विश्वासघातको परिणाम
इसपका कथा
एक पटक ब्वाँसोहरुले भेडाका हेरचाह गर्न पालिएका कुकुरहरुसँग भने– “तिमीहरु हरेक कुरामा हामी जस्तै छौ, किन तिमीहरु हामीसँग मेलमिलाप गर्दैनौ ? हाम्रो विचार गर्ने तरिकामा बाहेक हामीहरुका बीच कुनै कुरा कुनै फरक देखिंदैन । हामीहरु स्वतन्त्रतापूर्वक जीवन बिताउँदछौं । तिमीहरु मान्छेका अगाडि दासझैं घुँडा टेक्छौ, तिनले तिमीहरुलाई कुट्छन्, अनि घाँटीमा पेटी बाँधिदिन्छन् र तिमीहरु तिनको भेडाबाख्रा हेर्छौं । मान्छेले तिमीहरुलाई पुराको हाड सिवाय केही खान दिँदैनन् । हाम्रो सल्लाह मान । सबै भेंडाबाख्रा हामीलाई जिम्मा लगाइदेऊ अनि दुबै थरी भाग लगाएर मजाले पेटभरी खाऔंला ।”
कुकुरहरुले ब्वाँसोको प्रस्ताव माने। उनीहरुले ब्वाँसोलाई खोरभित्र पस्न ढोका खोलिदिए ।
तर खोरभित्र पस्नेबित्तिकै ब्वाँसोहरुले सबभन्दा पहिले कुकुरहरुलाई नै मारे ।
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया