इतिहासकै सबैभन्दा रंगभेदी विश्वकप
यसै बिहीबारदेखि फुटबल विश्वकप सुरु भएको छ र अमेरिकी प्रशासनले यो इतिहासकै सबैभन्दा रंगभेदी विश्वकप हुने कुरा पहिले नै सुनिश्चित गरिसकेको छ।
फिफाद्वारा नियुक्त सोमाली रेफ्री ओमार अर्टान, जसलाई गत वर्ष अफ्रिकाको उत्कृष्ट रेफ्री चुनिएको थियो र उनी कूटनीतिक राहदानीमा यात्रा गरिरहेका थिए उनलाई मियामीमा ओर्लिएपछि अमेरिका प्रवेश गर्न रोक लगाइयो र घर फर्कन बाध्य पारियो।
इरानी राष्ट्रिय टोलीलाई आफ्नो प्रशिक्षण शिविर एरिजोनाबाट मेक्सिको सार्न बाध्य पारिएको छ, र टोलीका प्रबन्धकका साथै विभिन्न प्राविधिक सहयोगी कर्मचारीहरूलाई अमेरिकी भिसा दिन अस्वीकार गरिएको छ। अमेरिकाले इरानी खेलाडीहरूको टोलीलाई खेल भएकै दिन मात्र अमेरिका प्रवेश गर्न र खेल सकिएकै दिन फर्कन माग गरिरहेको छ। यो यस्तो सर्त हो जुन स्पष्ट रूपमा खेलहरूमा उनीहरूको प्रदर्शन गर्ने क्षमतालाई कमजोर पार्ने उद्देश्यले राखिएको हो। इरानका समर्थकहरूको टिकट कोटा पनि भर्खरै खारेज गरिएको छ, जसको अर्थ रंगशालाहरूमा इरानका कुनै पनि समर्थक हुने छैनन्।
इराकी राष्ट्रिय टोलीका उप-कप्तान अयमान हुसेनलाई सिकागोको ओ'हेर विमानस्थलमा सात घण्टासम्म हिरासतमा राखेर खानतलासी र केरकार गरियो, जबकि इराकी राष्ट्रिय टोलीका फोटोग्राफरलाई विमानस्थलमा ओर्लिएपछि प्रवेश निषेध गर्दै फिर्ता पठाइयो।
सेनेगलको टोलीलाई विमानस्थलमा ओर्लिँदा अपराधी जस्तो व्यवहार गरियो। सुरक्षाकर्मीहरूले उनीहरूलाई टर्मिनल भित्र पस्न दिएनन् र धावनमार्ग मै उनीहरूको कपडा फुकालेर तलासी लिए। नेदरल्याण्ड्स विरुद्धको मैत्रीपूर्ण खेल अगाडि न्यूयोर्कको इकान रंगशाला बाहिर बसबाट ओर्लिएपछि उज्वेकिस्तानको टोलीलाई पनि त्यसरी नै तलासी लिइएको थियो।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआईपीएस) का अनुसार प्रतियोगिताको समाचार संकलन गर्न र अमेरिका प्रवेश गर्न आवश्यक पर्ने भिसाबाट धेरै इरानी र अफ्रिकी पत्रकारहरूलाई बञ्चित गरिएको छ।
मोरक्कोका दुई ठूला समर्थक समूहका कम्तीमा ९० जना प्रशंसकहरूलाई पनि प्रतियोगिता अगाडि भिसा दिन अस्वीकार गरिएको छ। रसिया २०१८, कतार २०२२ र पेरिस ओलम्पिकको प्रमाणित यात्रा इतिहास हुँदाहुँदै पनि, उनीहरू स्वदेश फर्कने नियतमाथि शंका उठाउने बुँदा अन्तर्गत अधिकांशको भिसा अस्वीकार गरिएको हो। कतिपयले नन-रिफन्डेबल होटल बुकिङमा हजारौँ डलर गुमाएका छन्।
यी अस्वीकारका घटनाहरु युरोपमा खेल्ने मोरक्कन खेलाडी जकारिया एल ओआह्दीको भिसा सुरुमै अस्वीकार गरिएपछि बाहिर आएका हुन्। अमेरिकी दूतावासका कर्मचारीहरूले उनका बुबाको दाह्री शंकास्पद देखिएको भन्दै उनलाई जोखिमको रूपमा वर्गीकृत गरेका थिए।
दक्षिण अफ्रिकी टोलीले अमेरिकी भिसा जारी हुनका लागि महिनौँ कुर्नुपर्यो, जसका कारण त्यहाँका खेलकुद मन्त्रीले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्दै आफूहरूलाई "मूर्ख जस्तो बनाइएको" बताए; र यो हप्तासम्म पनि उनीहरूका चारवटा भिसा प्रक्रियामै अल्झिरहेका थिए।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआईपीएस) का अनुसार प्रतियोगिताको समाचार संकलन गर्न र अमेरिका प्रवेश गर्न आवश्यक पर्ने भिसाबाट धेरै इरानी र अफ्रिकी पत्रकारहरूलाई बञ्चित गरिएको छ।
