बलियो प्रतिध्रुवमा बदलिँदै ग्लोबल साउथ !
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Global%2520south_V71G0Bctgg_pjraaqrmjifiz5vejobtgrlpa5caccgivsfnpwhzefyyxpmiwwhbybret7a2_gY2ixuoybS_mwrrdhrv6q1yiygiwa73xfrmhvebh2caosl2jsaynj1rujeif3ppgpmny3ec.webp)
वैश्विक भूराजनीतिमा एउटा शब्द चर्चित छः ‘ग्लोबल साउथ’ । झट्ट सुन्दा यो कुनै भौगोलिक आधारमा तय गरिएको नाम जस्तो लाग्न सक्छ । तर वास्तवमा यो त्यस्तो होइन । यो शब्द भूराजनीतिक र सामाजिक आर्थिक अवधारणा हो । यसलाई विभिन्न देशहरु र क्षेत्रहरुको समूहलाई जनाउनको लागि प्रयोग गर्ने गरिन्छ । ग्लोबल साउथको विपरीत ‘ग्लोबल नर्थ’ भन्ने शब्द पनि प्रचलनमा छ । सामान्यतः ग्लोबल नर्थभन्दा ग्लोबल साउथ आर्थिक रुपमा कम विकसित छन् । त्यस आधारमा यो शब्द विशेष गरेर अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र र विकासको छलफलमा विश्वका विभिन्न भागहरु बीचको सम्पत्ति, शक्ति र स्रोतहरुमा रहेको असमानतालाई देखाउन वा जनाउनका लागि प्रयोग हुने गर्छ ।
ग्लोबल साउथले अहिलेको अवस्थामा सामान्यतः अफ्रिका, ल्याटिन अमेरिका, एशिया (जापान र दक्षिण कोरियण्ण बाहेक) र ओशिनियाका देशहरुलाई समेट्दछ । ग्लोबल साउथमा समेटिएका क्षेत्रहरु प्रायः कम औद्योगिकीकरण, कम आय स्तर र ग्लोबल नर्थको तुलनामा गरिबीको उच्च दर रहने गर्छ । शीतयुद्धको समयमा विश्वलाई परम्परागत रुपमा पहिलो विश्व (विकसित पुँजीवादी देशहरु) र तेस्रो विश्व (कम विकसित र प्रायः असंलग्न देशहरु) मा विभाजन गरिएको थियो । त्यही विभाजनलाई चुनौती दिने तरिकाले ग्लोबल नर्थ र ग्लोबल साउथको अवधारणा अघि आएको हो ।
ग्लोबल साउथ शब्दले त्यसले समेटेका क्षेत्रहरुमा उपनिवेशवाद, साम्राज्यवाद र विश्वव्यापी आर्थिक असमानताहरुको ऐतिहासिक र निरन्तर प्रभावलाई समेट्दछ । एक हदसम्म यो २० औं शताब्दीको मध्यतिर विकासशील देशहरुको लागि अन्तराष्ट्रिय सम्बन्धमा उनीहरुको चासोलाई सामुहिक रुपमा पैरवी गर्न ‘तेस्रो विश्व’को विकल्पको रुपमा अघि आएको अवधारणा हो ।
ग्लोबल साउथ वास्तवमा एउटा गतिशील अवधारणा हो । यसलाई प्रारम्भिक चरणमा प्रायः गरिबी, स्वास्थ्य सेवा र शिक्षामा अपर्याप्त पहुँच, राजनीतिक अस्थिरता र वातावरणीय समस्याहरुसहितका साझा चुनौती र मुद्दाहरुसँग जोडेर परिभाषित गरिएको थियो । यस पृष्ठभूमिमा धेरै अन्तर्राष्ट्रिय विकास संगठनहरु र पहलहरु यी चुनौतीहरुलाई सम्बोधन गर्न र ग्लोबल साउथमा समेटिएका देशहरुमा आर्थिक र सामाजिक प्रगतिलाई बढावा दिनमा केन्द्रीत रहँदै आएका छन्।
सामान्यतः ग्लोबल साउथ शब्दले निम्न विशेषताहरु भएका देशहरुलाई जनाउँदछः
आर्थिक स्थितिः विकसित राष्ट्रहरुको तुलनामा प्रतिव्यक्ति कम कूल ग्राहस्थ उत्पादन भएका विकासशील देशहरु ।
