रूस–चीन भिसा-मुक्त यात्रा सम्झौता: नयाँ विश्व व्यवस्थाको प्रतीक

शितल पी सिंह

१ डिसेम्बर २०२५ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक ऐतिहासिक फर्मानमा हस्ताक्षर गरेका छन् । जसअन्तर्गत चीनका १.४ अर्ब नागरिकलाई रूसमा ३० दिनसम्म भिसा मुक्त प्रवेशको अनुमति दिइएको छ। यो नीति तत्काल लागू हुने र १४ सेप्टेम्बर २०२६ सम्म जारि रहनेछ। पर्यटन, व्यापार, सांस्कृतिक आदानप्रदान र पारगमनका लागि यो सुविधा लागू हुन्छ, यद्यपि दीर्घकालीन विद्यार्थी, प्रवासी मजदूर तथा केही आपूर्ति श्रेणीहरूलाई भने यसबाट बाहिर राखिएको छ। यो कदम बेइजिङले सेप्टेम्बर २०२५ मा रुसी नागरिकहरूका लागि प्रदान गरेको पारस्परिक छुटको प्रत्यक्ष जवाफ हो।

यो केवल यात्रा नीति मात्र होइन बरु सभ्यतागत पुनर्संरचनाको प्रतीक पनि हो। २०२२ पछि पश्चिमी प्रतिबन्धहरूका कारण रूसमा पश्चिमी पर्यटकहरूको संख्या ८०% ले घटेको छ। पुटिनले यसलाई १४ गुणा ठूलो चिनियाँ बजारले प्रतिस्थापन गरे, जुन गणितीय रूपमा भी अत्यन्त तर्कसंगत छ।  एक्स (पहिलाको ट्विटर)मा आएका पोस्टहरूमा यसलाई “लोकतान्त्रिक वास्तुकला” भनिएको छ, जहाँ मोस्कोले जनस्रोतको एक विशाल ‘भल्भ’ खोलिदिएको छ। यो दिन केवल रूस–चीन सम्बन्धको नयाँ अध्याय मात्र होइन, तर पश्चिम-केन्द्रित विश्व व्यवस्थाको अपरिवर्तनीय अन्त्यको संकेत पनि हो।

रूस र चीनबीचको सम्बन्ध २०२२ को “सीमाहीन साझेदारी” सम्झौतापछि अझ सुदृढ बन्न थाल्यो, जब युक्रेन संकटपछि मस्कोले पश्चिमी अलगावको सामना गरिरहेको थियो। सेप्टेम्बर २०२५ मा चीनले रुसी नागरिकलाई ३० दिनको भिसा-मुक्त प्रवेश दियो, जुन १५ सेप्टेम्बरदेखि १४ सेप्टेम्बर २०२६ सम्म मान्य छ। पुटिनले यसलाई “अप्रत्याशित मित्रताको संकेत” भन्दै तत्काल पारस्परिकता दिने वाचा गरेका थिए। नोभेम्बर २०२५ मा पुटिनको चीन भ्रमणका क्रममा यो विषय प्रमुख रह्यो, जहाँ दुबै देशले द्विपक्षीय व्यापार २०२४ को २.७ अर्ब डलरबाट बढाएर २०२५ मा ३.५ अर्ब डलर पुर्‍याउने लक्ष्य राखे।

यो नीति ब्रिक्स ढाँचाको एक हिस्सा हो, जहाँ रूस र चीनले पश्चिमी वर्चस्वलाई चुनौती दिइरहेका छन्। एक्समा चलिरहेका छलफलहरूमा यसलाई “यूरेशियाली एकीकरण” भनिएको छ, जसले ऊर्जा, प्रविधि र एआई सहकार्यलाई बढावा दिनेछ। नोभेम्बरमा भएको रूसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनको चीन यात्रा दौरान हवाई यात्रा विस्तार र कृषि सहकार्यमा विशेष जोड दिइयो।

फर्मानमा हस्ताक्षर हुनुअघि नै बजारले प्रतिक्रिया जनाइसकेको थियो। ४८ घण्टाभित्र रूसी होटलहरूका लागि चिनियाँ बुकिङ ४००% ले बढ्यो। डिसेम्बर महिनाका लागि रिजर्वेसन ५०% माथि पुगेका छ, जबकि भ्लादिभोस्तोकमा आगन्तुक संख्या ३७% वृद्धिसँग ६७,००० यात्रुमा पुगेको छ। फ्लिगी प्लाटफर्ममा उडान बुकिङ गत वर्षको तुलनामा दोब्बर भएको छ। रूसी पर्यटन संघ (ATOR) का अनुसार चिनियाँ पर्यटकहरूको प्रवाह ३०% ले बढ्नेछ, विशेषगरी रूसी सुदूर पूर्वी क्षेत्रहरूमा। ATAG को अनुमानअनुसार, यो वृद्धि १.५ देखि २ गुणासम्म हुन सक्छ।

