ल्याटिन अमेरिकाको ‘एङ्ग्री टाइड’को कुरूपता

अगस्टमा, दक्षिणपन्थी अर्बपति एबेलार्डो डे ला एस्प्रिएलाले कोलम्बियाको राष्ट्रपतिका रूपमा शपथ लिए र वामपन्थी उम्मेदवार इभान सेपेडालाई एक प्रतिशत बिन्दुभन्दा कम मतान्तरले पराजित गरे तापनि अति दक्षिणपन्थी एजेन्डालाई अघि बढाउने प्रतिबद्धता जनाए। कुनै पनि जनादेशलाई आत्मसात् गर्नु र आफ्नो समाजलाई विषाक्त दलदलमा रूपान्तरण गर्ने अधिकार आफूसँग छ भनेर ढोङ गर्नु एक विशेष प्रकारको कट्टर दक्षिणपन्थी नीतिको विशेषता नै हो। सामान्यतया ल्याटिन अमेरिकाको हिस्सा मानिने बीस राष्ट्रहरूमध्ये अहिले एघार वटामा कट्टर दक्षिणपन्थी सरकारहरू छन्: अर्जेन्टिना (२०२३ देखि हाभियर मिलेई), बोलिभिया (२०२५ देखि रोड्रिगो पाज), चिली (२०२६ देखि होसे एन्तोनियो कास्त), कोलम्बिया (२०२६ देखि डे ला एस्प्रिएला), कोस्टारिका (२०२६ देखि लउरा फर्नान्डेज), इक्वेडर (२०२३ देखि ड्यानियल नोबोआ), एल साल्भाडोर (२०१९ देखि नायिब बुकेले), होन्डुरस (२०२६ देखि नास्री अस्पुरा), पानामा (२०२४ देखि होसे राउल मुलिनो), पाराग्वे (२०२३ देखि सान्तियागो पेन्या), र पेरु (२०२६ देखि केइको फुजिमोरी)।

यीमध्ये अधिकांश नेताहरू पुराना परम्परावादी घेराका नभई नयाँ पुस्ताका हुन् (सन् १९८७ मा जन्मेका नोबोआ यस समूहका सबैभन्दा कान्छा हुन्) जसको औसत उमेर ५२ वर्ष छ। यी त्यस्ता पुरुष र महिलाहरू हुन् जसले ल्याटिन अमेरिकाका पुराना सम्भ्रान्त वर्ग (ओलिगार्की), गहिरो औपनिवेशिक जरा भएका र विशाल सम्पत्ति भएका पुराना परिवारहरूको प्रतिनिधित्व गर्छन्, तर यी नेताहरूमा अभिजात वर्गको जस्तो संवेदनशीलता छैन वा उनीहरू स्थापित परम्परावादी राजनीतिक दलहरूबाट आएका होइनन्। उनीहरू संयुक्त राज्य अमेरिका र त्यसका एजेन्डाहरूप्रति नाङ्गो निष्ठा राख्ने  स्वतन्त्रतावादी(लिबर्टेरियन)  स्वभावका छन्। उनीहरू आफूलाई देशभक्तका रूपमा प्रस्तुत गर्छन्, तर वासिङ्टन र त्यहाँका कर्पोरेट गृहहरूप्रतिको पूर्ण वफादारीका लागि उनीहरू देशभक्तिलाई एकातिर पन्छाइदिन्छन्।

यी त्यस्ता पुरुष र महिलाहरू हुन् जसले ल्याटिन अमेरिकाका पुराना सम्भ्रान्त वर्ग (ओलिगार्की), गहिरो औपनिवेशिक जरा भएका र विशाल सम्पत्ति भएका पुराना परिवारहरूको प्रतिनिधित्व गर्छन्, तर यी नेताहरूमा अभिजात वर्गको जस्तो संवेदनशीलता छैन वा उनीहरू स्थापित परम्परावादी राजनीतिक दलहरूबाट आएका होइनन्।

