हाम्रो इतिहास
रुसको जनताको अतित अन्धकारमा लुकेको छ। उसको वर्तमान भयावह छ तर भविष्यमाथि उसको दावीलाई कसैले पनि खोस्न सक्दैन। वर्तमान उसको लागि अमिट र अडिग छैन। उसले हिम्मतका साथ भविष्यमा धेरै कुरा हासिल गर्ने आशा गर्छ किनकि अतितले उसलाई केही पनि दिएको छैन।
रुसमा एउटा परीकथा धेरै लोकप्रिय छ। यो कथा एउटा जार (रुसका सम्राट) को बारेमा छ। जारलाई आफ्नी जारिना (रानी)को चरित्रमाथि शंका लाग्न थाल्यो। उसले रानी र राजकुमारलाई एउटा काठको ड्रममा हालेर त्यसमा बिर्को लगायो। सो बिर्कोमा आफ्नो मोहरको छाप लगाएर समुद्रमा फ्याँक्न लगायो। वर्षौंसम्म त्यो ड्रम समुद्रको लहरहरुमा ठक्कर खाँदै बग्दै रह्यो।
यसै बीच जारेविच (राजकुमार) जारिनाको छोरा दिन प्रतिदिन मात्र होइन, हरेक घडी बढ्दै गईरहेको थियो। उसको टाउको र खुट्टा ड्रममा अट्न छोडिसकेको थियो। हरेक दिन उसले अत्याधिक निसासिएको अनुभव गर्न थालेको थियो। अन्त्यमा उसले आफ्नी आमालाई भन्यो-
"आमा मलाई आफ्नो खुटा पसार्ने र खुलेर सास फेर्ने अनुमति दिनुहोस् !"
जारिनाले जवाफ दिइन्- "मेरो छोरा त्यस्तो गर्नु हुँदैन, ड्रम फुट्न सक्छ र समुद्रको नुनिलो पानीले तिमीलाई निल्नेछ। "
जारेविच केही बेर चुप लागे । फेरि केही सोचेर उनले जावाफ दिए - "हुँदैन आमा, अब सहन सक्तिनँ। एकपटक खुट्टा फैलाएर स्वतन्त्रतापूर्वक सास फेर्छु। त्यसपछि जेसुकै होस्।''
यो लघुकथामा हाम्रो सम्पूर्ण इतिहास समाहित छ।
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया