क्युबा: रुसी तेल कहाँ छ? मस्कोले लुकाएको सत्य

रुसले क्युबा आफ्नो रणनीतिक साझेदार भएको बताउँछ। हरेक शिखर सम्मेलनमा उनीहरू यही कुरा दोहोर्‍याउँछन्। हरेक विज्ञप्तिमा। दुई देशबीचको द्विपक्षीय सम्बन्धको हरेक वार्षिकोत्सवमा। तर तेल आइरहेको छैन। जहाजहरू देखापर्दैनन्। र विद्युत् आपूर्ति अवरुद्ध हुने क्रम जारी छ।

तपाईंले मलाई यसको कारण पत्ता लगाउन भन्नुभएको थियो। मैले पत्ता लगाएको कुरा यही हो।

वासिङ्टनले अत्यन्त सीमित रूपमा प्रदान गरेको मानवीय छुटका कारण अनातोली कोलोडकिन नामक ट्यांकर ७ लाख ३० हजार ब्यारेल तेल बोकेर मातान्जास आइपुगेको थियो। क्युबा पुग्ने त्यो अन्तिम रुसी तेल ट्यांकर थियो।

तथ्य: तेल आपूर्ति ध्वस्त भएको छ !

मे महिनादेखि क्युबामा रुसी तेलको आपूर्ति लगभग पूर्ण रूपमा गायब भएको छ। वासिङ्टनले अत्यन्त सीमित रूपमा प्रदान गरेको मानवीय छुटका कारण अनातोली कोलोडकिन नामक ट्यांकर ७ लाख ३० हजार ब्यारेल तेल बोकेर मातान्जास आइपुगेको थियो। क्युबा पुग्ने त्यो अन्तिम रुसी तेल ट्यांकर थियो।

२ लाख ७० हजार ब्यारेल डिजेल बोकेर कोलोडकिनकै पछिपछि आइरहेको युनिभर्सल नामक जहाज कैयौँ हप्तासम्म एटलान्टिक महासागरमा अलपत्र पर्‍यो। अन्ततः त्यसले आफ्नो कार्गो भेनेजुएलामा खन्यायो। सी हर्स भने आफ्नो गन्तव्य परिवर्तन गरी ट्रिनिडाड एन्ड टोबागोतर्फ मोडियो।

यसअघि रुसबाट क्युबामा कच्चा तेल ढुवानी गर्दै आएका पानीजहाज कम्पनीहरूले अचानक त्यो काम बन्द गरे।

यो कुनै दुर्घटना थिएन। यो एउटा निर्णय थियो।

कारण: अमेरिकी नौसैनिक नाकाबन्दी !

अमेरिकाले ती जहाजहरूलाई रोक्न आफ्नो नौसेना पठाएन। त्यसको आवश्यकता नै परेन। अन्तर्राष्ट्रिय समुद्री व्यापारमा संलग्न कम्पनीहरूलाई धम्क्याउनु मात्र पर्याप्त थियो।

मे ३० मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वभरका बन्दरगाहहरूमा तरङ्ग पैदा गर्ने चेतावनी जारी गरे।। क्युबाका लागि रुसी तेल बोकेर जाने कुनै पनि जहाजमाथि, त्यो जुनसुकै देशको झन्डा बोकेको किन नहोस्  प्रतिबन्ध लगाइनेछ।

प्रतिबन्ध जहाजमाथि मात्र होइन। सम्बन्धित पानीजहाज कम्पनी, बिमा कम्पनी र उक्त कारोबारका लागि वित्तीय सहयोग गर्ने बैंकमाथि समेत प्रतिबन्ध लगाइने थियो। सबैमाथि।

अमेरिकाले ती जहाजहरूलाई रोक्न आफ्नो नौसेना पठाएन। त्यसको आवश्यकता नै परेन। अन्तर्राष्ट्रिय समुद्री व्यापारमा संलग्न कम्पनीहरूलाई धम्क्याउनु मात्र पर्याप्त थियो।

क्युबाका लागि एउटा मात्र खेप तेल ढुवानी गरेको कारण डलरमा आधारित विश्वव्यापी वित्तीय प्रणालीबाट आफूलाई अलग्याइने जोखिम मोल्न कुनै पनि पानीजहाज कम्पनी तयार हुँदैन।

क्युबाका लागि एउटा मात्र खेप तेल ढुवानी गरेको कारण डलरमा आधारित विश्वव्यापी वित्तीय प्रणालीबाट आफूलाई अलग्याइने जोखिम मोल्न कुनै पनि पानीजहाज कम्पनी तयार हुँदैन।

रुसलाई यो कुरा थाहा छ। त्यसैले उसका जहाजहरू क्युबा पुगिरहेका छैनन्।

असहज सत्य: मस्को तनाव बढाउन तयार छैन !

