक्तपुरको "व" र "जु:जु: धौ"

अवश्य पनि खानु।

ललितपुरमा गोदावरी,

प्रकृतिकी बेहुली,

मकवानपुर पो सदरमुकाम,

यतै बस्छ घुली।

दोलखाको जिरी हाम्रो,

सुन्दर छ है नजर,

गोसाइकुण्ड रसुवा जान,

गर त है सदर।

रामेछापको मन्थलीमा,

मिल्छ राम्रो ठाउँ,

मलाई मन पर्छ सार्है,

नुवाकोटको गाउँ।

सिन्धुलीमा सुन्तला खाने,

काभ्रेमा भगवती मन्दिर,

त्यहाँको दुध लगि बनाउला,

सिन्धुपाल्चोकमा खीर।

 

धादिङ्गको धार्के जाने,

जाने नौबिसे र गजुरी,

चितवन जिल्ला घुमी आउला,

खाउला सेल र पुरी।

मेरो गण्डकी अञ्चल हेर,

मगरात सभ्यताको बास,

सुन्दरताको कुरा गर्न,

छ नि निकै खास।

गोरखामा छ मनकामना,

जाउला केवलकार चढी,

घले गाउँमा जानलाई,

लम्जुङ्ग तिर बढी।

तनहुँको घाँसी कुवा,

दमौलीमा रमौली,

कास्कीको नाम लिन्छु म,

पोखरा चै जाउली।

म स्वर्ग एउटा शब्द लिउला,

तिमी मनाङ्ग मुस्ताङ्ग बुझ्नु,

म्याग्दी हुदै बाग्लुङ्ग आउला,

कालिका मन्दिर पुज्नु।

पर्वतको त्यो पल हाम्रो,

स्याङ्जा सिरुबारी गाउँ,

नवलपरासी पहिला थियो,

अहिले नवलपुर छ नाउँ।

लुम्बिनी भन्छु म,

बुझ तिमी १२ वटा जिल्ला,

गौतम बुद्धको जन्मथलो,

कति ज्ञान मिल्ला।

परासीमा फुल्की खाने,

रुपन्देही बुटवल,

ढाकाको चोलो सिलाउन,

पाल्पामा लगाउने मोल।

बुद्धको जन्मथलो,

कपिलवस्तु छ प्यारो,

बर्दियाको निकुञ्जमा,

मुटु छ है मेरो।

सुपा देउराली मन्दिर जान,

अर्घाखाँची जाने,

पूर्व रुकुम गएर आइ,

गुल्मीमा बटुक खाने।

स्वर्गदारी मन्दिर जान,

प्युठानमा पर्छ बास,

मगरात सभ्यता र थारुको,

संस्कार रोल्पा आसपास।

धारापानी मन्दिर जान,

दाङ्ग जिल्ला घुम्न,

बाँके जिल्ला नेपालगंजमा,

स्वच्छ वातावरण छुन।

कर्णालीको सभ्यता छ,

खस आर्य नि राम्रो,

१० वटा जिल्ला हाम्रो,

सबै निकै राम्रो।

पश्चिम रुकुम चारझारी उपत्यका,

छ मलाई एकदम खास,

मुगुको रारा ताल वरिपरि,

फेरौँला स्वच्छ सास।

 

से फ़ोक्सुण्डोको सफा पानी,

जाउ है डोल्पा हेर्न,

सुर्खेत पनि सुन्दर निकै,

सक्छ मुटु बेर्न।

कुपिण्डे तालको कुरा गरौँ,

सल्यान जाने बाटो,

त्यति राम्रो स्याउ फलाउने,

हुम्ला जुम्लाको माटो।

तिर्थाचुली सुन्दर हाम्रो,

कालिकोटको माया,

जाजरकोटको कुरा गर्छु,

त्रिवेणी दहको छायाँ।

दैलेख जान भ्याउनु छ है,

सबैभन्दा ठुलो प्रदेश,

छ वटा सभ्यता देशको,

सयौं अरु छ भेष।

प्यारो छ है सुदुरपश्चिम,

बाजुरा देखि सुरु,

संसारकै सुन्दर देशहरुको,

बडिमालिका हो है गुरु।

बझाङको त्यो खप्तड निकुञ्ज,

मेरो देशको मान,

अछाम घुम्न जाम न सबै,

डोटीको छ शान।

दार्चुला हाम्रो अपि नम्पा,

बैतडीमा छ अरु ठाउँ,

डडेल्धुराको सबै प्यारो,

जसरी कैलालीको नाउँ।

सुक्लाफाँट राष्ट्रिय निकुञ्ज,

कंचनपुरको आफ्नोपन,

नेपाल स्वर्ग जस्तै छ,

पर्यटनको कुरामा झन्।

अर्थ, समाज, संस्कृति र विकास,

पर्यटन कानुनको हो लक्ष्य,

"सर्वे भवन्तु: सुखिन:" को संस्कार

सिद्ध पार्ने कक्ष।

स्वर्ग जस्तै नेपाल छ हाम्रो,

देशमा दिउँ है जोड,

वातावरण संरक्षण गरेर धनी,

बन्ने लिउ है मोड।