मनु र महात्मा
‘सत्यं ब्रूयात् प्रियं ब्रूयात्’- मनुस्मृति को यो श्लोक महात्मा गान्धीलाई अति प्रिय थियो। उहाँ बारम्बार यसको उल्लेख गर्नुहुन्थ्यो। ‘सम्पूर्ण गान्धी वाङ्मय’ मा आधा दर्जन पटक त मैले आफैँ देखेको छु, अन्य अवसरहरूमा पनि यो आएको होला। ‘विद्वद्भि सेवितः’- यो श्लोक पनि गान्धीजीले एकभन्दा बढी अवसरहरूमा उद्धृत गर्नुभएको छ। यो पनि मनुस्मृतिबाटै लिइएको हो। गान्धीजीको दृष्टि संश्लेषी थियो। उहाँ दोषदर्शी हुनुहुन्नथ्यो। सर्वस्वीकारी हुनुहुन्थ्यो। जहाँबाट पनि राम्रो कुरा प्राप्त होस्, त्यसलाई अङ्गाल्न उहाँलाई कुनै सङ्कोच लाग्दैनथ्यो। ‘उद्धमी वीरबालकहरू’ जस्तै सन्दर्भबाट काटिएका उद्धरणहरू बोकेर उहाँ हल्दिँदै हिँड्नुहुन्नथ्यो। उहाँको व्यक्तित्वमा गम्भीरता थियो, आजको अतिवादी बौद्धिक सतहीपन थिएन।
‘सत्यं ब्रूयात्’ पूरा श्लोक अर्थ सहित यसप्रकार रहेको छ :
‘सत्यं ब्रूयात् प्रियं ब्रूयात् , न ब्रूयात् सत्यम् अप्रियम्।
प्रियं च नानृतम् ब्रूयात् , एष धर्मः सनातन:॥’
-मनुस्मृति, अध्याय ४, श्लोक १३८
अर्थात् : "सत्य बोल, प्रिय बोल। तर सत्य अप्रिय छ भने त्यसलाई नबोल। असत्य पनि प्रिय छ भने त्यसलाई पनि नबोल। यही सनातन धर्म हो।"
अब तपाईँ नै भन्नुहोस्, कति सुन्दर कुरा हो। यो गहिरो नीति-कथन हो। यहाँ सत्यमा ‘कठोपनिषद्’ को श्रेय र प्रेयको समन्वय गरिदिएको छ। अर्थात् सत्य श्रेय पनि होस् र प्रेय पनि होस्। कसैलाई चोट पुर्याउने खालको अप्रिय सत्य हो- जस्तै कि अन्धोलाई अन्धो भन्नु- भने त्यो त्याज्य हुन्छ। कसैलाई प्रिय लाग्ने असत्य हो- जस्तै कि झूटा प्रशंसा गर्नु- भने त्यो पनि त्याज्य हुन्छ। यी दुवैको स्वर्णिम-मध्य नै सनातन धर्म हो।
संसारका हरेक धर्म र हरेक परम्पराका ग्रन्थ तथा शास्त्रहरूमा यस्ता सुन्दर कुराहरू पाइन्छन्। यसका साथै निकै अटपटा कुराहरू पनि भेटिन्छन्। त्यस्तो बेलामा देश, काल र परिस्थितिको विवेक देखाउनु पर्छ। कुन कालखण्डमा र कुन परिप्रेक्ष्यमा त्यो कुरा भनिएको थियो, यो कुरा बुझ्न जरुरी हुन्छ।
मेरो अनुभवले भन्छ: संसारका हरेक धर्म र हरेक परम्पराका ग्रन्थ तथा शास्त्रहरूमा यस्ता सुन्दर कुराहरू पाइन्छन्। यसका साथै निकै अटपटा कुराहरू पनि भेटिन्छन्। त्यस्तो बेलामा देश, काल र परिस्थितिको विवेक देखाउनु पर्छ। कुन कालखण्डमा र कुन परिप्रेक्ष्यमा त्यो कुरा भनिएको थियो, यो कुरा बुझ्न जरुरी हुन्छ। त्यसपछि सार कुरालाई ग्रहण गरेर थोत्रा कुरालाई उडाएर फ्याँक्नु नै बुद्धिमानी हुन्छ।
