रोजा लक्जेम्बर्गको विरासत र समकालीन राजनीतिक रूपान्तरणको प्रश्न
अहिलेसम्म भर्सो प्रकाशन गृहले रोजा लक्जेम्बर्गका सम्पूर्ण रचनाहरू (The Complete Works of Rosa Luxemburg) का आगामी दुई दशकमा करिब २० खण्डसम्म पुग्ने अनुमान गरिएको सङ्कलनमध्ये झन्डै पाँच भागको एक भाग मात्रै अंग्रेजी भाषामा प्रकाशित गरेको छ। प्रकाशित पहिलो दुई खण्डमा विश्व पुँजीवादी अर्थतन्त्रसम्बन्धी लक्जेम्बर्गका विश्लेषणहरू समेटिएका छन्। यसमा सन् १९१३ मा प्रकाशित उनको साम्राज्यवादसम्बन्धी अध्ययन पुँजीको सञ्चय (The Accumulation of Capital) पनि समावेश छ। यी खण्डहरूले उनका राजनीतिक लेखनहरूका लागि आधार तयार पार्छन्। हाल उपलब्ध पहिलो तीन राजनीतिक खण्डहरूमा ‘क्रान्ति’ विषयलाई केन्द्रमा राखिएको छ। त्यसपछि राजनीतिक सङ्गठन र रणनीति, राष्ट्रवाद, संस्कृति तथा अन्य विषयसम्बन्धी रचनाहरू प्रकाशित हुनेछन्। यसका अतिरिक्त उनको विस्तृत पत्राचार पनि समेटिनेछ।
उनको क्रान्तिकारी प्रतिबद्धताका कारण उनलाई ‘रक्तपिपासु रोजा’ (Bloody Rosa) भनेर निन्दा गरियो। धेरैले, यहाँसम्म कि मध्यमार्गी समाजवादीहरूले समेत, अत्यन्त प्रतिष्ठित मध्यमार्गी उदारवादी समाजशास्त्री म्याक्स वेबरको धारणासँग सहमति जनाए।
लक्जेम्बर्ग स्थापित व्यवस्थालाई विस्थापित गरेर वास्तविक लोकतान्त्रिक र समाजवादी भविष्य निर्माण गर्न चाहन्थिन्। जर्मनीको पुरानो व्यवस्था प्रतिक्रियावादी सामन्ती जमिनदार अभिजात वर्गसँग गाँसिएको लोभी र शोषणकारी पुँजीवादका रूपमा विद्यमान थियो। तर लक्जेम्बर्गका विचार र दृष्टिकोणले विश्वका विभिन्न देशमा आजको समयसम्म पनि उत्तिकै प्रभाव र सान्दर्भिकता कायम राखेका छन्।
उनको क्रान्तिकारी प्रतिबद्धताका कारण उनलाई ‘रक्तपिपासु रोजा’ (Bloody Rosa) भनेर निन्दा गरियो। धेरैले, यहाँसम्म कि मध्यमार्गी समाजवादीहरूले समेत, अत्यन्त प्रतिष्ठित मध्यमार्गी उदारवादी समाजशास्त्री म्याक्स वेबरको धारणासँग सहमति जनाए। सन् १९१९ मा लक्जेम्बर्गले आफ्ना सहयोद्धा कार्ल लिब्कनेख्तसँग मिलेर नेतृत्व गरेको स्पार्टाकस लिगप्रति वेबरको कडा आलोचना थियो। तथाकथित ‘स्पार्टाकस विद्रोह’ का क्रममा उनीहरूको निर्ममतापूर्वक हत्या हुनुभन्दा केही दिनअघि वेबरले भनेका थिए, “लिब्कनेख्तलाई पागलखानामा राख्नुपर्छ र रोजा लक्जेम्बर्गलाई चिडियाखानामा।”
वेबरका शैक्षिक सहकर्मी वर्नर जोम्बार्ट त अझ एक कदम अगाडि बढे। उनले “रोजा लक्जेम्बर्गको रक्तपिपासु र विषाक्त आत्मा चारवटा गहिरा आक्रोशको बोझले थिचिएको छ—महिला हुनु, विदेशी हुनु, यहुदी हुनु र शारीरिक रूपमा अपाङ्ग हुनु” भन्दै उनको निन्दा गरे। वेबरले लक्जेम्बर्ग र लिब्क्नेख्टको हत्याको प्रत्यक्ष वकालत त गरेका थिएनन्, तर उनीहरूको हत्या हुँदा त्यसबाट उनी विशेष विचलित भएको पनि देखिँदैन। हत्या भइसकेपछि वेबरले टिप्पणी गरेका थिए, “लिब्कनेख्त निःसन्देह इमानदार व्यक्ति थिए। उनले सडकमा उभिएर लड्न आह्वान गरे र सडकले नै उनलाई मार्यो।”
लिब्कनेख्तका बारेमा जे भनिएको थियो, त्यही कुरा रोजा लक्जेम्बर्गका हकमा पनि भन्न सकिन्थ्यो। निश्चय नै उनीहरूको हत्या ‘सडक’ ले गरेको थिएन। बरु जर्मनीको प्रतिक्रियावादी अभिजात वर्गका सैनिक अधिकारीहरूको कमान्डमा रहेको दक्षिणपन्थी अर्धसैनिक दस्ता ‘फ्राइकर्प्स’ ले उनीहरूको हत्या गरेको थियो। यसलाई जर्मन सामाजिक लोकतान्त्रिक पार्टी (सोसल डेमोक्रेसी) को सुधारवादी कर्मचारीतन्त्रका प्रभावशाली हिस्साहरूको समर्थन प्राप्त थियो भने मध्यमार्गी ‘कानुन र व्यवस्था’ पक्षधरहरूको मौन सहमति पनि थियो।
तर वर्षौंसम्म आफ्ना विचार र विश्वासका कारण जेल जीवन बिताएकी ‘रक्तपिपासु रोजा’ का व्यक्तिगत गुणहरू उनलाई क्रान्तिविरोधी पात्रका रूपमा चित्रित गर्ने विकृत छविसँग पटक्कै मेल खाँदैनन्। लक्जेम्बर्गको पारिस्थितिक चिन्तनबारे हालै प्रकाशित एक अध्ययनमा क्लाउडिया हर्नले जेलका ती धेरै कर्मचारीमध्ये एकको साक्ष्य उद्धृत गरेकी छन्, जसले लक्जेम्बर्गसँग मित्रता गाँसेका थिए। ती व्यक्ति थिए, गैरआयुक्त सैनिक अधिकृत आर्थर गेर्टेल। उनलाई लक्जेम्बर्गलाई जेलबाट बाहिर हिँडडुल गर्न दिइएका अवसरमा साथ दिने जिम्मेवारी दिइएको थियो। पछि उनले लेखेका थिए :
वर्षौंसम्म आफ्ना विचार र विश्वासका कारण जेल जीवन बिताएकी ‘रक्तपिपासु रोजा’ का व्यक्तिगत गुणहरू उनलाई क्रान्तिविरोधी पात्रका रूपमा चित्रित गर्ने विकृत छविसँग पटक्कै मेल खाँदैनन्।
“उनी बौद्धिक प्रतिभाकी धनी थिइन्, तर सबै जीवित प्राणीप्रति—मानिस हुन् वा पशु, असीम दया र करुणाले भरिएकी थिइन्... तैपनि अखबारहरूले उनलाई ‘रक्तपिपासु रोजा’ भन्थे। रोजा लक्जेम्बर्गका राजनीतिक भाषण र लेखनमा देखिने तीक्ष्णता तथा आधारभूत सिद्धान्तमा कुनै सम्झौता गर्न अस्वीकार गर्ने उनको अडान निःसन्देह सबै प्रकारका अन्यायप्रतिको उनको आक्रोशबाट उत्पन्न भएको थियो।”
क्लाउडिया हर्नले जोड दिएझैँ, अन्तिम क्षणसम्म पनि “मानव तथा गैरमानव जीवहरूले भोग्ने पीडाप्रति लक्जेम्बर्गको व्यापक संवेदनशीलताले विश्वक्रान्तिको उद्देश्यप्रतिको उनको अडिग, अविचल र सम्झौताहीन प्रतिबद्धतालाई निरन्तर प्रेरित गरिरह्यो।
पुँजीवाद, साम्राज्यवाद र विश्वयुद्धभित्रै अन्तर्निहित अन्याय तथा भयावह हिंसाको चरम उत्कर्षले अन्ततः सन् १९१९ मा लक्जेम्बर्गको जीवन समाप्त गर्यो। तर क्लाउडिया हर्नले जोड दिएझैँ, अन्तिम क्षणसम्म पनि “मानव तथा गैरमानव जीवहरूले भोग्ने पीडाप्रति लक्जेम्बर्गको व्यापक संवेदनशीलताले विश्वक्रान्तिको उद्देश्यप्रतिको उनको अडिग, अविचल र सम्झौताहीन प्रतिबद्धतालाई निरन्तर प्रेरित गरिरह्यो।”
लक्जेम्बर्गले प्रथम विश्वयुद्धका विनाशकारी भयावहताका कारण र त्यसका प्रभावहरूको अथक विश्लेषण गरिन्। उनको दृढ विश्वास थियो, “समाजवादलाई यसको स्वभावैले कसैमाथि थोपर्न सकिँदैन।” समाजवादसम्म पुग्ने मूल बाटो केवल “निर्बाध र उमङ्गले भरिपूर्ण जीवन” बाट मात्र पहिल्याउन सकिन्छ। यसको अर्थ, “अनुभवले मात्र गल्तीहरू सच्याउन र नयाँ बाटाहरू खोल्न सक्छ।” विश्वव्यापी साम्राज्यवादी युद्धको प्रतिरोध गर्ने क्रममा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन आफ्ना सिद्धान्तप्रति प्रतिबद्ध रहन असफल हुँदा त्यसले “सम्पूर्ण मानवताका लागि विनाशकारी दुर्भाग्य” निम्त्याएको थियो। तर लक्जेम्बर्गको जोड थियो, “अन्तर्राष्ट्रिय सर्वहारा वर्गले त्यसबाट सिक्न अस्वीकार गरेमा मात्र समाजवाद पराजित हुनेछ।”
निश्चय नै, क्रान्तिकारी चेतना र विद्रोही भावना माथिबाट तल थोपरेर निर्माण गर्न सकिँदैन। ती श्रमजीवी जनसमुदायका वास्तविक अनुभव र सामूहिक प्रक्रियाबाट विकसित हुनुपर्छ। यस प्रक्रियामा विचारशील र सङ्घर्षशील समाजवादीहरूको भूमिका अपरिहार्य हुन्छ। यो एउटा अत्यन्त महत्त्वपूर्ण विषय हो, जसलाई यस छोटो प्रस्तुतिको समापन टिप्पणीमा थप चर्चा गरिनेछ।
विश्वव्यापी साम्राज्यवादी युद्धको प्रतिरोध गर्ने क्रममा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन आफ्ना सिद्धान्तप्रति प्रतिबद्ध रहन असफल हुँदा त्यसले “सम्पूर्ण मानवताका लागि विनाशकारी दुर्भाग्य” निम्त्याएको थियो। तर लक्जेम्बर्गको जोड थियो, “अन्तर्राष्ट्रिय सर्वहारा वर्गले त्यसबाट सिक्न अस्वीकार गरेमा मात्र समाजवाद पराजित हुनेछ।
