करेन्ट हान्ने माछा, जसको करेन्टले मान्छेलाई नै मार्न सक्छ !

पृथ्वीको दु तिहाई भाग पानीले ढाकिएको छ । त्यो पानीले ढाकिएको अथाहा क्षेत्रभित्र अननत रहस्यहरु लुकेर रहेका छन् । आजसम्म ती रहस्यहरुमध्ये मानिसले कमै मात्र थाहा पाएका छन्, पत्ता लगाएका छन् । मानिसले पत्ता लागाएका समुद्रभित्रका रहस्यहरुमध्येको त्यस्तै  एउटा रोचक कुरा हो– करेन्ट पैदा गर्ने माछा । त्यो हो, दक्षिण अमेरिका  तथा अमेजनका नदीहरुहरुमा करेन्ट पैदा गर्ने माछापनि हुन्छ भन्ने कुरा ।

हो, उत्तर अमेरिका तथा अमेजनका ताजा पानी हुने नदी तालहरुमा करेन्ट पैदा गर्ने माछा पाइन्छन् । मान्छेसमेत मार्न सक्नेसम्मको शक्तिशाली करेन्ट पैदा गर्ने त्यस्ता माछाहरुमध्ये एउटा माछा इलेक्ट्रिक इल पनि हो

https://sm.mashable.com

इलेक्ट्रिक इलको एउटा शक्तिशाली आघातले एउटा घोडालाई ६ मिटर (करीब २० फिट) टाढाबाटै अचेत पारिदिन सक्छ । तर सबै इलमा यो शक्ति हुँदैन । एक किसिमको कार्प इलमा मात्र यस्तो विद्युतीय क्षमता हुन्छ । यसलाई छुँदा मात्रै पनि आफ्नो शरीरमा भएको करेन्टले मान्छे समेतलाई मार्नसक्छ । इलेक्ट्रिक इलको एक तिहाई शरीरमा पाइने कोषहरुबाट ती विद्युतीय शक्तिहरु निस्कन्छन् । इलको करेन्ट पैदा गर्ने ती कोषहरुले कारको ब्याट्रीले जस्तै काम गर्छ । तर इलको कोषले कारको व्याट्रीले भन्दा कैयन गुणा बढी करेन्ट पैदा गर्छ ।

इलेक्ट्रिक इलको शरीरमा विद्युत पैदा गर्न सक्ने विभिन्न प्रकारको अंगहरु हुन्छन् । यसको मुख्य विद्युतीय अंगले ५५० भोल्टसम्म विद्युत पैदा गरेर आफ्ना शत्रुहरलाई मार्न र अचेत पार्न सक्छ । यसको अर्को अंगले राडरले जस्तै काम गर्छ , जसको मद्दतले यसले आफ्ना आहारहरु खोज्छ, शत्रु आको संकेत दिएर सावधान गराउँछ । इलेक्ट्रिक इलको मुख्य आहार नदीमा पाइने सानासाना किसिमका माछा तथा जीवजन्तुहरु नै हुन् । सबैभन्दा रोचक कुरा त के छ भने मरेपछि पनि यो माछा मान्छे तथा अन्य जन्तुहरुका लागि खतरनाक हुनसक्छ । किनभने, यसले आफ्नो मृत्यु भएको ९ घण्टापछिसम्म पनि विद्युतीय झट्का दिइरहन सक्छ ।

इल माछाको आश्चर्यजनक यात्रा

जसरी इलमा भएको करेन्ट पैदा गर्न शक्ति आश्चर्यजनक छ, त्यसरी नै इलका कतिपय प्रजातिहरुले सन्तानोत्पत्तिका लागि गर्ने लामो यात्रा त्यत्तिकै आश्चर्यजनक । प्राय: उत्तर अमेरिका र यूरोपमा पाइने इल माछा (Anguilla anguilla) ताजा र स्वच्छ पानीमा बस्छ । तर यिनीहरुले आफ्नो प्रजनन तथा बच्चा उत्पादनको कार्य भने नूनिलो पानीमा गर्ने गर्छ । त्यही भएर सन्तानोत्पत्तिको क्रियाअन्तर्गत  अण्डा दिनका लागि इल माछा अट्लान्टिक महासागरदेखि ‘सारगास्सो’ नामक समुद्रसम्म पुग्छन् । इलले पारदर्शी खोलमा अण्डा पैदा गर्छ त्यो अण्डा बोकेको खोल समुद्रको पानीमा तैरिरहन्छ र समुद्रको धारले त्यसलाई बगाएर उत्तर अमेरिका वा यूरोपका समुद्रको ताजा पानीसम्म नपुर्याएसम्म तैरिरहन्छ । कैयन दिनको लामो यात्रापछि ताजा पानी भएको समुद्र छेउछाउ पुग्दासम्म त्यो खोलभित्रको अण्डा बच्चा हुँदै वयस्क इलमा परिणत भएसकेको हुन्छ । आफ्नो लागि अनुकूलको वातावरण फेला परेपछि त्यो पारदर्शी खोलालाई तोडेर इल बाहिर निस्कन्छ ।

१० फिटसम्म लामो

संसारमा इल माछाको ६०० प्रजातिहरु थाहा पाइएका छन् । तर ती सबैले करेन्ट पैदा गर्न सक्दैनन् । खालि इलेक्ट्रिक इलले मात्र करेन्ट पैदा गर्न सक्छ ।

 इल विभिन्न आकार र प्रकारका हुन्छन् । ‘रिबन इल’ रिबन जस्तो च्याप्टो र लामो हुन्छ । कतिपय इलहरु १० फिट लामाहरु पनि हुन्छन् । र्को कङगर इलको तीखो दाँत पछाडिपट्टि फर्किको हुन्छ । त्यसले पक्रेपछि शिकारलाई उम्कनु करिब करिब असम्भव नै हुन्छ ।

तीखो दाँत भएको इलको अर्को जाति हो ‘मोरे इल' । यो प्रजातिको इललाई पहिले पहिले रोमनहरुले पौडी–पोखरीमा समेत पाल्ने गर्दथे । त्यस्ता खतरनाक इल पालिएका पोखरीमा उनीहरु आफ्ना आज्ञा नमान्ने, विद्रोह गर्ने दासहरुलाई जबरजस्ती फ्याँकी दिएर दण्ड दिने गर्थे ।

पहिले पहिलेमा यो इललाई अत्यन्तै खतरनाक जीवको रुपमा मानिए पनि यो मान्छेको लागि त्यत्ति खतरनाक नभएको कुरा पता लागेको छ । हेर्दा अत्यन्तै डरलाग्दो देखिने यो मोरे इलको आनीबानी भने अतयन्तै लजालु किसिमको हुन्छ । कतिपय गोताखोरहरुले त यसलाई पक्रन्छन् तथा हातैले खानेकुरासमेत खुवाउँछन् । यसले हत्तपत्त मान्छेमाथि आक्रमण गरिहाल्दैन । यो आतंकित भयो वा त्यसलाई आफूमाथि कसैले आक्रमण गरेको महसूस भयो वा मान्छेको अंगलाई झुक्किएर खानेकुरा ठान्यो भनेमात्र यसले टोक्ने गर्छ । यो इलले टोकेको धेरै जसो घटनाहरु त्यसलाई आक्रमण गरिएपछि मात्र भएका छन् ।

ल यूरोपमा अत्यन्तै लोकप्रिय परिकार हो । तर कतिपय जातिका इल माछा मान्छेको स्वास्थको लागि हानिकारक हुन सक्छ । उदाहरको लागि, मोरे इलमा विषयसमेत हुन्छ । यसको परिकार तयार गर्दा त्यसमा रहेको विषालु अंगलाई हटाउनु पर्छ । त्यसमा उचित सावधानी अपनाइएन भने मोरे इल खानु अतयन्तै खतरनाक पनि साबित हुनसक्छ ।

इल माछा सार्क समूहभित्र पर्छ । हेक्कायोग्य कुरा के छ भने, सार्क माछामा हड्डी हुँदैन, तर यसको अस्थिपञ्जर दह्रो एवं लचिलो कार्टिलेजले बनेको हुन्छ ।

https://upload.wikimedia.org/

यस्तै, बिद्युत पैदा गर्ने अर्को एक किसिमको माछा पनि पाइन्छ, जसलाई इलेक्ट्रिक रे अथवा एटलान्टिक टोरपिडो पनि भनिन्छ ।  यो माछाले आहारका लागि साना माछाहरुलाई आफ्नो शिकार बनाउँछ । शिकारलाई पक्रन  वा मार्न यसले आफ्नो करेन्ट प्रयोग गर्छ ।

त्यस्तै अफ्रिकी नदीहरुमा पाइने अर्को किसिमको विद्युतीय माछा क्याटफिसले पनि करेन्ट पैदा गर्छ । यो माछाले आफ्ना छेउछाउका जनावरहरुला आफ्नो तीव्र विद्युतीय झड्काले बेहोश बनाइदिन सक्छ ।

Title Photo: https://tnaqua.org

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।