रुजवेल्ट र फायरसाइड च्याट्स: राजनीतिक सञ्चारको कालजयी विरासत

संवादकै माध्यमबाट जनताको मन जित्ने अमेरिकी राष्ट्रपतिको कथा

अमेरिकाका सबैभन्दा लोकप्रिय राष्ट्रपतिहरूको सूचीमा जर्ज वासिङ्टन र अब्राहम लिङ्कनपछि फ्र्याङ्कलिन डी. रुजबेल्टको नाम आउँछ। रुजबेल्ट लोकप्रियताको अनुमान यही तथ्यबाट लगाउन सकिन्छ – उनी अमेरिकाको राष्ट्रपति एक-दुई पटक मात्र होइन, चार पटकसम्म बनेका थिए। अमेरिकामा जर्ज वासिङ्टनले कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति पदमा निर्वाचित हुन नहुने परम्परा स्थापित गरेका थिए। तर, यो कुरा संविधानमा संहिताबद्ध भने गरिएको थिएन। अमेरिकामा त्यसबेला विद्यमान असाधारण परिस्थितिका कारण रुजबेल्ट चार पटकसम्म राष्ट्रपति बनेका हुन्। उनले आफ्नो कार्यकालमा गरेका केही कामहरूको चर्चा उनको मृत्युको आठ दशकपछि पनि हुने गर्छ। यस लेखमा एफडीआरको व्यक्तित्व र कृतित्वका बारेमा सङ्क्षेपमा चर्चा गरिनेछ।

प्रारम्भिक जीवन र कुलीन पृष्ठभूमि

फ्र्याङ्कलिन डेलानो रुजबेल्टको जन्म न्यूयोर्कको उच्च वर्गको एक अत्यन्तै धनी र कुलीन परिवारमा भएको थियो। उनको बाल्यकाल निकै विलासी र सुखद थियो। हाइड पार्कमा रहेको एउटा भव्य घरमा हुर्किएका उनले १४ वर्षको उमेरसम्म घरमै निजी शिक्षकहरूबाट शिक्षा प्राप्त गरे। उनको प्रारम्भिक जीवन युरोप भ्रमण र नौकायानमा बितेको थियो। उनले आफ्नो माध्यमिक शिक्षा प्रसिद्ध ग्रोटन स्कूलबाट पूरा गरे र त्यसपछि हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरे, जहाँ उनले 'द हार्वर्ड क्रिमसन' को सम्पादकका रूपमा काम गरेका थिए। पछि उनी कोलम्बिया ल स्कूलमा भर्ना भए पनि वकालतको परीक्षा (bar exam) उत्तीर्ण गरेपछि डिग्री नै पूरा नगरी कलेजबाट निस्किएका थिए।

रुजबेल्ट कर्पोरेट कानुनको कामबाट चाँडै नै दिक्क भए र उनले राजनीतिक मैदानमा हाम्फाल्ने निर्णय गरे। उनको राजनीतिक महत्त्वाकांक्षा आफ्ना प्रख्यात नातेदार एवं राष्ट्रपति थिओडोर रुजबेल्टबाट गहिरो रूपमा प्रभावित थियो, जसलाई फ्र्याङ्कलिन रुजबेल्ट आफ्नो आदर्श मान्थे र सचेत रूपमा उनको सिको गर्न चाहन्थे।

तर, यो पेसामा पनि उनी धेरै दिनसम्म टिक्न सकेनन्। रुजबेल्ट कर्पोरेट कानुनको कामबाट चाँडै नै दिक्क भए र उनले राजनीतिक मैदानमा हाम्फाल्ने निर्णय गरे। उनको राजनीतिक महत्त्वाकांक्षा आफ्ना प्रख्यात नातेदार एवं राष्ट्रपति थिओडोर रुजबेल्टबाट गहिरो रूपमा प्रभावित थियो, जसलाई फ्र्याङ्कलिन रुजबेल्ट आफ्नो आदर्श मान्थे र सचेत रूपमा उनको सिको गर्न चाहन्थे। यो पारिवारिक सम्बन्ध सन् १९०५ मा अझ प्रगाढ भयो, जब रुजबेल्टले थिओडोरकी सबैभन्दा प्रिय भतिजी एलिनोर रुजबेल्टसँग विवाह गरे। एलिनोर एक असाधारण रूपमा गम्भीर र सामाजिक रूपमा सचेत युवती थिइन्। न्युयोर्क सहरका सामाजिक सेवा गृहहरूमा उनले सुरुवाती दिनहरूमा गरेको कामले सहरी गरिबहरूको दुःख-पीडा र सङ्घर्षप्रति फ्र्याङ्कलिनको आँखा खोलिदियो। पछि गएर यो दृष्टिकोण उनको राजनीतिको अभिन्न अङ्ग बन्नेवाला थियो।

राजनीतिमा प्रवेश

आफ्ना दाजु थिओडोरको रिपब्लिकन विरासतका बाबजुद डेमोक्र्याटिक पार्टीबाट चुनाव लड्ने निर्णय गर्दै रुजबेल्टले सन् १९१० मा न्युयोर्क राज्यको सिनेटमा सिट जिते। उनको ऊर्जा र चिनिएको पारिवारिक थरले राष्ट्रपति वुड्रो विल्सनको ध्यान आकर्षित गर्‍यो, जसले रुजबेल्टलाई सन् १९१३ मा नौसेनाको सहायक सचिवमा नियुक्त गरे। यो ठ्याक्कै त्यही पद थियो, जसलाई थिओडोर रुजबेल्टले राष्ट्रपतिको पदमा पुग्ने भर्‍याङको रूपमा प्रयोग गरेका थिए। रुजबेल्टले यस भूमिकामा उत्कृष्ट काम गरे, प्रथम विश्वयुद्धभरि नौसेनाको व्यावसायिक व्यवस्थापन सम्हाले र महत्त्वपूर्ण कार्यकारी अनुभव हासिल गरे। सन् १९२० सम्म आइपुग्दा, उनको तीव्र राजनीतिक उदय डेमोक्र्याट जेम्स एम. कक्ससँगै उप-राष्ट्रपतिको उम्मेदवारीमा परिणत भयो। यद्यपि, उनीहरू रिपब्लिकन लहरका कारण चुनावमा ठूलो मतान्तरले पराजित भए, तर यो अभियानले एफडीआरलाई देशव्यापी रूपमा एक सुपरिचित व्यक्तित्व बनाउन सफल भयो।

