चर्को नून खाने बानी छ ? होशियार पेटको क्यान्सर हुन सक्छ !

के तपाईंलाई चर्को नूनखाने बानी छ ? अझ खाना खाँदा अलिनो लागेर नून थप्ने बानी छ ? त्यसो हो भने त्यो बानीलाई आजै हटाइहाल्नुहोस् है ! वैज्ञानिकहरुले खाना खाँदा नून थपेर खानेहरुलाई आमाशयको क्यान्सर लाग्ने खतरा धेरै बेसी हुने गरेको पत्ता लगाएका छन् ।

आजको जीवनशैलीमा खानपानको आदतहरू अत्यधिक महत्त्वपूर्ण छन्। त्यसमध्ये एक महत्त्वपूर्ण बानी हो खाना खाँदा नून थप्ने, जुन सामान्यत: हाम्रो दैनिक जीवनको हिस्सा बनिसकेको छ। तर, यो बानी हाम्रो स्वास्थ्यको लागि घातक पनि साबित हुन सक्छ किनभने पछिल्लो अध्ययनहरूले चर्को नून खाने बानीलाई पेटको क्यान्सरको जोखिमसँग जोडेको छन् ।

बेलायतमा ४ लाख ७० हजार वयस्क मानिसहरुमाथि ११ वर्ष लगाएर गरिएको अध्ययनको तथ्यांक केलाएर वैज्ञानिकहरु उक्त निष्कर्षमा पुगेका हुन् । उक्त अध्ययनले नून खाने बानी र पेटको क्यान्सर बीचको सम्बन्धलाई विश्लेषण गरेर निकालेको निष्कर्ष अनुसार, नियमित रूपमा आफ्नो खानामा नून थप्ने व्यक्तिहरूमा पेटको क्यान्सरको जोखिम ४१% बढी हुन्छ । यो अध्ययनले  नियमित रूपमा नून थपेर खाने मानिसहरुलाई सचेत हुनुपर्ने देखाएको छ ।

रोचक कुरा त के छ भने एशियाका बासिन्दाहरुको तुलनामा युरोपका मानिसहरु कमै नून खाने गर्छन् । उनीहरुमा पनि यो खालको समस्या देखिएको थियो । यस अध्ययनले आमाशयको क्यान्सरबाट बच्नका लागि अत्यधिक नूनको सेवनबाट बच्नुपर्ने देखाएको छ ।

आमाशयको क्यान्सर संसारभरिमै सबैभन्दा बढी देखापर्ने क्यान्सरको सूचीमा पाँचौ नम्बरमा पर्छ । यो रोग अत्यधिक मात्रामा एशियाका बासिन्दाहरुमा देखापर्ने गर्छ भने त्यसपछि पूर्वी युरोप र ल्याटिन अमेरिकी देशहरुमा यो समस्या बढी देखापर्ने गर्छ । आमाशयको क्यान्सर उमेर बढ्दै जाँदा बढी देखापर्छ भने महिलाको तुलनामा यो बढी पुरुषहरुलाई लाग्ने गर्छ ।  आजभोलि आमाशयको क्यान्सर युवाहरुमा समेत बढी देखिने गरेको छ । आमाशयका क्यान्सर हुनुमा विभिन्न पक्षहरुले काम गर्ने गर्छ । खासगरी, धूमपान, मद्यपान, आमाशयका संक्रमणहरु तथा अत्यधिक मोटोपन आन्द्राको क्यान्सर हुनुका प्रमुख कारण हुन् । यस अध्ययनले त्यस सूचीमा खानामा नून थपेर खाने बानीलाई पनि जोडिदिएको छ ।

त्यसो त नूनको सेवन र आमाशयको क्यान्सरबीचको सम्बन्धबारे यसअघि पनि अध्ययनहरु भएका छन् तर त्यसको ठोस कारण भने पत्ता लागिसकेको छैन । कतिपय अध्ययनले त के अवधारणा पनि अघि सारेको छ भने नूनको अत्यधिक सेवनले हाम्रो आमाशयलाई रक्षा गर्ने म्युकसको चक्रलाई खल्बलाइदिन्छ फलतः हेलिकोबाक्टर पाइलोरी (Helicobacter pylori) को संक्रमणको सम्भावनालाई बढाइदिने गर्छ ।

पेटको क्यान्सर: वैश्विक स्वास्थ्य चिन्ता

पेटको क्यान्सर विश्वभर मानिसलाई लाग्ने क्यान्सरहरुमा पाँचौं हो। यस क्यान्सरको जोखिम उमेर बढ्दै जाँदा बढ्न सक्छ, र यो पुरुषहरूमा बढी देखा पर्ने गर्छ। पश्चिमी देशहरुको तुलनामा एशियाली देशहरूमा यो क्यान्सरको प्रकोप विशेष गरी उच्च रहेको छ ।

नून र पेटको क्यान्सरको सम्बन्ध

नूनको अत्यधिक सेवन र पेटको क्यान्सरको बीचको सम्बन्धबारे वैज्ञानिकहरूका विचारहरू भिन्न छन्। केही अध्ययनहरूले निकालेको निष्कर्षअनुसार नूनको अत्यधिक सेवनले आमाशयको म्युकस तहलाई कमजोर बनाइदिन्छ र यसका कारण हेलिकोब्याक्टर पाइलोरी जस्ता जीवाणुहरूको संक्रमणको सम्भावना बढाउँछ, जसले पेटको क्यान्सरको जोखिमलाई वृद्धि गर्छ।

नूनको सेवन र पेटको क्यान्सरको जोखिमबीचको सम्बन्धलाई ध्यानमा राख्दै, जनस्वास्थ्यविदहरूले खानपानमा नूनको सेवन घटाउनु पर्ने कुरामा जोड दिएका छन्। उच्च नून सेवनको कारण मात्र पेटको क्यान्सरको जोखिम मात्र बढ्दैन, यसले उच्च रक्तचाप र हृदय रोगको सम्भावनासमेत बढाउँछ।

त्यसो त पेटको क्यान्सरको जोखिम बढ्नुका कारणहरू विविध छन्। तीमध्ये धूम्रपान, मद्यपान, मोटोपन, क्यान्सरसम्बन्धी पारिवारिक इतिहास, र अस्वस्थ आहार प्रमुख छन्। तथापि माथिको अध्ययनले विशेषगरी नूनको अत्यधिक सेवनको प्रभावलाई उजागर गरेको छ। यसबाट नियमित रूपमा खाना खाँदा नून थप्ने बानीले जोखिमलाई अझै बढाउने भएकोले  नूनको सेवन घटाउनुपर्ने देखाएको छ । अझ पेटको क्यान्सरको उच्च जोखिममा रहेका व्यक्तिहरूले त यसमा गम्भीर बन्नुपर्ने देखाएको छ ।

त्यसो त यस अध्ययनका केही सीमितताहरू छन्। पहिलो, यसले नूनको सेवनले पेटको क्यान्सर गराउँछ नै भन्ने प्रमाणित गर्न सक्दैन। तथापि, नूनको अत्यधिक सेवन र पेटको क्यान्सरको जोखिमका बीचको सम्बन्धलाई यसले उजागर गरेको छ ।