सन् १९१७ नोभेम्बर २२ का दिन मोतिहारीबाट चन्दूलाललाई पत्र लेख्दै गान्धीजी भन्नुहुन्छ : "अहिंसा र सत्य पर्यायवाची व्याख्याहरू हुन्। ‘सत्यं ब्रूयात् प्रियं ब्रूयात्’ मा यही भावना ओतप्रोत भएको देखिन्छ। जुन सत्यमा दुःख छैन, वही खरा हो र वही अहिंसामय हो। सत्य तितो लाग्छ, तर त्यसको परिणाम दुःखद हुँदैन। सत्यको प्रयोगले सामुन्ने बसेको मानिस रिसाउनेछ, तर उसको आत्माले साक्षी दिनेछ कि उसको विषयमा जे जति भनिएको छ, त्यो शुद्ध उद्देश्यका साथ भनिएको हो र सही छ।"
सन् १९२५ सेप्टेम्बर १७ का दिन ‘यंग इन्डिया’ पत्रिकामा यही कुरालाई अगाडि बढाउँदै गान्धीजीले भन्नुभयो : "मानिसले सत्य मृदु भाषामा बोल्नुपर्छ। कोही मृदुतापूर्वक त्यसो गर्न सक्दैन भने ऊ चुपचाप बस्नु नै राम्रो हुन्छ।" त्यसपछि सोही वर्षको अक्टोबर २३ का दिन भुजमा भाषण गर्दै उहाँले भन्नुभयो : "सत्यमा प्रेम हुनुपर्छ, द्वेष हुनु हुँदैन, हिंसा हुनु हुँदैन।"
गान्धीजीले त यो भन्नुभएको नै थियो कि सत्य शास्त्रको कसौटी हो, शास्त्र सत्यको कसौटी होइन। अर्थात् शास्त्रमा लेखिएको मात्रै हुनाले कुनै पनि कुरा सत्यनिष्ठ भइहाल्दैन।
गान्धीजीमा नीर-क्षीर विवेक थियो। शास्त्रका त्याज्य वस्तुहरूलाई त्याग्न उहाँलाई कुनै सङ्कोच लाग्दैनथ्यो। उहाँले त यो भन्नुभएको नै थियो कि सत्य शास्त्रको कसौटी हो, शास्त्र सत्यको कसौटी होइन। अर्थात् शास्त्रमा लेखिएको मात्रै हुनाले कुनै पनि कुरा सत्यनिष्ठ भइहाल्दैन। छुवाछूतका विषयमा पनि उहाँको यही दृष्टिकोण थियो कि कुनै व्यक्ति यसलाई धर्मसम्मत सिद्ध गर्न चाहन्छ भने, उसले पहिले यो प्रमाणित गर्नुपर्छ कि यो सत्यअनुकूल छ; केवल कुनै शास्त्रको हवाला दिनुमात्र पर्याप्त हुँदैन। उहाँ छुवाछूतका कट्टर विरोधी हुनुहुन्थ्यो। अस्पृश्यता-विरोधी आन्दोलनलाई उहाँ ‘हिन्दूहरूको आत्मशुद्धिको आन्दोलन’ भन्नुहुन्थ्यो।
सन् १९३४ मा गान्धीजीले ‘हरिजन’ पत्रिकामा लेख्नुभयो: "म मनुस्मृतिलाई शास्त्रहरूको नै एउटा अङ्ग मान्छु, तर यसको यो अर्थ होइन कि मनुस्मृति नामक प्रचलित ग्रन्थमा छापिएको हरेक श्लोकमा मेरो पूर्ण श्रद्धा छ। छापिएको ग्रन्थमा यति धेरै आन्तरिक विरोधहरू छन् कि तपाईँ यसको एउटा भागलाई स्वीकार गर्नुहुन्छ भने तपाईँले यसका ती अर्का भागहरूलाई अनिवार्य रूपमा अस्वीकार गर्नैपर्छ, जुन ती भागहरूसँग पटक्कै मेल खाँदैनन्। म मनुस्मृतिमा दिइएका उच्चादर्शपूर्ण शिक्षाहरूका कारण मात्र यसलाई एक धार्मिक ग्रन्थ मान्छु।"
