जलवायु परिवर्तन: हाम्रा शासकहरूले धान्नै नसक्ने गरी बढेको गर्मी
युरोप जलिरहेको छ। तापक्रमले कीर्तिमानी स्तर पार गरिरहेको छ। यसका प्रमुख राजधानी सहरहरू – लन्डन, बर्लिन र पेरिसमा गत हप्ता ३० डिग्री सेल्सियसको उच्च विन्दुदेखि ४० डिग्रीभन्दा माथिसम्मको तापक्रम रेकर्ड गरिएको छ। लन्डनमा त एकै महिनाभित्र दुई पटक कीर्तिमानी तातो हावाको लहर (हिटवेभ) चलेको छ। यो ग्रीष्म ऋतुको सुरुवाती समय मात्र हो, परम्परागत रूपमै सबैभन्दा बढी गर्मी हुने जुलाई र अगस्ट महिना त अझै बाँकी नै छन्। विद्यालयहरू बन्द गरिएका छन्, रेल यात्राहरू कटौती गरिएका छन्, कार्यालयहरू ठप्प छन्, बालीनाली नष्ट भएका छन्, खुला आकाशमुनि हुने कार्यक्रमहरू रद्द गरिएका छन् र स्वास्थ्य सेवाहरूमा अत्यधिक चाप बढेको छ।
अभियन्ताहरूले वर्षौँदेखि चेतावनी दिँदै आएको जलवायु संकट यही नै हो। विगतका धेरै वर्षहरूमा उनीहरूका कुरालाई बेवास्ता गरियो वा उनीहरूको खिल्ली उडाइयो, जबकि जलवायु परिवर्तनलाई नकार्नेहरूलाई बीबीसी जस्ता सञ्चारमाध्यमहरूले स्वागत-सत्कार गरिरहे र वैज्ञानिक प्रमाणहरूलाई लत्याइयो। पछि जब सरकारहरूले यसतर्फ अलि बढी ध्यान दिए, उनीहरूले अन्तर्राष्ट्रिय नीतिहरूको एउटा यस्तो शृङ्खला पारित गरे जुन सधैं अपर्याप्त थिए, जसबाट धेरैजसो उम्किने प्रयास गरियो र जुन नीतिहरू निरन्तर राजनीतिक आक्रमणको निशानामा परिरहे।
तर अहिले हामी बर्निङ प्वाइन्ट(विनाशको विन्दु) मा पुगिसकेको यस्तो अकाट्य प्रमाणसामु हुँदा पनि सरकारहरू यो विशाल संकटको सामना गर्न आफूलाई अक्षम साबित गरिरहेका छन् र उनीहरूका नीतिहरू उल्टो दिशातिर गइरहेका छन्। त्यसैले त हिथ्रो विमानस्थलको तेस्रो धावनमार्ग वा नर्थ सीमा इन्धनखानी उत्खनन गर्ने विषयलाई लिएर लेबर पार्टीभित्रै पनि विवाद चर्किएको छ। त्यसैले त विद्युतीय गाडीहरूको उपलब्धताका लागि तय गरिएका समयसीमहरूलाई पछि सारिँदै छ, घरजग्गा व्यवसायीहरूलाई फाइदा पुर्याउन भवन निर्माणसम्बन्धी नियमहरू खुकुलो बनाइँदै छ, अथवा हिट पम्प र घरलाई तापक्रम-अनुकूल बनाउने इन्सुलेसनका लागि दिइने अनुदानहरू कटौती गरिँदै छ।
कटु सत्य के हो भने, पुँजीपतिहरूले नाफा कमाउने स्वार्थमा जलवायु परिवर्तन र आम सुरक्षाका चिन्ताहरूलाई सधैं पाखा लगाउनेछन्। राज्यद्वारा पैसा कमाउने 'स्वतन्त्रता' लाई सीमित गर्ने जुनसुकै प्रयासविरुद्ध उनीहरूबाट निरन्तर दबाब सिर्जना गरिन्छ र प्रायः त्यस्ता प्रयासहरू असफल पारिन्छन्। जनताको सुरक्षाप्रतिको यस्तो उपेक्षालाई बजारको प्रतिस्पर्धा र ठूला व्यापारिक घरनाहरूको आवश्यकताका नाममा सही ठहर्याउने काम गरिन्छ।