यी सबै घटनाक्रमले मानिसहरूलाई यस विश्वकपलाई सन् १९३६ को नाजी ओलम्पिकसँग तुलना गर्न बाध्य बनाइरहेको छ, तर त्यो वास्तवमै अन्यायपूर्ण तुलना हो। सन् १९३६ सम्ममा नाजी जर्मनीले कुनै पनि सार्वभौम मुलुकमाथि आक्रमण गरेको थिएन, कुनै राष्ट्रप्रमुखको हत्या गरेको थिएन वा कुनै नरसंहार मच्चाएको थिएन।
ट्विटर (एक्स) मा केही मानिसहरूले यो कुरा बुझेनन्, तर मेरा पाठकहरूले यसलाई अमेरिकी साम्राज्यको बर्बरताबारे एउटा गम्भीर मुद्दा उठाउनका लागि गरिएको एक व्यङ्ग्यात्मक टिप्पणी को रूपमा बुझ्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु।
सत्य त के हो भने, अमेरिकी प्रशासनले यी सबै आपराधिक कामहरू विगत केही महिनामै गरिसकेको छ। एउटा राष्ट्रप्रमुखको अपहरणदेखि लिएर, अर्का राष्ट्रप्रमुख (र उनको परिवार) को हत्या, र साम्राज्यसामु आत्मसमर्पण गर्न अस्वीकार गरेकै कारण एउटा सार्वभौम राष्ट्रमाथिको आक्रमणसम्म। अनि अमेरिकाद्वारा प्रायोजित र उसको औपनिवेशिक प्रतिनिधि द्वारा अमेरिकी हतियार र प्रविधि प्रयोग गरेर मच्चाइएको गाजा नरसंहार त अझै जारी छ।
यो विश्वकप एउटा ह्वाइट सुप्रिमेसिस्ट शासकद्वारा आयोजना गरिँदैछ। … यस्तो शासक जसले गैर-श्वेत मानिसहरूबाट पश्चिमी सभ्यतालाई बचाउनुपर्ने आवश्यकताका बारेमा लगातार स्पष्ट रूपमा रंगभेदी भाषामा कुरा गर्छ । र त्यसैले यो देश विश्वकै सबैभन्दा प्रतिष्ठित, बहुसांस्कृतिक विश्वव्यापी खेलकुद कार्यक्रमहरूमध्ये एकको आयोजना गर्न स्पष्ट रूपमा योग्य छैन।
त्यसैले हो, यो तर्क एकदमै सही छ। यो विश्वकप एउटा ह्वाइट सुप्रिमेसिस्ट शासकद्वारा आयोजना गरिँदैछ। यस्तो शासक जसले विश्वकपका लागि छनोट भएका इरान, हाइटी, सेनेगल र आइभोरी कोस्ट लगायतका थुप्रै ग्लोबल साउथका नागरिकहरूमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। यस्तो शासक जससँग बन्दीगृह जस्ता सुविधाहरू छन् जहाँ मानिसहरू प्रायः बेपत्ता हुन्छन् वा मर्छन्। यस्तो शासक जसले गैर-श्वेत मानिसहरूबाट पश्चिमी सभ्यतालाई बचाउनुपर्ने आवश्यकताका बारेमा लगातार स्पष्ट रूपमा रंगभेदी भाषामा कुरा गर्छ । र त्यसैले यो देश विश्वकै सबैभन्दा प्रतिष्ठित, बहुसांस्कृतिक विश्वव्यापी खेलकुद कार्यक्रमहरूमध्ये एकको आयोजना गर्न स्पष्ट रूपमा योग्य छैन।
अहिले देखिएको यो स्पष्ट पाखण्डपन मूल्यहीन उदारवादीहरू माथिको अर्को एउटा कलंक हो। यसले साम्राज्यका दासहरू, चाहे ती पत्रकार हुन् वा खेलाडी, कसरी साम्राज्यका अपराधहरूलाई चुपचाप माफी दिन्छन् भन्ने कुरा प्रमाणित गर्छ।
यसका बाबजुद, विश्वकप आयोजनाको सन्दर्भमा अमेरिकी अपराधहरूमाथि सञ्चारमाध्यमले दिएको ध्यानलाई कतार, रुस वा ब्राजिलले पाएको ध्यानसँग तुलना गरेर हेर्नुहोस्। अमेरिकी मानव अधिकार उल्लंघनका बारेमा रिपोर्टिङ कहाँ छ? अमेरिकी दमन र सामूहिक हत्याका नीतिहरूबारे टेलिभिजनका विशेष समाचारहरू कहाँ छन्? भित्री सहरहरूमा हुने बन्दुक हिंसाबारे चिन्ताजनक विचार-विमर्शहरू कहाँ छन्? आयोजक राष्ट्रको राजनीतिको विरुद्धमा राष्ट्रिय टोलीहरूले गरेका विरोध प्रदर्शनहरू कहाँ छन्?
