“हिजोको बाँकी खाना कहाँ गयो ?”
माओको सादा जीवन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/mao-zedong-17-1947-mao-on-horseback_aM6L0RC6YE_6erfkxlmojt8wnoy9xot5hshu4pnzeuqmjtgmhhepcuq5ci0hsy5oxuiy3hu_lxV9Nuei2e_b4cmr5myiirdlyehgdejv0bfqif89k3znm3jnqxdkvjajleyipuccvacvhhq.jpg)
चिनियाँ क्रान्तिमा अत्यन्तै चर्चित लामो अभियान (Long March) को प्रत्यक्ष नेतृत्व गर्ने क. माओ त्से तुङ्गगको सादा जीवन निकै चर्चित र उल्लेखनीय छ ।
यस अभियानको क्रममा क . माओका अर्दलीको रुपमा कार्यरत रहेका योद्धा छन् छाङ फङले यसको बारेमा जीवन्त चित्रण गरेका थिए ।
त्यसबेला कमिसार माओका नामले चर्चित माओको लामो अभियानकालीन सादा जीवनको प्रेरणादायक झाँकी निक्कै रोचक र प्रेरणादायी रहेको देखिन्छ ।
०००
कमिसार माओ अत्यन्त सादा जीवन व्यतीत गर्नुहुन्थ्यो । म तुरुन्तै उहाँका बानीहरुबाट परिचित भएँ ।
उहाँको निजी सम्पत्तिको नाममा केवल दुईवटा कम्बल, एउटा सुतीको खास्टो, दुईवटा खैरो रंगको बर्दी, जुन हामी सधारण सैनिकले लगाउने जस्तै खालको थियो, र अर्को एउटा खैरो रंगकै स्वीटर थियो ।यी सबका अतिरिक्त उहाँसँग एउटा बिग्रेको छाता थियो । खानका लागि एउटा भाँडो थियो र, नौ वटा खल्ती भएको उहाँको एउटा झोला थियो, जसमा उहाँ आफ्ना नक्सा, दस्तावेज र किताबहरु राख्नु हुन्थ्यो ।
अभियानको क्रममा वा मार्च गर्ने बेलामा त्यो झोला र छाता उहाँ आफैं नै लिएर हिँड्नु हुन्थ्यो । बाँकी सामान मात्रै म लिएर हिँड्थे ।
जब हामी क्याम्पतिर पुग्दथ्यौं, तब म काठका दुईवटा तख्ताहरु खोजेर ल्याउँथे र त्यसलाई जोडेर जमीनमा ओछ्याइदिन्थे, त्यसमाथि दुईवटा कम्बल बिछ्याइदिन्थें र उहाँका बर्दीहरु बेरेर तकिया बनाइदिन्थे । यही नै उहाँको ओछ्यान हुन्थ्यो ।
राति उहाँ धेरै कम सुत्नु हुन्थ्यो । हामीसँग एउटा सानो लालटिन थियो, मार्चको क्रममा बाटो देखाउनका लागि यसलाई मशालको रुपमा उपयोग गरिन्थ्यो । तर जब हामी क्याम्पमा रहन्थ्यौं, तब अफिसमा यसको उपयोग गर्नका लागि यसलाई कुनै इँटामाथि राखिन्थ्यो ।
चामलको एउटा गेडा पनि सजिलै प्राप्त हुँदैन । त्यसलाई जनताले उब्जाउँछ । भविष्यमा मैले जेसुकै बाँकी राखे तापनि त्यसलाई कहिल्यै नफ्याँक्नु होला ।
रातको भोजनपछि उहाँ यस लालटिनलाई बाल्नु हुन्थ्यो, आफ्नो झोला खोल्नु हुन्थ्यो र आफ्ना नक्सा, दस्तावेज एवं किताब, कागज र कलम निकाल्नु हुन्थ्यो । कहिलेकाहीं त उहाँ बिहान हुँदासम्म काम गरिरहनु हुन्थ्यो । अनुहारमा ताजापन ल्याउन रुमाललाई पानीमा भिजाएर, त्यसबाट आफ्नो मुख र कहिलेकाहीं शरीर पनि पुछ्ने गर्नुहुन्थ्यो ।
जब उहाँलाई भोक लाग्दथ्यो, तब म चामलको स्याण्डवीच (पाकेको चामलको दुई तहका बीचमा सागसब्जी राखेर बनाइने खाना) तताउँथे, जुन तेस्रो प्रहरको खानाको समय उहाँ खानु हुन्थ्यो । कहिलेकाहीं उहाँ आफ्नो थालभरिको खाना सबै खान सक्नु हुन्नथ्यो, त्यसैले त्यसलाई पछि खानका लागि म कागतले ढाकेर राखिदिने गर्थे । एक दिन थालमा राखिएको बाँकी खाना फ्याँकिन पुग्यो, तर कमिसार माओलाई यसबारेमा केही थाहा थिएन । अर्को दिन त्यही बाँकी चामल खानु आवश्यक सम्झेर माओले भन्नुभयो– हिजो मैले बाँकी राखिछोडेको खाना कहाँ गयो ?