पुँजीपतिहरूले नाफा कमाउने स्वार्थमा जलवायु परिवर्तन र आम सुरक्षाका चिन्ताहरूलाई सधैं पाखा लगाउनेछन्। राज्यद्वारा पैसा कमाउने 'स्वतन्त्रता' लाई सीमित गर्ने जुनसुकै प्रयासविरुद्ध उनीहरूबाट निरन्तर दबाब सिर्जना गरिन्छ र प्रायः त्यस्ता प्रयासहरू असफल पारिन्छन्।
वर्तमान संकटलाई यति अपर्याप्त रूपमा सम्बोधन गरिनुको कारण यही नै हो। यसले कोभिड संकटका बेला चालिएका कदमहरू जस्तै तत्कालै संकटकालीन प्रस्तावहरूको शृङ्खला लागू गर्न बाध्य पार्नुपर्ने हो। यसमा काम गर्न मिल्ने अधिकतम तापक्रम निर्धारण गर्ने, शीतल स्थानहरूको व्यवस्था गर्ने, विद्यालय र शिशुस्याहार केन्द्रहरूका लागि अधिकतम तापक्रम तोक्ने, घरबारविहीनहरूका लागि आश्रयको व्यवस्था गर्ने, अपाङ्गता भएका र जोखिममा रहेकाहरूलाई सहयोग गर्ने, देशभरि पानी पिउने ठाउँहरू स्थापना गर्ने, एयर-कन्डिसन्ड निजी भवनहरू सर्वसाधारणका लागि खुला गर्ने र बस्न नसकिने गरी तातिएका घरमा बस्ने मानिसहरूका लागि आपतकालीन आश्रयस्थलहरू बनाउने जस्ता कुराहरू पर्दछन्। वर्तमान परिस्थितिलाई सहज बनाउनका लागि यी त केवल न्यूनतम उपायहरू मात्र हुन्। तर, यो स्पष्ट छ कि यसभन्दा धेरै गुणा बढी आधारभूत परिवर्तनहरूको आवश्यकता छ। यसका लागि बस्न योग्य र पर्यावरण-अनुकूल आवास, विद्यालय, अस्पताल, पुस्तकालय र अन्य भवनहरू सहितका क्षेत्रमा धेरै ठूलो मात्रामा सार्वजनिक लगानी आवश्यक पर्नेछ। यसका साथै निजी गाडीहरूको विकल्पका रूपमा दिगो र सस्तो सार्वजनिक यातायातमा पनि लगानी गर्नुपर्ने हुन्छ।
लन्डन र अन्य केही सहरका केन्द्रहरूलाई आंशिक अपवादका रूपमा छोड्ने हो भने, लाखौँ श्रमिकहरूका लागि सार्वजनिक यातायातको सुविधा नै उपलब्ध छैन। जहाँ यो उपलब्ध छ, त्यहाँ यो महँगो र अविश्वसनीय छ, साथै यसले सिफ्ट वा आइतबारको कामको आवश्यकतालाई सम्बोधन गर्दैन। बसका मार्गहरू बारम्बार कटौती गरिन्छन् वा यति घुमाउरा हुन्छन् कि गाडीबाट छोटो दुरीमा पुग्न सकिने ठाउँमा पुग्न पनि एक घण्टा लाग्छ। हाल बेलायतका अधिकांश गाउँहरू र धेरैजसो सहरहरूमा जस्तै जहाँ बस सेवा नै छैन वा विरलै मात्र चल्छ, त्यहाँ यसले श्रमिकहरूलाई केवल कार्यस्थलसम्म पुग्नका लागि मात्रै पनि महँगो निजी गाडीको प्रयोग गर्न बाध्य पार्छ।
जलवायु परिवर्तनलाई यसरी विनाश निम्त्याउन दिनु र यसलाई थप बढावा दिने नीतिहरू अवलम्बन गर्नु पुँजीवादका लागि पनि गुमेको उत्पादकत्व र अतिरिक्त लागतका हिसाबले निकै महँगो साबित भइरहेको छ।
यसै समयमा, सहरको केन्द्रभन्दा बाहिर सस्तो जग्गामा नयाँ अस्पतालहरू बनाइँदै छन्; कारको प्रयोगमा भर पर्ने सपिङ सेन्टर र सुपरमार्केटहरूले बजारका मुख्य सडकहरूलाई विस्थापित गर्दै छन् । र लेबर पार्टीको आवास योजना पनि सहरभन्दा टाढाका महँगा आवास क्षेत्रहरू बनाउने खालको छ, जहाँ न त सार्वजनिक यातायातको राम्रो पहुँच छ, न त कुनै स्थानीय सुविधाहरू नै छन्। कार्यस्थलहरू पनि अक्सर सहरको छेउछाउमा हुन्छन्, जो राजमार्गका लागि त पायक पर्छन् तर अन्य कुराका लागि काम लाग्दैनन्।
