कुकुरको शत्रु कुकुर

एउटा गाउँमा चित्रांग नाम गरेको कुकुर थियो । त्यहाँ ठूलो अनिकाल लाग्यो । अन्नको अभावमा धेरै कुकुरहरुको वंशनाश भयो । चित्रांंग पनि अनिकालबाट बच्नका लागि अर्को गाउँतिर लाग्यो । त्यहाँ पुगेर उसले एउटा घरमा घुस्यो। लुकेर उसले पेटभरि खाना खायो।

जुन घरमा उसले खाना खाएका थियो, त्यसका मालिकले उसलाई केही भनेन, कुनै दुर्व्यवहार पनि गरेन । तर घरबाट बाहिर निस्केपछि भने उसलाई त्यस घरको आसपासमा रहेका कुकुरहरुले घेर्यो ऊमाथि आक्रमण गर्यो । भयंकर लडाइँ मच्चियो । चित्रांग घाइते बन्यो। उसले सोच्यो यो भन्दा पनि आफ्नै गाउँ राम्रो । कम्तिमा त्यहाँ अनिकाल भए पनि आफ्नो ज्यानकै दुश्मन बन्ने कुकुरहरु त छैनन् ।

यो सोचेर ऊ आफ्नै गाउँ फर्क्यो। उसलाई फर्केको देखेर अरु कुकुरहरुले सोध्यो, “चित्रांग ! तिमी त गाउँ नै छाडेर अर्को गाउँ गएका थियौं त । त्यस गाउँको कुरा सुनाऊ न । त्यो गाउँ कस्तो छ ? त्यस गाउँका मानिसहरु कस्ता छन् ? त्यहाँ खानापिनाहरुको अवस्था के कस्तो छ ?”

चित्रांगले उत्तर दिए, “साथीहरु, त्यस गाउँमा खानापिनाहरुको अवस्था राम्रो छ, त्यहाँका मानिसहरु पनि राम्रा र मायालु स्वभावका छन् । तर त्यस गाउँमा एउटै खराबी छ, त्यहाँ आफ्नै जातिका कुकुरहरु चाहिँ अति डरलाग्दा र खराब छ ।”