विपन्न विज्ञान : विपन्न समाज

गल्तीबाट सिक्ने क्षमता नै सफलता प्राप्त गर्नका लागि सबभन्दा महत्त्वपूर्ण पूर्वशर्त हो। यो शर्तको सन्दर्भमा थोमस अल्वा एडिसनको एक घटना उल्लेखनीय देखिन्छ। उनी त्यस्ता व्यक्ति हुन्, जसले आफूले आविष्कार गरेको चिमको फिलामेन्ट (बलेर चम्कने तार) का लागि एक हजारभन्दा बढी वस्तुको जाँच गरेका थिए। त्यसै सन्दर्भमा एकजना लाठसावले एडिसनसँग जिज्ञासा पोखे र भने, 'श्रीमान एडिसन, तपाईं हजारपटक असफल हुनुभएछ।'

जवाफमा एडिसनले भने, 'म हजारपटक असफल भएको होइन, बरु मैले काम नलाग्ने हजारौं वस्तुहरू पत्ता लगाएको छु।' गल्तीबाट सिक्ने उनको प्रयास र विचार सबैका लागि राम्ररी लिइनुपर्छ। तथापि कसैले अनुभवबाट नसिकिकन गल्तीहरू अनिश्चित रूपले दोहऱ्याइरहन्छ भने ऊ असफल भएको मान्न सकिन्छ। कामको प्रारम्भमा हुने केही गल्तीहरू क्षम्य हुन्छन्, किनकि सिकारूहरूले ती कुराहरूबाट नै सिक्दछन्। तर जब सिकारू कार्यकारी तहको सिँढीसम्म माथि चढ्दछ, तब उसको अनुभवले गर्दा उसबाट धेरैमात्र गल्तीहरू हुनेखालका नतिजा माग गरिन्छ। किनकि, माथिल्लो तहबाट हुने गल्तीहरूले बढी मूल्य चुकाउनु पर्ने हुन्छ र प्रमुख कार्यकारीबाट हुने एउटै गलत निर्णयले पनि सम्पूर्ण संस्थालाई धराशयी पार्न सक्छ।

नेतृत्व आफ्नो हातमा लिएकाहरूले गल्तीहरूबाट सिक्ने प्रवृत्ति प्रदर्शित गरून् भन्ने अपेक्षा जोकोहीले पनि गर्दछ। वस्तुतः गल्तीहरूबाट सिक्ने प्रवृत्ति समाजको वैज्ञानिक संस्कृतिको जग हो। नेपाली समाजमा यही आधारभूत गुणको अभावले नै विकासको उद्देश्य प्राप्ति गर्नबाट हामी वञ्चित भइरहेका छौं।

नेतृत्व आफ्नो हातमा लिएकाहरूले गल्तीहरूबाट सिक्ने प्रवृत्ति प्रदर्शित गरून् भन्ने अपेक्षा जोकोहीले पनि गर्दछ। वस्तुतः गल्तीहरूबाट सिक्ने प्रवृत्ति समाजको वैज्ञानिक संस्कृतिको जग हो।

प्राज्ञिक नेतृत्वको असफलता विकासको बाटोमा सबभन्दा ठूलो बाधक हो। प्राज्ञहरू राजनीतिज्ञहरूलाई उपयुक्त सल्लाह दिँदै आफ्नो पेशाप्रति आस्थावान रहेका भए देशको अवस्था धेरै सुध्रिसक्थ्यो। विश्वमा विश्वविद्यालय र प्राज्ञहरूले बलियो तर्क र सत्तामा बसेकाहरूका नीतिको रचनात्मक आलोचनाद्वारा सधैं आफूलाई संस्थापनको विपक्षमा उभ्याउँछन् र प्रगतिको बाटो सुझाउँछन्। अमेरिकामा नाभिकीय हतियार विकास कार्यको नेतृत्व गरेका रवर्ट ओपनहाइमरलाई कम्युनिष्टको आरोपमा मृत्युशय्यासम्म देखियो, किनकि उनी प्राज्ञ थिए। राष्ट्रपति निक्सनले भियतनाममा युद्ध छोडिरहेका बेला सबै विश्वविद्यालयलाई कम्युनिष्टको अखडा ठानिन्थ्यो, किनकि त्यहाँका युवा र प्राज्ञहरू नेताको लहडको युद्धमा होमिन अस्वीकार गर्थे। सोभियत नाभिकीय हतियार कार्यक्रमका पिता मानिने साखारोभजस्तालाई पूँजीवादी दलालको बिल्ला भिराएर आन्तरिक निर्वासनमा पठाइयो। यसतर्फ सबै वादले स्वतन्त्र चिन्तनलाई दुश्मन ठान्छन्।