सन् १९२१ अगस्टमा क्याम्पोबेलो टापुमा छुट्टी मनाउने क्रममा, ३९ वर्षीय रुजबेल्ट पोलियोका कारण गम्भीर बिरामी परे, जसले उनलाई कम्मरमुनिको भाग सधैँका लागि पक्षघातग्रस्त बनाइदियो। अधिकांश मानिसहरूले उनको सार्वजनिक जीवन समाप्त भएको ठाने पनि रुजबेल्टले हार मान्न अस्वीकार गरे।

जब उनको राजनीतिक भविष्य असाधारण रूपमा उज्ज्वल देखिइरहेको थियो, ठ्याक्कै त्यही बेला एउटा ठूलो विपत्ति आइलाग्यो। सन् १९२१ अगस्टमा क्याम्पोबेलो टापुमा छुट्टी मनाउने क्रममा, ३९ वर्षीय रुजबेल्ट पोलियोका कारण गम्भीर बिरामी परे, जसले उनलाई कम्मरमुनिको भाग सधैँका लागि पक्षघातग्रस्त बनाइदियो। अधिकांश मानिसहरूले उनको सार्वजनिक जीवन समाप्त भएको ठाने पनि रुजबेल्टले हार मान्न अस्वीकार गरे। यस सङ्कटको समयमा एलिनोरको भूमिका अपरिहार्य साबित भयो। रुजबेल्टले वर्षौंसम्म फिजिकल थेरापी गराए। उनले आफ्नो राजनीतिक सान्दर्भिकता र सक्रियतालाई कायम राख्न आफू शारीरिक रूपमा तन्दुरुस्त रहेको सार्वजनिक छवि निकै चलाखीपूर्वक तयार पारे। भारी फलामको 'लेग ब्रेस' (खुट्टामा बाँधिने सपोर्ट), एउटा टेक्ने लौरो र सहयोगीको बलियो पाखुराको सहारा लिएर उनी हिँडिरहेको जस्तो देखिने कलामा निपुण भए।

राजनीतिक उदय र गभर्नर पदमा निर्वाचित

रुजबेल्टले सन् १९२४ को डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय मञ्चमा आफ्नो पुनरागमन गरे, जहाँ उनले अल स्मिथलाई राष्ट्रपतिको रूपमा मनोनयन गर्न एक ओजस्वी भाषण दिएका थिए। चार वर्षपछि, सन् १९२८ मा, स्मिथले डेमोक्र्याटिक पार्टीको प्रतिष्ठा बढाउनका लागि रुजबेल्टलाई न्युयोर्कको गभर्नर पदमा उठ्न राजी गराए। स्मिथले राष्ट्रपतिको चुनाव हारे, तर रुजबेल्टले गभर्नरको चुनाव जिते, जसले उनलाई पुनः राजनीतिको केन्द्रविन्दुमा ल्याइदियो। जब सन् १९२९ मा सेयर बजार ध्वस्त भयो र यसले सम्पूर्ण राष्ट्रलाई 'महान आर्थिक मन्दी' (द ग्रेट डिप्रेसन) मा धकेल्यो, गभर्नर रुजबेल्टले निकै आक्रामक रूपमा कदम चाले। उनले देशकै पहिलो राज्य-स्तरीय बेरोजगार राहत एजेन्सी स्थापना गरे, जसले सङ्कटमा परेका नागरिकहरूलाई मद्दत गर्न सरकारी शक्तिको प्रयोग गर्न तयार रहने एक दयालु र दूरदर्शी नेताका रूपमा उनको छविलाई अझ बलियो बनायो।

ऐतिहासिक जित र राष्ट्रपतीय कार्यकालको सुरुवात

सन् १९३२ सम्ममा देशको अर्थव्यवस्था पूर्ण रूपमा तहसनहस भइसकेको थियो र लाखौँ अमेरिकीहरू बेरोजगार थिए। यस्तो अवस्थामा रुजबेल्ट डेमोक्र्याटिक पार्टीको नेतृत्व गर्नका लागि स्पष्ट रोजाइ बने। उनले तत्कालीन अलोकप्रिय बहालवाला राष्ट्रपति हर्बर्ट हुभरविरुद्ध अत्यधिक आशावाद प्रस्तुत गर्दै र अमेरिकी जनताका लागि 'न्यू डिल' (New Deal) कार्यक्रमको बाचा गर्दै चुनावी अभियान चलाए। मतदाताहरूले हुभरको सावधानीपूर्ण र सुस्त दृष्टिकोणलाई व्यापक रूपमा खारेज गरिदिए र रुजबेल्टलाई ४८ मध्ये ४२ राज्यहरूमा ऐतिहासिक विजय दिलाए।

राष्ट्रपति रुजबेल्टले आर्थिक सङ्कटबाट आतङ्कित राष्ट्रलाई आफ्नो प्रख्यात भनाइमार्फत आश्वस्त पारे– "हामीले डराउनुपर्ने एकमात्र कुरा आफैँभित्रको डर हो।"

आर्थिक सङ्कटको चरम उत्कर्षका बीच सन् १९३३ मार्चमा कार्यभार सम्हाल्दै, राष्ट्रपति रुजबेल्टले आतङ्कित राष्ट्रलाई आफ्नो प्रख्यात भनाइमार्फत आश्वस्त पारे– "हामीले डराउनुपर्ने एकमात्र कुरा आफैँभित्रको डर हो।" यसरी उनले एउटा यस्तो राष्ट्रपतीय कार्यकालको जग बसाले, जसले संयुक्त राज्य अमेरिकाको स्वरूपलाई नै मौलिक रूपमा बदल्नेवाला थियो।

बैंकिङ सङ्कट निवारण र 'फायरसाइड' संवाद

सन् १९३३ मा फ्र्याङ्कलिन डी. रुजबेल्टले राष्ट्रपतिको पद सम्हाल्दा अमेरिका महामन्दीबाट नराम्रोसँग प्रभावित भएको थियो। बैंकिङ प्रणाली लगभग धराशायी भइसकेको थियो, हजारौँ बैंकहरू डुबेका थिए र वित्तीय संस्थाप्रतिको जनविश्वास चकनाचुर भएको थियो। बैंकिङ सङ्कट समाधान गर्न रुजबेल्टले तीव्र गतिमा कदम चाले। पदभार ग्रहण गरेको केही समयमै उनले अस्थायी “बैंक होलिडे” घोषणा गरे, जसअन्तर्गत बैंकहरू बन्द गरिए ताकि बचतकर्ताहरू आतङ्कित भएर निक्षेप झिक्ने क्रमलाई रोक्न सकियोस् र थप बैंक असफल हुन नदिइयोस्। आपत्कालीन कानुनमार्फत आर्थिक रूपमा सक्षम र सुरक्षित बैंकहरूलाई मात्र पुनः सञ्चालनको अनुमति दिइयो, जसले वित्तीय प्रणालीप्रतिको विश्वास पुनर्स्थापित गर्न मद्दत गर्‍यो।

