गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्ध पक्राउ आदेश

अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्व रक्षामन्त्री याओव ग्यालन्ट विरुद्ध गाजामाथि इजरायलको आक्रमणका क्रममा भएका मानवताविरोधी अपराध र युद्ध अपराधका लागि पक्राउ आदेश जारी गरेको छ।
अन्तर्राष्ट्रिय अदालतको वक्तव्यमा इजरायली नेताहरूले "गाजाका नागरिकहरूलाई उनीहरूको जीविका चलाउन अपरिहार्य वस्तुहरू—जस्तै खाद्य, पानी, औषधि, इन्धन र बिजुली—जानाजानी र सोचविचारपूर्वक वञ्चित गरेको" आरोप लगाइएको छ।
हमासका सैन्य कमाण्डर मोहम्मद देइफविरुद्ध पनि पक्राउ आदेश जारी गरिएको छ, यद्यपि इजरायली सेनाले देइफलाई जुलाईको हवाई आक्रमणमा मारेको दाबी गरेको छ। त्यस्तै इस्माइल हानियाह र यह्या सिनवारविरुद्धका पक्राउ आदेशहरू इजरायलले ती दुई नेताको हत्या गरेपछि हटाइएका थियो।
इजरायल र अमेरिका दुवै अन्तर्राष्ट्रिय फौजदारीअदालत (आईसीसी)का सदस्य होइनन्। अझ इजरायलले त् अदालतको क्षेत्राधिकारलाई मान्न समेत अस्वीकार गरेको छ। यस्तै इजरायलले गाजामा युद्ध अपराध गरेको आरोप समेत अस्वीकार गर्दछ।
अन्तर्राष्ट्रिय अदालतको यो निर्णय प्रति टिप्पणी गर्दै इजरायलका पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले नेतान्याहु र गालान्तका लागि जारी पक्राउ पुर्जीलाई आईसीसीका लागि "लज्जाको चिन्ह" भनेका छन्।

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

इजरायली हवाई आक्रमणमा यमनका हुथी प्रधानमन्त्री मारिए

अमेरिका–रूस शिखर बैठक

प्राचीन मन्दिर वरिपरि क्याम्बोडिया र थाईल्याण्डबीचको युद्ध

थाइल्याण्ड र कम्बोडियाबीच सीमायुद्ध

ट्रम्पको धम्की र लुलाको संकल्प: ब्राजिलको सम्मानको लडाइँ

ट्रम्पको युक्रेन नीति 'यू-टर्न' हो कि रणनीतिक छायाँ युद्ध?

प्रतिक्रिया