राष्ट्रपति निक्सनले भियतनाममा युद्ध छोडिरहेका बेला सबै विश्वविद्यालयलाई कम्युनिष्टको अखडा ठानिन्थ्यो, किनकि त्यहाँका युवा र प्राज्ञहरू नेताको लहडको युद्धमा होमिन अस्वीकार गर्थे। सोभियत नाभिकीय हतियार कार्यक्रमका पिता मानिने साखारोभजस्तालाई पूँजीवादी दलालको बिल्ला भिराएर आन्तरिक निर्वासनमा पठाइयो। यसतर्फ सबै वादले स्वतन्त्र चिन्तनलाई दुश्मन ठान्छन्।

त्यस अर्थमा संस्थापनलाई विवेक र उदार विचारतर्फ निर्देशित गर्न प्राज्ञहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। उनीहरूले सत्तामा जोसुकै रहेपनि त्यसको सारथी र आलोचकको भूमिका खेल्नुपर्दछ, तर बढी भूमिका सारङ्गीको खेलिएको छ, त्यो पनि बजाउन नजान्नेको हातमा। उदाहरणका लागि, यहाँ प्राज्ञहरूद्वारा सरकारले रुपियाँको पुनर्मूल्यन गर्दा हाम्रो मुद्राको बल प्रदर्शित गर्ने कदमको रूपमा परिभाषित गरिन्छ। र, रुपियाँले थाम्न नसकेर तुरुन्तै अवमूल्यन गरिँदा पनि त्यसलाई बजार विस्तार गर्ने महान कार्यको रूपमा व्याख्या गरिन्छ। त्यस्तो गएगुज्रेको सल्लाह र चाकरीवादकै कारणले उनीहरू मन्त्रीका निजी सचिव वा सल्लाहकारमा नियुक्त हुन्छन्। यसरी स्वघोषित प्राज्ञहरूद्वारा नेता र शासकहरू लगातार गलत रूपमा निर्देशित हुन्छन्। उनीहरूसँग आफ्नो साखको लागि प्राज्ञिक दृष्टि, मौलिक योजना र उपलब्धि नभएकाले उनीहरूप्रति जनताको आस्था छैन।

संस्थापनलाई विवेक र उदार विचारतर्फ निर्देशित गर्न प्राज्ञहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। उनीहरूले सत्तामा जोसुकै रहेपनि त्यसको सारथी र आलोचकको भूमिका खेल्नुपर्दछ, तर बढी भूमिका सारङ्गीको खेलिएको छ, त्यो पनि बजाउन नजान्नेको हातमा।

शासकहरूमात्रै होइनन्, प्राज्ञहरू पनि शैक्षिक प्रणाली बिगार्नुमा जिम्मेवार छन्। शासकीय कल्पनाअनुसार नयाँ शिक्षा योजना शिक्षा नियन्त्रणको औजार थियो। तिनको सोचाइ थियो, जनमानस उच्च रूपले शिक्षित भएमा सत्ता-शक्तिमा आफ्नो पकड खुस्किन पुग्छ। प्राज्ञिक केन्द्रले यस शासकीय षडयन्त्रसँग पूर्ण मनले सहकार्य गर्यो। यसै क्रममा धेरै राम्रो काम गरिरहेका विद्यालयहरू खराब स्तरमा ओरालिए। प्रयोगमा राम्रो परिणाम दिएका पाठ्यपुस्तकहरू एकरूपताको नाममा फ्याँकिए। सिद्धान्त तथा छपाइ गल्ती भएका र अनुपयुक्त ढंगले तह मिलाइएका अभ्यासहरू सम्मिलित पुस्तकद्वारा तिनलाई विस्थापित गरियो। दृष्टान्तका लागि, छ कक्षाको एउटा विज्ञान किताबमा पालुङ्गोलाई घाँसको रूपमा वर्गीकरण गरिएको छ, आलु र गाजरलाई अन्नको रूपमा।