सुट टु किल

कट्टर दक्षिणपन्थ सम्भ्रान्त वर्गको गैरकानुनी हिंसाको लामो परम्पराबाट जन्मिएको हो, जुन आदिवासीहरूमाथिको नरसंहारदेखि 'अपरेसन कोन्डोर' युगका सैन्य तानाशाहीसम्म जान्छ। हिंसाका लागि सजाय नपाउनु (उन्मुक्ति) यो वर्ग र यसका राजनीतिक प्रतिनिधिहरूको मुख्य विशेषता रहँदै आएको छ, र त्यसैले वर्तमान कट्टर दक्षिणपन्थ आफ्नो वर्ग र आफ्ना पूर्वजहरूप्रति पूर्ण रूपमा प्रामाणिक छ। लउरा फर्नान्डेजको जन्म सन् १९८६ मा भएको थियो, जुन वर्ष कोस्टारिकाका राष्ट्रपति ओस्कर एरियसले मध्य अमेरिकामा द्वन्द्व समाधानको कार्यका लागि नोबेल शान्ति पुरस्कार जितेका थिए (कोस्टारिकाले सन् १९४९ को संविधानमार्फत आफ्नो सेना खारेज गरेको थियो)। मे २०२६ मा आफ्नो पदभार ग्रहण गर्दै फर्नान्डेजले अपराधविरुद्ध आफ्नो ' लौह मुट्ठीको प्रतिक्रिया' हुने र आफ्नो 'हात काँप्ने छैन' भनेकी थिइन्। गुस्ताभो पेट्रोले कोलम्बियामा द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्ने प्रयास गरेपछि, डे ला एस्प्रिएला 'अपराधीहरूले पनि गोली खान सक्छन्' भन्ने धारणाका साथ सत्तामा आए, जसले पुनः युद्धको स्थितिमा फर्कने सङ्केत गर्दछ।

अपराधप्रतिको नायिब बुकेलेको कडा शैलीले ल्याटिन अमेरिकाको कट्टर दक्षिणपन्थलाई गहिरो प्रभाव पारेको छ। यसले एल साल्भाडोरको सामूहिक गिरफ्तारी, सैन्य परिचालन, सङ्कटकाल र विशाल कारागारहरूलाई एक क्षेत्रीय राजनीतिक नमुनामा परिणत गरिदिएको छ। इक्वेडर, कोलम्बिया, कोस्टारिका, पेरु, चिलीलगायत अन्य देशका नेता तथा उम्मेदवारहरूले अपराधलाई परम्परागत प्रहरी प्रशासन र सामाजिक नीतिको सट्टा असाधारण राज्य शक्तिको आवश्यकता पर्ने 'युद्ध'का रूपमा प्रस्तुत गर्न थालेका छन्। बुकेलेको लोकप्रियताले सडकमा सैन्य परिचालन, कडा सजाय, कारागारहरूको विस्तार र कमजोर कानुनी प्रक्रियागत सुरक्षाजस्ता प्रतिबद्धताहरूलाई सामान्यीकरण गर्न मद्दत पुर्याएको छ।

अपराधप्रतिको नायिब बुकेलेको कडा शैलीले ल्याटिन अमेरिकाको कट्टर दक्षिणपन्थलाई गहिरो प्रभाव पारेको छ। यसले एल साल्भाडोरको सामूहिक गिरफ्तारी, सैन्य परिचालन, सङ्कटकाल र विशाल कारागारहरूलाई एक क्षेत्रीय राजनीतिक नमुनामा परिणत गरिदिएको छ।

यद्यपि समीक्षकहरूले स्वेच्छाचारी हिरासत र मानव अधिकारको उल्लङ्घनको दस्तावेज प्रस्तुत गर्ने गरेका छन्, तर उनका समर्थकहरूले भने प्रजातान्त्रिक संस्थाहरू प्रभावहीन देखिएका ठाउँमा यस्ता तरिकाहरूलाई निर्णायक र निरङ्कुश नेतृत्वले शान्ति सुव्यवस्था पुनर्स्थापना गर्न सक्छ भन्ने प्रमाणका रूपमा चित्रण गर्छन्। अहिलेसम्म, यो विशेष प्रकारको कट्टर दक्षिणपन्थले गैर-उदारवादी अपराध नियन्त्रण नीति, जुन वास्तवमा गरिबहरू बसोबास गर्ने बस्तीहरूप्रति लक्षित छ, लाई नै नार्को-माफिया (लागुऔषध तस्कर) र बस्तीहरूका साना अपराधीहरूविरुद्धको एक मात्र प्रभावकारी समाधानका रूपमा प्रस्तुत गर्दै आएको छ।

