मच्छिन्द्रनाथकाे रथ तानिने
प्राग १६८० वर्षदेखि निरन्तर चल्दै आइरहेको वर्षा र सहकालको देवताको रूपमा मान्दै आएको रातो मच्छिन्द्रनाथ( करूनामय)को रथ भोलि श्रावण १७ गते ललितपुरको इटी टोलबाट तानेर जाउलाखेल पुर्याउने भएको छ ।
विश्व सम्पदामा सुचिकृतको प्रकृयामा रहेको यस ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ जात्रामा बच्चाहरूदेखि लिएर वयस्कहरु समेत बाजागाजा, नाचगान गर्दै रथ तानेर रमाउने गर्ने गर्छन् । त्यसैले यस जात्राको विशेष महत्त्व रहेको इतिहासकार एवं संस्कृतिविद्हरू वताउँछन् ।
इटी टोलबाट जाउलाखेलसम्म रथ तान्नका लागि गुठी संस्थान ललितपुरले किर्तिपुर नगरपालिका मार्फत सातगाउँलाई निम्तो पठाउने विगतदेखिको परम्परालाई निरन्तरता दिएको संस्थानका कार्यालय प्रमुख वैकुण्ठ आचार्यले जानकारी दिए । ज्याउला जात्रा अर्थात् भोटो देखाउने जात्रा सातगाउँको जात्राको रूपमा पनि मनाउने गरिन्छ।
रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको ईती टोलबाट जाउलाखेल पुर्याएको चौथो दिनमा राष्ट्र प्रमुखको समउपस्थितिमा नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री , मन्त्रीहरू र नेपाल स्थित विदेशी नियोगका कुटनैतिकहरू समेत भोटो जात्रामा सहभागी हुने गुठी संस्थान ललितपुरका प्रमुखले जानकारी दिए । उक्त दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा समेत दिने गर्छन्।
भोटो देखाउने जात्रा सम्पन्न भएपश्चात रातो मच्छिन्द्रनाथको रथ जात्रा पनि विधिवत रूपमन सम्पन्न हुनेछ।
डा. सङ्ग्रौला भन्छन्– राजनीतिमा बौद्धिक नागरिकहरुको नेतृत्व स्थापित गर्न मेरो उ…
रामचन्द्र भट्टराईको निधन
माइकल प्यारेन्टीको ९२ वर्षको उमेरमा निधन
भारतको झारखण्डमा १ करोड रुपैयाँ इनाम घोषित शीर्ष माओवादी नेता सहित १५ जना …
देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
'तँलाई खाने बाघले मलाई पनि खान्छ'
प्रतिक्रिया