रुजबेल्टले आफ्ना प्रसिद्ध फायरसाइड च्याट्स  रेडियो सम्बोधनमार्फत जनतासँग प्रत्यक्ष संवाद पनि गरे, जहाँ उनले सङ्कटलाई सरल र आश्वस्त पार्ने भाषामा व्याख्या गरे। यी कदमहरू महत्त्वपूर्ण थिए, किनभने यसले जनताको भय कम गर्‍यो, मानिसहरूलाई आफ्नो बचत पुनः बैंकमा राख्न प्रेरित गर्‍यो र पूर्ण वित्तीय पतन सम्भव देखिएको अवस्थामा अमेरिकी अर्थतन्त्रलाई स्थिर बनाउन सहयोग पुर्‍यायो।

रुजबेल्टले आफ्ना प्रसिद्ध फायरसाइड च्याट्स  रेडियो सम्बोधनमार्फत जनतासँग प्रत्यक्ष संवाद पनि गरे, जहाँ उनले सङ्कटलाई सरल र आश्वस्त पार्ने भाषामा व्याख्या गरे। यी कदमहरू महत्त्वपूर्ण थिए, किनभने यसले जनताको भय कम गर्‍यो, मानिसहरूलाई आफ्नो बचत पुनः बैंकमा राख्न प्रेरित गर्‍यो र पूर्ण वित्तीय पतन सम्भव देखिएको अवस्थामा अमेरिकी अर्थतन्त्रलाई स्थिर बनाउन सहयोग पुर्‍यायो।

न्यू डिल कार्यक्रम र आर्थिक पुनरुत्थानको महत्त्वाकांक्षी योजना

त्यस्तै, महामन्दीबाट अमेरिकालाई बाहिर निकाल्न रुजबेल्टले 'न्यू डिल' (New Deal) नामक एक महत्त्वाकांक्षी कार्यक्रम अघि सारे। न्यू डिलअन्तर्गत धेरै सरकारी निकायहरूको स्थापना गरियो, जसलाई प्रायः 'अल्फाबेट सूप एजेन्सीहरू' (Alphabet Soup Agencies) भनिन्थ्यो। यी कार्यक्रमहरूले लाखौँ बेरोजगार अमेरिकीहरूलाई सडक, पुल, विद्यालय, बाँध तथा वातावरण संरक्षणसम्बन्धी सार्वजनिक परियोजनाहरूमा रोजगारी प्रदान गरे। परिणामस्वरूप, न्यू डिलले तत्काल रोजगारी र आर्थिक राहत मात्र उपलब्ध गराएन, देशलाई दशकौँसम्म लाभ पुर्‍याउने दिगो पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍यायो।

रुजबेल्टले न्यू डिल कार्यक्रम लागू गर्दा अमेरिकाका पुँजीपति वर्गले  त्यसको ठूलो विरोध गरेका थिए। त्यसबेला उनले ट्रेड युनियनका नेताहरूलाई बोलाएर सडकमा आन्दोलन गरी आफूलाई मद्दत गर्न अनुरोध समेत गरेका थिए। उनले भन्ने भन्ने गर्थे– "मैले न्यू डिल लागू गरेर पुँजीवादलाई पुँजीवाद स्वयंबाट बचाएको छु।"

दोस्रो विश्वयुद्ध र सैन्य रणनीतिको नेतृत्व

फ्र्याङ्कलिन डी. रुजबेल्टले सन् १९४१ देखि १९४५ सम्म युद्धकालीन कमान्डर-इन-चिफका रूपमा आफ्नो कार्यकालमा अमेरिकालाई 'प्रजातन्त्रको शस्त्रागार' (Arsenal of Democracy) मा रूपान्तरण गरे। अमेरिका औपचारिक रूपमा युद्धमा प्रवेश गर्नुभन्दा धेरै अघि नै रुजबेल्टले मडारिइरहेको विश्वव्यापी खतरालाई पहिचान गरिसकेका थिए। आन्तरिक जनभावनाको कदर गर्दै औपचारिक रूपमा तटस्थता कायम राखे पनि, उनले सन् १९३९ देखि १९४१ को बीचमा देशको पहिलो शान्तिकालीन सैन्य भर्ती (Peacetime Draft) लागू गरेर र 'लेन्ड-लिज ऐन' (Lend-Lease Act) पारित गरेर देशलाई सम्भावित युद्धका लागि भित्रभित्रै तयार पारे, जसले युद्धको मारमा परेको बेलायतलाई सैन्य आपूर्तिको महत्त्वपूर्ण जीवनरेखा प्रदान गर्‍यो।

७ डिसेम्बर १९४१ मा जापानले पर्ल हार्बरमा गरेको अप्रत्याशित आक्रमणले संयुक्त राज्य अमेरिकालाई प्रत्यक्ष युद्धमा धकेल्यो। यसले रणनीतिक सैन्य नेताका रूपमा रुजबेल्टको भूमिकालाई अझ मजबुत बनायो। उनले युद्धको प्रयासलाई सहयोग पुर्‍याउन अमेरिकी अर्थव्यवस्थामा अभूतपूर्व फेरबदलको नेतृत्व गरे, जसले असैनिक घरेलु कलकारखानाहरूलाई तीव्र गतिको युद्ध-उत्पादन क्षेत्रमा परिणत गर्‍यो र मित्र राष्ट्रका सेनाहरूलाई हतियार तथा संसाधनहरूको ठूलो सहयोग सुनिश्चित गर्‍यो। कमान्डर-इन-चिफको हैसियतमा रुजबेल्टले युरोपमा भएको ऐतिहासिक 'डी-डे' (D-Day) अवतरणको संवेदनशील समय र कार्यान्वयनलगायतका प्रमुख रणनीतिक निर्णयहरूमा व्यक्तिगत रूपमा प्रत्यक्ष ध्यान दिएका थिए।

उनले तेहरान र याल्टाजस्ता ऐतिहासिक सम्मेलनहरूमा विन्स्टन चर्चिल र जोसेफ स्टालिनसँग प्रत्यक्ष भेटघाट गरी युद्धपछिको विश्वव्यापी पुनर्संरचनाका सर्तहरू निर्धारण गरे।