सामाजिक उपलब्धिहरूको उल्ट्याइ

सामूहिक आक्रोशको यो लहर (एङ्ग्री टाइड) ले ल्याटिन अमेरिकाभरि गर्भपतन र गर्भनिरोधकमा प्रतिबन्ध लगाएर, लैङ्गिक हिंसासम्बन्धी संस्थाहरूलाई विघटन गरेर, यौन शिक्षामाथि प्रहार गरेर र नारीवादलाई परम्परागत परिवारका लागि खतराका रूपमा चित्रण गर्दै नारीवादी उपलब्धिहरूलाई उल्ट्याउने प्रयास गरिरहेको छ। अर्जेन्टिनामा हाभियर मिलेईको सरकारले महिला मन्त्रालय बन्द गरिदियो, राष्ट्रिय स्तरमा गर्भपतनसम्बन्धी औषधिको वितरण रोक्यो, र गर्भनिरोधक तथा किशोरावस्थाको गर्भधारण नियन्त्रण कार्यक्रमहरूमा कटौती गर्यो। यसबाट औपचारिक अधिकारहरू, विशेष गरी गरिब र कामकाजी वर्गका महिलाहरूका लागि, झन्-झन् पहुँचबाहिर बन्न पुगेका छन्।

केही नयाँ विधेयकहरूले जबरजस्ती करणी, यौन दुर्व्यवहार र घरेलु हिंसासँग सम्बन्धित 'झुटा' आरोपहरूलाई सजाय दिने व्यवस्था गर्न खोजेका छन्। यी प्रस्तावहरूले मुद्दा खारेज भएपछि अभियुक्तलाई उजुरीकर्तामाथि नै कारबाही अघि बढाउने छुट दिन सक्छन्, जसले गर्दा पीडितहरूलाई डराउने-धम्क्याउने वातावरण सिर्जना हुन्छ।

चिलीमा कट्टर दक्षिणपन्थी सांसदहरूले संकीर्ण दायरामा अनुमति दिइएका गर्भपतन सेवा लिनुअघि महिलाहरूलाई भ्रूणको मुटुको धड्कन सुन्न बाध्य पार्ने प्रस्ताव अघि सारेका छन्। त्यसैगरी, केही नयाँ विधेयकहरूले जबरजस्ती करणी, यौन दुर्व्यवहार र घरेलु हिंसासँग सम्बन्धित 'झुटा' आरोपहरूलाई सजाय दिने व्यवस्था गर्न खोजेका छन्। यी प्रस्तावहरूले मुद्दा खारेज भएपछि अभियुक्तलाई उजुरीकर्तामाथि नै कारबाही अघि बढाउने छुट दिन सक्छन्, जसले गर्दा पीडितहरूलाई डराउने-धम्क्याउने वातावरण सिर्जना हुन्छ। वर्गीय हिसाबले हेर्दा, वकील, पैसा र संस्थागत सुरक्षाको अभाव भएका कामकाजी वर्ग, ग्रामीण, आप्रवासी र आदिवासी महिलाहरूमाथि यसको सबैभन्दा ठूलो मार पर्छ, जसले पहुँचयोग्य न्यायलाई अझ जोखिमपूर्ण बनाउँदै पितृसत्तात्मक नियन्त्रणलाई बलियो बनाउँछ।

नरसंहारप्रतिको अन्धोपन

कट्टर दक्षिणपन्थले आज गैरकानुनी हिंसालाई आफ्नो  मुद्राका रूपमा मात्र हेर्दैन, बरु यसले अमेरिकाका मूल निवासीहरूका विरुद्ध स्पेनी विजेताहरूको इतिहासका साथै सम्पूर्ण पाश्चात्य सभ्यताको खुलेर प्रशंसा गर्छ (जसरी मिलेईले सन् २०२४ मा डाभोसमा दिएको आफ्नो भाषणमा गरेका थिए)। नरसंहारप्रतिको अन्धोपन कट्टर दक्षिणपन्थको बानी नै हो, जसले गर्दा संयुक्त राज्य अमेरिकासँग घनिष्ट सम्बन्ध राख्न र सिङ्गो अमेरिकी महाद्वीपलाई वासिङ्टनको हितमा अधीनस्थ बनाउने अमेरिकी नीतिलाई स्वीकार गर्न उसलाई कुनै सङ्कोच हुँदैन। जब वासिङ्टनले आफूसँगको घनिष्ट सम्बन्धको बाटो तेल अविव (इजरायल) भएर जान्छ भन्छ, तब कट्टर दक्षिणपन्थी सरकारहरू प्यालेस्टिनीहरूमाथि जारी नरसंहारका बाबजुद इजरायलसँग घनिष्ट सम्बन्ध गाँस्न हतारिन्छन्।