यहाँको वैज्ञानिक नेतृत्वले मुलुकमा विज्ञान नीतिको अभावमा विज्ञानको विकास गर्न सकिँदैन भन्यो। र, त्यसको दबाबबाट सन् १९७६ मा विज्ञान तथा प्रविधि राष्ट्रिय परिषद् (NCST) स्थापना भयो, जसलाई शासकहरूले धेरै अवरोधविना नै हात पारे। त्यहाँबाट ठोस र दूरगामी नीति कहिल्यै तर्जुमा गरिएन वा लागू गरिएन। संसारभरि नै प्राज्ञ विभाग प्रमुख स्थल हो, जहाँ अनुसन्धानको काम गरिन्छ। अनुसन्धान विश्वविद्यालय शिक्षाको एक एकीकृत अंग हो। तर यहाँकै 'वैज्ञानिक'ले विभागमा चक र डस्टर बाहेक केही नछोडेर सबै साधनस्रोतलाई विशेषाधिकारयुक्त केन्द्रमा एकीकृत गर्न सफल भए। अहिले ती विभागहरू तल खस्किएर चकसमेत पनि किन्न नसक्ने भए। समयक्रममा असफल भएका तिनै वैज्ञानिकहरूको हातमा रहेको केन्द्रले कुनै उपयुक्त अनुसन्धानको तर्जुमा कहिल्यै पनि गरेन। अनन्तकाल चल्ने मेशिन प्राप्तिको मृगतृष्णा पछि लागेर आफ्नो समय बर्बाद गर्नेहरूले नै भने, विज्ञान प्रतिष्ठानविना मुलुकमा वैज्ञानिक कार्य हुन सक्दैन।

तिनीहरूकै उक्साहटमा सन् १९८२ मा नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट) को स्थापना भयो, जसमाथि पनि त्यही जत्थाले कब्जा गर्यो। दुर्भाग्यवश त्यसको पहिलो प्रकाशनले घोषणा गर्यो, नेपालजस्तो गरीब देशले वैज्ञानिक अनुसन्धानमा हात हाल्नु हुँदैन। यो कुरो तथ्यसित पूर्ण रूपले बाझिन्छ र नोबेल पुरस्कार विजेता भौतिकशास्त्री अब्दुस सलामको विचारविपरीत पनि छ। उत्तर-दक्षिण विकास खाल्डो नै विज्ञानको खाल्डो हो। एक दशकभन्दा बढी समय राष्ट्रिय विज्ञान नीति कसले बनाउने भन्ने सवाललाई लिएर रोनास्ट र विज्ञान तथा प्रविधि राष्ट्रिय परिषद् (एनसीएसटी) बीच चलेको झगडाले गर्दा खेर गयो। त्यस झगडाको ध्वंसात्मक मोडमा एनसीएसटी नै विघटन भयो। यसैबीच रोनाष्ट खस्कँदो दिशामा जान थाल्यो, सुन तस्करी, हडताल, तालाखन्दी, उपकुलपतिर्को बेइज्जती इत्यादि। कसैले विज्ञान एकेडेमीमा हडताल हुन्छ भन्ने कुरो सुनेको छ? रोनाष्ट के उद्देश्यको लागि खोलिएको हो, अझै स्पष्ट भएको छैन।

