विज्ञान, समाज र इतिहासको कसीमा कार्ल मार्क्स

आजभन्दा १४३ वर्षअघि लन्डनमा काल मार्क्सको निधन भएको थियो। उनको निधन भएदेखि यताको हरेक वर्ष विश्व इतिहासमा उनको प्रभाव अझ गहिरिँदै गएको छ– विशेष गरी १९१७ मा लेनिनले उनका सिद्धान्तहरूलाई व्यावहारिक रूप दिएपछि त यो प्रभाव झनै प्रखर बनेको छ। आज मार्क्सवादप्रति तीव्र घृणा राख्नेहरूले समेत यो यथार्थ स्वीकार गर्न बाध्य छन् कि ग्ल्याडस्टोन, डिज्रेली, वा महारानी भिक्टोरियाजस्ता त्यस समयका प्रभावशाली राजनीतिक व्यक्तित्वहरू अथवा आफ्नै समकालीन युगमा महान् ठानिएका हबर्ट स्पेन्सर, कार्डिनल न्युम्यान र अगस्ट कोन्टजस्ता दार्शनिकहरूको तुलनामा उनी धेरै बढी महत्वपूर्ण ऐतिहासिक शक्ति थिए।

उनको न्यायोचित तुलना फारडे, डार्बिन, र पाश्चरजस्ता समकालीन हस्तीहरूसँग गर्न सकिन्छ, जसका विचारहरू केवल उनीहरूको आफ्नै कालखण्डमा मात्र सीमित नरही आउने अनेकौँ पुस्तासम्म प्रासंगिक बनेर हाम्रो जीवन र सोचाइलाई निरन्तर प्रभावित गरिरहेका छन्। यी महान् वैज्ञानिकहरूले नयाँ नयाँ क्षेत्रहरूमा वैज्ञानिक पद्धतिको प्रयोग गरेका थिए भने मार्क्सले पनि ठीक यही नै गरेका थिए।

लरेन्स एन्ड विसार्टद्वारा प्रकाशित उनका 'सेलेक्टेड वर्क्स' का दुई ग्रन्थहरूले उनले समेटेको कार्यक्षेत्रको गतिलो झलक प्रस्तुत गर्नुका साथै उनका विचारहरूसँगको उत्कृष्ट परिचय पनि प्रदान गर्दछन्।

मार्क्सभन्दा अगाडि पनि महान् समाजवादीहरू नभएका होइनन्; उनीहरूले समाजको कस्तो स्वरूपको संगठन आवश्यक छ भन्ने कुरा पहिल्यै देखिसकेका थिए। तर मार्क्स र एंगेल्सले पहिलोपटक 'कम्युनिस्ट घोषणापत्र' मार्फत स्पष्ट पारेझैँ, उनीहरूले इतिहासको गहिरो अध्ययन गरेर ऐतिहासिक परिवर्तनको प्रक्रियाको विश्लेषण गर्न सकेका थिएनन् र समाजवाद स्थापना हुन सक्ने ठोस अवस्थाहरूको व्याख्या गर्न सकेका थिएनन्।

मार्क्सभन्दा अगाडि पनि महान् समाजवादीहरू नभएका होइनन्; उनीहरूले समाजको कस्तो स्वरूपको संगठन आवश्यक छ भन्ने कुरा पहिल्यै देखिसकेका थिए।

मार्क्सभन्दा अगाडि पनि महान् अर्थशास्त्रीहरू नभएका होइनन्, तर उनीहरू समाजको जस्तो आर्थिक संरचना भेट्टाए, त्यसैको वर्णन गरेर मात्र सन्तुष्ट रहे। मार्क्सले त्यति मात्रै गरेनन्; उनले त्यसको उद्गमको खोजी गरे र आफ्नो आँखैअगाडि त्यो कसरी जीर्ण हुँदै गइरहेको छ भनेर प्रस्ट पारे, जबकि त्यसैभित्र श्रमिक संगठनहरूको रूपमा नयाँ समाजको भ्रूण हुर्कंदै थियो।

मार्क्स एक महान् इतिहासकार र दार्शनिक पनि थिए। दार्शनिकहरूको बारेमा उनले लेखेका थिए, "अन्य दार्शनिकहरूले विश्वको केवल व्याख्या मात्र गरेका छन्, तर मुख्य कुरा त यसलाई बदल्नु हो।" र यसै विषयमा उनी विज्ञानको पद्धतिको पनि समरूपमा निकट रहेका थिए। सयौँ दार्शनिकहरूले ताराहरूको गति र अन्य गतिशील वस्तुहरूको व्याख्या गरेका थिए, तर ग्यालिलियोले प्रयोग गर्न थाले, अर्थात् उनले भौतिक वस्तुहरूको गति वा विरामको अवस्थालाई फेरि हेर्न थाले। उनले पत्ता लगाए कि एरिस्टोटल र सेन्ट थोमस एक्विनासमा आधारित सिद्धान्तहरूले काम गरेनन्। त्यसबेलादेखि नै सम्भव भएसम्म वैज्ञानिकहरूले प्रयोगलाई नै आफ्नो प्रमुख पद्धति बनाए, जसले सबैभन्दा सुनिश्चित र भरपर्दो परिणामहरू प्रदान गर्दछ।