जब वासिङ्टनले आफूसँगको घनिष्ट सम्बन्धको बाटो तेल अविव (इजरायल) भएर जान्छ भन्छ, तब कट्टर दक्षिणपन्थी सरकारहरू प्यालेस्टिनीहरूमाथि जारी नरसंहारका बाबजुद इजरायलसँग घनिष्ट सम्बन्ध गाँस्न हतारिन्छन्।

जुन २०२५ मा, इजरायलका लागि अर्जेन्टिनाका राजदूत रब्बी सिमोन एक्सेल वाह्निसले 'आइज्याक एकर्ड्स' नामको घोषणा गरे, जसको उद्देश्य ल्याटिन अमेरिकी देशहरूलाई इजरायलसँग घनिष्ट सम्बन्धमा ल्याउनु हो। यो घोषणा नरसंहार सुरु भएको लगभग दुई वर्षपछि आएको थियो, यद्यपि वास्तविक आइज्याक एकर्ड्स अप्रिल २०२६ मा जेरुसेलममा औपचारिक रूपमा स्थापना गरिएको थियो। अर्जेन्टिना र इजरायल मात्र औपचारिक हस्ताक्षरकर्ता भए तापनि, मे महिनामा ब्युएनस आयर्समा भएको एक सम्मेलनमा बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, कोस्टारिका, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, पानामा, पाराग्वे र उरुग्वेका अधिकारीहरू भेला भई आइज्याक एकर्ड्सको विस्तारका लागि आह्वान गर्ने वक्तव्यमा हस्ताक्षर गरे। यसबाहेक, बोलिभिया (२०२५) र कोलम्बिया (२०२६) ले इजरायलसँगको कूटनीतिक सम्बन्ध पुनःस्थापना गरेका छन् भने भेनेजुएला (२०२६) ले कन्सुलर (दूतावाससम्बन्धी) सेवाहरू नवीकरण गरेको छ।

अल्पविकासको विकास

राष्ट्रपति भवनहरू र व्यवस्थापिकाहरूभित्र, कट्टर दक्षिणपन्थी सरकारहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष र अमेरिकी अर्थ मन्त्रालय (ट्रेजरी डिपार्टमेन्ट) ले तयार पारेका आर्थिक एजेन्डाहरूमा काम गरिरहेका छन्। यो एजेन्डा सरल छ: पश्चिमी बहुराष्ट्रिय कम्पनीहरूले ल्याटिन अमेरिकाका कच्चा पदार्थहरूमा सहज पहुँच पाउने कुरा सुनिश्चित गर्ने, यी कम्पनीहरूको लगानीको रक्षा गर्ने, सम्भ्रान्त वर्गलाई सामाजिक सम्पत्तिको लुटपाटमा सहभागी हुन दिने, र तत्कालको कठोर आर्थिक कटौती तथा उज्ज्वल भविष्यको आश्वासनमार्फत आम जनतालाई नियन्त्रणमा राख्ने।

सन् २०२४ मा कानुनका रूपमा पारित भएको अर्जेन्टिनाको 'ठूला लगानी प्रोत्साहन प्रणाली' (RIGI) ले ल्याटिन अमेरिकाभरि पारित भइरहेका कानुनहरूका लागि एउटा ढाँचा प्रदान गर्दछ। जसमा बोलिभियामा जस्तै, देशभित्रका (विशेष गरी विदेशी) लगानीको रक्षा गर्न यस्ता कानुनहरू पारित हुनुमा नै आईएमएफ ऋण कार्यक्रम निर्भर रहने गर्दछ।

कट्टर दक्षिणपन्थी शासनमा रहेका अधिकांश देशहरू (अर्जेन्टिना, चिली, इक्वेडर, एल साल्भाडोर, होन्डुरस र पाराग्वे) अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सुविधाहरू (कार्यक्रमहरू) अन्तर्गत रहेका छन् भने अन्य देशहरू पनि आईएमएफका भावी कार्यक्रमहरूको नजरमा छन्। यहाँ मुख्य कुरा आईएमएफको कार्यक्रम आफैँमा हुनु मात्र होइन, बरु लगानी-उन्मुख उदारीकरण/ विनियमनहीनतालाई सुनिश्चित गर्न आईएमएफले दिएको नयाँ दबाब हो। सन् २०२४ मा कानुनका रूपमा पारित भएको अर्जेन्टिनाको 'ठूला लगानी प्रोत्साहन प्रणाली' (RIGI) ले ल्याटिन अमेरिकाभरि पारित भइरहेका कानुनहरूका लागि एउटा ढाँचा प्रदान गर्दछ। जसमा बोलिभियामा जस्तै, देशभित्रका (विशेष गरी विदेशी) लगानीको रक्षा गर्न यस्ता कानुनहरू पारित हुनुमा नै आईएमएफ ऋण कार्यक्रम निर्भर रहने गर्दछ।