सन् १९८९ मा अब्दुस सलामले नेपाल भ्रमण गर्दा राजा वीरेन्द्रको उपस्थितिमा यहाँ अन्तर्राष्ट्रिय उच्च प्रविधि केन्द्र स्थापना गर्ने प्रस्ताव राखे। त्यसलाई राजा वीरेन्द्रले गम्भीर रूपमा लिएपछि स्थापना कार्यलाई सुगम बनाउन एउटा कमिटी निर्माण गरियो। सलामसँग भेटन र विस्तृत कामको खाका तयार गर्न शिक्षामन्त्रीलाई पठाइयो। दुःखको कुरो, नेपालमा विज्ञानको विकासका लागि गलत बाटो देखाउने नेतृत्वले नै त्यो कमिटी आफ्नो हातमा पायो। उनीहरूलाई डर केमा भयो भने त्यस्तो अन्तर्राष्ट्रिय केन्द्र स्थापना भएमा मुलुकको वैज्ञानिक गतिविधिमाथि आफ्नो वर्चस्व खुस्कनेछ। विश्वका अगुवा वैज्ञानिकहरूले नेपाली युवा वैज्ञानिकहरूलाई तालिम दिन तथा उनीहरूसँग सहकार्य गर्न नेपाल आउनेछन्। ती युवा वैज्ञानिकहरूले चाँडै नै पुराना जीर्ण वैज्ञानिकहरूलाई पछाडि धकेल्नेछन्। त्यसैले सलामको प्रस्तावलाई अस्वीकार गरियो। त्यसलाई स्वीकारिएको भए नेपालले अहिलेसम्म सूचना प्रविधि, वंशायु विज्ञान र उदीयमान क्षेत्रहरूमा अग्रगामी छलाङ हानिसक्थ्यो।

कुनै पनि बेला विज्ञान मन्त्रालय विघटन हुने धम्की सुनिन्छ। यहाँ विज्ञानको दुर्दशाका लागि राजनीतिक नेताहरूलाई दोष लगाउने ठाउँ छैन। उनीहरूले अटूट रूपमै वैज्ञानिकहरूको सल्लाह लिएका छन्। सम्पूर्ण दोष वैज्ञानिक नेतृत्वको थाप्लोमा जान्छ, जसले प्रायः निरपेक्ष सत्ता सम्हाल्यो, जसले हरेक क्षेत्रमा असफलतामात्रै हात पार्यो।

आफ्नो असफलता प्रमाणित गरिसकेको त्यही वैज्ञानिक नेतृत्वले फेरि फेरि पनि पुराना गल्ती नै दोहोऱ्याउने मानसिकता देखाउँदै आएको छ। त्यस नेतृत्वले सरकारलाई के सम्झायो भने विज्ञान मन्त्रालय स्थापना नगरिएसम्म विज्ञानमा केही गर्न सकिँदैन। सो मन्त्रालयको स्थापनापछि विज्ञानको व्यवस्थापन गर्ने निहुँमा एउटा विधेयक तयार गरियो। त्यस विधेयकमा पूर्वस्वीकृतिविना विदेशी वैज्ञानिकहरूसँग सम्पर्क गर्ने जोकोहीलाई पनि असर पर्ने प्रावधान थियो। विधेयकअनुसार 'अनाधिकृत वैज्ञानिक कार्य जरिवाना र कारावासजस्तो गम्भीर सजायँको भागीदारी थियो। विश्वविद्यालयमा होहल्ला भएपछि त्यस्तो विधेयक फिर्ता लिइयो। निसन्देह, मन्त्रालयको नियत थियो, वैज्ञानिक गतिविधिलाई प्रोत्साहित गर्नुभन्दा नियन्त्रण गर्नु। सो विधेयक पनि उही वैज्ञानिक नेतृत्वको प्रभावमा आएको हो। फलस्वरूप रोनाष्ट र मन्त्रालयबीच झगडा शुरू भयो। कुनै पनि बेला विज्ञान मन्त्रालय विघटन हुने धम्की सुनिन्छ। यहाँ विज्ञानको दुर्दशाका लागि राजनीतिक नेताहरूलाई दोष लगाउने ठाउँ छैन। उनीहरूले अटूट रूपमै वैज्ञानिकहरूको सल्लाह लिएका छन्। सम्पूर्ण दोष वैज्ञानिक नेतृत्वको थाप्लोमा जान्छ, जसले प्रायः निरपेक्ष सत्ता सम्हाल्यो, जसले हरेक क्षेत्रमा असफलतामात्रै हात पार्यो। चाहे वैज्ञानिक उपलब्धि हासिल गर्न र वैज्ञानिक गतिविधि गर्न युवाहरूलाई उत्साहित पार्ने प्रभावकारी वैज्ञानिक कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा होस् अथवा राष्ट्रिय स्रोतहरूको उपयोग र विकासको सन्दर्भमा होस्।

