बर्नाड शाको बिरामी र डाक्टरको चलाखी

एक पटक प्रख्यात बेलायती लेखक जर्ज बर्नाड शा बिरामी परेका थिए। डाक्टरलाई बोलाइयो। जर्ज बर्नाड शा घरको माथिल्लो तल्लाको कोठामा आराम गरिरहेका थिए। कोठामा पस्ने बित्तिकै सोफामा बसेर लामो सास फेर्दै डाक्टरले भने- 'उफ सीढीहरु चड्दा चड्दै टाउको नै दुख्यो।'

जर्ज बर्नाड शाले एउटा बाकसबाट दवाई निकालेर डाक्टरलाई दिँदै भने – 'डाक्टरसाब यो दवाई खानुहोस्। तपाईंको टाउको दुखाइ अहिले नै ठिक हुन्छ।'

डाक्टरले दवाई लिएपछि जर्ज बर्नाड शाले उपदेश दिन थाले- 'डाक्टरसाब ! वास्तवमा तपाईलाई बिसन्चो सीढीहरु चढ्नु परेकोले भएको भएको होन। बरु यस्तो लाग्छ कि तपाईं भारीभरकम गरिष्ठ भोजन गर्नु हुन्छ। तपाईंले फलफुल र हरियो सब्जी खानुपर्छ र कसरत गर्नु पर्छ। म उमेरमा तपाईं भन्दा धेरै जेठो छु तर पनि तपाईंभन्दा कति स्वस्थ र फुर्तिलो छु।'

यति भन्दै जर्ज बर्नाड शाले डाक्टरलाई आफ्नो शरीर झट्कार्दै देखाए र भने – 'यो सल्लाहको लागि मेरो फिस ५ सिलिङ्ग दिनुहोस्'

छक्क पर्दै डाक्टरले जवाफ दिए- 'फिस त तपाईंले पो मलाई दिनुपर्छ। तपाईंको उपचार गर्नको लागि त म यहाँ आएको हुँ'

जर्ज बर्नाड शाले भने- 'तर उपचार त मैले गरें नि !'

डाक्टरले शान्त हुँदै जवाफ दिए- 'हो, उपचार मैले गरेको हो मिस्टर शा। मेरो उपचारको तरिका नै यही हो। बिरामीहरुको घरमा पुग्दा म आफै बिरामी बनेको नाटक गर्ने गर्छु ताकि बिरामीहरुले आफूलाई मसंग तुलना गरेर रोगको भ्रमबाट मुक्त होउन् !'

image source: https://static17.tgcnt.ru