युद्धभूमिभन्दा बाहिर, एफडीआरले बेलायत र सोभियत सङ्घसँग 'ग्रान्ड एलायन्स' (Grand Alliance) को स्थापना र सञ्चालन गरेर आफूलाई एक कुशल कूटनीतिज्ञ प्रमाणित गरे। उनले तेहरान र याल्टाजस्ता ऐतिहासिक सम्मेलनहरूमा विन्स्टन चर्चिल र जोसेफ स्टालिनसँग प्रत्यक्ष भेटघाट गरी युद्धपछिको विश्वव्यापी पुनर्संरचनाका सर्तहरू निर्धारण गरे। औद्योगिक परिचालन, सैन्य रणनीति र अन्तर्राष्ट्रिय कूटनीतिको यस उत्कृष्ट संयोजनमार्फत रुजबेल्टले एक्सिस शक्ति (Axis powers) विरुद्ध मित्र राष्ट्रहरूको गठबन्धनलाई विजय मात्र दिलाएनन्, बल्कि दिगो विश्वशान्ति सुनिश्चित गर्नका लागि संयुक्त राष्ट्र सङ्घ (United Nations) को जगसमेत बसाले।

रुजबेल्टको निधन १२ अप्रिल १९४५ मा भयो। दोस्रो विश्वयुद्धमा अमेरिकालाई सफलतापूर्वक नेतृत्व गरेका रुजबेल्टले जितको खुसियाली भने मनाउन पाएनन्। जर्मनीले आत्मसमर्पण गर्नुभन्दा एक महिनाअगाडि र जापानले आत्मसमर्पण गर्नुभन्दा ठीक चार महिनाअगाडि उनको निधन भएको थियो।

https://upload.wikimedia.org/

सन् १९२९ देखि १९३३ सम्म न्युयोर्कको गभर्नर रहँदा रुजबेल्टले जनतासँग प्रत्यक्ष संवाद गर्ने माध्यमका रूपमा रेडियोको प्रयोग गर्न थालिसकेका थिए। उनले जनतासँग महिनाको दुई-तीन पटकसम्म रेडियोमार्फत बोल्ने गर्थे। यसरी रुजबेल्टले अमेरिकाको राष्ट्रपति बन्नुअघि नै यो माध्यमको महत्त्व बुझिसकेका थिए।

फायरसाइड च्याट्सको सुरुवात

फ्र्याङ्कलिन डी. रुजबेल्ट अत्यन्त प्रभावशाली वक्ता थिए। आम जनतासँग प्रत्यक्ष संवाद गर्ने उनको कलालाई अतुलनीय मानिन्छ। भाषामा उनको पकड एकदमै राम्रो थियो। भाषणका क्रममा बिम्बहरू प्रयोग गर्न, किस्सा-कहानीहरू जोड्न र हास्यविनोद प्रयोग गर्नमा उनी माहिर थिए। सन् १९२० को दशकमा रेडियो राजनीतिक प्रचारको माध्यम बन्न थालेको थियो। सन् १९२९ देखि १९३३ सम्म न्युयोर्कको गभर्नर रहँदा रुजबेल्टले जनतासँग प्रत्यक्ष संवाद गर्ने माध्यमका रूपमा रेडियोको प्रयोग गर्न थालिसकेका थिए। उनले जनतासँग महिनाको दुई-तीन पटकसम्म रेडियोमार्फत बोल्ने गर्थे। यसरी रुजबेल्टले अमेरिकाको राष्ट्रपति बन्नुअघि नै यो माध्यमको महत्त्व बुझिसकेका थिए। उनले राष्ट्रपति बनेपछि रेडियोमार्फत जनतासँग सिधा संवादको शृङ्खला नै सुरु गरे, जसलाई 'फायरसाइड च्याट्स' (Fireside Chats) भनिन्थ्यो।

बैंकिङ सङ्कट र पहिलो फायरसाइड च्याट्सको चमत्कार

रुजबेल्टले राष्ट्रपतिको रूपमा शपथग्रहण गरेको १० दिनभित्रै फायरसाइड च्याट्सको पहिलो भाषण दिए। त्यसबेला अमेरिका महामन्दीको चरम अवस्थामा पुगेको थियो। अमेरिकी जनताको बैंकिङ प्रणालीमाथिको विश्वास पूर्ण रूपमा टुटिसकेको थियो। आम मानिसहरू बैंकबाट आफ्नो निक्षेप निकाल्न लाम लाग्न थालेका थिए, जसका कारण करिब ४,००० बैंकहरू टाट पल्टिएका थिए र ३८ वटा राज्यमा बैंकहरू बन्द गरिएका थिए।

उनले शपथग्रहण गरेको दुई दिनपछि देशभरका बैंकहरूलाई चार दिनसम्म बिदाको घोषणा गरेर बन्द गराए। त्यही बन्दका बीचमा एकै दिनमा अमेरिकी संसद्को दुवै सदनबाट आपत्कालीन बैंकिङ कानुन पारित गराए। बैंक खुल्नुभन्दा एक दिनअगाडि रुजबेल्टले आइतबारको राति रेडियोबाट जनताका नाममा सम्बोधन गरे। रुजबेल्टले त्यो सम्बोधन एकदमै अनौपचारिक रूपमा सुरु गर्दै भने– "म संयुक्त राज्य अमेरिकाका जनतासँग बैंकिङका बारेमा केही मिनेट कुरा गर्न चाहन्छु।"

यो भाषणमा उनले बैंकिङ प्रणालीका बारेमा एकदमै साधारण शब्दमा अमेरिकी जनतालाई बुझाउन थाले। उनले भने– "सबैभन्दा पहिले, म यो सरल तथ्य स्पष्ट पार्न चाहन्छु कि जब तपाईं बैंकमा पैसा जम्मा गर्नुहुन्छ, बैंकले त्यो पैसा कुनै सुरक्षित भल्ट (ढुकुटी) भित्र थन्क्याएर राख्दैन। बैंकले तपाईंको पैसालाई ऋणका विभिन्न स्वरूपहरूमा लगानी गर्छ, जस्तै: ऋणपत्र, व्यावसायिक पत्र, धितो र अन्य धेरै प्रकारका कर्जाहरूमा। अर्को शब्दमा भन्नुपर्दा, बैंकले तपाईंको पैसालाई उद्योग र कृषिको चक्र निरन्तर चलायमान राख्न प्रयोग गर्छ।"

तपाईंले बैंकमा जम्मा गर्नुभएको पैसाको तुलनात्मक रूपमा निकै सानो हिस्सा मात्र नगदका रूपमा राखिएको हुन्छ, जुन सामान्य समयमा एक औसत नागरिकको नगद आवश्यकता पूरा गर्न पूर्ण रूपमा पर्याप्त हुन्छ। यसको अर्थ, देशभरि उपलब्ध कुल नगदको मात्रा सबै बैंकहरूमा रहेको कुल निक्षेपको तुलनामा एउटा सानो अंश मात्र हो। त्यसोभए, फेब्रुअरीका अन्तिम दिनहरू र मार्चका सुरुवाती दिनहरूमा के भयो त? जनतामा व्याप्त अविश्वासका कारण, हाम्रो जनसङ्ख्याको ठूलो हिस्साले आफ्नो बैंक निक्षेपलाई नगद वा सुनमा परिणत गर्न ठूलो तछाडमछाड गर्‍यो। यो चाप यति व्यापक थियो कि सबैभन्दा सबल बैंकहरूले समेत मागअनुसारको नगद जुटाउन सकेनन्।