अर्दली कमरेडले जवाफ दिए– त्यो त फ्याँकियो नि !
अध्यक्ष माओले यसको लागि उनलाई आलोचना गर्नुभयो र भन्नुभयो– चामलको एउटा गेडा पनि सजिलै प्राप्त हुँदैन । त्यसलाई जनताले उब्जाउँछ । भविष्यमा मैले जेसुकै बाँकी राखे तापनि त्यसलाई कहिल्यै नफ्याँक्नु होला । त्यसलाई पछिल्लो भोजनको लागि बाँकी राख्नु होला ।
अभियानको समयमा धेरैजसो कुनै न कुनै स्थानलाई कब्जा गरिन्थ्यो र युद्धमा शत्रुहरुको सामान पनि हात पर्थ्यो । तर अध्यक्ष माओ आफ्नो लागि केही पनि लिनु हुन्नथ्यो, सबै कुरा अस्पतालको लागि पठाउनु हुन्थ्यो । शुरुमा खानका लागि उहाँसँग एउटा थालबाहेक अरु केही पनि थिएन ।
०००
त्यसबेला म केटाकेटी नै थिएँ, रातभरि सुत्दैनसुतीकन बस्न सक्दिनथें । राति जुनबेला कमिसार माओ पढ्नु हुन्थ्यो अथवा लेख्नुहुन्थ्यो, त्यसबेला म उहाँको नजिकै बस्थें र उहाँको मेचमा टाउको अड्याएर उँघ्न थाल्थें, उँघ्दाउँघ्दै घ्यार्रर आवाज निकाल्न थाल्थें । जब उहाँले मलाई उठाउनु हुन्थ्यो, र सुत्न जानका लागि भन्नुहुन्थ्यो, तब हामी दुवै एक पटक मुसुक्क हाँस्थ्यौं ।
गर्मी मौसमका रातहरुमा उहाँ मलाई राति उठाएर पानी ल्याउनका लागि भन्नु हुन्थ्यो । तब म काठको एउटा सानो भाँडो लिएर जान्थें र केही चीसो पानी लिएर आउने गर्थे । हामीसँग पानी राख्ने बाटा र तसला केही पनि थिएन, त्यसैले त्यही काठको भाँडोमै रुमाल भिजाएर उहाँले आफ्नो अनुहारमा ताजापन ल्याउनका लागि त्यसबाट आफ्नो मुख र कहिलेकाहीं शरीर पनि पुछ्ने गर्नुहुन्थ्यो ।
सन् १९३१ को जाडो महिनामा, जब हामीले च्याङशी प्रान्तको चिआनमाथि कब्जा जमायौं, तब हामीले एउटा स्थानीय निरंकुश सामन्तको घरबाट एउटा थरमस पनि कब्जा गर्यौं । तयो निरंकुश सामन्त आफ्नो घर छोडेर भागेको थियो । यसरी, सौभाग्यवश थरमस पाएकोमा म फुरुग थिएँ, तर मलाई कमिसार माओले थाहा पाउनु हुनेछ कि भन्ने कुराको डर थियो ।
त्यसैले मार्च गर्ने समयमा म यसलाई अरु कुनै कमरेडलाई बोक्न दिने गर्थे, ताकि उहाँलाई थर्मसको बारेमा ज्ञान नहोस् । यो थर्मसमा म सधैं उहाँलाई पानी तातोपारी राख्दथें, तर पनि उहाँको लागि तुरुन्तातुरुन्तै खाना पाकाउनु भनेको निकै गाह्रो काम थियो । उहाँसँग रहेको सानो भाँडोमा धेरै चामल अट्दैनथ्यो । रातको भोजनका लागि त यसबाटै काम चलाउन सकिन्थ्यो, तर मार्च गर्ने बेलामा, त्यो भाँडो त्यति उपयोगी हुँदैनथ्यो । फेरि जब हामी अलिकति आराम गर्न बस्थ्यौं, त्यही अवसर पारेर खाना खाने काम पनि गर्थ्यौं, तब कमिसार माओले फेरि त्यही चीसो स्याण्डवीच खानु पर्दथ्यो ।
नोभेम्बर १९३१ मा, रुइचिनमा केन्द्रीय मजदूर–किसान जनवादी सरकारको स्थापना भयो । उहाँ उक्त जनवादी सरकारको अध्यक्षता छानिनुभयो । त्यस बेलादेखि हामीहरुले उहाँलाई कमिसार माओको सट्टा अध्यक्ष माओ भन्न थाल्यौं । तर त्यसबेला पनि खाना खाने बेला उहाँले आफ्नो त्यही पुरानो भाँडो प्रयोग गर्नुहुन्थ्यो । फेब्रुअरी १९३४ मा जब हामीले चाङचओ (फूच्येन प्रान्तमा) माथि कब्जा गर्यौं, तब मात्रै हामीले उहाँको लागि खाना तताइराख्ने तीन डिब्बा भएको एउटा टिफिन क्यारियरको व्यवस्था गर्न सक्यौं ।
