पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध
हालै पाकिस्तानले अफगानिस्तान विरुद्ध 'खुल्ला युद्ध'को घोषणा गर्दै राजधानी काबुल लगायतका विभिन्न स्थानमा लडाकु विमानमार्फत बमबारी गरेको छ।
पाकिस्तानी सञ्चार माध्यमहरुले जनाए अनुसार सेनाले तालिबानका थुप्रै सैन्य चौकीहरू नष्ट गरेका छन्। यस भीषण आक्रमणमा परी हालसम्म १३३ जना अफगानीको मृत्यु भएको र २०० जना घाइते भएको पाकिस्तानी प्रवक्ताले पुष्टि गरेका छन्।
अफगानिस्तानले आफ्ना तीन महत्त्वपूर्ण स्थानहरूमा बमबारी भएको जनाएको छ। काबुलमा तालिबान लडाकुहरूले सुरक्षा र निरीक्षणमा कडाइ गरेका छन् भने सीमावर्ती क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ।
दुई देशबीचको यो सैन्य टकरावले दक्षिण एसियाली क्षेत्रमा गम्भीर सुरक्षा चुनौती र मानवीय संकट निम्त्याउने खतरा बढेको देखिन्छ।
प्राचीन मानव सभ्यतालाई ध्वंश गर्दै सीमा पर्खाल: ६००० वर्ष पुरानो चट्टानी कला खत…
क्युबा: रुसी तेल कहाँ छ? मस्कोले लुकाएको सत्य
इतिहासको ऋण: ८५० किलो अन्न, आठ दशकपछि चुक्ता
मिसिर बेसरा: अन्तिम पोलिटब्युरो नेता
पश्चिम एशियाको तरल शक्ति सन्तुलन बीच अमेरिका–इरानको अस्थायी ‘युद्धविराम’
श्रीलङ्का, बङ्गलादेश र नेपाल: जेन–जी पुस्ताले शासकहरूलाई सत्ताबाट हटाउन सफल ह…
भियतनामको सार्वभौमसत्ताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ
प्रतिक्रिया