आफ्नो पैसा तकियामुनि राख्नुभन्दा बैंकमै राख्दा बढी सुरक्षित हुने कुरा बताए। जब भोलिपल्ट बैंकहरू खुले, तब जादु जस्तै भयो। बैंकबाट पैसा झिक्नेभन्दा पैसा जम्मा गर्नेहरूको लामो लाइन लाग्न थाल्यो।

त्यसपछि उनले बैंकहरू किन बन्द गर्नुपरिरहेको थियो भन्ने कुरा प्रस्ट पारे। भोलि सबै बैंकहरू एकैचोटि खुलेनन् भनेर चिन्तित नहुन र बैंकहरू क्रमशः खुल्दै जाने कुरामा पनि उनले जनतालाई आश्वस्त गराए। साथै, आफ्नो पैसा तकियामुनि राख्नुभन्दा बैंकमै राख्दा बढी सुरक्षित हुने कुरा बताए। जब भोलिपल्ट बैंकहरू खुले, तब जादु जस्तै भयो। बैंकबाट पैसा झिक्नेभन्दा पैसा जम्मा गर्नेहरूको लामो लाइन लाग्न थाल्यो। आगामी केही हप्ताभित्रै अमेरिकी जनताले बैंकमा करिब एक बिलियन डलर निक्षेप जम्मा गरे। यसरी रुजबेल्टको एउटा भाषणका कारण अमेरिकी बैंकहरूमाथि आइलागेको ठूलो सङ्कट टर्‍यो।

न्यू डिल र लोककल्याणकारी योजनाहरू

रुजबेल्टको बैंकिङ सङ्कटसम्बन्धी यो भाषण अमेरिकी जनतासँग उनको प्रत्यक्ष संवादको सुरुवात मात्र थियो। यो एउटा शृङ्खलाका रूपमा अगाडि बढ्नेवाला थियो। रुजबेल्टले आफ्नो पहिलो फायरसाइड भाषण गरेको आठ हप्तापछि, ७ मे १९३३ मा अर्को भाषण गरे। यो पटक उनले अमेरिकी जनतासामु त्यसबखत उत्पन्न आर्थिक मन्दीलाई हटाउन लागू गरिएको कार्यक्रम 'न्यू डिल' (New Deal) का बारेमा बताए। उनको मुख्य जोड आर्थिक सङ्कटको समाधानका लागि 'ठूलो सरकार' को हस्तक्षेपकारी भूमिकातर्फ थियो।

उनले यसका लागि 'अल्फाबेट एजेन्सीहरू' (Alphabet Agencies) मा ध्यान केन्द्रित गरे। एफ.डी.आर. ले सिभिलियन कन्जर्भेसन कर्प्स (CCC) र एग्रिकल्चरल एडजस्टमेन्ट एक्ट (AAA) को आवश्यकता स्पष्ट पारे। उनले भनेका थिए– "हामी दुई लाख पचास हजार बेरोजगारहरूलाई, विशेष गरी आश्रित परिवार भएका युवाहरूलाई वन संरक्षण र बाढी नियन्त्रणको कार्यमा संलग्न गराएर रोजगारीको अवसर प्रदान गर्दैछौँ। यो एक विशाल कार्य हो, किनकि यसको अर्थ हाम्रो नियमित सेनामा भएका जवानहरूभन्दा झन्डै दोब्बर सङ्ख्यामा रहेका पुरुषहरूलाई खाना, कपडा र हेरचाहको व्यवस्था गर्नु हो। अनि यस 'सिभिलियन कन्जर्भेसन कर्प्स' (Civilian Conservation Corps) को स्थापना गरेर हामी एक तीरले दुईवटा सिकार गर्दैछौँ। हामी प्रस्ट रूपमा हाम्रा प्राकृतिक स्रोतसाधनहरूको मूल्य र महत्त्व बढाइरहेका छौँ र सोही समयमा ठूलो मात्रामा व्याप्त वास्तविक पीडा र अभावलाई कम गरिरहेका छौँ।"

भर्खरै पुनः निर्वाचन जितेका रुजबेल्टले अमेरिकी जनतालाई बाह्य परिस्थिति र त्यसको परिणामबारे जानकारी गराउन २9 डिसेम्बर १९४० मा एउटा प्रख्यात भाषण दिए, जुन 'प्रजातन्त्रको शस्त्रागार' (Arsenal of Democracy) का नामले प्रसिद्ध छ।

प्रजातन्त्रको शस्त्रागार (आर्सनल अफ डेमोक्रेसी)

सन् १९४० को अन्त्यतिर, नाजी जर्मनीले मुख्य युरोपको अधिकांश भूभाग कब्जा गरिसकेको थाल्यो। ग्रेट ब्रिटेनमाथि लगातार बमबारी भइरहेको थियो, जसले गर्दा बेलायतीहरू लगभग आर्थिक रूपमा जर्जर (टाट पल्टिने) अवस्थामा पुगेका थिए। त्यसबेला अमेरिकी जनता र संसद् (Congress) समेत विदेशमा भइरहेको युद्धबाट अलगथलग रहनुपर्छ भन्ने अलगाववादी (isolationist) सोच राख्थे र दोस्रो विश्वयुद्धबाट टाढै बस्न चाहन्थे। भर्खरै पुनः निर्वाचन जितेका रुजबेल्टले अमेरिकी जनतालाई बाह्य परिस्थिति र त्यसको परिणामबारे जानकारी गराउन २9 डिसेम्बर १९४० मा एउटा प्रख्यात भाषण दिए, जुन 'प्रजातन्त्रको शस्त्रागार' (Arsenal of Democracy) का नामले प्रसिद्ध छ।

