बढ्दो वेर्टर प्रभावको सङ्क्रमण
निराशाको राजनीतिक अर्थशास्त्र र जीवनमुखी विकल्पको खोजी
गणेश नेपालीले राज्यबाट भोगेको अपमान र निरीहताविरुद्ध आफ्नो शरीरलाई नै अन्तिम भाषा बनाएर आत्मदाह गरेको घटनापछि शुरु भएको शृंखला रश्मि रिजालले शेयर बजारमा डुबेर आफ्नै कारभित्र आगो सल्काएको घटनासम्म आइपुग्दा नेपाली समाजले एउटा नयाँ र भयावह प्रवृत्तिको सामना गर्न थालेको छ। पछिल्ला दिनहरुमा झन्डै दैनिकजसो कुनै न कुनै व्यक्तिले उही विधि रोजेर आफ्नो जीवन अन्त्य गरिरहेको खबर आइरहेको छ। यो न त संयोग हो, न त पृथक् व्यक्तिगत निर्णयहरूको शृंखला मात्र हो। समाजशास्त्रीय भाषामा भन्ने हो भने नेपाल अहिले 'वेर्टर प्रभाव' (Werther Effect) भनिने सामाजिक-मनोवैज्ञानिक सङ्क्रमणको चपेटामा छ र यसको जरो कुनै एक व्यक्तिको मनोदशामा भन्दा बढी हाम्रो आर्थिक-राजनीतिक संरचनाको गहिरो सङ्कटमा गाडिएको छ।
सन् १९७४ मा अमेरिकी समाजशास्त्री डेभिड फिलिप्सले यसलाई 'सुसाइड कन्टेजन' अर्थात् आत्महत्याको सामाजिक सङ्क्रमणका रूपमा वैज्ञानिक रूपमा परिभाषित गरे। कुनै घटनालाई सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा सनसनीपूर्ण वा महिमामण्डित तवरले प्रस्तुत गर्दा यो प्रभाव झन् बलियो बन्छ।
यो टिप्पणीको उद्देश्य कुनै एक घटनाको भावनात्मक विवरण दिनु होइन, बरु यस प्रवृत्तिको पछाडि लुकेको संरचनागत तर्कलाई खोतल्नु हो। किन यति धेरै मानिस उस्तै बाटो रोज्न बाध्य बनिरहेका छन्, र यसलाई रोक्न राज्य, बजार, सञ्चारमाध्यम र नागरिक समाजले कस्तो भूमिका खेल्नुपर्छ भन्नेकुरा यहाँ चर्चा गरिएको छ।
वेर्टर प्रभाव र सञ्चारको जिम्मेवारी
वेर्टर प्रभाव भनेको कुनै चर्चित आत्महत्या वा आत्मदाहको घटनापछि त्यसैको अनुकरण गर्दै उस्तै प्रकारका घटनाहरू बढ्ने प्रवृत्ति हो। सन् १७७४ मा प्रकाशित जर्मन साहित्यकार योहान वुल्फगाङ फन गोएथेको उपन्यास 'द सोरोज् अफ यङ वेर्टर'का नायकले आत्महत्या गरेपछि युरोपभर त्यसको अनुकरण भएको इतिहास छ। यही आधारमा सन् १९७४ मा अमेरिकी समाजशास्त्री डेभिड फिलिप्सले यसलाई 'सुसाइड कन्टेजन' अर्थात् आत्महत्याको सामाजिक सङ्क्रमणका रूपमा वैज्ञानिक रूपमा परिभाषित गरे। कुनै घटनालाई सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा सनसनीपूर्ण वा महिमामण्डित तवरले प्रस्तुत गर्दा यो प्रभाव झन् बलियो बन्छ।