पश्चिमी पर्यटकहरूको कमी (२०२२ पछि ८०% गिरावट) लाई विश्वको सबैभन्दा ठूलो बाहिरजाने (आउटबाउन्ड) पर्यटन बजार रहेको चिनियाँ यात्रुले पूर्ति गरिरहेका छन्। २०२४ मा रूस पुगेका चिनियाँ पर्यटक ७३१,९०० पुगेका थिए, जुन कुल विदेशी आगन्तुकहरूको आधा हिस्सा हो। मस्को र सेन्ट पीटर्सबर्ग अब साइबेरियाली जाडो पर्यटनका नयाँ केन्द्र बन्दै छन्। एक्समा एक भाइरल पोस्टले यसलाई “मानवीय गतिशीलताको अपरिवर्तनीय वेग” भनेर वर्णन गरेको छ।

यो वृद्धि चीन–जापान कूटनीतिक तनावका कारण पनि भएको हो, जुन नोभेम्बर २०२५ मा ताइवान सम्बन्धी बयानबाजीपछि झन् तिखो बन्यो। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले संसदमा भनेकी कि ताइवानमा चीनले आक्रमण गरेमा “यो जापानको सुरक्षासँग सम्बन्धित विषय हुनेछ,” जसले सामूहिक आत्मरक्षालाई सक्रिय गराउन सक्छ। चीनले यसलाई “आन्तरिक मामिलामा हस्तक्षेप” भन्दै कडा विरोध जनाएको छ, राजदूतहरूलाई बोलाएको गरेको छ र मासु आयातमा प्रतिबन्ध लगाएको छ। यो मुद्दा संयुक्त राष्ट्रसंघसम्म पुगेको छ, जहाँ बेइजिङले “कडा प्रतिक्रिया” को चेतावनी दिएको छ।

यसको परिणामस्वरूप, चिनियाँ यात्रुहरू होक्काइडोबाट साइबेरियातर्फ मोडिएका छन्। डिसेम्बर बुकिङमा जापानबाट रूसतर्फ ५०% भन्दा बढी स्थानान्तरण भएको छ। एक्समा चिनियाँ प्रयोगकर्ताहरूले लेखेका छन्, “५०,००० जापान टिकट रद्द, अब रूस जाऔँ!” ताइवान मुद्दामा अमेरिकाको भूमिकाले विषयलाई अझ जटिल बनाएको छ, जहाँ ट्रम्पले ताकाइचीलाई “तनाव नबढाउन” सुझाव दिएका थिए।

पर्यटनभन्दा पर, यस नीतिले मुद्रा प्रवाह, रियल–एस्टेटको दबाब र आपूर्ति शृंखला एकीकरण जस्ता प्रभावहरू ल्याउनेछ। रूसी सुदूर पूर्वमा चिनियाँ लगानी बढ्नेछ, जहाँ रूसका प्राकृतिक स्रोतहरूको विशाल भण्डार छ। २०२५ मा द्विपक्षीय व्यापार ३०% ले बढ्ने अनुमान गरिएको छ, ऊर्जा र कृषि क्षेत्रमा विशेष ध्यानसहित। एक्समा चलिरहेको बहसमा यसलाई “मानिस–देखि–मानिसको संरचना” भनेर सम्बोधन गरिएको छ, जसले प्रतिबन्धका पर्खालहरू तोड्न सक्ने क्षमता राख्छ।

सामरिक रूपमा, यसले “नो लिमिट्स” साझेदारीलाई अझ सुदृढ बनाउनेछ। दुवै देशले दोस्रो विश्वयुद्धको इतिहासलाई पुनर्व्याख्या गर्ने पश्चिमी प्रवृत्तिको विरोध गर्नेछन् र एआई सहयोगलाई विस्तार गर्नेछन्। “पश्चिमले पर्खाल बनाए, पूर्वले पुल” भन्ने अभिव्यक्ति एक्समा व्यापक रूपमा देखा पर्‍यो। जब १.४ अर्ब मानिस विश्वकै सबैभन्दा ठूलो भू–भागमा बिना अवरोध प्रवेश गर्न सक्षम हुन्छन्, तब गुरुत्वाकर्षणको केन्द्र सरेर जानेछ—शरीर, पूँजी र गति सबैमा।

यद्यपि, सीमावर्ती क्षेत्रहरूमा पूर्वाधारको कमी, सामाजिक तनाव, र एकल साझेदारमा अत्यधिक निर्भरता जस्ता केही चुनौतीहरू देखा पर्ने सम्भावना छ। एक्समा केहीले चेतावनी दिएका छन् कि “रूस ३० वर्षमा चीनकै स्वरूपमा ढल्न सक्छ।” तर, यदि यो नीति सफल रह्यो भने, यसले ब्रिक्स संरचनालाई उल्लेखनीय रूपमा मजबुत पार्नेछ।

यो कदम मानवीय स्तरमा आर्थिक पुनर्समायोजनको एक उदाहरण हो। इतिहासले १ डिसेम्बर २०२५ लाई त्यो दिनका रूपमा सम्झनेछ, जब पूर्वले अपरिवर्तनीय गतिलाई समात्यो।

भारतका वरिष्ठ पत्रकार सिंहको फेसबुक वालबाट साभार अनुदित ।

Image: https://s.wsj.net

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’