सन् १९३४ मा गान्धीजीले ‘हरिजन’ पत्रिकामा लेख्नुभयो: "म मनुस्मृतिलाई शास्त्रहरूको नै एउटा अङ्ग मान्छु, तर यसको यो अर्थ होइन कि मनुस्मृति नामक प्रचलित ग्रन्थमा छापिएको हरेक श्लोकमा मेरो पूर्ण श्रद्धा छ।
महाड सत्याग्रहका दौरान डा. अम्बेडकरले सन् १९२७ डिसेम्बर २५ का दिन मनुस्मृतिका प्रतिहरू सार्वजनिक रूपमा जलाएका थिए। गान्धीजी यस कुरासँग सहमत हुन सक्नुहुन्नथ्यो। तर दुवै आ-आफ्नो ठाउँमा सही थिए। अम्बेडकर क्रान्तिकेता हुनुहुन्थ्यो भने गान्धीजी समावेशी हुनुहुन्थ्यो। अम्बेडकर प्रचलित व्यवस्थालाई नै उल्ट्याएर बदल्न चाहनुहुन्थ्यो भने गान्धीजी प्रचलित व्यवस्थाभित्रै सुधार गरेर काम चलाउन चाहनुहुन्थ्यो। यी दुवैका मार्गहरू आ-आफ्ना ठाउँमा वैध छन्। दुवैको आ-आफ्नै बुद्धि र मेधा रहेको छ। म भन्छु गान्धीजीको दृष्टि अझ बढी व्यापक र गहिरो छ। किनभने, शताब्दीयौँदेखि जमेर बसेका सामाजिक ढाँचाहरूलाई प्रचण्ड हिंसाविना आमूल परिवर्तन गर्न सम्भव हुँदैन, त्यसैले धर्म, नीति र सत्यनिष्ठाको हवाला दिँदै त्यसमा सुधार गर्नु नै सबैभन्दा उत्तम विकल्प हो।
"हाम्रा स्मृतिहरूमा आज आपसमा बाझिएका सयौँ वाक्यहरू पाइन्छन्, ती सबैलाई प्रामाणिक मान्न सकिँदैन। मनुस्मृतिमा त्यस्ता कुराहरू पनि छन्, जो सत्य र अहिंसामा विश्वास राख्ने कुनै पनि मानिसले कहिल्यै लेख्न सक्दैनथ्यो। र ती कुराहरू त्यो महान् ग्रन्थका ती राम्रा कुराहरूसँगै रहेका छन्, जुन कुराहरू कुनै पनि जातिको आध्यात्मिक ज्ञानका लागि गौरवमय हुन्।’’
‘सम्पूर्ण गान्धी वाङ्मय’ बाट एउटा अन्तिम उद्धरण हेरौँ। यो सन् १९३४ अगस्ट २४ को ‘हरिजन’ अङ्कबाट लिइएको हो। यसमा गान्धीजी भन्नुहुन्छ : "हाम्रा स्मृतिहरूमा आज आपसमा बाझिएका सयौँ वाक्यहरू पाइन्छन्, ती सबैलाई प्रामाणिक मान्न सकिँदैन। मनुस्मृतिमा त्यस्ता कुराहरू पनि छन्, जो सत्य र अहिंसामा विश्वास राख्ने कुनै पनि मानिसले कहिल्यै लेख्न सक्दैनथ्यो। र ती कुराहरू त्यो महान् ग्रन्थका ती राम्रा कुराहरूसँगै रहेका छन्, जुन कुराहरू कुनै पनि जातिको आध्यात्मिक ज्ञानका लागि गौरवमय हुन्। मलाई मनु महाराजको सनातन धर्मको यो व्याख्या यथार्थ प्रतीत हुन्छ र यही कसौटीमा हामीले ती सबै वचनहरूलाई जाँच्नुपर्छ- ‘विद्वद्भिः सेवितः सद्भिर्नित्यमद्वेषरागिभिः। हृदयेनाभ्यनुज्ञातो यो धर्मस्तं निबोधत।।’ अर्थात्, त्यो धर्म सनातन हो, जसको राग र द्वेषबाट मुक्त विद्वान् सन्तहरू सधैँ पालना गर्दछन् र जुन हृदयलाई ठीक लाग्छ, न्यायबुद्धिलाई उचित लाग्छ।"