आफ्नो जीवनको अन्तिम वर्षहरूमा लक्जेम्बर्गले मानवतासामु उपस्थित विकल्प समाजवाद वा बर्बरता (Socialism or Barbarism) हो भन्ने निष्कर्ष निकालेकी थिइन्। बीसौँ शताब्दीमा निरन्तर बढ्दै गएका भयावह घटनाहरूले मानवताका थपभन्दा थप तहलाई एउटा ‘विशाल चिहान’ मा परिणत गर्ने खतरा उत्पन्न गरिरहेका थिए। आज यो चेतावनी विगतको कुनै पनि समयभन्दा बढी सान्दर्भिक देखिन्छ। सन् १९१४–१८ र १९३९–४५ का विश्वयुद्धका महाविनाशकारी घटनाहरूभन्दा पनि व्यापक रूपमा अहिले हाम्रो ग्रहका सम्पूर्ण मानव तथा गैरमानव जीवन विकसित हुँदै गएका र झन्झन् तीव्र बन्दै गएका पारिस्थितिक विपत्तिको जोखिममा छन्।
लक्जेम्बर्गका गहन विश्लेषणअनुसार साम्राज्यवाद र त्यसले जन्माउने विश्वयुद्धहरू केवल गलत नीतिगत निर्णयका परिणाम होइनन्। त्यसैगरी, पर्यावरणीय सङ्कट पनि त्यस्ता नीतिहरूको परिणाम होइन, जसलाई केवल उल्ट्याएर समस्या समाधान गर्न सकियोस्। यी दुवै हामी बाँचिरहेको पुँजीवादी आर्थिक व्यवस्थाको केन्द्रमा रहेको पुँजी सञ्चयको प्रक्रियाबाट अनिवार्य रूपमा उत्पन्न हुन्छन्।
लक्जेम्बर्गको कालजयी कृति पुँजीको सञ्चय (The Accumulation of Capital) लाई आधार बनाउँदै हर्नले यस्तो दृष्टिकोण प्रस्तुत गरेकी छन् : “पुँजीवाद कुनै बन्द प्रणाली थिएन, बरु यसले आफ्नो अस्तित्व र सञ्चालनका लागि पुँजीवादी व्यवस्थाभन्दा बाहिरको व्यापक गैरपुँजीवादी ‘परिवेश’ मा निर्भर रहन्थ्यो।” वास्तवमा, “पुँजी सञ्चयका लागि पुँजीवादी समाजभन्दा बाहिरबाट प्राप्त हुने स्रोतसाधनहरू—मानव श्रमशक्ति र काठ तथा खनिजजस्ता प्राकृतिक पदार्थहरूलाई निरन्तर आत्मसात् गर्दै रूपान्तरण गर्नु आवश्यक थियो।”
पुँजीवाद कुनै स्थिर सन्तुलनको अवस्थामा होइन, बरु निरन्तर चलिरहने हिंसात्मक उथलपुथलका रूपमा अस्तित्वमा थियो। लक्जेम्बर्गको साम्राज्यवादसम्बन्धी सिद्धान्तले यसै कुरामा जोड दिएको छ। उनका अनुसार साम्राज्यवाद हाम्रो ग्रहका गैरपुँजीवादी क्षेत्रहरूमाथि निरन्तर आक्रमण र शोषण गर्ने प्रक्रिया हो। लक्जेम्बर्गकै शब्दमा, “पुँजीवाद यस्ता सङ्गठनहरूका भग्नावशेषमाथि आफ्नो जीवन धान्छ। सञ्चयका लागि यो गैरपुँजीवादी परिवेश अपरिहार्य भए पनि पुँजी सञ्चयको प्रक्रिया अन्ततः त्यही परिवेशलाई नष्ट गर्दै अघि बढ्छ।”
यो कुरा पुँजीवादी केन्द्रबाट परिधिमा रहेका समाज र संस्कृतिहरूसँग पुँजीवादी उद्यमले राख्ने सम्बन्धमा मात्र सत्य होइन, जसमा लक्जेम्बर्गले विशेष जोड दिएकी थिइन्। यो त पुँजीवादले आफ्नै केन्द्रमा रहेका जीवनका गैरपुँजीवादी आयामहरूमाथि निरन्तर अतिक्रमण गर्ने, तिनलाई उपभोग गर्ने र प्रदूषित बनाउने प्रक्रियामा पनि उत्तिकै सत्य छ।
रोजाले हाम्रा सङ्घर्षका क्रममा भएका गल्तीहरूबाट सिक्नुपर्ने पाठहरू पहिल्याएकी छन् र मानव मुक्तितर्फ अघि बढ्न सक्ने सम्भावनायुक्त मार्गहरू पनि देखाएकी छन्।
अहिलेसम्म प्रकाशित लक्जेम्बर्गका राजनीतिक लेखनका तीनवटा खण्डमा हामीले अत्यन्त समृद्ध र आलोचनात्मक चेतनाले भरिएका सामग्रीहरू पाउँछौँ। यस्ता सामग्रीले यी भयावह यथार्थविरुद्ध सङ्घर्ष गर्न र तिनलाई परास्त गर्ने हाम्रो प्रयासमा महत्त्वपूर्ण सहयोग पुर्याउन सक्छन्। उनले हाम्रा सङ्घर्षका क्रममा भएका गल्तीहरूबाट सिक्नुपर्ने पाठहरू पहिल्याएकी छन् र मानव मुक्तितर्फ अघि बढ्न सक्ने सम्भावनायुक्त मार्गहरू पनि देखाएकी छन्।
विशेषगरी, यी खण्डहरूमा हामी ‘आमहडताल’ (Mass Strike) भनिन थालेको अवधारणामाथि विशेष जोड पाउँछौँ। यो यस्तो विस्फोटक र अनियन्त्रित जनसङ्घर्ष हो, जुन समय–समयमा सङ्गठित ट्रेड युनियन गतिविधि र पार्टी नेतृत्वको निर्देशनको सीमाभन्दा धेरै परसम्म फैलिन्छ। लक्जेम्बर्गका शब्दमा, यो “यस्तो परिवर्तनशील परिघटना हो, जसले आफ्नो भित्र राजनीतिक र आर्थिक सङ्घर्षका सबै चरणहरूलाई प्रतिबिम्बित गर्छ” र यसले “क्रान्तिका नयाँ सम्भावनाहरू खोल्छ।” उनी यसलाई थप स्पष्ट पार्दै लेख्छिन् :
“कहिलेकाहीँ यो विशाल छालका रूपमा प्रवाहित हुन्छ र पूरै साम्राज्यभरि उर्लिएर फैलिन्छ। अन्य समयमा यो असङ्ख्य साँघुरा धाराहरूमा विभाजित हुन्छ। कहिले यो नयाँ मुहानबाट निस्किएको पानीझैँ उम्लिएर बाहिर आउँछ भने कहिले जमिनमुनि रसाउँदै बिस्तारै हराउँछ र अन्ततः पूर्ण रूपमा शान्त हुन्छ। राजनीतिक हडताल र आर्थिक हडताल, आमहडताल र आंशिक हडताल, प्रदर्शनमूलक हडताल र सङ्घर्षपूर्ण प्रतिरोध, कुनै खास औद्योगिक क्षेत्रभित्रका आमहडताल र कुनै खास सहरभित्रका आमहडताल, शान्तिपूर्ण ज्याला सङ्घर्ष वा सडकका ब्यारिकेडहरूमा हुने भीषण भिडन्त—यी सबै एकअर्कासँग जोडिन्छन्, एकअर्कालाई काट्छन्, एकअर्कामा मिसिन्छन् र एकअर्कामा प्रवाहित हुन्छन्। यो घटनाहरूको यस्तो महासागर हो, जुन निरन्तर गतिशील र परिवर्तनशील रहन्छ।”
यी पूर्वी युरोपमा सन् १९०५ मा भएका क्रान्तिकारी उथलपुथलसम्बन्धी उनका विश्लेषण थिए। उनले त्यस्ता घटनाबाट प्राप्त पाठहरू पश्चिमतर्फका आफ्ना कमरेडहरूसँग साझा गर्न चाहेकी थिइन्। तर जर्मन सामाजिक डेमोक्रेसी आन्दोलनका ट्रेड युनियन तथा पार्टीका कर्मचारीतन्त्रका लागि उनका यी विचार असह्य थिए। सन् १९१७ मा लक्जेम्बर्गले रुसमा पनि यस्तै घटनाक्रम विकसित भएको देखिन् र त्यसको स्वागत गरिन्। लेनिन, ट्रोत्स्की र बोल्सेभिकहरूले पनि त्यस्ता क्रान्तिकारी प्रक्रियालाई आत्मसात् गरेका थिए।
उनले आफ्ना रुसी कमरेडहरूसँग पनि त्यही स्पष्ट र आलोचनात्मक दृष्टिकोण अपनाइन्, जुन उनले अरू सबैप्रति राख्ने गर्थिन्। रुसी क्रान्तिबारे उनको उत्कृष्ट आलोचनात्मक लेखनमा हामी लोकतन्त्रलाई सङ्कुचित गर्ने अधिनायकवादी उपायहरूले समाजवादको सम्भावनालाई नै कमजोर पार्नेछन् भन्ने उनको दृढ अडान पाउँछौँ।
त्यसै समयमा, उनले आफ्ना रुसी कमरेडहरूसँग पनि त्यही स्पष्ट र आलोचनात्मक दृष्टिकोण अपनाइन्, जुन उनले अरू सबैप्रति राख्ने गर्थिन्। रुसी क्रान्तिबारे उनको उत्कृष्ट आलोचनात्मक लेखनमा हामी लोकतन्त्रलाई सङ्कुचित गर्ने अधिनायकवादी उपायहरूले समाजवादको सम्भावनालाई नै कमजोर पार्नेछन् भन्ने उनको दृढ अडान पाउँछौँ। यससँगै, आफ्ना बोल्सेभिक कमरेडहरूलाई घातक राजनीतिक एक्लोपनबाट मुक्त गर्ने र वास्तविक क्रान्तिकारी अन्तर्राष्ट्रियतावादप्रतिको उनको जीवन्त प्रतिबद्धता पनि जोडिएको थियो। यस्तो अन्तर्राष्ट्रिय ऐक्यबद्धता स्थापित गर्ने प्रयासहरू भइरहेकै बेला उनको हत्या भयो।
तथापि, लक्जेम्बर्गका क्रान्तिकारी विचार र भावना आजको समयसम्म पनि जीवित छन्। आफ्नै देश अमेरिकाकै उदाहरण लिने हो भने, लक्जेम्बर्गले पूर्वानुमान गरेका अनेकौँ विपत्तिहरू एकपछि अर्को गर्दै आइरहेका छन्। तर त्यससँगै अझ आशावादी दिशातर्फ अघि बढ्ने नयाँ सम्भावनाहरू पनि खुलेका छन्। अहिले विभिन्न क्षेत्रका श्रमिक वर्गका लागि सार्थक विजय हासिल गर्न सहयोग पुर्याउन सक्ने व्यापक समाजवादी आन्दोलन निर्माण गर्ने प्रक्रिया अघि बढिरहेको छ। यसले चरम दक्षिणपन्थले प्रस्तुत गर्ने विषाक्त र खतरनाक झूटा समाधानहरूलाई वास्तविक चुनौती दिँदै वैकल्पिक मार्ग प्रस्तुत गर्न सक्छ। साथै, पुँजीवादी व्यवस्थाभित्र अन्तर्निहित हिंसा र उत्पीडनभन्दा निर्णायक रूपमा अघि बढ्न सक्ने आमचेतना र जनसङ्घर्ष सिर्जना गर्न पनि सक्छ।
पुँजीवादसमर्थक उदारवादीहरूसँग साझेदारी गरेर विजय हासिल गर्न सकिँदैन भन्ने लक्जेम्बर्गको दृष्टिकोणलाई आत्मसात् गर्दै नयाँ पुस्ताका युवा अभियन्ताहरूले सत्तामा रहेका शक्तिहरूलाई निर्भीकतापूर्वक चुनौती दिन सक्छन्। उनीहरूले स्पष्ट सामाजिक दृष्टिकोण प्रस्तुत गर्दै जनतालाई आफ्ना आवश्यकताहरू पूरा गर्न सामूहिक सङ्घर्षमा उत्रन प्रेरित गर्न सक्छन्।