जलवायु परिवर्तनलाई यसरी विनाश निम्त्याउन दिनु र यसलाई थप बढावा दिने नीतिहरू अवलम्बन गर्नु पुँजीवादका लागि पनि गुमेको उत्पादकत्व र अतिरिक्त लागतका हिसाबले निकै महँगो साबित भइरहेको छ। तर पुँजीवाद तार्किक हुँदैन, यो अराजक र योजनाविहीन हुन्छ किनभने यसको मुख्य संवाहक नै पूँजी सञ्चय र नाफा हो। त्यसैले, विद्यालयहरू बन्द हुँदा अभिभावकहरूले काममा जानुको साटो बालबच्चाको हेरचाह गर्नुपर्दा हुने नोक्सानी, वा तातो हावाको लहरले स्वास्थ्यमा पुर्याउने क्षति निकै ठूलो छ, तर यसलाई समाधान गरिनुपर्ने समस्याका रूपमा भन्दा पनि सहनैपर्ने बाध्यताका रूपमा हेरिन्छ।
यसो हुनुको सीधा कारण के हो भने, पुँजीवादको सम्पूर्ण आधारलाई, यसको अटोमोबाइल उद्योग, यसका युद्धहरू, आवास र कामको व्यवस्थापन गर्ने यसको तरिका, अनि यसको निजीकृत र व्यक्तिवादी प्रकृतिलाई चुनौती दिनु भनेको यो प्रणालीले काम गरिरहेको छैन मात्र होइन, बरु यसले आफूलाई र यो पृथ्वीलाई नै सँगै विनाश गर्दैछ भन्ने कुरा स्वीकार गर्नु हो। 'रोजगारी सिर्जना गर्ने' नाममा तेल र ग्यास खानी उत्खनन तथा हतियार उत्पादनलाई समर्थन गर्ने युनाइट (Unite) र जीएमबी (GMB) जस्ता ट्रेड युनियनहरूको यस्तो अदूरदर्शिता आपराधिक छ र यसले आफ्नै सदस्यहरूको ठूलो अहित गरिरहेको छ।
धनीहरूसँग आफ्नै एयर-कन्डिसन्ड घर, कार्यालय, विद्यालय र अस्पतालहरू छन्। जलवायु परिवर्तन र वातावरणप्रति उनीहरूको व्यक्तिगत चासो त होला, तर उनीहरू आफ्ना निजी जेट, विशाल विलासी डुङ्गा र पर्यावरण-अनुकूल भनिएका तर वातावरणलाई ठूलो क्षति पुर्याउने विलासी कारहरूमा सानसँग यात्रा गर्न पाउँदा खुसी नै छन्।
यसको पछाडि एउटा वर्गीय आधार छ। धनीहरूसँग आफ्नै एयर-कन्डिसन्ड घर, कार्यालय, विद्यालय र अस्पतालहरू छन्। जलवायु परिवर्तन र वातावरणप्रति उनीहरूको व्यक्तिगत चासो त होला, तर उनीहरू आफ्ना निजी जेट, विशाल विलासी डुङ्गा र पर्यावरण-अनुकूल भनिएका तर वातावरणलाई ठूलो क्षति पुर्याउने विलासी कारहरूमा सानसँग यात्रा गर्न पाउँदा खुसी नै छन्। यो उनीहरूको शोषणमा आधारित प्रणाली नै हो जसले वातावरणीय विनाश निम्त्याइरहेको छ, तैपनि उनीहरू आफूलाई यसको असरबाट यसरी सुरक्षित राख्न सक्छन् जुन लाखौँ निर्माण श्रमिक, साना किसान र कारखानाका मजदुरहरूका लागि सम्भव छैन।