उनले युरोपमा नाजीहरूको विजयले अमेरिकी राष्ट्रिय सुरक्षामा प्रत्यक्ष खतरा निम्त्याउनेछ भनी अमेरिकी जनतालाई विश्वास दिलाउन यस रेडियो सम्बोधनको प्रयोग गरे। उनले बेलायतलाई सैन्य सामग्री पठाउनु नै अमेरिकालाई वास्तविक युद्धबाट टाढा राख्ने एक मात्र उपाय भएको तर्क गरे। उनले अमेरिकाले 'लेन्ड-लिज' (Lend-Lease) कार्यक्रममार्फत मित्र राष्ट्रहरूलाई किन हतियार आपूर्ति गर्न आवश्यक छ भन्ने कुरा जनतालाई प्रस्टसँग बुझाए। उनले भनेका थिए– "हामी लोकतन्त्रको एक महान् शस्त्रागार बन्नैपर्छ। हाम्रा लागि यो सङ्कट स्वयं युद्ध जत्तिकै गम्भीर छ। हामी युद्धमा होमिएका हुन्थ्यौँ भने जस्तो सङ्कल्प, जस्तो तत्परता अनि जस्तो देशभक्ति र त्यागको भावना प्रदर्शन गर्थ्यौँ, ठीक त्यसै गरी अहिले यस कार्यमा आफूलाई समर्पित गर्नैपर्छ।"

युद्धको भूगोल र विश्वको मानचित्र

दोस्रो विश्वयुद्ध चरम अवस्थामा पुगेको बेला फ्र्याङ्कलिन डी. रुजबेल्टले २३ फेब्रुअरी १९४२ मा एउटा महत्त्वपूर्ण फायरसाइड च्याट्समार्फत सम्बोधन गरेका थिए। उक्त भाषण, पर्ल हार्बरमा भएको विनाशकारी आक्रमणको केही महिनापछि युद्धको निकै नाजुक मोडमा दिइएको थियो। यस बेला अमेरिका र मित्रराष्ट्रका सेनाहरूले प्रशान्त  क्षेत्रभरि लगातार ठूला पराजयहरू भोगिरहेका थिए। आम जनतालाई युद्धको वास्तविक अवस्थाबारे जानकारी दिन रुजबेल्टले यस अवसरको प्रयोग गरे।

उनले जनतालाई भाषण सुरु हुनुभन्दा अगाडि आफ्नो सामुन्ने विश्वको मानचित्र (नक्सा) खोलेर राख्न अनुरोध गरेका थिए। उनले यसको कारण खुलाउँदै भनेका थिए– "म यस्ता अपरिचित ठाउँहरूका बारेमा बोल्न गइरहेको छु, जसका बारेमा धेरैले कहिल्यै सुनेका पनि छैनन्; ती स्थानहरू जो अहिले सभ्यताको युद्धभूमि बनेका छन्।"

रुजबेल्टले आफ्ना भाषण लेख्नेहरूलाई भनेका थिए– "म जनतालाई भूगोलका बारेमा केही कुरा बुझाउन चाहन्छु; हाम्रो समस्या के हो र यस युद्धको समग्र रणनीति कस्तो हुनुपर्छ भन्नेबारे। यदि उनीहरूले समस्या र हाम्रो लक्ष्यलाई बुझे भने, मलाई पूर्ण विश्वास छ कि उनीहरूले जस्तोसुकै नराम्रो समाचारलाई पनि दृढतापूर्वक सामना गर्न सक्नेछन्।"

रुजबेल्ट अगाडि भन्छन्– "यो युद्ध नयाँ प्रकारको युद्ध हो। यो अतीतका सबै युद्धहरूभन्दा फरक छ,  केवल युद्ध सञ्चालनका विधि र हतियारहरूका कारण मात्र होइन, यसको भौगोलिक विस्तारका दृष्टिले पनि। यो यस्तो युद्ध हो, जसले संसारका प्रत्येक महादेश, प्रत्येक द्वीप, प्रत्येक समुद्र र प्रत्येक हवाई मार्गलाई आफ्नो रणक्षेत्र बनाएको छ। त्यसै कारणले मैले तपाईंहरूलाई सम्पूर्ण पृथ्वीको नक्सा निकालेर आफ्नो अगाडि फैलाउन अनुरोध गरेको छु, ताकि यस युद्धका विश्वव्यापी मोर्चा र युद्धरेखाहरूका बारेमा मैले गर्ने उल्लेखहरूलाई तपाईंहरूले मसँगै नक्सामा पछ्याउन सक्नुहोस्।"

यो भाषण तयार गर्ने क्रममा रुजबेल्टले आफ्ना भाषण लेख्नेहरूलाई भनेका थिए– "म जनतालाई भूगोलका बारेमा केही कुरा बुझाउन चाहन्छु; हाम्रो समस्या के हो र यस युद्धको समग्र रणनीति कस्तो हुनुपर्छ भन्नेबारे। यदि उनीहरूले समस्या र हाम्रो लक्ष्यलाई बुझे भने, मलाई पूर्ण विश्वास छ कि उनीहरूले जस्तोसुकै नराम्रो समाचारलाई पनि दृढतापूर्वक सामना गर्न सक्नेछन्।"

नभन्दै भयो पनि त्यस्तै। भाषणपछि अमेरिकामा नक्सा र एटलस (नक्साका किताबहरू) को बिक्री अभूतपूर्व रूपमा बढ्यो। धेरै मानिसहरूले गोदाममा थन्किएका पुराना व्यापारिक नक्साहरू निकालेर आफ्ना घरका भित्ताहरूमा टाँसे। अमेरिकाको प्रख्यात अखबार 'द न्युयोर्क टाइम्स'ले यस भाषणलाई रुजबेल्टको जीवनकै उत्कृष्ट भाषणहरूमध्ये एक भनेर टिप्पणी गरेको थियो।

पर्दापछाडिको तयारी

यो रेडियो भाषण शृङ्खलालाई 'फायरसाइड च्याट्स' भनेर नामकरण सिबिएस (CBS) रेडियो नेटवर्कका पत्रकार तथा स्टेसन म्यानेजर ह्यारी बुचरले गरेका थिए। रुजबेल्टको अनौपचारिक शैलीको भाषणका कारण अमेरिकी जनताले उनी आफ्नै बैठक कोठाको फायरसाइड (अगेनो) छेउमा बसेर आफूहरूसँग गफ गरिरहेका छन् भन्ने अनुभूति गर्थे। यही शैलीका कारण यस भाषण शृङ्खलालाई 'फायरसाइड च्याट्स' भनियो। तर, रुजबेल्ट यो भाषण आफ्नो बैठक कोठाको फायरसाइडमा बसेर गर्दैनथे। उनले यी सम्बोधनहरू ह्वाइट हाउसको डिप्लोम्याटिक रिसेप्सन रुम बाट गर्ने गर्थे।

रुजबेल्टको अनौपचारिक शैलीको भाषणका कारण अमेरिकी जनताले उनी आफ्नै बैठक कोठाको फायरसाइड (अगेनो) छेउमा बसेर आफूहरूसँग गफ गरिरहेका छन् भन्ने अनुभूति गर्थे। यही शैलीका कारण यस भाषण शृङ्खलालाई 'फायरसाइड च्याट्स' भनियो।