भविष्यको दृष्टिकोण

नेपालमा के देखिएको छ भने यहाँका हरेक संस्थाका नेता संस्थाकरण नगर्ने र संरचना बिगार्नमा खप्पीस छन्। संस्थाको संरचना बलवान् भएमा नेता जिम्मेवारीपूर्ण व्यवहार गर्न बाध्य हुन्छन् र तिनीहरूका विचार र निर्णयमाथि कडा प्रश्नहरू उठाइनेछन्। संस्थाकरण नभएकै कारणले उनीहरूले संस्थालाई जागीर वा विर्ताको रूपमा चलाउन सकेका हुन्, जहाँ तल्लो तहका मानिसहरू नेताका अगाडि घुँडा टेक्न विवश हुन्छन् र उनीहरू कन्दापछाडि कुरा काट्छन्।

यहाँका हरेक संस्थाका नेता संस्थाकरण नगर्ने र संरचना बिगार्नमा खप्पीस छन्। संस्थाको संरचना बलवान् भएमा नेता जिम्मेवारीपूर्ण व्यवहार गर्न बाध्य हुन्छन् र तिनीहरूका विचार र निर्णयमाथि कडा प्रश्नहरू उठाइनेछन्।

यो उराठलाग्दो स्थितिको उपचार गर्ने दायित्व युवा पिँढीको काँधमा आएको छ। यो उन्नत समय हो, उनीहरूले निर्भयताका साथ आफूलाई व्यक्त गर्नुपर्दछ र नयाँ बाटाहरू पहिल्याउनुपर्छ। उनीहरूले अस्थिमा परिणत पुरानो पिँढीको हतियारको रूपमा आफू प्रयोग हुन अस्वीकार गर्नुपर्छ। पुरानो पिँढीले युवा पुस्तालाई गलत सूचना, गलत बाटो देखाउनुलाई आफ्नो शक्ति जोगाइराख्ने चालको रूपमा लिनुपर्छ। र, तुच्छ फाइदा तथा निर्वाहका लागि मानिसहरूलाई आतंकित तुल्याई युवाहरूबीच झगडा सिर्जना गर्ने कामलाई नयाँ पुस्ताले अस्वीकार गर्नुपर्छ।

यसै सन्दर्भमा युवाहरूले दक्षिण कोरियाका युवाहरूबाट उपयोगी पाठ सिक्नुपर्छ। ती युवाहरूले सैनिक अधिनायकवादलाई बलपूर्वक हटाउनमा सफलता पाए र लोकतान्त्रिकरणका लागि पहल गरे। उनीहरूले यो दायित्व आफ्नो भविष्यको मूल्यमा पूरा गरेका होइनन्। राजनीतिक सङ्घर्ष अगाडि बढाउँदै उनीहरूले सबै आवश्यक वैज्ञानिक र प्राविधिक दक्षता ग्रहण गर्न कलेजहरूमा कडा काम गरे। त्यो काम विकासको बाटोमा कोरियालाई नेतृत्व दिनमा उपयोगी भएको छ। तिनै युवाहरूले आफ्नो देशलाई विश्वस्तरको खेलमा पुऱ्याउन अगुवाइ गरे। तीन दशकअघिसम्म नेपाल र दक्षिण कोरिया विकासको समान स्तरमा थिए। अहिले दुईबीच बनेको खाल्डो करिब पुर्न नसकिने स्तरमा देखापरेको छ। हाम्रा युवाहरू राजनीतिबाहेक अरू केही पनि छैन भन्ने विश्वास बोक्नाले गुमराहमा परेका छन् र उनीहरूले राजनीतिलाई ध्वंश मात्रै हो भनी बुझ्नुहुँदैन। आफ्नो बचरोले आफ्नै खुट्टा काट्नु आत्मघाती हुन्छ।