ऐतिहासिक पृष्ठभूमिः ग्लोबल साउथमा पर्ने धेरै देशहरु पहिले युरोपेली शक्तिहरुका उपनिवेश थिए । उनीहरुको यो साझा इतिहासले उनीहरुको राजनीतिक र आर्थिक दृष्टिकोणलाई आधार दिन सक्छ ।
विकास र चुनौतीहरुः ग्लोबल साउथका देशहरुका सामु रहेका साझा चुनौती भनेकै गरिबी, असमानता, स्वास्थ्य र शिक्षा सेवामा सीमित पहुँच, कृषि वा स्रोत निकासी जस्ता प्राथमिक उद्योगहरुमा निर्भरता पर्दछन् ।
त्यसो त ग्लोबल साउथ र ग्लोबल नर्थमा नसमेटिने देशहरु पनि छन् । त्यसमा ‘उदीयमान अर्थतन्त्र’ र ‘मध्यम आय भएका’ देशहरु पर्दछन् जसमा ग्लोबल नर्थ र ग्लोबल साउथ दुवैका विशेषताहरु हुने गर्छन् ।
ख्याल गर्नुपर्ने कुरा के हो भने ग्लोबल साउथ कुनै भौगोलिक स्थान वा क्षेत्रका आधारमा तय गरिएको परिभाषा होइन । यसमा समेटिने धेरै देशहरु अफ्रिका, एशिया, ल्याटिन अमेरिकामा रहेका छन् । वास्तवमा, यो भौगोलिक आधारमा तय गरिएको परिचय हैन । विभिन्न स्तरका विकास, राजनीतिक प्रणाली र संस्कृति भएका देशहरुको विविध दायरालाई समेत ग्लोबल साउथ शब्दले समेट्दछ ।
त्यसो त ग्लोबल साउथ र ग्लोबल नर्थमा नसमेटिने देशहरु पनि छन् । त्यसमा ‘उदीयमान अर्थतन्त्र’ र ‘मध्यम आय भएका’ देशहरु पर्दछन् जसमा ग्लोबल नर्थ र ग्लोबल साउथ दुवैका विशेषताहरु हुने गर्छन् । त्यसैले कतिपयले त के पनि तर्क गर्छन् भने ग्लोबल साउथ शब्दले त्यसमा समेटिएका देशहरुको जटील वास्तविकतालाई यथार्थ रुपमा प्रस्तुत नगरेर सामान्यीकरण गरिदिन्छ । त्यस शब्दले केही विकासोन्मुख राष्ट्रहरुको बढ्दो आर्थिक प्रभावलाई सही रुपमा प्रतिबिम्बित नगर्न पनि सक्छ ।
ग्लोबल साउथ शब्दको मूल जन्मदाता कार्ल ओगेल्सबाइलाई मानिन्छ । अमेरिकाका चर्चित वामपन्थी अभियन्ता ओगेल्सबाइ सन् १९६० को दशकमा अमेरिकामा युद्धविरोधी अभियन्ताका रुपमा समेत चर्चित थिए । उनले सन् १९६९ मा क्लाथोलिक जर्नल कमनवेल्थमा ‘कन्टेन्मेन्ट एण्ड चेन्ज’ शीर्षकको लेखमा पहिलो पटक यो शब्द प्रयोग गरेका थिए । मूलतः भियतनाममा अमेरिकी नीतिको आलोचना गर्ने सन्दर्भमा उनले सो शब्द प्रयोग गरेका थिए । उनले अमेरिकाको समाजवादी देशहरुमाथिको नीति उत्तर (विकसित राष्ट्रहरु)को प्रभुत्व दक्षिण –विकासशील राष्ट्रहरु)माथि लाद्ने चाहनामा आधारित भएको तर्क दिएका थिए । त्यसमा उनले दक्षिणविरुद्ध उत्तरको प्रभुत्वलाई विशेष प्रकाश पार्दै अमेरिकाका वामपन्थी शक्तिहरु र विकासशील देशहरुको उपनिवेशवादविरोधी आन्दोलनहरुबीच मोर्चाबन्दीको आवश्यकतालाई समेत औल्याएका थिए ।
कतिपयले चाहिँ उनीभन्दा अगाडि पनि सन् ५० को दशकमै यो शब्द प्रचलनमा आउन थालिसकेको थियो भनी तर्क दिने गर्छन् ।
