जनताका सामु भन्न नसकिने केही कुराहरु

आज जनता सामु त्यस्ता केही कुराहरु छन् जसलाई कसैले पनि जनमत सामु भन्न सक्दैन:

पुँजीवादले  "बजार अर्थतन्त्र" को  रंगमंचीय नाम धारण गरेको छ।

साम्राज्यवादलाई विश्वव्यापीकरण भनिन्छ ।

एउटा बाउन्नेलाई बच्चा भनेजस्तै गरी साम्राज्यवादबाट पीडितहरुलाई "विकासशील राष्ट्र" भनिन्छ ।

अवसरवादलाई "व्यावहारिकता" भनिन्छ ।

गरिबहरूलाई "कम आय भएका मानिसहरू" भनिन्छ ।

देशद्रोहलाई "यथार्थवाद" भनिन्छ ।

विद्यालयहरुबाट गरिब बालबालिकाको निष्कासनलाई "छाड्ने दर (ड्रपआउट रेट)" द्वारा मापन गरिन्छ ।

कुनै कटौती वा स्पष्टीकरणबिना कामदारहरुलाई हटाउन पाउने मालिकहरुको अधिकारलाई "लचिलो श्रम बजार" भनिन्छ  ।

आधिकारिक लफ्फाजीमा महिला अधिकारहरूलाई "अल्पसंख्यकहरू" माझ स्वीकार गर्दछ, मानौ मानवताको आधा हिस्सा पुरुष बहुसंख्यक हुन् ।

सैन्य तानाशाहीको सट्टा मानिसहरु मानिसहरु निश्चित उद्देश्य हासिल गर्न चालिएको "प्रक्रिया" भन्छन् ।

यातनालाई "अवैध बाध्यता" वा "शारीरिक एवं मनोवैज्ञानिक दबाब" भनिन्छ ।

चोरहरू घरानिया परिवारसंग सम्बन्धित छन् भने तिनीहरू "क्लेप्टोमानियाक" (kleptomaniacs) कहलिन्छन् ।

भ्रष्ट राजनीतिज्ञद्वारा राजकोशको लूटलाई ‘अवैध समृद्धि’ (illicit enrichment)को नाम दिइन्छ ।

कारहरुले गरेको अपराधलाई उनीहरु "दुर्घटनाहरु" भन्छन् ।

अन्धा (blind) का लागि तिनीहरू "दृष्टिविहीन" भन्छन् ।

कालो मानिस "अश्वेत मानिस" हो ।

जहाँ "लामो र कठिन बिमारी" भनिन्छ, त्यसको मतलब क्यान्सर र एड्स हुन्छ ।  

आकस्मिक अस्वस्थताको अर्थ  हर्ट अट्याक"" हुन्छ ।

सैन्य कारबाहीमा मारिएका मानिसहरू मृतक हुदैनन्: युद्धमा मारिएकाहरू "हताहती" हुन् र त्यसमा परेका नागरिकहरू "कोल्याटरल ड्यामेज" हुन् ।

१९९५ मा फ्रान्सले दक्षिण प्रशान्त क्षेत्रमा  परमाणु परीक्षण शुरू गर्दा न्यूजील्याण्डका लागि फ्रान्सेली राजदूतले घोषणा गरे, "मलाई 'बम' भन्ने शब्द मन पर्दैन। तिनीहरु बम होइनन्, तिनीहरु  विस्फोटक कलाकृतिहरु हुन्।"

कोलोम्बियामा सैन्य सुरक्षा अन्तर्गत काम गर्ने केही मृत्यु दस्तालाई "साथसाथै अगाडि बढ्नु" भनिन्छ ।

चिलीका तानाशाहले आफ्नो एउटा यातना शिविरलाई "मर्यादा" भन्थे, जबकि "स्वतन्त्रता" उरुग्वेका तानाशाहको सबैभन्दा ठूलो जेल थियो ।

१९९७ मा मेक्सिकोको एक्टिल, चियापास शहरको चर्चमा प्रार्थना गर्ने क्रममा प्राय: सबै महिला र बालबालिका रहेका ४५ किसानहरूलाई पछाडी पट्टि बाट गोली हान्ने अर्धसैनिक दस्ताको नाम "शान्ति र न्याय" हो ।

Upside down: a primer for the looking glass world बाट

image source: https://opencanada.org