आफ्नै लागि घातक बन्यो ‘चिया डिप्लोमेसी’को बदलामा पाएको ट्याङ्क उपहार​​​​​​​ !

सन् १९७३ मा अरब-इजरायल बीच ठुलो युद्ध सुरु भयो । बंगलादेशको सरकारले अरब देशहरुलाई समर्थन जनाउन चाहन्थ्यो। तर यो देशसंग त्यसबेला न त पैसा नै थियो न हातहतियार नै। तैपनि बंगलादेशले इजिप्टलाई आफ्नो देशमा उत्पादन भएको सबै भन्दा राम्रो चिया रंग  उपहार दिने निर्णय गर्‍यो।

हतियार र पैसा जस्ता मूर्त सहयोगको अभावमा चिया दिनु सर्वोत्कृष्ट प्रतीकात्मक उपहार थियो। इजिप्ट सरकारले पनि सो उपहारको प्रस्ताव हार्दिकताका साथ स्वीकार गर्‍यो।

२७ अक्टोबर १९७३ का दिन बंगलादेशको राजधानी ढाकाबाट प्लेनभरि मग्मगाउदो चिया रंग बोकेर बिमान बंगलादेशको बोइङ्ग ७०७ इजिप्टतर्फ लाग्यो। युद्धको कारण बन्द भएको काइरो विमानस्थलमा सो प्लेन उत्रिन सकेन। सो बिमान लिबियाको बेनगाजी बिमानस्थलमा अवतरण गर्‍यो र आफ्नो कार्गो त्यहीँ उतार्‍यो। बंगलादेशले उपहार दिएको चिया केही दिनपछि इजिप्ट पुग्यो।

हतियार र पैसा जस्ता मूर्त सहयोगको अभावमा चिया दिनु सर्वोत्कृष्ट प्रतीकात्मक उपहार थियो। इजिप्ट सरकारले पनि सो उपहारको प्रस्ताव हार्दिकताका साथ स्वीकार गर्‍यो।

युद्ध समाप्त भएपछि इजिप्टका राष्ट्रपति अनवर सादातलाई बंगलादेशले दिएको अद्वितीय उपहारको सम्झना आयो। उनले त्यसको बदलामा बंगलादेशलाई पनि उच्चकोटीको उपहार दिने विचार गरे।

उनले बंगलादेशसंग गतिलो हातहतियार नभएको थाहा पाए।  युद्धपछि इजिप्टसंग सोभियत संघमा बनेका टि-५४ ट्याङ्कहरु प्रशस्त मात्रामा थिए। ती ट्यांकहरु राजधानी काइरो बाहिर सहारा मरुभूमिमा राखिएका थिए। सादतले ३० वटा ट्याङ्कहरु बंगलादेशलाई उपहार दिने निर्णय गरे।

१९७४ मा यो प्रस्ताव बंगलादेशका राष्ट्रपति शेख मुजिबुर रहमानलाई गरियो। तर शेख मुजिबुर रहमान यो प्रस्तावबाट खुसी भएनन्। उनी बंगलादेशी सेनासंग यस्तो हतियार रहँदा त्यसको दुरुपयोग हुन सक्ने सम्भावनाबाट सशंकित थिए। उनलाई ट्याङ्क चाहिएको थिएन। उनको सोचाइमा बंगलादेशको सेनामा ट्याङ्कको कुनै भूमिका थिएन। तर बंगलादेशको विदेश मन्त्रालय र मन्त्रीले अनवर सदातको उपहार अस्वीकार गर्नु हुँदैन भनेर शेख मुजिबुर रहमानलाई मनाए ।

मेजर फारुक रहमानले तिनै ट्यांकहरुको प्रयोग गर्दै शेख मुजिबुर रहमानको घरमा आक्रमण गरे। त्यस काण्डमा शेख मुजिबुर रहमानको परिवारका उपस्थित सबै सदस्यहरुको हत्या गरियो।

जुलाई १९७४ मा ३० वटा टि- ५४ ट्याङ्क ४०० राउण्ड गोलाबारुद सहित बंगलादेश आइपुग्यो। त्यसबेला बंगलादेशको सेनासंग १९७१ को युद्धको बेला पाकिस्तानी सेनाबाट खोसिएका ३ वटा थोत्रा ट्याङ्कहरु मात्र थिए। एक समारोहका बीच यी ट्याङ्कहरु बंगलादेशको फर्स्ट ल्यांसर रेजिमेन्टलाई हस्तान्तरण गरियो। त्यसबेला यो रेजिमेन्टनै बंगलादेशको सेनाको एक मात्र बख़्तरबंद रेजिमेन्ट थियो। रेजिमेन्टको तर्फबाट यी ट्याङ्कहरु मेजर फारुक रहमानले ग्रहण गरे। हुनत मेजर रहमान यस रेजिमेन्टका उपकमान्डर मात्र थिए तर उनी यस बख्तरबंद कोरको सबैभन्दा अनुभवी अफिसर थिए। फलस्वरूप यी ट्याङ्कहरु उनकै नियन्त्रणमा रहे।

एक वर्षपछि १५ अगस्त १९७५ मा  बंगलादेशमा शेख मुजिबुर रहमानका विरुद्ध सैनिक विद्रोह भयो । त्यसक्रममा मेजर फारुक रहमानले तिनै ट्यांकहरुको प्रयोग गर्दै शेख मुजिबुर रहमानको घरमा आक्रमण गरे। त्यस काण्डमा शेख मुजिबुर रहमानको परिवारका उपस्थित सबै सदस्यहरुको हत्या गरियो। उनकी एउटी छोरी शेख हसिना मात्र विदेश भ्रमणमा रहेको हुनाले बाँच्न सफल भइन्। पछि सन् २०१० शेख हसिना बंगलादेशको प्रधानमन्त्री भएको समयमा मेजर फारुक रहमानलाई शेख मुजिबुर रहमान र उनको परिवारको हत्याको आरोपमा मृत्युदण्ड दिइयो।

शेख मुजिबुर रहमानले इजिप्टलाई चिया रंग उपहार दिदा त्यसले आफ्नो लागि यस्तो दुष्परिणाम ल्याउला भन्ने कुरा सायदै सोचेका थिए होला !

श्रोत - एंथोनी मस्करेन्सको पुस्तक बंगलादेश लेगेसी अफ ब्लड