कार्ल ओगेल्सबाइले जन्माएको यो ग्लोबल साउथ, ग्लोबल नर्थ शब्दको शीतयुद्ध कालमा व्यापक प्रयोग भयो र लोकप्रिय प्राप्त गर्यो । कतिसम्म भने यो शब्द समाजवादी खेमाका विरुद्ध पूँजीवादी खेमाको मोर्चाबन्दीको सन्दर्भमा समेत प्रयोग हुन थाल्यो । यी दुईभन्दा फरक वा यी दुई खेमामा नसमेटिने वा समावेश हुन नचाहने मुलुकहरुलाई तेस्रो विश्व (Third world) भनिन थालियो । तर तेस्रो विश्व शब्दले हेय वा नकारात्मक अर्थ दिने र उत्तर–दक्षिणको सैनिक गठबन्धनबाट अलग रहेको बुझाउने अर्थमा मात्र व्यापक प्रयोग हुन थाल्यो । फलतः ग्लोबल नर्थमा नसमेटिने देशहरुलाई समेत कालान्तरमा ग्लोबल साउथमै समेटिन थालियो ।
ग्लोबल साउथ शब्द अझै विकसित र परिमार्जित हुँदै गरेको शब्द हो र यसको प्रयोग बहुअर्थमा समेत हुने गरेको छ । अझ पछिल्लो चरणमा रुस युक्रेन युद्धको सन्दर्भमा देखापरेको बहुध्रुवीय गठबन्धन, ब्रिक्सको विस्तार, अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिँदै शुरु भएको ‘डिडलराइजेशन’ (वैश्विक व्यापारमा अन्तरदेशीय कारोबारहरुमा डलरको सट्टामा अन्य मुद्राहरुको प्रयोगको शुरुवात) लगायतका घटनाक्रमहरुले ग्लोबल साउथको अर्थ र परिभाषालाई व्यापक र विस्तृत तुल्याउँदै गएको छ ।
ग्लोबल साउट शब्द बीसौं शताब्दीको उत्तरार्धमा बढी व्यापक र लोकप्रिय बनेको हो । खासगरी यो शब्द सैनिक गठबन्धनभन्दा माथि उठेर विश्व व्यवस्थामा व्यापक आधिपत्य जमाइरहेको आर्थिक व्यवस्थाभन्दा फरक नयाँ अन्तर्राष्ट्रिय आर्थिक व्यवस्था स्थापना गर्ने अग्रसरताको अर्थमा समेत प्रयोग हुन थाल्यो । वास्तवमा, ग्लोबल साउथ शब्द अझै विकसित र परिमार्जित हुँदै गरेको शब्द हो र यसको प्रयोग बहुअर्थमा समेत हुने गरेको छ । अझ पछिल्लो चरणमा रुस युक्रेन युद्धको सन्दर्भमा देखापरेको बहुध्रुवीय गठबन्धन, ब्रिक्सको विस्तार, अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिँदै शुरु भएको ‘डिडलराइजेशन’ (वैश्विक व्यापारमा अन्तरदेशीय कारोबारहरुमा डलरको सट्टामा अन्य मुद्राहरुको प्रयोगको शुरुवात) लगायतका घटनाक्रमहरुले ग्लोबल साउथको अर्थ र परिभाषालाई व्यापक र विस्तृत तुल्याउँदै गएको छ । खासगरी, विश्वको एकल ध्रुवीय स्वरुपमा बदलाव आएर बहुध्रुवीकृत हुँदै जाँदा विकसित भनिएका मुलुकहरुको प्रभुत्व र चुनौतीलाई कडा टक्कर दिने प्रतिध्रुवको रुपमा ग्लोबल साउथको चरित्र निर्माण हुँदै गएको देख्न सकिन्छ ।
छोटकरीमा भन्दा, वर्तमान विश्वमा ग्लोबल साउथ शब्दले वैश्विक शक्ति सन्तुलन र आर्थिक विषमताका बीच विकसित र विकासशील भनिएका राष्ट्रहरुबीचको सम्बन्ध र प्रतिस्पर्धालाई बुझाउन नयाँ आयाम प्रदान गरेको छ ।
![जनताका सामु भन्न नसकिने केही कुराहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Eduardo%2520Galeano_FTDOb7MWQI_gjddsiqc79c1alyim66f3fywegsj4sezg9i4obmsieqoltcn8rz0yzloqnra_G0Adqn2pyD_v4oa3bymzllg8vkyoduyvqyqzyvozjvzkzk2ny0cffknikphlrpuhwditmhl.jpg)