युवाहरूले दास प्रवृत्ति त्यागेर वर्तमानको असफल नेतृत्वको पकडलाई तोडेर देशलाई स्वतन्त्रतातर्फ लम्क्याउन सकेनन् भने समाज निरन्तर रूपले लोप हुने बाटोमा ओरालो लाग्नेछ।

इतिहासका किताबहरूमा विदेशी सेनाहरूले पराजित देशका पुस्तकालयहरू र सांस्कृतिक प्रतिमाहरू जलाएको उल्लेख छ। यहाँ त युवाहरू उल्लासपूर्वक आफ्नै विभाग र पुस्तकालयहरू जलाउँदैछन्, कम्प्युटरहरू र विश्वविद्यालयका सामानहरू ध्वस्त गर्दैछन्। नेता र शासकको बुझाइमा शिक्षा आफ्नो सत्ताका लागि सबभन्दा ठूलो खतरा हो र राजनीतिक बदलाका लागि शैक्षिक संस्था प्रमुख तारो बनेको छ।फलतः शिक्षक तथा विद्यार्थी राजनीतिक स्वार्थपूर्तिका लागि हतियार बनाइन्छन्। ध्वंसात्मक घटनाक्रम हेर्दा लाग्छ, नेपाली समाजले नयाँ विश्वमा प्रतिस्पर्धी हुन नसक्ने ठानेर आत्मघाती प्रवृत्तिसँगै मृत्यु चाहनाको विकास गरिरहेको छ। युवाहरूले दास प्रवृत्ति त्यागेर वर्तमानको असफल नेतृत्वको पकडलाई तोडेर देशलाई स्वतन्त्रतातर्फ लम्क्याउन सकेनन् भने समाज निरन्तर रूपले लोप हुने बाटोमा ओरालो लाग्नेछ।

त्यसैले महत्त्वपूर्ण कुरो के हो भने युवाहरूले नयाँ बाटो बनाउनुपर्छ, जसले उनीहरूलाई यो दुश्चक्रबाट उद्धार गर्नेछ। उनीहरूले खुला तथा कठोर रूपमा सबैखाले नेतृत्वलाई तिनका नियत, तरिका र उपलब्धिबारे प्रश्न सोध्नुपर्छ, किन जति सत्ता र अवसर पाए पनि गल्तीहरू दोहऱ्याउँदै देशलाई असफल पार्दैछन्? युवाहरूले देश विकास गर्न नयाँ आधार र छलाङ्ग मार्ने विचारसहित अग्रगमन गर्ने आँट गर्नुपर्छ र आवश्यक दक्षता हासिल गर्ने सवालमा सम्झौता गर्नु हुँदैन।

अमर्त्य सेनलाई दरिद्रता, अधिकारहीनता र भोकमरी सीमित स्रोतहरूको कारणबाट होइन, राजनीतिक छलछामको परिणामबाट हुन्छ भन्ने पुष्टि गरेवापत नोबेल पुरस्कार प्रदान गरिएको थियो। उनको विचारमा विकसित मानव-शक्ति नै विकासको पूर्वाधार हो। अतः युवाहरूले समाजलाई सिर्जनात्मक रूपले राम्रो ढंगबाट नेतृत्व दिन बढीभन्दा बढी काम गर्नुपर्छ।

मूल्याङ्कन २०६२, भदौमा प्रकाशित