यस प्रश्नको मूल कुरा यही हो। सैन्य दृष्टिले हेर्दा, रुससँग एउटा तेल ट्यांकरलाई मातान्जाससम्म सैन्य सुरक्षासहित पुर्‍याउने क्षमता छ। उसका आणविक पनडुब्बी र हाइपरसोनिक क्षेप्यास्त्र बोकेका फ्रिगेटहरू छन्। लामो दूरीसम्म प्रहार गर्न सक्ने बमवर्षक विमान पनि छन्।

तर रुसले आफ्ना ट्यांकरहरूलाई सैन्य सुरक्षा दिएर क्युबा पठाइरहेको छैन। त्यसो गर्न नसक्ने भएर होइन, क्यारेबियनमा अमेरिकी नौसेनासँग प्रत्यक्ष टकरावको राजनीतिक र सैन्य मूल्य चुकाउन नचाहेर हो।

रुसको दृष्टिमा क्युबा भूराजनीतिक शतरञ्जको एउटा प्यादा हो। यो वासिङ्टनमाथि दबाब सिर्जना गर्ने एउटा माध्यम हो। रणनीतिक बमवर्षक विमानका लागि एउटा आधार हो। ग्लोबल साउथमा रुसको प्रतिष्ठा बढाउन मद्दत गर्ने साम्राज्यवादविरोधी प्रतीक हो।

तर क्युबा रुसका लागि अत्यावश्यक प्राथमिकता भने होइन। क्युबा युक्रेन होइन। आर्कटिक होइन। रुसको तत्कालीन सीमासँग जोडिएको क्षेत्र पनि होइन।

परिस्थिति जटिल बन्दा मस्को आफ्ना लडाइँहरू छनोट गर्छ। र क्युबालाई तेल आपूर्ति गर्ने लडाइँ उसको प्राथमिकताको सूचीमा छैन।

क्रेमलिनको मौनता

सबैभन्दा धेरै कुरा उजागर गर्ने विषय रुसले के भन्छ भन्ने होइन, उसले के भन्दैन भन्ने हो।

रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिकी तेल नाकाबन्दीको कडा शब्दमा भर्त्सना गरेको छैन। उसले वासिङ्टनविरुद्ध जवाफी कदम चाल्ने धम्की पनि दिएको छैन। क्रेमलिनले “जस्तोसुकै मूल्य चुकाउनुपरे पनि हामी आफ्नो रणनीतिक साझेदारलाई आपूर्ति सुनिश्चित गर्नेछौँ” भन्ने घोषणा गरेको छैन।

मस्को उक्त प्रतिबन्धलाई शब्दमा मात्र चुनौती दिन तयार छ, व्यवहारमा त्यसको अवज्ञा गर्न भने तयार छैन।

बरु कूटनीतिक मौनता छाएको छ।

यसैबीच, आधिकारिक विज्ञप्तिहरूमा भने “रणनीतिक सहकार्य” र “जनताबीचको भ्रातृत्व” जस्ता शब्दहरू दोहोरिइरहेका छन्। तर ती सुन्दर शब्दहरूले न त चुलो बाल्न सक्छन्, न त अस्पताल सञ्चालन गरिरहन सक्छन्।

म के विश्वास गर्छु !

तपाईंको प्रश्न जायज छ। यसको उत्तर कठोर छ।

अमेरिकाले बाँकी विश्वलाई क्युबामा तेल पठाउन प्रतिबन्ध लगाएपछि रुसले क्युबामा तेल पठाउन बन्द गर्‍यो। र मस्को उक्त प्रतिबन्धलाई शब्दमा मात्र चुनौती दिन तयार छ, व्यवहारमा त्यसको अवज्ञा गर्न भने तयार छैन।

क्युबाली क्रान्तिले धेरैअघि नै एउटा कुरा सिकिसकेको छ, अन्तर्राष्ट्रिय ऐक्यबद्धता महत्त्वपूर्ण हुन्छ, तर हाम्रो अस्तित्वको ग्यारेन्टी हामी आफैँले मात्र गर्न सक्छौँ।

के रुस क्युबाको रणनीतिक साझेदार हो? भाषणमा, हो। व्यवहारमा, प्रतिबन्धको चाप पर्दा हरेक देशले आफ्नो बाटो आफैँ खोज्छ।

म यो कुरा आक्रोशका कारण लेखिरहेको छैन। म यथार्थवादका आधारमा लेखिरहेको छु। किनभने क्युबाली क्रान्तिले धेरैअघि नै एउटा कुरा सिकिसकेको छ, अन्तर्राष्ट्रिय ऐक्यबद्धता महत्त्वपूर्ण हुन्छ, तर हाम्रो अस्तित्वको ग्यारेन्टी हामी आफैँले मात्र गर्न सक्छौँ।

यदि रुसी तेल आइपुगेन भने पनि हामी त्यसबिना व्यवस्थापन गर्नेछौँ। सन् १९९० को दशकमा सोभियत संघ रातारात विघटन हुँदा र केही साताभित्रै क्युबा पतन हुनेछ भनिँदा पनि हामीले त्यसैगरी व्यवस्थापन गरेका थियौँ।

हामी त्यतिबेला पनि ढलेनौँ। अब पनि ढल्ने छैनौँ।

किनभने हाम्रो शक्ति मस्कोमा छैन। हाम्रो शक्ति हामीभित्रै छ।

मातृभूमि वा मृत्यु। हामी विजयी हुनेछौँ।

Source: https://links.org.au/