RIGI, जुन एक दीर्घकालीन सम्झौता हो, त्यसले कर्पोरेसनहरूलाई ३० वर्षसम्मका लागि व्यापक कर, भन्सार, विदेशी मुद्रा र नियमनकारी सुविधाहरू प्रदान गरेर ठूला विदेशी लगानीहरू आकर्षित गर्दछ। यसले मुनाफाको निजीकरण गर्ने, सार्वजनिक राजस्वलाई कमजोर बनाउने र पूँजीलाई नियमन गर्ने भावी सरकारहरूको क्षमतालाई सीमित गर्ने कार्य गर्दै वातावरणीय र आर्थिक जोखिमहरूलाई भने सामाजिकीकरण गर्छ। बहुराष्ट्रिय लगानीकर्ताहरूले अर्जेन्टिनाका साधन-स्रोतहरूको दोहन गर्ने र नाफा विदेश लैजाने व्यापक अधिकार प्राप्त गर्दा, श्रमिकहरूले भने स्थिर रोजगारी, राम्रो ज्याला, स्थानीय उत्पादन वा सार्वजनिक लाभहरूको कुनै पनि उस्तै बलियो ग्यारेन्टी पाउँदैनन्।

उनीहरूको लक्ष्य केवल यो वा त्यो कानुन लागू गर्नु मात्र नभई पूर्ण सामाजिक रूपान्तरण गर्नु हो। यो क्युबाली क्रान्ति र बोलिभरियाली धाराको प्रभावबाट हासिल भएका उपलब्धिहरूविरुद्धको एक भीषण 'प्रति-क्रान्ति' हो।

टेस्टोस्टेरोन नेतृत्वको पुनरागमनले ल्याटिन अमेरिकाका जनताका समस्याहरू समाधान गर्न सक्ने छैन,  तर यसले मानिसहरूलाई एक-अर्काविरुद्ध उभ्याएर र फलस्वरूप आफ्नो समाज आफैँ निर्माण गर्ने उनीहरूको क्षमतालाई कमजोर बनाएर सामाजिक सम्बन्धहरूलाई विषक्त बनाउने क्षमता राख्छ। उनीहरूको लक्ष्य केवल यो वा त्यो कानुन लागू गर्नु मात्र नभई पूर्ण सामाजिक रूपान्तरण गर्नु हो। यो क्युबाली क्रान्ति र बोलिभरियाली धाराको प्रभावबाट हासिल भएका उपलब्धिहरूविरुद्धको एक भीषण 'प्रति-क्रान्ति' हो। अनिश्चितता र सामाजिक धार्मिकताका नयाँ रूपहरूद्वारा विभाजित जनसमुदायबीच विरोधाभासहरू अवश्य उत्पन्न हुनेछन्, तर निकै ढिलो र सतर्कतापूर्वक।

Source: https://globetrotter.media/

विजय प्रशाद

विजय प्रशाद एक भारतीय इतिहासकार, सम्पादक तथा पत्रकार हुन्। उनी ग्लोबट्रटर (Globetrotter) मा लेखन फेलो तथा प्रमुख संवाददाता हुन्। उनी लेफ्टवर्ड बुक्स (LeftWord Books) का सम्पादक तथा ट्राइकोन्टिनेन्टल: सामाजिक अनुसन्धान संस्थान (Tricontinental: Institute for Social Research) का निर्देशक पनि हुन्। उनले द डार्कर नेशन्स र द पुअरर नेशन्स सहित २० भन्दा बढी पुस्तक लेखेका छन्। उनका पछिल्ला कृतिहरूमा अन क्युबा: ७० वर्षको क्रान्ति र संघर्षमाथि चिन्तन (नोम चोम्स्कीसँग संयुक्त रूपमा), स्ट्रगल मेक्स अस ह्युमन: समाजवादका आन्दोलनहरूबाट सिकाइ, तथा (फेरि नोम चोम्स्कीसँगै) द विथड्रअल: इराक, लिबिया, अफगानिस्तान र अमेरिकी शक्तिको नाजुकता समावेश छन्। चेल्वा र प्रशादको संयुक्त पुस्तक हाउ द इन्टरनेशनल मोनेटरी फन्ड इज सफोकेटिङ अफ्रिका यसै वर्ष इन्कानी बुक्स (Inkani Books) बाट प्रकाशन हुने छ।