अहिले देखिएको यो स्पष्ट पाखण्डपन मूल्यहीन उदारवादीहरू माथिको अर्को एउटा कलंक हो। यसले साम्राज्यका दासहरू, चाहे ती पत्रकार हुन् वा खेलाडी, कसरी साम्राज्यका अपराधहरूलाई चुपचाप माफी दिन्छन् भन्ने कुरा प्रमाणित गर्छ। साम्राज्यको मुटुमै बसेर बाहिरी मानिसहरू विरुद्ध आवाज उठाउन निकै सजिलो हुन्छ, किनभने त्यसो गर्दा कुनै परिणाम भोग्नु पर्दैन भन्ने कुरा उनीहरूलाई थाहा हुन्छ। तर आफ्ना शासक र दाताहरूसँगै द्वन्द्व निम्त्याउने खालका वास्तविक सिद्धान्तहरूमा अडिग रहनु र त्यसको मूल्य चुकाउनु निकै गाह्रो कुरा हो।
तर सम्भवतः, धेरैजसो अवस्थामा यो कुरा सोचेभन्दा निकै सरल र अझ बढी भयावह छ। साम्राज्यको केन्द्रमा बस्ने धेरैजसो मानिसहरू साम्राज्यवादी हिंसासँग केवल सहमत मात्र छैनन्, बरु त्यसको समर्थन गर्छन् भन्ने कुरा बढी सम्भावनायुक्त देखिन्छ। धेरै मानिसहरूका लागि, समलिङ्गीहरू विरुद्ध कतार र रुसले अख्तियार गरेका कठोर नीतिहरू त्यो नरसंहार (होलोकस्ट) भन्दा पनि बढी खराब हुन्, जहाँ पीडितहरू प्यालेस्टाइनी छन्, जो यस पृथ्वीका उत्पीडितहरू हुन् र साम्राज्यवादीहरूको नजरमा मूलतः अवमानव जनसङ्ख्या हुन्।
यो विश्वकप, साम्राज्यवादीहरूले कस्तो दण्डहीनताका साथ आफ्ना अपराधहरू गर्न सक्छन् भन्ने कुराको एउटा पूर्ण प्रतिविम्ब हो।
अहिले, फिफाद्वारा प्रमाणित रेफ्री र टोलीका कर्मचारीहरूलाई नै आउन प्रतिबन्ध लगाइँदा, तिनै कायर इन्फान्टिनो यी सबै विषयहरू आयोजक राष्ट्रको नितान्त आन्तरिक मामिला हुन् भन्दै पन्छिइरहेका छन्।
सन् २०१७ मा, जब अमेरिका सम्भावित आयोजक बन्ने विषयमा चिन्ताहरू व्यक्त गरिएका थिए, तब फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भनेका थिए, "विश्वकपका लागि छनोट हुने जुनसुकै टोली, तिनका समर्थक र अधिकारीहरूले आयोजक देशमा प्रवेश पाउनै पर्छ, अन्यथा त्यहाँ विश्वकप नै हुन सक्दैन। यो स्पष्ट छ। यसका सर्तहरू स्पष्ट हुनेछन्।" तर अहिले, फिफाद्वारा प्रमाणित रेफ्री र टोलीका कर्मचारीहरूलाई नै आउन प्रतिबन्ध लगाइँदा, तिनै कायर इन्फान्टिनो यी सबै विषयहरू आयोजक राष्ट्रको नितान्त आन्तरिक मामिला हुन् भन्दै पन्छिइरहेका छन्।
कुनै परिणाम वा निन्दा छैन। यो केवल साम्राज्यको पूर्ण दण्डहीनता मात्र हो।