जलवायु परिवर्तन र वातावरणीय संकटविरुद्ध वर्गीय आधारमा लडिनुपर्छ र यस संकटलाई सिर्जना गर्न तथा टिकाएर राख्न पुँजीवादको परभक्षी प्रकृतिले कसरी काम गरिरहेको छ भन्ने कुरा पहिचान गरिनुपर्छ। वर्तमान समयमा, यस समस्याको मूल आधारलाई बदल्नुको साटो व्यक्तिका बानीबेहोरा परिवर्तन गर्ने प्रयास मात्र गरिँदै आएको छ। यी प्रयासहरू राम्रो नियतका साथ गरिएका हुन्। गाडी चलाउनुको साटो मानिसहरूलाई हिँड्न वा साइकल चलाउन प्रेरित गर्नु राम्रो हो। सुपरमार्केटहरूद्वारा सञ्चालित फ्याक्ट्री फार्मिङबाट उत्पादित खाना खानु भन्दा मानिसहरूले अर्गानिक खाना खानु उत्तम हो। महँगो र विनाशकारी जीवाश्म इन्धनको ऊर्जामा भर पर्नु भन्दा पर्यावरण-अनुकूल घरहरू हुनु राम्रो हो।
निकै डरलाग्दो कुरा के छ भने, जलवायु परिवर्तन र युद्ध दुवै उत्तिकै तीव्र गतिमा बढिरहेका छन् । र यो पृथ्वी तथा यसका बासिन्दाहरूको विनाशविरुद्धको प्रतिरोध श्रमजीवी वर्गको सामूहिक प्रतिरोध हुनुपर्दछ।
तर, यी सबै व्यक्तिगत परिवर्तनहरूलाई एकै ठाउँमा राख्दा पनि यसले नयाँ एआई सेन्टरहरू, समाजका सबैभन्दा धनी वर्गको हवाई यात्रा, महँगा कार्यालय भवनहरूको निरन्तर भत्काउने र पुनर्निर्माण गर्ने काम, तथा सबैभन्दा ठूला प्रदूषकका रूपमा रहेका युद्ध र सैन्यकरणको प्रभावले पुर्याउने वातावरणीय क्षतिलाई कतैबाट पनि भेट्न सक्दैन। श्रमजीवी वर्गका मानिसहरू ग्लोबल वार्मिङको खतराबाट निकै त्रसित छन्। उनीहरू आफ्ना छोराछोरी र नातिनातिनाको भविष्यलाई लिएर चिन्तित छन्। यो संकटका लागि उनीहरू दोषी छैनन्, त्यसैले उनीहरूलाई थप रिसाइक्लिङ गर्न वा कम सवारी साधन चल्ने टोलहरू बनाउन आवश्यक रहेको उपदेश दिनु भनेको मुख्य मुद्दाबाट भत्किनु हो। निकै डरलाग्दो कुरा के छ भने, जलवायु परिवर्तन र युद्ध दुवै उत्तिकै तीव्र गतिमा बढिरहेका छन् । र यो पृथ्वी तथा यसका बासिन्दाहरूको विनाशविरुद्धको प्रतिरोध श्रमजीवी वर्गको सामूहिक प्रतिरोध हुनुपर्दछ। प्रणालीमा एउटा आधारभूत परिवर्तन आउनै पर्छ र युनियनहरू मालिकहरूको एजेन्डामा सहमत हुने होइन, बरु त्यस लडाइँको हिस्सा बन्न आवश्यक छ।
स्रोत: काउन्टरफायर
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । –दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |
|
दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि |
चरम गर्मी अब स्वास्थ्य संकट: पूर्वाधार र ज्यान दुवै जोखिममा
कब्जियतबाट छुटकारा पाउनका लागि फाइबरयुक्त उत्तम पाँच खानेकुराहरू
सन्तान सपार्ने कोसिसः सन्तुलन कता बिग्रेको छ त ?
क्रोधलाई पन्छाउनुहोस्! प्रतिरक्षा प्रणालीलाई प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ !
खतरनाक हुन्छ भिटामिन डीको कमी
एचआईभी उन्मूलनमा जीन एडिटिङले पैदा गरेको आशा
इबोला संकट: अप्रिय सत्यहरू
प्रतिक्रिया