यसको ठीक विपरीत अवधारणा हो, पापागेनो प्रभाव (Papageno Effect) । मोजार्टको ओपेरा द म्याजिक फ्लुटको पात्र पापागेनोबाट नामाकरण गरिएको यो मान्यताले चरम निराशाको क्षणमा पनि साथीको सहयोगपछि मानिसले आत्महत्याको निर्णय फेर्छन् भन्ने कुरा गर्छ । सन् २०१० मा अस्ट्रियाली अनुसन्धानकर्ता थोमस निडरक्रोटेन्थालरले वैज्ञानिक रूपमा स्थापित गरेको यो अवधारणाले संकटबाट फर्केर जीवनतर्फ उन्मुख भएका उदाहरणहरू सार्वजनिक गर्दा आत्महत्याको जोखिम घट्छ भन्ने देखाउँछ। विश्व स्वास्थ्य संगठनले सञ्चारमाध्यमलाई ठ्याक्कै यही आधारमा जिम्मेवार रिपोर्टिङका मापदण्ड सुझाएको हो। नेपालका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हुने प्रस्तुतिकरणले हालसम्म यो सन्तुलन राख्न सकेको छैन र यसले वेर्टर प्रभावलाई थप बल पुर्याइरहेको तथ्यबाट हामी अनुत्तरदायी हुन मिल्दैन।
एमिल दुर्खीमले एक शताब्दीअघि नै आत्महत्यालाई सामाजिक एकीकरण र विघटनसँग जोडेर व्याख्या गरेका थिए । उनको मान्यता छ, व्यक्ति जति सामाजिक बन्धन र सुरक्षाको जालबाट टाढा पर्छ, त्यति नै त्यो जोखिमपूर्ण हुन्छ। आजको नेपालमा यही तर्क विभिन्न स्वरूपमा लागू भइरहेको देखिन्छ, जहाँ आर्थिक असुरक्षा, ऋणको चाप, सामाजिक प्रतिष्ठा गुम्ने त्रास, बेरोजगारी, राजनीतिक निराशा र भविष्यप्रतिको गहिरो अनिश्चितता एकअर्कासँग गाँसिएर व्यक्तिको मानसिक धरातललाई नै भत्काउँदै लगेका छन्।
तर, व्याख्या र परिभाषा यहीं सीमित राख्नु पर्याप्त हुँदैन। आत्मदाहतर्फ अग्रसर हुने व्यक्ति समाज, अर्थतन्त्र र राज्यबीचको कस्तो जटिल अन्तरसम्बन्धबाट गुज्रिरहेको हुन्छ? भन्ने प्रश्नको जवाफ अहिलेको आवश्यकता हो ।
व्यक्तिगत निर्णय वा संरचनागत परिणाम?
नेपालको सन्दर्भमा यस्ता घटनालाई केवल व्यक्तिको निजी निर्णयका रूपमा हेर्नु अपूरो विश्लेषण हुनसक्छ । र, कुनै एउटा एकल घटनाको प्रतिक्रियामा यसलाई सीमित गर्दा पनि वास्तविकताको अति सरलीकरण हुनसक्छ। एमिल दुर्खीमले एक शताब्दीअघि नै आत्महत्यालाई सामाजिक एकीकरण र विघटनसँग जोडेर व्याख्या गरेका थिए । उनको मान्यता छ, व्यक्ति जति सामाजिक बन्धन र सुरक्षाको जालबाट टाढा पर्छ, त्यति नै त्यो जोखिमपूर्ण हुन्छ। आजको नेपालमा यही तर्क विभिन्न स्वरूपमा लागू भइरहेको देखिन्छ, जहाँ आर्थिक असुरक्षा, ऋणको चाप, सामाजिक प्रतिष्ठा गुम्ने त्रास, बेरोजगारी, राजनीतिक निराशा र भविष्यप्रतिको गहिरो अनिश्चितता एकअर्कासँग गाँसिएर व्यक्तिको मानसिक धरातललाई नै भत्काउँदै लगेका छन्।
राजनीतिक अर्थशास्त्रको दृष्टिकोणले यसलाई अझ स्पष्ट पार्छ। कुनै पनि समाजको आधार अर्थात् उत्पादन सम्बन्ध, रोजगारीको संरचना, सम्पत्तिको वितरण र आर्थिक अवसरको उपलब्धताले त्यसको अधिरचना, अर्थात् राजनीति, कानुन, संस्कृति र सामाजिक चेतनालाई निर्धारण गर्छ। यो सम्बन्ध यान्त्रिक होइन, तर गहिरो र अन्योन्याश्रित हुन्छ। जब आर्थिक आधारमा असमानता, असुरक्षा र अवसरको संकुचन बढ्छ, त्यसको तरंग राजनीतिक विश्वास, सामाजिक सम्बन्ध र व्यक्तिको आत्मबोधसम्म पुग्छ। आजको आत्मदाह र आत्महत्याको लहर वास्तवमा यही आधार-अधिरचनागत सङ्कटको सतहमा देखिएको लक्षण हो। स्वयं रोग होइन।