विगतका कार्यक्रमहरूलाई सुचारु रूपमा सञ्चालन गर्न सुनिश्चितताका लागि फिफाले अघिल्ला विश्वकप आयोजकहरूलाई सबै प्रकारका नियमहरूलाई बाइपास गर्ने विशेष कानुनहरू ल्याउन माग गरेको थियो। दक्षिण अफ्रिकाले फिफाको माग बमोजिम 'विशेष उपाय ऐन' (Special Measures Act) पारित गरेको थियो भने, ब्राजिलको संसदले सन् २०१३ मा ९०० पृष्ठ लामो 'विश्वकपको सामान्य कानुन' (General Law of The World Cup) पारित र कोडिफाइड गरेको थियो। जसमा आपराधिक प्रावधानदेखि भिसा प्रक्रिया र प्रेस स्वतन्त्रतासम्मका सबै कुराहरू समेटिएका थिए। तर अमेरिकासँग भने त्यस्तो कुनै माग राखिएन, जसका कारण त्यहाँको प्रशासनले फिफा रेफ्री र टोलीका कर्मचारीहरू लगायत आफूले चाहेका जोकोहीलाई पनि प्रतिबन्ध लगाउन सक्षम भयो।
जब साम्राज्यले शक्ति र अधिकारको प्रयोग गर्छ, तब त्यो शक्ति र अधिकार सिमान्तकृत क्षेत्रहरू (पेरिफेरी) ले प्रयोग गर्ने शक्ति जस्तो नभएर परिभाषागत रूपमै वैध ठहरिन्छ।
इन्फान्टिनो जस्ता मूलतः उस्तै राजनीतिक विचारधारा बोकेका अन्य साम्राज्यवादीहरूद्वारा नै यो साम्राज्यलाई आफ्ना कार्यहरूका लागि दण्डहीनता प्रदान गरिएको छ। उनीहरूको नजरमा श्वेत साम्राज्यले विश्वकपका लागि कुनै विशेष कानुन पारित गरिरहनु पर्ने आवश्यकता नै छैन, किनभने त्यहाँको शासन व्यवस्था पहिलेदेखि नै सो कार्यका लागि उपयुक्त मात्र होइन, बरु असीमित रूपमा उत्कृष्ट छ। जब साम्राज्यले शक्ति र अधिकारको प्रयोग गर्छ, तब त्यो शक्ति र अधिकार सिमान्तकृत क्षेत्रहरू (पेरिफेरी) ले प्रयोग गर्ने शक्ति जस्तो नभएर परिभाषागत रूपमै वैध ठहरिन्छ।
शायद यो सबै घटना यस खेलका लागि एउटा चेतना बन्नेछ, तर यसको सम्भावना कमै छ, किनभने यो फिफा वा फुटबलको मात्र कुरा होइन। हामीले यस विश्वकपमा जे देखिरहेका छौँ, त्यसले सिधै साम्राज्यको मुटु र त्यसलाई टिकाउने मूल्य मान्यताको प्रणालीमाथि प्रहार गर्छ।
हामीले जे देखिरहेका छौँ, त्यो त्यही रंगभेद, पाखण्ड र दोहोरो मापदण्ड हो, जुन कथित उदारवादी सिद्धान्तहरू साम्राज्यवादी यथार्थसँग ठोक्किँदा सधैँ सतहमा आउने गर्छन्।
होइन, यो तमासाले फिफालाई बदल्ने छैन, तर यसले हामीलाई यो कुरा अवश्य स्मरण गराउनुपर्छ कि साम्राज्य एउटा अवैध संरचना र टाँट पल्टिएको परियोजना हो, जुन दिन यसको अन्त्य हुनेछ, त्यो दिन फिफाको पनि स्वतः अन्त्य हुनेछ।
Source: https://www.donotpanic.news
राउल क्यास्ट्रो एक नायक हुन्: वास्तविक अपराधी त अमेरिकी साम्राज्यवादीहरू हुन्
ट्रम्पको चीन भ्रमण: बाहिर गुलाबको सुवास, भित्र सुरक्षाको अविश्वास
कम्पनीको नुन
ज्ञान र कौशलको पुस्तान्तरण
लोकतन्त्र, असन्तोष र एन्टी-एस्टाब्लिसमेन्ट राजनीति
सम्प्रदाय: सही अर्थ, सन्दर्भ र समकालीन पुनर्व्याख्या
भारतमा वाम युगको अन्त्य
प्रतिक्रिया