फायरसाइड च्याट्सको शैली अनौपचारिक भए पनि यो कुनै स्वतःस्फूर्त भाषण थिएन। यसका लागि निकै ठूलो तयारी गरिएको हुन्थ्यो। रुजबेल्टसँग करिब एक दर्जन भाषण लेखकहरू थिए, जसमध्ये उनका पुराना सहयोगी र अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश स्यामुएल रोजेनम्यान पनि थिए। त्यस्तै, उनलाई भाषण लेखनमा सहयोग गर्नेहरूमा अमेरिकाको प्रतिष्ठित पुलित्जर पुरस्कार विजेता साहित्यकारहरू आर्किबाल्ड म्याक्लिश र रोबर्ट ई. सेरवुडसमेत थिए। यी सबैको सहयोगबाट तयार पारिएको भाषणको खेस्रा लाई अनेकौँ पटक, कहिलेकाहीँ त दर्जनौँ पटकसम्म काँटछाँट गरेपछि मात्र प्रसारणयोग्य मानिन्थ्यो। यी सबै प्रक्रियामा रुजबेल्टको गहन सहभागिता हुन्थ्यो। भाषणमा कुन अंश राख्ने वा नराख्ने भन्ने कुरा रुजबेल्ट आफैँले निर्धारण गर्थे। यसरी तयार गरिएको भाषण अनेकौँ पटक पढ्दापढ्दै रुजबेल्टलाई लगभग कण्ठस्थ नै हुन्थ्यो।

फायरसाइड च्याट्सको विषयवस्तुमा मात्र होइन, यसको भाषामा समेत विशेष ध्यान दिइन्थ्यो। रुजबेल्ट र उनका भाषण लेखकहरूले औसत अमेरिकी जनताले बुझ्ने सबैभन्दा सरल भाषा चयन गर्थे। रुजबेल्टले भाषणमा आफ्ना दुई-चार जना साथीहरू अनौपचारिक कुराकानी गर्दा प्रयोग हुने खालका शब्दहरू खोज्थे। उनले नाटकीय भाषणबाजीलाई परहेज गर्थे र सामान्य दृष्टान्तहरू प्रयोग गर्थे। रुजबेल्टले फायरसाइड च्याट्स शृङ्खलामा प्रयोग गरेका शब्दहरूमध्ये ८० प्रतिशत शब्दहरू अङ्ग्रेजी भाषामा सबैभन्दा धेरै प्रयोग हुने एक हजार शब्दहरूभित्र पर्दथे।

रुजबेल्ट र उनका भाषण लेखकहरूले औसत अमेरिकी जनताले बुझ्ने सबैभन्दा सरल भाषा चयन गर्थे। रुजबेल्टले भाषणमा आफ्ना दुई-चार जना साथीहरू अनौपचारिक कुराकानी गर्दा प्रयोग हुने खालका शब्दहरू खोज्थे।

रुजबेल्टले फायरसाइड च्याट्स भाषण गर्दा सानाभन्दा साना विषयमा समेत ख्याल गर्थे। उनले भाषण गर्दा हल्का सिट्टी बजेको जस्तो आवाज आएको महसुस गरे। यसको कारण उनको तल्लो पङ्क्तिका अगाडिका दुईवटा दाँतका बीचमा रहेको खाली ठाउँ थियो। रुजबेल्टले यो कमजोरी हटाउन आफ्नो दाँतमा 'डेन्टल ब्रिज' (Dental Bridge) लगाउन थाले। रुजबेल्टले आफ्नो सम्बोधन प्रायजसो आइतबार राति साढे १० बजे सुरु गर्थे; उनका अधिकांश फायरसाइड भाषणहरू आइतबार नै दिइएका थिए।

रुजबेल्टको कार्यकक्षको टेबलमा ३-४ वटा माइक्रोफोनहरू, प्रसारण सामग्रीहरू, एउटा टेबल ल्याम्प, पानी राख्ने जग र ग्लास राखिएका हुन्थे। अमेरिकाभरका ६-७ करोड मानिसहरूको घरसम्म यो भाषण प्रसारण होस् भन्नका लागि त्यसबखतका भारीभरकम मेसिन र उपकरणहरू जडान गरिएका हुन्थे। साथै, यो भाषणलाई प्रत्यक्ष रूपमा सुन्नका लागि रुजबेल्टका साथीहरू, पाहुनाहरू र केही उच्चपदस्थ कर्मचारीहरूलाई निम्त्याइएको हुन्थ्यो। उनीहरूका लागि त्यो कोठामा करिब ३० वटा जति कुर्सीहरू राखिएका हुन्थे। दर्शकहरूलाई १० बजेर १० मिनेटमा आ-आफ्नो स्थानमा बस्न लगाइन्थ्यो। अनि १० बजेर २० मिनेटमा राष्ट्रपति रुजबेल्टलाई ह्विलचेयरमा गुडाउँदै कार्यकक्षमा ल्याइन्थ्यो। उनले आफ्नो हातमा भाषणको प्रति र चुरोट बोकेका हुन्थे।

उद्घोषकले– "यो प्रसारण राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट भइरहेको छ र अब राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ" भनेर प्रसारणको सुरुवात गर्थे। त्यसपछि रेडियोमा रुजबेल्टको चिरपरिचित आवाज गुन्जिन्थ्यो– मेरा मित्रहरू / मेरा अमेरिकी देशवासीहरू!

रुजबेल्टले आफ्नो डेस्कमा बसिसकेपछि भाषण हेर्न आएका आगन्तुक र उद्घोषकहरूसँग अभिवादन आदानप्रदान र सामान्य कुराकानी गर्थे अनि चुरोट तान्थे। जब साढे १० बज्न लाग्थ्यो, तब प्रत्यक्ष उपस्थित श्रोतालाई सम्बोधन गर्न लागेजस्तै गरी अलिकति बेचैनी र घबराहटका साथ चुरोट निभाउँथे, आफ्नो अगाडि भाषणको कपी मिलाउँथे र पानी पिउँथे। जब रेडियो इन्जिनियरले कार्यक्रम सुरु गर्न सङ्केत दिन्थे, तब उद्घोषकले– "यो प्रसारण राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट भइरहेको छ र अब राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ" भनेर प्रसारणको सुरुवात गर्थे। त्यसपछि रेडियोमा रुजबेल्टको चिरपरिचित आवाज गुन्जिन्थ्यो– मेरा मित्रहरू / मेरा अमेरिकी देशवासीहरू!

