बांग्लादेशमा सरकार विरोधी प्रदर्शनले हिंस्रक रुप लियो !

बांग्लादेशमा सरकार बिरोधी प्रदर्शन चर्किदै जान थालको छ। बंगलादेशको थुप्रै क्षेत्रमा हिजो प्रदर्शनकारी र सुरक्षाकर्मिहरु बीच भएको झडपमा हिजो मात्रै ९० जना भन्दा बढीको मृत्यु भएको छ। बिद्यार्थी संगठनहरुले आव्हान गरेको पूर्ण असहयोग आन्दोलनको क्रममा राजधानी ढाकासहित देशका अन्य भागहरुमा झडपहरु भएका थिए। सबै भन्दा हिंसात्मक झडप सिराजगंजमा भएको थियो। जहा १८ जना व्यक्तिको मृत्यु भएको छ। जसमध्ये जसमध्ये ११ जना प्रहरीहरु रहेका छन् ।

यो आन्दोलन बंगलादेशका बिद्यार्थी संगठनहरुको नेतृत्व गरिरहेका छन्। आन्दोलनको सुरुवात आरक्षणको विरोधलाई लिएर सुरु भएको थियो। बंगलादेशमा विद्यार्थीहरू सरकारी जागिरमा आरक्षणको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् । बाङ्लादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिनेका सन्तानहरुलाई आरक्षणको व्यवस्था थियो।

जसअनुसार सरकारी सेवामा ३० प्रतिशत आरक्षण र कोटा प्रणाली स्वतन्त्र संग्राममा सहभागी सहिदहरूको परिवारले पाउँदै आएका थिए । यो व्यवस्थालाई सन् २०१८ मा हसिना सरकारले खारेज गरेको थियो । तर गत जुन महिनामा तल्लो अदालतले सरकारको उक्त निर्णय उल्टाएपछि विरोध प्रदर्शन सुरु भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही समययता  विश्वविद्यालयका विद्यार्थीले विरोध गर्दै आएका थिए।  अहिले यो आन्दोलन सरकार विरोधी स्वरुप लिएको छ।

यो आन्दोलनको क्रममा अहिलेसम्म २८० जना व्यक्तिको मृत्यु भइसकेको छ। विद्यार्थीहरुले यतिबेला प्रधानमन्त्री प्रधानमंत्री शेख़ हसीनाको राजिनामाको माग गर्दै भद्र अवज्ञाको आन्दोलन गरिरहेका छन्। यस क्रममा आन्दोलनकारीहरुले सरकारलाई कुनै पनि प्रकारको ट्याक्स र बिल नतिर्न आवहान गरिरहका छन्। साथै उनीहरुले देशभरिनै फ्याक्ट्री र सारवजनिक यातायात समेत बन्द गर्न आवहान गरेका छन्।

बंगलादेश सरकारले सुरक्षा अवस्थालाई ध्यानमा राखेर तीन दिन सार्वजनिक बिदाको घोषणा गरेको छ। देशका सम्पुर्ण सहरहरुमा कर्फ्यु लगाएको छ र इन्टरनेट बन्द गरेको छ।

(एजेन्सीहरुमा सहयोगमा)

Image source: https://fox5sandiego.com