इजरायली अत्याचारका विरुद्ध कलाकारहरुको प्रतिरोध नाटक

गाजा क्षेत्र तथा लेवनानमा समेत इजरायलले चलाइरहेको शताब्दीकै सबैभन्दा भयानक र त्रासदीपूर्ण नरसंहारको विरोधमा नेपालका राजनीतिक दलहरु, मानवाधिकारवादी संघसंस्थाहरु, वृहत नागरिक आन्दोलन, पेशागत संघसंस्थाहरुले विभिन्न विरोध कार्यक्रमहरु गरिरहेका छन् । त्यति मात्रै होइन, नेपालका कलाकार तथा कविहरुले समेत विभिन्न माध्यमहरुबाट त्यस घटनाका विरुद्ध आफ्ना विरोधका आवाजहरुलाई बुलन्द गर्दै आइरहेका छन् ।
यसै क्रममा गत मंसिर शनिवार ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ले माइतीघर मण्डलामा आयोजना गरेको जनसभामा कलाकारहरुले नाटकको माध्यमबाट आफ्नो प्रतिरोधलाई प्रस्तुत गरेका थिए ।
‘In the midst of destruction’ यो सासको अर्को छाक होला कि नहोला?, हे बम बर्साउने छिमेकी’ शीर्षकको सो प्रयोगात्मक अमूर्त नाटकमा कलाकारहरु अज्ञेय खनाल, नवीना रानाभाट, निर्भिक र निरञ्जन अर्गाली मगरले प्यालेस्टाइनमा भैरहेको नरसंहार र त्यहाँका विभिन्न घटना, कथा र कलात्मक चित्रणहरुलाई; मनोवाद, प्रतीकात्मक प्रतिनिधित्व, सरारिक हावभाव, नाराहरुको प्रयोग गरी सङ्गठित रुपामा प्रस्तुत गरेका थिए ।
प्रस्तुत छ: उक्त नाटकको भिडियो:
सम्बन्धित सामग्री
इजरायली अत्याचारविरुद्ध जुलुस र विरोधसभा

फासीवादी उत्पीडनलाई दर्शाउने चलचित्र ‘पुतलीको जिब्रो’

दर्शकहरुले हेर्नुपर्ने एउटा सार्थक चलचित्र ‘लाल सलाम’

पाब्लो पिकासोको जीवनसँग जोडिएको एउटा रोचक मिथक

‘कति समयसम्म संसारले यो अकारण क्रूरताको दृश्य सहनेछ?’

यौन उत्पीडनविरुद्धको सफल र प्रेरक संघर्ष गाथा: नर्थ कन्ट्री !

कर्पोरेट पूँजीको चपेटामा परेका गरिब किसानको संघर्षगाथा– 'द ग्रेप्स अफ र्याथ'

एउटा हेर्नैपर्ने चिनियाँ चलचित्र ‘द रोड होम’

प्रतिक्रिया