इजरायली अत्याचारविरुद्धको साझा पहल
प्यालेस्टाइनी तथा लेवनानी जनतामाथि इजरायलले मच्चाइरहेको नरसंहार तथा दमनका विरुद्ध संघीय राजधानी काठमाडौंमा असोज १९ गते एक सर्वदलीय/सर्वपक्षीय बैठकको आयोजना भएको छ ।
प्रगतिशील रुपान्तरण आन्दोलनको पहलमा भएको सो बैठकले इजरायलले गरेको अत्याचारका विरुद्धमा दशैंपछि एउटा सशक्त विरोध कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
उक्त बैठकले इजरायलले गरेको अमानवीय अत्याचारका विरुद्ध एउटा संयुक्त वक्तव्य जारी गर्ने, तिहारपछि ठूलो बिरोध कार्यक्रम दिने लक्ष्य राख्ने, सर्वसाधारण जनतामा इजरायलले गरेको अमानवीय अत्याचार सम्बन्धमा जनमत सृजना गर्न छोटा-छोटा भिडियो सामग्री / युट्युब सामग्री निर्माण गर्न थाल्ने, पत्रपत्रिकामा लेख प्रकाशित गर्न थाल्ने जस्ता निर्णयहरु पनि गरेको छ ।
साथै सो बैठकले ‘संयुक्त बिरोध कार्यक्रम जारी भएसम्मको अवधिभर बैठकमा उपस्थित राजनीतिक दल र नागरिक संस्थाका प्रतिनिधिहरूको समन्वय समिति कायम राखिराख्ने तथा समान उद्देश्य भएका तर यसमा छुटेका दल तथा संस्थाको प्रतिनिधित्व गराउन प्रयास गर्ने’ समेत भएको छ ।
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत
राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव
प्रतिक्रिया