सुन्दरी अभिनेत्रीलाई जर्ज बर्नाड शाको चतुर जवाफ
एक पटक प्रख्यात बेलायती लेखक जर्ज बर्नाड शा लाई भेट्न एकजना अत्यन्त सुन्दरी अभिनेत्री आइन्। भेटघाटको क्रममा उनीहरुबीच केहीबेर कुराकानी पनि चल्यो ।
कुरै कुरामा अभिनेत्रीले जर्ज बर्नाड शालाई भनिन्, "यदि तपाईंले मसँग विवाह गर्नुभयो भने हाम्रो बच्चा तपाईंजस्तो बुद्धिमान र मजस्तो सुन्दर जन्मिन सक्छ।"
जर्ज बर्नाड शाले हाँस्दै जवाफ दिए, "यदि त्यसको उल्टो भएर म जस्तो कुरूप र तपाईंजस्तो मूर्ख जन्मियो भने?"
उनको कुरा सुनेर अभिनेत्री निरुत्तर बनिन् ।

बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया