पङ्खा चलाउँदा कसरी शितल अनुभव हुन्छ?

गर्मी हुनासाथ हामी कुनै पत्रिका लिएर आफलाई हम्कन वा पङ्खाको छेउमा गएर बस्न रुचाँउछौ । यसो हुनुको एउटै कारण पङ्खाले हामीलाई शीतलता प्राप्त भएको अनुभूति हुन्छ । यसले एक प्रकारको आराम पनि दिन्छ । यो कुरा कसरी हुन्छ त भन्ने कुरा निक्कै रोचक छ ।

वास्तवमा हामीले पंखा चलाउँदा हाम्रो छालामा चिसोको अनुभूति हुन्छ जबकि त्यसबेला कोठाको तापक्रममा खासै परिवर्तन आएको भने हुँदैन । यसो हुनुको कारण चाहिँ हावाका चाल र हाम्रो शरीरले तापक्रमलाई ग्रहण गर्ने तरिका नै हो ।

पङ्खाको हावाले कोठाको हावाको प्रवाहको गतिलाई बढाइदिन्छ । जसै त्यो वहाव बढेको हावाले हाम्रो शरीरमा स्पर्श गर्छ, त्यसले पसिनामार्फत् छालाको सतहमा पैदा भएको नमीपनलाई उडाएर लैजान्छ । फलतः हामीलाई चिसोको अनुभूति हुन्छ । त्यसैले हामीलाई सामान्य अवस्थामा भन्दा पसिना बढी आएको बेलामा पङ्खाको हावाले बढी चिसो दिएको अनुभूति हुन्छ ।

पङ्खाको हावाले हाम्रो शरीरको तापक्रमलाई घटाउने काम गर्छ । पङ्खाको कारण बढेको हावाको गतिले हाम्रो शरीरको छालाबाट तातोलाई हटाउने काम गर्छ । फलतः हामीलाई चिसोको अनुभव हुन्छ । यस प्रक्रियालाई ऋयलखभअतष्खभ जभबत यिकक भनिन्छ । गर्मी मौसममा हिँड्डुल गर्दा हावाको झोक्का आउँदा हामीलाई यही प्रक्रियाअनुसार शितलताको अनुभूति हुन्छ ।

पङ्खा चल्दा कोठाको तापक्रममा खसै बदलाव आएको हुँदेन तर त्यसले हावाको चालमा ल्याउने परिवर्तनले गर्दा हाम्रो शरीरले चिसोको अनुभव गरिरहेको हुन्छ । यसो हुनुको कारण छालामा रहेका रिसेप्टरहरुले हावाको गतिमा आएको परिवर्तनलाई महसूस गर्छ र त्यसलाई विश्लेषण गरेर हाम्रो मस्तिष्कले चिसोको रुपमा व्याख्या गरिदिन्छ । फलतः हामीलाई शितल अनुभव हुन्छ ।

पङ्खा चल्दाको आवाज र हावाको गतिले पैदा गर्ने मनोवैज्ञानिक असरका कारण पनि हामीलाई चिसाको अनुभव हुने गर्छ । पङ्खा चलेको आवाजको लय र पङ्खाका कारण बढेको हावाको गतिले छालामा पैदा गर्ने अनुभूतिले हामीलाई आराम र सहजताको अनुभूति पैदा गराउने गर्छ । त्यसले पनि केही हदसम्म हामीलाई शितलताको अनुभव गराउने गर्छ ।

यसरी पङ्खा चल्दा भौतिक मात्र हैन, अनुभूतिजन्य असरहरु पनि पर्ने गर्छन्, जसले गर्दा हामीलाई शितल भएको अनुभव हुने गर्छ । रमाइलो कुरा के छ भने पङ्खा चल्दा कोठाको समग्र तापक्रममा भने खासै फरक परिरहेको हुँदैन ।

 

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।