शास्त्रलाई राम्ररी नपढी, सन्दर्भबाट पूर्णतया काटेर, अङ्ग्रेजीमा अनुवाद गरिएका कुनै उद्धरणको भरमा सिङ्गो परम्परालाई नै अपमानित गर्ने जुन कुचेष्टा गरिन्छ, त्यस्तो ‘वोकीजम’ को विचारधाराले समाजको कुनै कल्याण हुनेवाला छैन।
गान्धीजीको यो संश्लेषी तथा सन्तुलित विवेक-दृष्टि मलाई निकै राम्रो लाग्छ। मेरो मत यो रहेको छ कि हामीले शास्त्रहरूको मूल पाठबाटै अध्ययन गर्नुपर्छ। नीर-क्षीर विवेक लगाएर ती ग्रन्थहरूको मूल्याङ्कन गर्नुपर्छ। जुन कुराले हाम्रो न्यायबुद्धिलाई सही ठहर्याउँछ, त्यसलाई स्वीकार गर्नुपर्छ र जुन कुरा ठीक लाग्दैन, त्यसलाई त्यागी दिनुपर्छ। हिन्दू धर्ममा श्रुति (वेद, उपनिषद्, ब्राह्मण ग्रन्थ) र स्मृति (पुराण, स्मृति, इतिहास) परम्पराहरूमा जुन विकासक्रमको भिन्नता छ, त्यसलाई पनि बुझ्न आवश्यक छ। तर शास्त्रलाई राम्ररी नपढी, सन्दर्भबाट पूर्णतया काटेर, अङ्ग्रेजीमा अनुवाद गरिएका कुनै उद्धरणको भरमा सिङ्गो परम्परालाई नै अपमानित गर्ने जुन कुचेष्टा गरिन्छ, त्यस्तो ‘वोकीजम’ को विचारधाराले समाजको कुनै कल्याण हुनेवाला छैन। अमेरिकाजस्तो देशले समेत जब वोकीजमको राजनीतिलाई आत्मसात् गर्न सकेन भने यो त नेपाल-भारत क्षेत्र हो।
राहुल गांधीले यी सम्पूर्ण कुराहरूलाई गहिराइपूर्वक बुझ्न जरुरी छ। आफ्नो अति-उत्साही ‘वीरबालकवाद’ बाट उहाँले केही हदसम्म तौबा गर्नुपर्छ। अरू केही गर्न सकिन्न भने पनि महात्मा गांधीको ‘स्वर्णिम-मध्य’ को सिद्धान्तबाटै केही प्रेरणा ग्रहण गर्नुपर्छ। अन्यथा देशमा सत्ता-तन्त्रको विरोधमा विपक्षी दलहरूले जुन लय समातेका छन् र त्यसलाई जस्तो जनसमर्थन प्राप्त भइरहेको छ, त्यो गतिशीलता पथभ्रष्ट हुनेछ र यसमा देशको नै ठुलो क्षति हुनेछ। इति!
पुनर्जागरण बारे*
निम्स दाइ : कीर्तिमानको शिखरबाट अनन्त यात्रातर्फ
मार्क्सवाद अकाट्य विज्ञान हो
चरणबद्ध आन्दोलनको निरन्तरता
कृत्रिम छविहरुलाई नै सत्य मान्ने भ्रम
के हो गणेश नेपालीको आत्मदाहको घटनाको अर्थ र कारण?
वैचारिक संघर्षका बारेमा
प्रतिक्रिया