रुजबेल्टकी श्रममन्त्री फ्रान्सिस पर्किन्स, जो यी भाषणहरूका समयका प्रत्यक्षदर्शी थिइन्, उनका अनुसार रुजबेल्टले जब बोल्न सुरु गर्थे, तब उनले कोठामा रहेका दर्जनौँ मानिसहरूलाई बिर्सिन्थे। उनको सम्पूर्ण ध्यान आफ्नो कुरा सुन्न रेडियो खोलेर बसेका मानिसहरूतर्फ लक्षित हुन्थ्यो। बोल्न थालेपछि उनले आफ्नो टाउको हल्लाउँथे, हातहरू स्वाभाविक हावभावमा चल्न थाल्थे। रुजबेल्ट मुस्कुराउँथे र उनको अनुहार उज्यालो हुन्थ्यो, मानौँ उनी मानिसहरूसँग कौसी वा बैठककोठामा बसेर कुराकानी गरिरहेका छन्। रेडियो सुन्ने श्रोताहरूले समेत यो भावलाई महसुस गर्न सक्थे र यसले उनीहरूलाई रुजबेल्टप्रतिको स्नेहमा बाँध्थ्यो।

लोकप्रियताको कीर्तिमान र सचेत नियन्त्रण

रुजबेल्टको फायरसाइड च्याट्स शृङ्खला त्यस बखत अमेरिकाका कुनै पनि लोकप्रिय रेडियो कार्यक्रमभन्दा बढी चर्चित र सफल थियो। ती लोकप्रिय रेडियो कार्यक्रमहरू कुल रेडियो श्रोताको ३०% देखि ३५% सम्मले सुन्ने गर्थे। तर, रुजबेल्टको फायरसाइड च्याट्स भने ७०% देखि ७९% सम्म श्रोताहरूले सुन्ने गर्थे। उनले सन् १९४१ मा अमेरिकाको पर्ल हार्बरमाथि जापानले गरेको आक्रमणको दुई दिनपछि गरेको भाषणलाई ७9% मानिसले सुनेका थिए। यो त्यसबेला रेडियो प्रसारणको क्षेत्रमा एक अभूतपूर्व र ऐतिहासिक घटना थियो।

रुजबेल्टको फायरसाइड च्याट्स शृङ्खला अत्यन्त प्रभावशाली थियो। यी भाषणहरूले अमेरिकी जनतालाई धेरै प्रभावित पारेका थिए। तर, उनी यी रेडियो भाषणहरूको अत्यावश्यक प्रयोग मात्र गर्न चाहन्थे। रुजबेल्टले अमेरिकामा कुल १२ वर्ष शासन गरे, जुन दिनमा गणना गर्दा ४,४४२ दिन हुन्छ। आम मानिसहरूलाई लाग्न सक्छ– उनले यस अवधिमा थुप्रै रेडियो भाषणहरू गरे होलान्। तर, उनले जम्मा ३० वटा मात्र फायरसाइड च्याट्स भाषण दिएका थिए।

रुजबेल्ट यसको आवश्यकताभन्दा बढी प्रयोग गरेर यसको महत्त्व नघटोस् भन्नेमा सधैँ सचेत थिए। रुजबेल्टलाई रेडियोमा अझ धेरै बोल्नका लागि उनका साथी र सहयोगीहरूले आग्रह गर्थे, तर त्यस्तो आग्रहको उनी विरोध गर्थे। यसै सन्दर्भमा उनले भनेका थिए– "मलाई एउटै कुराको डर लाग्छ– कतै मेरा भाषणहरू यति धेरै नहोऊन् कि तिनले आफ्नो प्रभावकारिता नै गुमाऊन्।"

उनले आर्थिक महामन्दी र दोस्रो विश्वयुद्धजस्तो कठिन समयमा अमेरिकी जनतासँग अनौपचारिक शैलीमा, उनीहरूले बुझ्ने सरल भाषा प्रयोग गरेर प्रत्यक्ष संवाद गर्थे। जसका कारण उनी आम जनताको विश्वास जित्न सफल भए।

"रेडियोमा बोल्न प्रत्येक पटकको तयारीका लागि मैले चार वा पाँच दिनसम्म अतिरिक्त समय दिएर कडा परिश्रम गर्नुपर्ने हुन्छ। वास्तवमा, अन्य बढी महत्त्वपूर्ण कार्यहरू छोडेर यसका लागि समय निकाल्न मलाई सम्भव छैन। मलाई लाग्छ, हामीले अति धेरै व्यक्तिगत नेतृत्वबाट बच्नुपर्छ। मेरा असल मित्र विन्स्टन चर्चिलले यसबाट केही हदसम्म क्षति व्यहोरेका छन्।"

फ्र्याङ्कलिन डी. रुजवेल्टलाई २० औँ शताब्दीको सबैभन्दा प्रभावशाली सञ्चारकर्ता  मानिन्छ। उनले 'फायरसाइड च्याट्स' को सुरुवात गरेर राजनीतिक सञ्चारको क्षेत्रमा क्रान्ति ल्याएका थिए। उनले आर्थिक महामन्दी र दोस्रो विश्वयुद्धजस्तो कठिन समयमा अमेरिकी जनतासँग अनौपचारिक शैलीमा, उनीहरूले बुझ्ने सरल भाषा प्रयोग गरेर प्रत्यक्ष संवाद गर्थे। जसका कारण उनी आम जनताको विश्वास जित्न सफल भए। अमेरिकी जनतासँगको यो भावनात्मक सम्बन्धकै कारण उनले त्यस्तो अप्ठेरो घडीमा समेत अमेरिकालाई कुशलतापूर्वक नेतृत्व प्रदान गर्न सकेका थिए।

राजनीतिक सञ्चारको विरासत र आजको सान्दर्भिकता

फ्र्याङ्कलिन डी. रुजवेल्टको मृत्यु भएको पनि ८१ वर्ष पुगिसकेको छ। तर, आज पनि उनले आम अमेरिकी जनतासँग गरेको फायरसाइड च्याट्सको सन्दर्भ अप्रासंगिक भएको छैन। रुजवेल्टको जनतासँगको प्रत्यक्ष संवादको कलालाई विश्वभर नै अनुकरण गरियो। राजनीति मूलतः संवादको कला हो राजनीतिमा सफल हुन यस कलामा माहिर हुन जरुरी हुन्छ। राजनीति गर्ने व्यक्तिले आम जनतासँग कसरी संवाद गर्ने भन्ने कुरा जान्नैपर्छ। आम जनतासँगको प्रत्यक्ष संवादबाट कटेर कुनै पनि नेता राजनीतिमा सफल हुन सक्दैन। रुजवेल्टको फायरसाइड च्याट्सको प्रसङ्गले नेता र जनताबीचको संवादको यही असाधारण महत्त्वलाई उजागर गर्छ।