जनताका सामु भन्न नसकिने केही कुराहरु
![नेकपाको विभाजनमा दवाब र ‘एकता’भित्रका दु:खान्त संकेतहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Shattered%2520communist%2520flag_a3vM2nJjdP_cfzohzaqfegqvvc9u3prfhrqdtvozikdq4heozthfoufhydrphp6dd3fj9t2_KDUjYzZd79_li8geevp3nh5750p95obqqt7uikqy0rxkhlaarcmyekxekzrsritucrrmesu.jpg)
नेकपाको विभाजनमा दवाब र ‘एकता’भित्रका दु:खान्त संकेतहरु
![नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र (सेप्टेम्बर, १९४९)](https://snowberry.prixacdn.net/media/gallery_folder/Communist%252520flag%252520F_uMWqLEsHiY_a6dpnwqbfd9ltc9yniycegapjyltlivudhmfsd9540wpkvlxcrg3xtkoamjb_ZQkRzqLdof_pdc4v4vud9omox5oude4ex5titixpml22pyvl8moaopyt9rq56l0fr3wfiex_7ftnf1Y2ou_artohy2pao4yghzxdoutuug8ted3xzr9clijdq7donhgocuuoee9taebselv.jpg)
नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र (सेप्टेम्बर, १९४९)
![यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/Subarna%2520Samser_9ufTyERXAf_1896gg3n6hejvvkzshydr2z1cdj4vgkyfpjc62gqwod7i5vaxk4tadlvquje_q7tYHmItR7_jjvy1rrqix9fkvsb6wqspyfq6d4aldwrzjqaagfl1sbnpw5zbspcjzscnqc7.jpg)
यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)
![गणतन्त्रवादी बुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Buddha-Gadatantrabadi_aitB7lRjMc_vp1iumfwp8pcjohcg3kkeae9e9k4scujpywlkmysnzo479rlbce6jesmwprq_8CDZI6hyZm_kmd8dyqqjrirufua6rzvtesso5cnhcdediwdnxkhahrvve5qve0vr6istt7l.jpg)
गणतन्त्रवादी बुद्ध
![साम्राज्यविरोधी युद्धका महानायक हो ची मिन्ह](https://snowberry.prixacdn.net/media/gallery_folder/Ho-Chi-minh-F_cSgxc6NlQ7_b46tvn2mqglk3gvjdsns905e4wy7bfha2nbighdrsjpfuoo0lpnhi5dl28qj_3wioy24l3H_j04eult5ijzoudvogjazna1mgverz8xfrlvsrrmxkhabzbwc0aoimnkdph3t.jpg)
साम्राज्यविरोधी युद्धका महानायक हो ची मिन्ह
![दासढुंगा काण्ड: के यो नियोजित हत्या हुन सक्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/madan%2520asrit_n2ewSf4UYI_jof0colxcsktyk5zgodjvas0ck6xjt9pfbhbbt1dzlrm8psyspeam27wlmku_GmJLG2GLKE_1susiu5tsvaj0omfyvr0wlhcupe2wwbky1qyywes0vmhe8l3ffuf9hkqbjpu.jpg)
दासढुंगा काण्ड: के यो नियोजित हत्या हुन सक्छ ?
![आफ्नै लागि घातक बन्यो ‘चिया डिप्लोमेसी’को बदलामा पाएको ट्याङ्क उपहार !](https://snowberry.prixacdn.net/media/gallery_folder/Tank%2520and%2520Tea%2520diplomacy_doqc6YnhUM_e9ur9clgmg6ogzoynuw4albo3xm7oyvlq3ztbe9kcmkkcc7kjdwjlkme0cbl_XCn44KAySY_00ozbebyc9tfapifcxpmigyqmu39vxetruwycn4mfrtxhqms2itm9e64wska.jpg)
प्रतिक्रिया