मार्क्सले हामी संसारसँग यसको प्रतिलिपि मात्र बनाउने संवेदनाद्वारा मात्र जोडिएका छैनौं भन्ने बुझेका थिए । बरु यसलाई रूपान्तरण गर्ने श्रमद्वारा पनि उत्तिकै नजिकबाट जोडिएका छौं  जुन दर्शनमा श्रमलाई संवेदनाजत्तिकै महत्त्व दिइँदैन, त्यसको खासै ठूलो मूल्य हुँदैन भन्ने उनले बुझेका थिए ।

शैक्षिक दार्शनिकहरूले हाम्रा संवेदनाहरूबाट सुरु गरेर संसारलाई बुझाउने प्रयास गरेका थिए र तीमध्ये केहीले त संसार भनेको संवेदनाबाहेक केही पनि होइन भनेर निष्कर्ष निकालेका थिए। मार्क्सले हामी संसारसँग यसको प्रतिलिपि मात्र बनाउने संवेदनाद्वारा मात्र जोडिएका छैनौं भन्ने बुझेका थिए । बरु यसलाई रूपान्तरण गर्ने श्रमद्वारा पनि उत्तिकै नजिकबाट जोडिएका छौं ।  जुन दर्शनमा श्रमलाई संवेदनाजत्तिकै महत्त्व दिइँदैन, त्यसको खासै ठूलो मूल्य हुँदैन भन्ने उनले बुझेका थिए ।

ठीक यसैगरी, समाजको वास्तविक स्वरूपलाई बुझ्न हामीले यसलाई बदल्ने प्रयास गर्नु अनिवार्य हुन्छ। पुँजीवादको उन्मुलन र समाजवादको निर्माणजस्ता दुई महान् परिवर्तनहरूमा अग्रणी भूमिका निर्वाह गरेका स्टालिनभन्दा समाजको प्रकृतिलाई अझ बहिरो र स्पष्ट ढङ्गले बुझ्ने जीवित मानिस अरू कोही छैन। मार्क्सले आफ्नो प्रारम्भिक क्रान्तिकारी कार्यबाटै वर्गीय समाजको यथार्थ स्वरूपलाई आत्मसात् गरेका थिए।

डार्बिनले मानिसको वंशको समस्यामा र पाश्चरले उसका रोगहरूको समस्यामा वैज्ञानिक पद्धतिको प्रयोग गरे जस्तै मार्क्सले यसलाई इतिहास, राजनीति र अर्थशास्त्रमा लागू गरे। यी प्रत्येक क्षेत्रमा गरिएको विश्लेषणको परिणाम पहिलो नजरमा केही हदसम्म लज्जास्पद  किसिमको थियो।

इतिहास महान् व्यक्तिहरूका विचार, ईश्वरका निर्णय वा रगत र माटोमा निहित जातीय आत्माद्वारा होइन, बल्कि आर्थिक कारणहरूद्वारा निर्धारित हुन्छ भनी सुन्दा मानव अहङ्कारलाई ठेस लाग्थ्यो।

ईश्वरको स्वरूपमा सृष्टि गरिएको हो भन्ने विश्वास गर्नु बाँदरबाट विकसित भएको छु भनी मान्नुभन्दा बढी आनन्ददायी हुन्थ्यो, र कुनै महामारीलाई दूषित पानीको परिणाम ठान्नुभन्दा ईश्वरको दण्ड मान्नु सजिलो लाग्थ्यो। त्यसैले, इतिहास महान् व्यक्तिहरूका विचार, ईश्वरका निर्णय वा रगत र माटोमा निहित जातीय आत्माद्वारा होइन, बल्कि आर्थिक कारणहरूद्वारा निर्धारित हुन्छ भनी सुन्दा मानव अहङ्कारलाई ठेस लाग्थ्यो।

तर नम्रता प्रगतिको पहिलो सर्त हो। यदि हामी हाम्रा पुर्खाहरू बाँदर थिए भन्ने कुरामा विश्वास गर्छौं भने हाम्रा सन्तानहरूले हाम्रो कल्पनाभन्दा पनि धेरै माथि प्रगति गर्नेछन् भन्ने आशा गर्न सक्छौं; यदि हामीलाई रोगका भौतिक कारणहरूबारे थाहा छ भने हामीले धेरै रोगहरूलाई उन्मूलन गरेझैँ सबै रोगहरूलाई पूर्ण रूपमा समाप्त गर्न सक्नेछौं। यदि हाम्रा इतिहास, कानुन र नैतिकता आर्थिक आधारमा टिकेका छन् भने, धेरै मानिसका लागि अझै पनि असम्भव जस्तो देखिने प्रगतिको बाटो हामी सहजै देख्न सक्छौं।

परिवर्तनका नियमहरूलाई तिनीहरूको अति व्यापक रूपमा अध्ययन गरेर मार्क्स र उनका मित्र तथा सहकर्मी एंगेल्सले इतिहासलाई मात्र होइन, विज्ञानलाई पनि नयाँ प्रकाश दिएका छन्। उनीहरूले यो काम मुख्यतया दुई तरिकाले गरेका छन्, जसमा पहिलो कुरो वैज्ञानिक आविष्कारहरू ऐतिहासिक प्रक्रियाकै एक अभिन्न अङ्ग हुन् र तिनीहरू उत्पादक शक्तिहरू तथा सम्बन्धहरूमा निर्भर हुन्छन्।

परिवर्तनका नियमहरूलाई तिनीहरूको अति व्यापक रूपमा अध्ययन गरेर मार्क्स र उनका मित्र तथा सहकर्मी एंगेल्सले इतिहासलाई मात्र होइन, विज्ञानलाई पनि नयाँ प्रकाश दिएका छन्।

कि मानिसहरूलाई समुद्री यात्राको लागि ताराहरूको गतिको र युद्धका लागि तोपका गोलाहरूको सही ज्ञान आवश्यक परेको कारण न्युटनको काम सम्भव भयो । उनले ती दुवैले उही नियमहरूको पालना गर्छन् भन्ने कुरा प्रमाणित गरे। डार्बिनले आफ्नो महान् निष्कर्षहरू यसै आधारमा निकाल्न सकेका थिए कि उपनिवेशहरूको शोषणले संसारभरि जीवित जनावर र बोटबिरुवाहरूको वितरणलाई प्रकाशमा ल्याएको थियो, साथै खानीहरूको विकासले विगतमा फसिल जनावर र वनस्पतिहरू कुन क्रममा प्रकट भए र लोप भए भन्ने कुरा उजागर गरेको थियो।

दोस्रो कुरा, भौतिक प्रणालीहरू पनि मानवीय संस्थाहरूमा लागू हुने द्वन्द्ववादी सिद्धान्तहरू अनुसार नै विकसित हुन्छन् र नष्ट हुन्छन्। रासायनिक परमाणुहरू अविनाश्य हुँदैनन् भन्ने सोच्नेमा एंगेल्स आफ्नो समयमा लगभग एक्लो व्यक्ति थिए, जबकि पछि रदरफोर्डले परमाणुहरूको जन्म हुन्छ र तिनीहरू सामान्यतया बाह्य शक्तिहरूद्वारा होइन, बल्कि आफ्नै आन्तरिक दबाबका कारण नष्ट हुन्छन् भन्ने कुरा प्रमाणित गरे।

मार्क्सले लेनिनद्वारा आफ्ना सिद्धान्तहरू प्रयोगमा ल्याइएको देख्न पाएनन्, जसरी म्याक्सवेलले हर्ज, लज, मार्कोनी र अन्य वैज्ञानिकहरूले आफ्नो विद्युत्-चुम्बकीय तरङ्गसम्बन्धी सिद्धान्तलाई रेडियो-सञ्चारमा लागू गरेको देख्न पाएनन्। लेनिनवाद भनेको कार्यरूपमा परिणत भएको समाजवादको अनुभवबाट विकसित मार्क्सवाद नै हो, र यो अझै पनि मार्क्सवाद नै रहेको छ।

सोभियत संघ बाहिर विज्ञानप्रति व्यापक र बढ्दो अविश्वास विद्यमान छ। पुँजीवादी संसारका बौद्धिक नेताहरू, चाहे तिनीहरू चर्चभित्रका होऊन् वा बाहिरका, हामीलाई यो बताउँछन् कि विज्ञानले बढ्दो असन्तुष्टि र दुखीपनतर्फ धकेलिरहेको छ (जसमध्ये युद्धहरू सबैभन्दा भयानक लक्षण हुन् तर यति मात्रै भने होइनन्) किनभने यसको प्रयोग यन्त्रहरूको निर्माणमा मात्र गरियो तर मानवीय आचरणको नियमनमा गरिएन।

तिनीहरू एक हदसम्म सही छन्। मार्क्सले पनि एक शताब्दीअघि लगभग यस्तै कुरा भनेका थिए। तर उनले वैज्ञानिक पद्धतिलाई मानिसका मामिलाहरूमा कसरी व्यापक रूपमा लागू गर्न सकिन्छ भनेर देखाउने निर्णायक कदम चाले। अहिलेसम्म यो पद्धति यसरी सोभियत संघमा मात्र लागू गरिएको छ।

हामी हाम्रा वर्तमान संकटहरूबाट मुक्ति पाउने बाटो देखाउने र विज्ञानको प्रयोगमा कुनै सीमा छैन भनेर प्रमाणित गर्ने महान् गुरुको वार्षिकोत्सव मनाउँछौं। मार्क्सले आफ्नो अत्यधिक फलदायी जीवनको अधिकांश समय बिताएको देशको शासन व्यवस्थामा मार्क्सवाद नै मार्गदर्शक सिद्धान्त बन्ने दिनलाई छिटोभन्दा छिटो ल्याउन हामीले सक्दो प्रयास गरेर नै उनको स्मृतिको सर्वोत्तम सम्मान गर्न सक्छौं।

जे.बी.एस. हाल्डनेको कृति ‘Science Advance’ बाट अनुदित ।