चमेराले कसरी आफ्नो सिकार पत्ता लगाउँछ ?

चमेरा निकै नै रहस्यमय जीवको रुपमा यो संसारमा बाँच्दै आइरहेका छन् । यिनीहरुलाई हामी गुफा वा त्यस्तै अन्य कुनै अँध्यारो ठाँउमा उल्टो परेर बसिरहेको भेटाउन सक्छौँ । यिनीहरु हेर्दा चराजस्तो देखिने गर्छ । तर वास्तवमा यिनीहरु चरा नभएर स्तनधारी प्राणी हुन् । चमेराहरु यस संसारमा धेरै अघिदेखि नै रहँदै आइरहेका छन् । विभिन्न स्थानहरुमा पाइएका अवशेषको अध्ययन गर्दा यिनीहरु आजभन्दा करिब ६०,०००,००० वर्ष अघिदेखि बाँच्दै आएको फेला परेको छ । आज भने २००० भन्दा बढी प्रजातिका चमेराहरु ध्रुवीय क्षेत्र बाहेक संसारक प्रायः जसो सबै भागमा बाँचिरहेका छन् ।

यस संसारमा विभिन्न आकारका चमेराहरु रहेका छन् । कोही साना छन् भने कोही एकदमै ठला रहेका छन् । करिब दुई मिटर लामो पखेटा हुने चमेराहरु पनि अझै यस संसारमा रहेका छन् ।

प्रायः जसो चमेराहरु किरा फट्याङ्ग्राजस्ता स–साना जीवहरु खाने गर्छन् । तर ठला चमेराहरुले भने फलफू, स–साना चमेरा अनि अन्य जनावरहरुको रगत पनि खाने गर्छन् । त्यही भएर चलचित्रमा भुताहा घरमा चमेरालाई देखाइने गरिन्छ । कतै कतै यसलाई डर वा नराम्रोको प्रतिकको रुपमा पनि लिइने गरेको पाइएको छ ।

चमेराहरु विशेष गरेर रातको समयमा सक्रिय हुने गर्छन् । उनीहरु यसै समयमा आफ्नो आहरा खोज्ने र खाने काम गर्छन् । अचम्मको कुरा के छ भने रातको अँध्यारोमा पनि उनीहरु घना जंगलमा कुनै पनि रुख वा झारपातमा नठोक्किइकन तीव्र गतिमा उड्न सक्छन् । यो कुरा धेरै समयको लागि रहस्य नै बनेर रहेको थियो । यसको बारेमा वैज्ञानिकहरुले धेरै गहिरोसँग अध्ययन गरे । अध्ययनकै क्रममा उनीहरुले चमेरालाई डोरी नै डोरी झुन्डाइएको कोठामा आँखा थुनेर छाडिदिए । तैपनि उनीहरु आफ्नो नियमित गतिमा कहीँ पनि नठोक्किइकन उड्न सफल भए । यस परीक्षणले उनीहरु राती उड्दा आँखाको प्रयोग गदैनन् भन्ने कुरा प्रमाणित भयो ।

अर्को परीक्षणमा भने उनीहरुले चमेराको कान र मुख थुनिदिए । त्यसपछि फेरि त्यही कोठमा छाडिदिए । त्यो चमेरा राम्ररी उड्न सकेन । यताउता ठोक्किदै उड्न थाल्यो । यस प्रयोगका मद्दतले वैज्ञानिकहरुले चमेराले उड्दा दृश्यको हैन, आवाजको मद्दत लिने कुरा पत्ता लगाए । उनीहरु उड्दा निकाल्ने आवाज यति तिखो हुन्छ, मानिसको नाड्डो कानले यसलाई सुन्न सक्तैन । यो आवाज अगाडि रहेको चिजमा ठोक्किएर फेरि चमेराको कानमा फर्कने गर्छ । यसरी उसले आफ अगाडि के छ भनेर थाहा पाउँछ । यिनीहरुको कान पनि त्यस्तो तिखो आवाज सुन्नका लागि निकै संवेदनशील हुन्छन् ।

चमेराको पखेटाहरु पनि आफै त्यो आवाजको अनुसार प्रतिक्रिया जनाउने गर्छ । यसरी उडिरहेको बेला उनीहरु कुनै बाधाबाट सजिलै हट्न सक्छन् । आफ्नो खाना खोज्न र पक्रनको लागि पनि चमेराले बढीजसो अवाजकै सहायता लिन्छ । तर यसले त्यसक्रममा आफ्नो आँखाकै पनि प्रयोग गर्न सक्छ । यसरी चमेरा रातको अन्धकारमा पनि सजिलै उडेर आफ्नो आहरा खोज्न सक्छन् ।

श्रोतः Tell Me Why

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।