नेपालको संरचनागत सङ्कट
नेपालको पछिल्लो दशक ठ्याक्कै यही संक्रमणबाट गुज्रिरहेको छ। वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले राष्ट्रिय उपभोगलाई धानिरहेको छ, तर घरेलु उत्पादनमूलक अर्थतन्त्र अपेक्षित गतिमा विस्तार हुन सकेको छैन। साना तथा मझौला उद्यमहरू उच्च लागत, साँघुरिँदो बजार र वित्तीय दबाबसँग दैनिक संघर्ष गरिरहेका छन्। पुँजी बजारमा उच्च प्रतिफलको आशासहित प्रवेश गरेका हजारौं साना लगानीकर्ताले ठूलो नोक्सानी व्यहोरेका छन्, र त्यो नोक्सानी धेरैका लागि जीवनभरको बचत वा पारिवारिक दायित्वसँग जोडिएको छ। युवा जनशक्ति निरन्तर रूपमा वैदेशिक रोजगारीतिर धकेलिइरहेको छ। यस्तो अवस्थामा आर्थिक अनिश्चितता केवल आम्दानीको समस्यामा सीमित रहँदैन; त्यो व्यक्तिको सामाजिक पहिचान, आत्मसम्मान र भविष्यप्रतिको विश्वाससँग समेत गाँसिन पुग्छ।
नयाँ सरकार गठन हुँदा नागरिकमा सिर्जना हुने उच्च अपेक्षा लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा हो। तर अहिले नेपालमा ती अपेक्षा छोटो अवधिमै मूर्त परिणाममा रूपान्तरण हुन नसक्दा प्रायः पहिलो सय दिन नाघ्दा नाघ्दै निराशा झनै तीव्र बन्न पुगेको अवस्था छ ।
यसमा राजनीतिक आयाम थपिँदा सङ्कट झन् गहिरिन्छ। नयाँ सरकार गठन हुँदा नागरिकमा सिर्जना हुने उच्च अपेक्षा लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा हो। तर अहिले नेपालमा ती अपेक्षा छोटो अवधिमै मूर्त परिणाममा रूपान्तरण हुन नसक्दा प्रायः पहिलो सय दिन नाघ्दा नाघ्दै निराशा झनै तीव्र बन्न पुगेको अवस्था छ । संस्थागत जवाफदेहिता, नीतिगत पारदर्शिता र यथार्थपरक सार्वजनिक संवादको अभावमा यो अत्यधिक आशा र अत्यधिक निराशाबीचको चक्रले सामाजिक मनोविज्ञानलाई नै अस्थिर बनाइरहेको छ।
यद्यपि एउटा कुरा प्रस्ट हुनुपर्छ- आर्थिक सङ्कट वा राजनीतिक असन्तुष्टिले आत्महत्या वा आत्मदाहलाई अपरिहार्य बनाउँदैन। लाखौं मानिस उस्तै वा त्योभन्दा कठिन परिस्थितिबाट गुज्रँदै पनि परिवार, समुदाय, सामूहिक संगठन, राजनीतिक सहभागिता वा अन्य रचनात्मक माध्यमबाट आफ्नो प्रतिरोध र परिवर्तनको आकांक्षा व्यक्त गर्छन्। त्यसैले संरचनागत कारणको विश्लेषण गर्नु र व्यक्तिगत निर्णयलाई त्यसको प्रत्यक्ष तथा अपरिहार्य परिणामका रूपमा चित्रण गर्नु यी दुई फरक कुरा हुन्। संरचनाले सम्भावना सिर्जना गर्छ, नियति लेख्दैन।