प्रस्तुति: राजेन्द्र महर्जनTitle image: https://www.chinasmack.com
![जनताका सामु भन्न नसकिने केही कुराहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Eduardo%2520Galeano_FTDOb7MWQI_gjddsiqc79c1alyim66f3fywegsj4sezg9i4obmsieqoltcn8rz0yzloqnra_G0Adqn2pyD_v4oa3bymzllg8vkyoduyvqyqzyvozjvzkzk2ny0cffknikphlrpuhwditmhl.jpg)
जनताका सामु भन्न नसकिने केही कुराहरु
![नेकपाको विभाजनमा दवाब र ‘एकता’भित्रका दु:खान्त संकेतहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Shattered%2520communist%2520flag_a3vM2nJjdP_cfzohzaqfegqvvc9u3prfhrqdtvozikdq4heozthfoufhydrphp6dd3fj9t2_N56Fa0cYtx_ursn8mmgviqhvzzpgwlxlcqqmo0sqp0skvhon1rj0rxmszyyc9rg423y06tp.jpg)
नेकपाको विभाजनमा दवाब र ‘एकता’भित्रका दु:खान्त संकेतहरु
![नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र (सेप्टेम्बर, १९४९)](https://snowberry.prixacdn.net/media/gallery_folder/Communist%252520flag%252520F_uMWqLEsHiY_a6dpnwqbfd9ltc9yniycegapjyltlivudhmfsd9540wpkvlxcrg3xtkoamjb_ZQkRzqLdof_pdc4v4vud9omox5oude4ex5titixpml22pyvl8moaopyt9rq56l0fr3wfiex_7ftnf1Y2ou_artohy2pao4yghzxdoutuug8ted3xzr9clijdq7donhgocuuoee9taebselv.jpg)
नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र (सेप्टेम्बर, १९४९)
![यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/Subarna%2520Samser_9ufTyERXAf_1896gg3n6hejvvkzshydr2z1cdj4vgkyfpjc62gqwod7i5vaxk4tadlvquje_jrk06DqwCl_tsnubgvkndzd8bnwvgzacx4bvulil55vennihvrn6nosjhagcgeowb9hfif1.jpg)
यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)
![गणतन्त्रवादी बुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Buddha-Gadatantrabadi_aitB7lRjMc_vp1iumfwp8pcjohcg3kkeae9e9k4scujpywlkmysnzo479rlbce6jesmwprq_N9Dc36qtjP_94qhqjaey1c2asvtyquycudrmm1mlk2i6tpczygqf95kplmfk0l5kxtnzuoe.jpg)
गणतन्त्रवादी बुद्ध
![साम्राज्यविरोधी युद्धका महानायक हो ची मिन्ह](https://snowberry.prixacdn.net/media/gallery_folder/Ho-Chi-minh-F_cSgxc6NlQ7_b46tvn2mqglk3gvjdsns905e4wy7bfha2nbighdrsjpfuoo0lpnhi5dl28qj_3wioy24l3H_j04eult5ijzoudvogjazna1mgverz8xfrlvsrrmxkhabzbwc0aoimnkdph3t.jpg)
साम्राज्यविरोधी युद्धका महानायक हो ची मिन्ह
![दासढुंगा काण्ड: के यो नियोजित हत्या हुन सक्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/madan%2520asrit_n2ewSf4UYI_jof0colxcsktyk5zgodjvas0ck6xjt9pfbhbbt1dzlrm8psyspeam27wlmku_GmJLG2GLKE_1susiu5tsvaj0omfyvr0wlhcupe2wwbky1qyywes0vmhe8l3ffuf9hkqbjpu.jpg)
दासढुंगा काण्ड: के यो नियोजित हत्या हुन सक्छ ?
![बलियो प्रतिध्रुवमा बदलिँदै ग्लोबल साउथ !](https://snowberry.prixacdn.net/media/gallery_folder/Global%2520south_V71G0Bctgg_pjraaqrmjifiz5vejobtgrlpa5caccgivsfnpwhzefyyxpmiwwhbybret7a2_gY2ixuoybS_mwrrdhrv6q1yiygiwa73xfrmhvebh2caosl2jsaynj1rujeif3ppgpmny3ec.webp)
प्रतिक्रिया