लेनिन र उपहार
लेनिनलाई कसैले उपहार पठाएको पटक्कै मन पर्दैनथ्यो, अझ त्यसमा पनि संस्थाहरूले उपहार पठायो भने । १९१९ तिरको कुरा हो, भरखर भरखर राजकीय फार्महरूबाट अन्न र फलफूलहरू उत्पादन हुन थालेको थियो । २२ अगस्त १९१९ को दिन मस्को सोभियतको खाद्य विभागद्वारा राजकीय फार्ममा उत्पादन भएको फलको नमूना लिएर लेनिनलाई पठाइयो ।
यो काम लेनिनलाई पटक्कै मन परेन । भोलिपल्टै उनले खाद्य विभागलाई एउटा चिठ्ठी पठाए । चिठ्ठीमा लेखिएको थियो- "म विनम्रतापूर्वक तपाईसँग अनुरोध गर्दछु कि फेरि यसरी फल वा अन्य चीज मलाई पठाउने काम नगर्नुहोला । मलाई फल वा केही कुरा पठाउनु जरूरी छैन । बरू यसको सट्टामा राजकीय फार्ममा कति फल उत्पादन भयो र कहाँ कहाँ वितरण गरियो, ती उत्पादन भएका फलहरूमध्ये अस्पताल, स्वास्थ्य चौकी, बच्चाहरूको नर्सरी आदि ठाउँमा जान्छ कि जाँदैन र गएको भए कति गएको छ, त्यसको तथ्यहरू म थाहा पाउन चाहन्छु ।”
प्रस्तुति: मुक्ता श्रेष्ठ
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया