निर्मला कुर्मी हत्याकाण्डका अभियुक्तलाई कारवाहीको माग गर्दै मार्चपास हुने

तस्विर: बृहत् नागरिक आन्दोलन

निर्मला कुर्मीका हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदमा नियुक्त गरेको विरोधमा अभियन्ताहरुले भदौ १६ गते आइतबार माइतीघरबाट बालुवाटारसम्म पैदल मार्च गर्ने भएका छन् ।

उक्त पैदल मार्चको आयोजना महिला अधिकार मञ्च, महिला सुरक्षा दवाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला विश्वास संघ, साप नेपाल, जागर नेपाल, मिलीजुली समाज, मितिनी नेपाल, ल्याक, युथ एडबोकेसी नेपाल र एबीसी नेपालले संयुक्त रुपमा गर्न लागेको हो । सो पैदल मार्चलाई बृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।

स्मरण रहोस्, नेपालगञ्जकी निर्मलादेवी कुर्मीको हत्यामा संलग्न रहेको सङ्गीन आरोप लागेका नेपाली कांग्रेसका नेता बादशाह कुर्मीलाई नेपाली कांग्रेस, नेकपा एमालेको गठबन्धनले न्यायको कठघरामा खडा गर्नुको सट्टा लुम्बिनी प्रदेशको विना विभागीय मन्त्री बनाएको थियो । विगतमा उनीमाथि लागेको अपराधको आरोपबारे छानविन गर्न र दोषीहरुलाई न्यायको कठघरामा उभ्याउन राज्यले गरेको आनाकानी र घोर उदासिनताका विरुद्ध विगतमा रुवी खान लगायतका अधिकारकर्मीहरुले पटक पटक आन्दोलन तथा अनसन गरेका थिए । त्यसै क्रममा राज्यले पटक पटक औपचारिक सम्झौता गरी निजमाथि ‘कारवाही थालनीको सहमति पत्र’मा समेत हस्ताक्षर गरिसकेको र उनी गृहमन्त्रालयको छानविन समितिले समेत अनुसन्धान गर्नको लागि सिफारिश गरिसकेका व्यक्ति हुन् ।

 तर विडम्बनाको कुरा के रह्यो भने, त्यसलाई पालना गर्ने तथा बादशाह कुर्मीहरुविरुद्ध छानविन र अनुसन्धान गर्ने तत्परता राज्यले कहिल्यै देखाएन । सत्ता राजनीतिको फोहरी चलखेलका बीच अपराधको राजनीतिकरण गर्ने काम पटक पटक भइरह्यो । त्यसैको चरम रुपमा आपराधिक अनुसन्धानको थालनी गरेर न्यायको कठघरामा उभ्याउनु पर्ने व्यक्तिलाई उल्टै प्रदेशको मन्त्री जस्तो राजकीय पदले पुरस्कृत गर्ने काम भयो ।

निज बादशाहका विरुद्ध कारवाहीको माग गर्दै हालका गृहमन्त्री रमेश लेखकलाई अभियन्ताहरुले भेटेर त्यसबारे पूर्ववर्ती सरकारले गरेको सम्झौताबारे स्मरण समेत गराएका थिए । तर गृहमन्त्री लेखकले आफूलाई ‘पुरानो कुरा थाहा नभएको’ भनी गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोजेको आरोप अभियन्ताहरुको छ ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त