निराशाबाट संगठित राजनीतितर्फ
यहीबाट राजनीतिक कार्यदिशाको प्रश्न पनि नयाँ ढंगले उठ्छ। लोकतान्त्रिक समाजमा आर्थिक संरचनाको आलोचना, श्रम अधिकारको माग, वित्तीय क्षेत्रको सुधार, सामाजिक न्याय र वैकल्पिक विकास मोडेलका लागि संगठित राजनीतिक अभियान चलाउनु वैध र आवश्यक नागरिक अभ्यास हो। वर्तमान चरम पुँजीकेन्द्रित संरचनाले सिर्जना गरेको असमानता र असुरक्षालाई चुनौती नदिई दिगो समाधान सम्भव पनि छैन। तर यहाँ एउटा सीमारेखा भने कोर्नैपर्छ। परिवर्तनको राजनीति जीवनको रक्षा गर्ने राजनीति हुनुपर्छ, जीवनको क्षतिलाई नै प्रतिरोधको माध्यम वा प्रतीक बनाउने राजनीति होइन। कुनै पनि दिगो सामाजिक रूपान्तरण जीवित नागरिकको सामूहिक सहभागिताबाट सम्भव हुन्छ।
नेपालको वर्तमान संकट केवल अर्थतन्त्रको संकट होइन, यो विश्वासको संकट पनि हो । राज्यमाथिको विश्वास, बजारमाथिको विश्वास र भविष्यप्रतिको विश्वास कमजोर हुँदै जाँदा समाजमा निराशा फैलिन्छ। त्यसैले यसको समाधान पनि बहुआयामिक हुनुपर्छ। उत्पादनमूलक अर्थतन्त्रको पुनर्संरचना, सामाजिक सुरक्षाको सुदृढीकरण, उत्तरदायी शासकीय अभ्यास, जिम्मेवार पत्रकारिता र मानसिक स्वास्थ्य सेवाको विस्तार एकअर्काका विकल्प होइनन्, एकअर्काका परिपूरक आधार हुन् भन्ने कुरा व्यवहारिक रुपमा नै देखापर्नुपर्छ ।
नेपालको वर्तमान संकट केवल अर्थतन्त्रको संकट होइन, यो विश्वासको संकट पनि हो । राज्यमाथिको विश्वास, बजारमाथिको विश्वास र भविष्यप्रतिको विश्वास कमजोर हुँदै जाँदा समाजमा निराशा फैलिन्छ।
यदि हामीले आर्थिक तथा राजनीतिक संरचनाका सीमाहरूलाई लोकतान्त्रिक, संगठित र जीवनमुखी नागरिक सहभागितामार्फत चुनौती दिन सक्यौं भने त्यो परिवर्तन नीतिमा मात्र होइन, समाजको सामूहिक चेतनामै प्रतिबिम्बित हुनेछ। आजको सबैभन्दा ठूलो आवश्यकता निराशालाई पुनरुत्पादन गर्नु होइन त्यसलाई संगठित सामाजिक ऊर्जा, लोकतान्त्रिक सहभागिता र संस्थागत सुधारतर्फ रूपान्तरण गर्नु हो। कुनै पनि समाजको भविष्य व्यक्तिगत त्रासदीको पुनरावृत्तिबाट होइन, जीवित नागरिकहरूको साझा राजनीतिक र सामाजिक प्रयत्नबाट मात्र निर्माण हुन्छ।
नौ बुँदे कागज र मिटरब्याजको अर्थ-राजनीति
सालिकमाथिको प्रहार कि स्मृतिमाथिको वर्गीय युद्ध?
त्रिपुरेश्वरको सडकमा जलेको ‘आशा’ र हाम्रो राज्यको ‘कायरता’
वाम एकताको अपरिहार्यता र अनिवार्य सर्तहरु
सुशासनको कारवाही प्रतिशोधमा परिणत नहोस् !
साङ्गठनिक रुग्णता र जनमतको आक्रोश: नेकपा एमालेको अगाडि उभिएको संकट
बालेन सरकारको विदेशनीति: के जोखिमपूर्ण मोड निम्त्याउँदैछ ?
प्रतिक्रिया