इजरायल-हिजबुल्लाह युद्धविराम: दुई महिने सहमति र चुनौतीहरू
इजरायलले बेरुतमा हवाइ हमला गरी गरेको विध्वंशको दृश्य
इजरायल र लेबनानी समूह हिजबुल्लाहबीच अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम सुरु भएको छ। एक वर्षदेखि छिटपुट रूपमा र दुई महिनादेखि पूर्ण रूपमा हिजबुल्लाह र इजरायलबीच युद्ध चलेको थियो। यस युद्धमा इजरायलको बमबारीले ठूलो संख्यामा लेबनानी जनता जनधनको क्षतिमा परेका छन्। त्यस्तै, हिजबुल्लाहको रकेट आक्रमणका कारण इजरायलमा पनि करिब ५० हजार मानिस विस्थापित भएका थिए। हिजबुल्लाह नेताहरूले पनि यो सम्झौतामा प्रारम्भिक समर्थन जनाएका छन्।
हिजबुल्लाह र इजरायलबीच भएको सहमति अनुसार ६० दिनको लागि युद्धविराम लागू हुनेछ। यसअन्तर्गत इजरायली सेना लेबनानबाट फिर्ता हुनेछन्। त्यस्तै, हिजबुल्लाहले पनि आफ्ना लडाकुहरूलाई दक्षिणी लेबनानमा इजरायली सीमाबाट पछाडि हटाउनेछ। तर, इजरायलले अझै पनि यो कुरामा जोड दिएको छ कि यदि हिजबुल्लाहले सम्झौताको उल्लङ्घन गरेमा उसलाई आक्रमण गर्ने अधिकार हुनेछ। लेबनानले भने यस प्रावधानको कडा विरोध गरेको छ।
यस युद्धविराम सम्झौताअनुसार लेबनानको लितानी नदीको दक्षिणपट्टि ५००० लेबनानी सेना तैनाथ हुनेछन्। साथै, त्यहाँ संयुक्त राष्ट्रका शान्ति सैनिकहरूको पनि तैनाथी हुनेछ। अमेरिकाको नेतृत्वमा एक अन्तर्राष्ट्रिय निगरानी समूहले दुवै पक्षले सम्झौताको सर्तहरूको इमानदारीपूर्वक पालना गरिरहेका छन् कि छैनन् भन्ने कुरामा निगरानी गर्नेछ।
यो युद्धविराम सम्झौताप्रति टिप्पणी गर्दै हिजबुल्लाहले भनेको छ कि यो सम्झौतामा उसको समर्थन इजरायलले पुनः आक्रमण नगर्ने आश्वासनमा निर्भर हुनेछ।
इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…
जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …
ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की
गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?
इजरायली हवाई आक्रमणमा यमनका हुथी प्रधानमन्त्री मारिए
अमेरिका–रूस शिखर बैठक
प्रतिक्रिया