लक्जेम्बर्गको दृष्टिकोणबाट प्रेरणा लिएर हामी विरोधको राजनीतिभन्दा पर जान सक्छौँ र आम परिचालनमार्फत सार्थक सुधारका उपलब्धिहरू हासिल गर्न सक्छौँ। यसका लागि निर्वाचनदेखि हडतालसम्म र सडकमा हुने बृहत् जनकारबाहीसम्मका सङ्घर्ष आवश्यक हुन्छन्। यस क्रममा हामीले आफूलाई पुँजीवादी राजनीतिक संरचनाहरूको सीमाभित्र कैद हुन दिनुहुँदैन। पुँजीवादसमर्थक उदारवादीहरूसँग साझेदारी गरेर विजय हासिल गर्न सकिँदैन भन्ने लक्जेम्बर्गको दृष्टिकोणलाई आत्मसात् गर्दै नयाँ पुस्ताका युवा अभियन्ताहरूले सत्तामा रहेका शक्तिहरूलाई निर्भीकतापूर्वक चुनौती दिन सक्छन्। उनीहरूले स्पष्ट सामाजिक दृष्टिकोण प्रस्तुत गर्दै जनतालाई आफ्ना आवश्यकताहरू पूरा गर्न सामूहिक सङ्घर्षमा उत्रन प्रेरित गर्न सक्छन्।
गम्भीर र सफल निर्वाचनमूलक तथा गैरनिर्वाचनमूलक सङ्घर्षहरू एकअर्कासँग घनिष्ठ रूपमा जोडिएका हुन्छन्। त्यसैगरी, दुवै प्रकारका सङ्घर्षलाई शिक्षा र चेतना निर्माणको प्रक्रियाले ओतप्रोत गर्नुपर्छ।
लक्जेम्बर्गको भावनाअनुरूप नयाँ पुस्ताका कमरेडहरूले गम्भीर निर्वाचनसम्बन्धी राजनीतिक गतिविधिलाई (मेरो विचारमा, हालै न्युयोर्क सहरमा जोहरान माम्दानीको मेयर पदको निर्वाचन अभियानजस्तै) त्यत्तिकै महत्त्वपूर्ण गैरनिर्वाचनमूलक सङ्घर्षसँग जोड्न सक्छन्। यस्ता सङ्घर्ष ट्रेड युनियनहरूमा मात्र सीमित हुनुहुँदैन (किनभने अधिकांश श्रमिकहरू ट्रेड युनियनका सदस्य छैनन्)। बरु साम्राज्यवादी युद्ध, पर्यावरणीय विनाश, जातीय विभेद र लैङ्गिक भेदभाव, जनताका आधारभूत आवश्यकताप्रति राज्यको अपर्याप्त ध्यान तथा लोकतान्त्रिक अधिकारमाथिका खतराविरुद्ध केन्द्रित व्यापक सामाजिक आन्दोलनहरू पनि यसका अभिन्न हिस्सा हुनुपर्छ।
गम्भीर र सफल निर्वाचनमूलक तथा गैरनिर्वाचनमूलक सङ्घर्षहरू एकअर्कासँग घनिष्ठ रूपमा जोडिएका हुन्छन्। त्यसैगरी, दुवै प्रकारका सङ्घर्षलाई शिक्षा र चेतना निर्माणको प्रक्रियाले ओतप्रोत गर्नुपर्छ। यस्तो समाजवादी दृष्टिकोणको विकास गर्नुपर्छ, जुन आम जनताले बुझ्न र आत्मसात् गर्न सकून् र जसले पुँजीवादबाट समाजवादतर्फको संक्रमणको मार्ग प्रशस्त गरोस्। रोजा लक्जेम्बर्गका सम्पूर्ण रचनाहरू उपलब्ध गराउने हाम्रो प्रयासबाट यस्ता नयाँ पुस्ताका कमरेडहरूले लाभ उठाउनेछन् भन्ने हाम्रो आशा छ।
Source: https://links.org.au
श्रमको सांस्कृतिक अर्थ र सौन्दर्यको जातीय संरचना
आफैं विरुद्ध धारिलो तरबार चलाउँदै चीनको कम्युनिस्ट पार्टी
डलरको शक्ति कहिल्यै तेलबाट आएको थिएन
जब महाशक्तिका सबै विकल्प समाप्त हुन्छन् : इरान युद्धको रणनीतिक पाठ
लु सुनको निबन्ध ‘चिनियाँहरूले आफ्नो आत्मविश्वास गुमाएका छन्?’ र नेपाली सन्दर्भ
विद्यार्थी आन्दोलनको प्रचण्ड जितपछि सर्बिया : संसद्को बन्द बाकसभित्र के छ?
आफ्नै इतिहासको शिक्षा
प्रतिक्रिया